दशैँको चिठी

- तुलसीहरि कोइराला

विगतको सागरमा डुबुल्की मार्दा
दशैँलाई सम्झिन्छु-
'कान्छा, तँलाई
शान्ति र सद्भावको आशर्ीवाद छ
तँलाई नवदर्ुगाले सदा कल्याण गरुन् !'
आयुदर्र््रोणसुते... का थप आशर्ीवचनहरू
तँछाड-मछाड गर्दै बर्सिन्थे मान्यजनहरूबाट
म हर्षौहर्षे पुलकित हुन्थेँ
आशर्ीवादहरूको गह्रौँ कुम्लो बोकेर
शहर पस्थेँ हरेक दशैँ निखारेर
तिनै आशर्ीवचनहरूलाई रक्षाकवच मानेर
वर्षरि आफन्तको सम्झनामा कल्पिन्थेँ
आतुर रहन्थेँ हरेकसालको अर्को दशैँ भेट्न ।

खै के भनौँ यसपटक
न म शहरमुखी भएको हुँ
न म गाउँमुखी रहेको हुँ
शहर नबसी आशर्ीवादमा पाएजस्तो हुन नसक्ने
गाउँ नपसी दशैँको मजा र न्यानोपन नपाइने
अपशोच ! अब त गाउँ र शहरको दूरी पनि
टाढिँदो छ पुलबिनाको नदीजस्तै
मेरो चौडा निधारमा भाग्य थप्ने अक्षता थाप्न
अहँ, यसपालि पनि आउन सक्दिन आफन्तहरू !
भो आमा- बाडुल्कीका हिक्कामा बाटो नहर्ेर्नू
बलेँसीमा काग कराउँदा भात नकर्ुर्नू
ती दिन फेरि अवश्य आउँछन् आमा
मात्र पर्खिन सक्नर्ुपर्छ समयलाई
म त यसै पनि पर्खिन सक्छु शहरको आगो तापेर
यहाँ त हरेक दिन केही न केही बलेकै हुन्छ
त्यहाँको राप र ताप त म के जानौँ खै !
रत्तिभर फिक्री नलिए हुन्छ मेरो
यो चिठी पाएपछि
आमा-
अलिकति राता अक्षता र जमरा
खामबन्दी गरेरै भए पनि हुन्छ
द्यौरालीको हुलाकमा
टिकट टाँसेर खसाइदिनुहोला मेरो नाममा
म तिनै अक्षता र जमरा लगाएर
मेरो गाउँघरको दशैँ सम्झिनेछु
मनैभरि दशैँ फुलाउनेछु ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 3 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु