एक हातको ताली निबन्धसङ्ग्रह भित्रको यथार्थ स्वरूप

- ठाकुर शर्मा

निबन्ध एक स्वतन्त्र विचार हो, विविध सामाजिक घटनाहरूको कलात्मक प्रस्तुति हो । फ्रान्सिसी निबन्धकार बेकनले — ‘म नै मेरो निबन्धको विषय हुँ’ अनि निबन्धार देवकोटाले पनि बेकनकै धारणालाई पछ्याउँदै ‘पहाडी जीवन’ निबन्धबाट आधुनिक नेपाली निबन्धको श्री गणेश भएको तथ्यले निबन्धको वास्तविक मर्म र यथार्थ स्पष्ट हुन्छ । सौन्दर्ययुक्त घटना हो, क्रमिक भावना हो, प्रकृति हो, यथार्थमा भन्ने हो भने संसार नै हो । सानो भन्दा सानो विषयदेखि बृहद् विषयसम्म यसमा समेटिएको हुन्छ । यो व्यक्ति र समाजको दर्पण नै हो । यसै क्रममा नेपाली भाषा साहित्यिकलाभित्र सौन्दर्य भर्ने निबन्धकार युवराज नयाँघरे देखापर्छन् ।
सर्वप्रथम रामप्रसाद पन्तले आप्mनै निवासमा युवराज नयाँघरेसँग परिचय गराउनुभएको थियो । यो ०४६।०४७ तिरको कुरा होला । पछि सभासमारोहमा भेट्दाभेट्दै सम्बन्धमा प्रगाढता आएकै हो । दिनानुदिन नयाँघरेले नेपाली साहित्यको निबन्धयात्रामा एकभन्दा अर्को फड्को मार्दै गएको देख्दा होनहार प्रतिभाको रूपमा ख्याति अर्जित गरे । वि.सं. २०२६ मा इलाममा जन्मेका युवराज नयाँघरे निबन्धयात्राको क्रमलाई हेर्दा छोटो समयमा धेरै प्रगति गर्ने व्यक्तित्वका रुपमा चिनिन्छन् ।
यिनका अहिलेसम्म प्रकाशित पुस्तकमा— संवेदना स्वरहरू (२०५४) मूहूर्तको वरिपरि (२०५५) मखुण्डाको मन (२०५५) काठमाडौंलाई कोर्रा (२०५८) नीलडाम (२०६१) अनाम पहाडमा फनफनी (२०६२) र एकहातको ताली (२०६६) । यी सबै निबन्धसङ्ग्रह हुन् । लेखनमा निरन्तरताको फलस्वरुप एकहातको तालीले २०६५को मदनपुरस्कार नै पा्राप्त ग¥यो । यसभन्दा पहिले राष्ट्रिय प्रतिभा पुरस्कार (२०५६) उत्तम शान्ति पुरस्कार (२०५८) युवावर्ष मोती पुरस्कार (२०६१) अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, उत्कृष्ट पुस्तक पुरस्कार (अमेरिका, २०६३) शङ्कर लामिछाने युवानिबन्ध पुरस्कार (२०६५) प्राप्त गरिसकेका थिए । तर २०६५ को मदन पुरस्कारले गर्दा प्रतिभाको कदर भएको स्पष्ट देखिन्छ । त्यसैले भन्न मन लाग्छ —

सजाऊः जिन्दगी यस्तै कर्मशील बनी सदा
सुन्दर रूप भेटिन्छ उद्देश्य मिल्छ पूर्णता ।

जिन्दगी यसरी चल्दा यथार्थ रूप मिल्दछ
प्रकृतिले सजाएको सौन्दर्य तब खुल्दछ ।

नसकिने कुरा देख्दा विदीर्ण मन भै यहाँ
नथेग्न सकिने हुन्छ लेखनीको समाजमा

संवेदना कतै हुन्छ मुहूर्त छ परस्पर
मखुण्डाको मनै हो यो धारणाको सुधाकर ।

नेपाली साहित्यको निबन्धविधामा एक सशक्त प्रतिभाको रूपमा युवराज युवराज नै बन्न पुगेका छन् र त वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान भन्नुहुन्छ—
“निबन्ध लेख्नेहरू धेरै छन्, निबन्धकार भने थोरै देख्छु । यो थोरैभित्रका एक हुन् — युवराज नयाँघरे ! .... नयाँघरे निबन्धकार देवकोटा पनि होइनन् शङ्कर पनि होइनन् । त्यस्तै ओडेन र ब्रेख्त पनि होइनन् । खाली विचार सिर्जनात्मकता नयाँ दिशाहरूको खोजी, अनुशीलन र प्रयोगहरूसित सम्बद्ध सान्दर्भिकताको कुरा गर्दैछु । साहित्यमा यसको ठूलो अर्थ रहन्छ ।”
युवराज नयाँघरे शब्द चयनमा सिपालु छन्, समाजका विविध प्रवृत्ति र विचारहरूलाई समय सन्दर्भमा ढालेर प्रस्तुत गर्न निपुर्ण पनि भएकाले वरिष्ठ समालोचकको धारणा विशिष्ट बन्न पुग्यो । यो यथार्थ हो, बदलिंदो परिस्थिति अनुसार मानिसहरूका चाहनामा फरक पर्नु स्वाभाविक नै हो । परिवर्तनशील संसारमा केही परिवर्तन हुनु वा चाहनु स्वाभाविक भए तापनि सामाजिक परिवेशमा स्वार्थी धारणाले थिचोमिचो गरेको धेरै समयपछि परिवर्तन भएको आभास मिल्दा मानिसभित्रका उकुसमुकुस बाहिर आउनु स्वाभाविक नै हो । त्यसमा पनि दायित्व बोकेकाहरूमा परिवर्तनको अनुभूति हुन सकेन भने एक हातको ताली जस्तो निबन्धसङ्ग्रह उब्जिन्छ । लेखकका उकुसमुकुसिएका भावना शब्द गुम्फनद्वारा बाहिर निस्कँनु स्वाभाविक हो । ‘एक हातको ताली’ निबन्धसङ्ग्रह अन्तर्गत युवराज नयाँघरे राम्रोसँग पोखिएका छन् । यसमा जीवनको अनुभूति राम्रोसँग व्यक्तिएको छ । त्यसैले त ‘एक हातको ताली’ ले सबैको अपार माया पायो ।
समाजभित्रका असान्दर्भिक पक्षहरूलाई पनि मिलाएर प्रस्तुत गर्ने युवराज नयाँघरेको कलात्मक शैली प्रशंसनीय रहेको छ । विविध किसिमका विसङ्गति, अन्याय, अत्याचार, बेथितिहरू बहुधा निबन्धमा देख्न पाइन्छ भने निबन्धमा प्रकृतिप्रेम, संस्कृति र परम्पराका सटिक बुँदाहरू, लौकिक भावनाहरू समेत देख्न पाइन्छ । उत्छृङ्खलता पटक्कै रुचाउँदैनन् युवराज नयाँघरे । भावनावेग प्रबल रहेको छ, सौन्दर्याभिमुखी शब्द संयोजनले निबन्ध कतै कतै काव्यात्मक पारामा अगाडि बढेका छन् । यसैगरी व्यङ्ग्य प्रहारले त कतै कतै पाठकको मुटु नै छेड्ला भैंm लाग्छ ।
निबन्ध संग्रह भित्रको प्रारम्भकै निबन्ध अठार हजार जाबो निबन्धमा राम्रो व्यङ्ग्य छ — ‘महँगो युगमा महा सस्तो मान्छेको मूल्य’ ... झिँदा मिजा भएका छन्, सपनाका शृङ्खलाहरू ।.... बिहानको अर्थ साँझमा मर्छ र साँझको शब्द मर्छ बिहानै । ... मान्छेको मूल्य अठार हजार ..... । यी शब्द÷पदावली÷वाक्यमा मिठास छ, भाव छ, त्यसैले काव्यात्मकता छ । संवेदना छ, सामाजिक अनुभूतिको चरम यथार्थ अनुभूति छ । वास्तवमा मान्छे यति तल झरेको छ कि समाजमा संवेदना नै छैन, शहरी वातावरण धमिलिएको छ मान्छेको मूल्य शून्य छ ।
निबन्धकार एउटा ड्राइभरको प्रवृत्तितर्फ इङ्गित गर्दै कुखुराको छाती बनाएर गाडी कुदाइन्न भन्ने उसको संवेदनहीन मानसिकतालाई यसरी निबन्धमा प्रस्तुत गर्छन्— ‘आजचाहिँ अठार हजार तिर्नै पर्ला जस्तो छ’ .... हजार सपनाहरूको मूल्य छ । तोकाइ÷करोडौं भोगाइको अर्थहीन तौलाइ÷निर्मम बोलीले सौन्दर्य लगाउने बाढीजस्तो ड्राइभरको बोली—वचन ।’ यी वाक्यभित्र मान्छेको मूल्य मान्यतालाई हेरिएको छ । मलाई त लाग्यो:

मान्छेको मोल मान्छेले आपैm तोकेर चल्दछ
बुद्धिको खेल नै छैन आप्mनै अस्तित्व मेट्दछ ।

अमूर्त वेदनाभित्र जीवन दुःख खेप्दछ
अनमोल भई आपैm आप्mनै मूल्य हराउँछ ।

काठमाडौंको बाटोघाटो, गाडीको गति, मान्छेको प्रवृत्ति, नीति नियमबाट अलग्गिएको स्थितिलाई चर्चा गर्दै कलात्मक शैलीमा निबन्ध प्रस्तुत गरिएको छ । तेइस निबन्धहरूको सँगालो हो — युवराज नयाँघरेको ‘एक हातको ताली’ निबन्धसङ्ग्रह । ‘अठार हजार जाबो’ निबन्धबाट प्रारम्भ भई ‘कोतपर्वको दर्शक’मा अन्त्य भएको यस सङ्ग्रहले समाजभित्र रहेका विविध सामाजिक विषयलाई समेटेको छ । मान्छेको जीवन पैसासँग तौल्ने समाजले दिनानुदिन कोतपर्व मच्याएकै छ । यो सबैले भोगेकै कुरा हो ।
‘तिम्रो घरमा देउता’ निबन्धले आप्mनो थलोलाई कोट्याएको छ । अभाव र वितृष्णालाई सम्झाएको छ र संवादात्मक र कवितात्मक शैलीमा गाउँको यथार्थ स्वरूपलाई प्रस्ट्ष्याएको छ । निबन्धका प्रत्येक वाक्य काव्यमय बनेका छन् — वस्तीको कुलीनता भनेको अभाव हो, असुरक्षा हो ।
जीवनमा दुःखले हाजिर बजाउँछ । निर्धनाताभन्दा सताइएको पिरलोले अँठ्याएको छ वस्तीलाई । विचार दिनेहरूको यो बलियो मत छ बस्तीमा । परेलीले नथेग्ने आँसुको भेल । म पुरानो पाना पल्टाउँछु बस्तीको । बस्तीका खबर छ सबल र सम्पन्न । खबरमा रुवाइको रङ छ गाढा । हाडछाडाको पसल छ मान्छेको शरीरमा । खबरको अर्को नाम करुणाको वर्षा । सम्बन्ध सम्बोधन र शृङ्खलाहरू खबरका काला आकृति हुन् । खबरको हतोरा छ बस्तीको अनुहारमा । हाम्रा घरमा पिशाच छन् तिम्रा घरमा देउता ।
‘तिम्रो घरमा देउता’ निबन्धका यी सबै पङ्क्ति कविता बनेका छन् । पीडा र मर्मले बस्तीको हाल खबर यथार्थरूपमा सजिव भएको छ । भिजेका आँखाको बोली छ, करुणा छ जीवनको यथार्थ छ वर्तमान समयको । निबन्धकारका यिनै शब्दलाई कवितामा यसरी पनि भन्न सकिन्छ :

नथेक्ने आँसुको भेल जताततै छ गाउँमा
जीवन दुःखमा बाँच्छ हाडछाला छ साथमा ।

देखाई दर्दको कालो आकृति यो शरीरमा
घुम्दछन्, लुछ्दछन् धेरै देखिन्नन् देवता यहाँ ।

राम्रा खबर भेटिन्नन् बस्तीबस्ती उजाड छ
अभाव कसरी मेट्ने निबन्धमा विचार छ ।

सङ्ग्रहको तेस्रो निबन्ध हो — ‘भेटौंला कप्mर्यूमा !’ यसमा नेपालको वर्तमान सन्दर्भलाई सटिक र यथार्थ रूपमा व्यक्त गरिएको छ । नेपाली जनता कप्mर्यूबाट मात्र होइन हडतालले पनि आजित भएका छन् । केवल बोली मिलाउने बाहेक केही परिवर्तन हुन सकेन । ‘समर्पण, निष्ठा र जुझारुका आँखामा फुईं रहेछ–कप्mर्यू’ भनेर निबन्धकार दिक्क भएको भाव व्यक्त भएको छ । निरङ्कुशताका पर्खाल भत्काउन भेलले कप्mर्यूको सातो लिएको थियो केही आशा र भरोसामा तर त्यसबाट विमुख भएको देख्दा आजित भएका छन् लेखक । पढ्दै जाँदा मलाई पनि सटिक लाग्यो र भनेँ —

गढन्ते भो मगन्ते भो पिल्सिए सब सज्जन
उर्लेको बाढ, बाढीको भावना कुल्चिए मन ।

नयाँ घर बनाएर संसार यो सजाउँछु
भन्नेको मन भत्काई गएको सब देख्दछु ।

चौथो निबन्ध — ‘पुलमुनिका घर’ हो । यसमा वाग्मतीको कथा छ, व्यथा छ, त्यहीं बस्ने जीवन छ, कति निरीह मान्छे, धर्मकर्मको पोखरी छ, वरपर अनगिन्ती चिल्ला गाडी घुम्छन्, तिनैको फोहोर छ, दुर्गन्धले नाक छोप्दै हिंड्ने मान्छे, आपैmलाई दुर्गन्धित बनाएको छ । खै ! त्यहाँ संवेदनशील भावना बगेको, किन यति निष्ठुर मान्छे भएको हो । निबन्धकार हरेक पुलमुनिका झुपडीमा नियाल्छन्, पुलमाथिका दौड अनन्त छन्, कसैलाई सोंच्ने फुर्सद छैन, कस्तो बिडम्बना ।
‘सट्टापट्टा’ पाँचौ निबन्ध हो । मोटरसाइकल बिग्रेर वर्कसपमा पुगेको प्रसङ्गबाट विषयवस्तु प्ररम्भ भएको छ । काम भनेको कामै हो जसले गरे पनि हुन्छ, लोग्नेस्वास्नी दुवैको काम देखेर प्रसन्न लेखक समाजमा हरेक काममा नारी अगाडि बढेको कुरा देखाएका छन् तर हरक्षेत्रमा सट्टापट्टा हुन्छ भन्ने होइन । कतिपय अवस्थामा लोग्ने मरेर गए त्यो ठाउँ स्वास्नीले ओगटेका पनि छन् तर जहाँतहीं त्यो पूरा हुन सक्दैन भन्ने तर्क प्रस्तुत भएको छ । अन्तमा, ‘शक्ति र हृदयका बाटा छन् बेग्ला बेग्लै’ भनेर निबन्ध टुङ्ग्याइएको छ ।
‘जिउँदाको कुरा काट्दै’ निबन्धमा भने मानिसहरू जिउँदा मान्छेका विषयमा बढी कुरा काट्छन्, समयको बर्वादी । यसमा मर्नेहरू बाँचेकाहरू निम्ति मौन छन् भने जिउँदाहरूले मरेकाहरूका विरुद्ध किन बोल्ने भन्ने लेखकको अभिप्राय छ । राम्रा कुराहरू भित्र्याउन नराम्रा कुरा प्mयाक्न, बाटो निर्धारण गर्न सम्झिने हो, सम्झाउने र बुझाउने क्रममा निबन्ध केन्द्रित रहेको छ ।
‘प्रलयको नाम होइन सुनामी’ यो निबन्ध सातौं निबन्ध हो । इन्डोनेशियाको आचेप्रान्त सुनामी छाललाई लिएर लेखिएको निबन्धमा त्रासमय वातावरण, भोक र अभावलाई व्यक्त गरिएको छ । लाखौं मान्छेका मृत्युले मर्माहत मानिसको स्थितिलाई देखेर विश्वको चासो बढेको प्रसङ्ग रहेको छ । झन्डै दुईलाख मान्छे मृत्युको मुखमा परेको सन्तप्त यो क्षणमा दुई थोपा आँसु पुछ्ने, ‘मान्छे—म’ बोलेको हुँ ‘सुन्दर पृथ्वीलाई चाहिने पनि मान्छे नै हो’ । निबन्धकार मानिसको विवेकमा परिवर्तन र आवश्यकताको कुरा गरेका छन् । वर्तमान समयमा मान्छे यति स्वार्थी र विवेकहीन भएको छ कि आप्mनै घरमा सुनामी निम्त्याउन तयार छ । ध्वंस विध्वंसको सेरोफेरोमा बाँचेको मान्छेकै विवेकले हो भनाइमा स्वीकार्नुपर्ने अवस्था आएको छ । सुन्दर प्रकृतिलाई भत्काउने मानिस नै हो । सुनामी ल्याउने मानिस नै हो । यस सन्दर्भमा भन्न मन लाग्यो

विवेकहीन मान्छेको प्रकृति किन भत्कियो
आपूmभित्रै छ सौन्दर्य नदेखी किन बिग्रियो ।

ध्वंस विध्वंसको खेल खेल्दा नै प्रकृति पनि
सुनामी बन्दियो त्यस्तै बिग्रियो धारणा पनि ।

‘ध्वाँसो मुनि डेरिडा’ निबन्धले डेरिडाको दिनचर्यालाई मात्र इङ्गित गरेको छैन अपितु शहरमा बस्ने मानिसको दैनिकी र रहनसहनलाई समेत इङ्गित गरेको छ, अभावग्रस्त जिन्दगीलाई कोट्याएको छ । एउटा कोठा नै डेरिडाको जीवन बनेको छ । आमाबाबु, दिदीबहिनी, दाजुभाइको कथाव्यथा बोकेको डेरिडा त्यही कोठामा उकुसमुकुस भएर बस्न बाध्य छ तर काठमाडौं शहर भने बेछाँटको राजनीतिक भुमरी रुमल्लिएको छ, सुनसान गाउँमा ध्वाँसोमा लतपतिएका अनुहार रिंगेका छन् – डेरिडाका आँखामा । निबन्धमा क्रान्तिका कुरा छन्, जीवन यापनका कुरा छन्, शहर गाउँका कुरा छन् अनि अँध्यारोमुनिको जीवन छ । ‘ध्वाँसोमुनि डेरिडा’ निबन्धमा विपन्नजीवनको कथा सल्बलाएको छ । यो निबन्ध पढिसकेपछि मलाई पनि भन्न मन लाग्यो :

डेरिडा बाँच्छ ध्वाँसोमा गाउँ शहरको व्यथा
घामपानी सहेको छ, चिन्ता विलाप ती कथा

हात्ती समाइ अन्धाको ज्ञान खै परिपूर्णता
सुनौला सपना बोक्ने मानिस छन् यताउता ।

‘सडक स्वाद’ मा सडकको व्याख्या, परिभाषा, क्रियाकलापको वर्णन गरिएको छ । सडकलाई तमासे र रमिते बनाइएको छ । सडकमा भोज खाँदाको मज्जा निबन्धकार व्यक्त गर्छन् । सडकको कथामा कतै आपूmलाई, कतै अरूलाई विषयवस्तु बनाएका छन् । ‘अन्तिम सत्य हो भोक’ भनेर भोक निम्त्याउने यथार्थतालाई प्रष्ट्याएका छन् । काठमाडौं, पोखरा, गोरखा, सानेपा आदि ठाउँको बयान गर्दै निमुखा, निरीह प्राणीको दुर्दान्त स्थितिलाई देखाएका छन् । भोकले गर्दा आप्mनो सर्वस्व लुटाउने बाल, बालिकाको स्थितिलाई अर्थात् खातेको कथा यहाँ समेटेका छन् ।

मार्ग त एक निष्ठा हो सदा खेप्छ दुःखादि नै
केही लिंदैन दोधार पूर्णता छ विचार नै ।

धुवाँधार हुने बाटो देख्दा यो मन रुन्छ नै
ज्ञान–विज्ञानको विश्व किन अल्मल हुन्छ नै ।

‘चुराको छलाङ’ दशौं निबन्ध हो । व्यङ्ग्यात्मक शीर्षक छ । नारीको विषय बनाइएको छ । सामाजिक विकृतिले उठ्न नदिएको र कुनै काम गर्दा पनि भयग्रस्त हुने परम्पराले अगाडि बढ्न नसकेको विषय यसमा रहेको छ । वर्तमान समयमा महिलाहरू अगाडि बढ्ने प्रयास गरेका छन्, पुरुषसरह जे पनि काम गर्न अग्रसर हुनुपर्नेतिर सङ्केत गर्दै नारीहरूले चलाएको सैलुनमा कपाल काट्ने प्रसङ्ग उठाइएको छ । यसको तात्पर्य निबन्धकारलाई नै यो पसल चाहिएको भन्दा पनि महिलाको विकाससम्बन्धमा वा सामाजिक कारणले अगाडि बढ्न नसकेको प्रसङ्ग कोट्याइएको छ ।
‘पहिराको धावा’मा नामको पहिराले खर्लप्पै पारेको कथा छ । निबन्धकारले १३ कार्तिक २०५७ मा कामको सिलसिलामा त्यहाँ राम्चे पुग्दा झुपडीमा भात खाएको र त्यसको करिब तीन वर्षपछि मध्यरातमा राम्चेलाई पैराले बगाएको कुरा वर्णन छ ।संवेदनशील निबन्धकारलाई यसले पोल्यो । त्यसैले पहाडमा बस्ने मानिसहरूको कथाव्यथालाई यहाँ समेटिएको छ भने ‘धरहराको लेफराइट’ निबन्धमा धरहरा चढ्दाको अनुभूति व्यक्त भएको छ ।
‘एक हातको ताली’ निबन्धमा २०३६ सालको बहुदलको मागको बेला रत्नपार्कमा भएको आमसभामा न्याङरुङेले देखेको परिवर्तनको प्रसङ्ग र २०४६ साल चैत्र महिनाको मान्छेको हुल देखेर सबैमा आएको उत्साह र आशावादी भावना पनि व्यक्त भएको छ । यस्तै, कोरसमा एउटा स्वर, एक भङ्ज्याङ् पीर, शर्मिला, पार्कर र धानवारी, जयमाया अर्थात् नेपालीहरू, सुनचुराको दान दिए, टाउकापर्वको श्रोता, धने बौलाहा र डिस्को, बाढी र बाउन्ने बुद्धिजीवी, किरियाबाजको दैनिकी, कोतपर्वको दर्शक अन्य निबन्ध हुन् । सबैमा विषयवस्तु समाजबाटै लिइएका छन् । जयमाया अर्थात् नेपालीहरू निबन्धले इन्द्रबहादुर राईको कथा जयमाया मात्र लिखापानी आइपुगीलाई सम्झना गराएको छ ।
कतिपय निबन्धहरूमा समाजमा प्रायः प्रयोग हुने गरेका अश्लील शब्दहरू छन्, शायद यथार्थ देखाउन हो कि ? तर श्लील शब्दको प्रयोग हुनु राम्रो हो । लेखनमा व्यञ्जनाशक्ति र लक्षणाशक्तिको आफ्नै महत्ता रहेको छ । लाक्षणिकरूपमा नबोली अभिधार्थमा प्रयोग गर्दा खल्लोपन ल्याएको अनुभव हुन्छ । त्यस्तै निबन्धहरूमा देखिएका बिनाक्रियाका वाक्यका पङ्क्तिहरूलेसाधारण बुझाइलाई दुर्बोध्य बनाएको महसुुस हुन्छ । बौद्धिकवर्गलाई ठीक होला तर जनसाधारणले पनि बुभ्mनु पर्छ । विषयवस्तुलाई स्वतन्त्ररूपमा बग्न दिएको भए पनि सङ्क्षिप्तताको शैलीले निबन्धहरू दुर्बोध्य बन्न पुगेका छन् यद्यपि निबन्ध बौद्धिकवर्गको लागि पनि लेखिन्छन् । विषयवस्तुको उठान उत्कर्षमा पु¥याई अन्त्यमा निष्कर्ष हुनुपर्नेमा निबन्धका कतिपय ठाउँमा प्रारम्भ र अन्त्य नै प्रष्ट हुँदैन । निबन्धहरू अन्य सबै कुराहरूमा उत्कृष्ट रहेका छन् । झिना मसीना यस्ता कुरालाई बेग्ल्याएर हेर्दा वास्तवमा निबन्धसंग्रह विषय, शैली, प्रस्तुती आदिमा नवीनताले गर्दा उत्कृष्ट भएको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 30 पौष, 2066

लेखकका अन्य रचनाहरु