दसैं

- विवश पोखरेल

यसपल्ट पनि ऊ त
कतैबाट डुल्दै डुल्दै आएको थियो ....
कतैबाट झुल्दै झुल्दै आएको थियो ...
जजसका जहान बालबच्चा आफूसागै थिए
तिनको आागन सिकुवा र घरभित्रैसम्म
खुशीका तरंगहरु हुल्दै हुल्दै आएको थियो ...
कतैबाट डुल्दै डुल्दै आएको थियो ...
कतैबाट झुल्दै झुल्दै आएको थियो ...
भुराभुरीहरुको-
वर्ष दिनपछि फेरेको रङ्गीचङ्गी नानामा
चाडको निम्ति जोरजाम गरेको खानामा
असार साउनमा माना लगानी गर्ने
अनि मंसिरको आागनमा मुरी अन्न भर्ने
अनिकालमा सघाउनेजस्तो भएर
सिङ्गै मंसिर स्वात्तै खाएर पनि नअघाउनेजस्तो भएर
एसपल्ट पनि ऊ त-
कतैबाट डुल्दैडुल्दै आएको थियो ...
कतैबाट झुल्दैझुल्दै आएको थियो ...
नानीहरुले जिस्केर
स-स्याना हातले इसारा गरेर बोलाइदिनाले
बाबुआमाको टाउको टेक्दैटेक्दै आएको थियो ...
डढी सकेको घरघडेरीमा बसेर भए पनि
सुन्दर भविष्यको सपना देख्नेहरुलाई
सर्वस्व लुटिइसकेपछि पनि
पक्षीका भुक्त उडानको गीत लेख्नेहरुलाई
एसपल्ट पनि भेजोले-
कति धार्नी दसैा चाहिन्छ ? भनेर सोधेको थियो ...
व्याउला व्याउली र लाशहरु सिगार्ने बस्त्र
एक्कै ठाउामा सजाएर बसेको
केटीहरुको सपनाजस्तै रङ्गीन दोकानले पनि
कुन रङ्गको दसैा चाहिन्छ ? भनेर सोधेको थियो ...
घोडा छाादिसकेको वीर योद्धालाई क्रान्तिले जस्तै कालो रात्रीले पनि-
कुन हतियारको दसैा चाहिन्छ ? भनेर सोधेको थियो ...
अलिकति धर्तीबाट माटो सापट गरेर
मकै धान उमार्ने टपरीले पनि
कति बोट जमाराको दसैा चाहिन्छ ? भनेर सोधेको थियो ...
जुनसुकै डिजाइनको लुगा लगाए पनि
कात्रो नै बेरेको जस्तो देखिने जिउलाई
कुन रङको दसैाले सिगार्नु र ?
खराप मानिसको निम्ति दरबान भएर
किसिमकिसिमका हातहतियारहरु
कालो रात्रीमा ढुक्कै परेड खेल्दै छन्
इतिहासको निम्ति सैनिक बन्न चाहनेले
कुन हतियारको दसैा छानेर उठाउनु र ?
साथीहरुलाई मलसााप्राले छिनाएपछि
ज्यान बचाएर-
छक्क परेका परेवाजस्ता कानहरु छन्
नाथे भर्लाको टपरीमा उमि्रएका जमराहरु
कुन कानमा सिउरिनु र ?
जतातिरबाट सम्झे पनि
कामै नलाग्ने पलाासको फूलजस्तो भएर यसपल्ट पनि ऊ त-
कतैबाट फुल्दै फुल्दै आएको थियो ...
कतैबाट झुल्दै झुल्दै आएको थियो ...
बच्चाहरुको चिन्ताले खुम्चिएको
छालाको निधारमा-आशीवार्दलाई ओथ्रा बस्न मनाही गरिदिए
मेरो छातीमा तोप पड्काएर हर्कबडाई गर्ने
उसको गुरु-योजना च्यातेर छरिदिए
ललाउादै फकाउादै- भन्न त ऊ
'तिम्रो ओठलाई मुस्कानको उपहार ल्या'को छु' भन्थ्यो
तर ओठै बलात्कृत होला भनेर-
घृणाका थुकहरु ओठैभरि तैनाथ गरिदिए
किनभने, जतातिरबाट सम्झे पनि
कामै नलाग्ने उन्युको फूलजस्तो भएर
एसपल्ट पनि ऊ त
कतैबाट फुल्दै फुल्दै आएको थियो ...
कतैबाट झुल्दै झुल्दै आएको थियो ...
कतैबाट डुल्दै डुल्दै आएको थियो ...

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 3 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु