युद्धको पीडा

- हरिहर खनाल

मेरो जीवनमा यसरी आमुल परिवर्तन आउला भन्ने कुरा मैले सपनामा पनि सोचेकी थिइन । समयको चक्रमा पिसिँदै जाँदा कतिपय कुराहरू त कल्पना नै नगरेका भए पनि तिनीहरूले साकार रूप लिँदा रहेछन् भन्ने कुरा अहिले मलाई आभास भैरहेको छ । विगतबारे जब घोरिएर सोच्छु, म आफै स्तब्ध हुनपुग्छु । यसरी आफ्नो जीवनलाई फर्केर हेर्दा म आपैm दङ्दास पर्छु । कहिलेकाहिँ त सोच्तै नसोचेका र सामान्यतया असम्भव लाग्ने कुराहरू पनि ब्यवहारिक जीवनमा भने साँचो साबित हुन आइपुग्दा रहेछन् । सहनु मात्रै
सक्नुपर्छ, जीवनका अनेक रूप देख्न पाइन्छ भन्ने कुरा साँचो रहेछ ।

किशोर बयमा हिँड्दै गर्दा मेरा पनि थुप्रै सुनबुट्टे सपना थिए । साथीहरूसित तेलकासा खेल्दा र त्यसरी नै अरू कुनै काममा व्यस्त रहेका बेला म फुक्काफाल हुन्थेँ । एक प्रकारले भन्दा मेरो मन विल्कुलै हल्का हुन्थ्यो र म जेमा लागिरहेकी हुन्थेँ त्यसैको परिवेशमा घोलिएर म त्यसै हराउँथेँ । म हराउनु भनेको मेरो मन हराउनु हो । अघिपछि भुमरीमा परेर चुँडिएको चङ्गासरि हुने मेरो मन त्यसरी उफ्रँदै खेल्दा कता हराउँथ्यो कता । त्यसको कुनै लेखो हुन्थेन ।

हाम्रो टोल–छिमेक, गाउँघर र सहर सबै ठाउँका युवा–युवती किशोरावस्था पार गर्न पाउँदा नपाउँदै सरकार कि विद्रोही दुईमध्ये एकको नजिकमा पुग्थे । पुग्नु पथ्र्यो । त्यसो गर्नु एक प्रकारको वाद्यता नै थियो । हाम्रो देश गृहयुद्धको चपेटामा नराम्ररी फस्न पुगेको थियो । जो कोहीका लागि पनि वार कि पारको स्थिति थियो ।

देशमा चरम बेरोजगारी ब्याप्त थियो । सरकारी जागिर पाउन त्यति सरल र सहज थिएन । देशको कृषि मनसुनमा भर पर्नु परेजस्तै सरकारी जागिर खान र पाउका लागि भनसुनको निकै ठूलो हात थियो । देशको प्रशासन यन्त्र नातावाद, कृपावाद र घुसखोरीको विषालु छायामुनि असाध्यै नराम्ररी जकडिन पुगेको थियो । सरकारको त्यस्तो पक्षपातपूर्ण नीतिको जति बिरोध र टिका–टिप्पणी गरे पनि त्यसको कुनै अर्थ थिएन । काग कराउँदै छ पिना
सुक्दै छ भनेजस्तो स्थिति थियो । त्यसैले हाम्रो देशका अधिकाङ्स युवाहरू कि त विदेश हानिएका थिए कि भने विद्रोही सेनामा भर्ती भएका थिए ।

विगतलाई फर्केर हेर्दा त्यसै कहाली लागेर आउँछ । अहिले यति बेला त म गाउँका प्रौढ महिलाहरूलाई पढाउन र स्वरोजगारका लागि प्रशिक्षण दिने एक जना दक्ष महिलाका रूपमा काम गर्दैछु र समयको यो रेखामा उभिएर पछाडितिर फर्केर हेर्दा के त्यो मेरो आप्mनै जीवन थियो त ? भन्ने पनि लाग्छ मलाई । मेरो यस प्रकारको सोचाइको अर्थ के हो भने मेरो त्यो कहाली लाग्दो विगतको दुर्घटना सामान्यतया सबै मानिसका जीवनमा आइ लाग्दैन । तथापि युद्धको पीडा भोग्न विवस त्यो समयका मेरा दौँतरीहरू, गाउँलेहरू र स्वजनहरू त्यो बिडम्बनापूर्ण समयको शिकार हुन पुगेका थिए । जतिसुकै प्रयत्न गर्दा पनि बिर्सन नसकिने त्यो त्रासदीले सायद मेरो जीवनभर मलाई मेरो आफ्नै छायाँले हरदम पछ्याएसरि पछ्याइरहने छ ।

हाम्रो गाउँ सरदर नेपाली गाउँहरूजस्तै एउटा पिछडिएको पहाडी गाउँ हो । पश्चिमी नेपालको यो दुर्गम गाउँमा समकालीन सहरले उपभोग गरिरहेको सुख र सम्पन्नताको कल्पना गर्नुसम्म पनि एउटा फजुल कुरा गरेजस्तै हो । मानिसहरू बिहान उदाएदेखि बेलुकी अस्ताएसम्म आफ्ना कामधन्दामा, खेतीपातीमा र घरब्यवहारमा तल्लिनतापूर्वक लागिरहन्थे । परिवर्तनप्रति जागरुक हाम्रा गाउँलेहरू समयका पदचापहरूसित एकाकार भएर अघि बढ्ने कुरामा समेत सधैँ उत्सुक थिए । त्यसैको प्रतिफल भन्नुपर्छ, गाउँका मेरा दिदी बहिनी र
साथी सँगती पनि स्कुल जाने सुविधा उपभोग गरिरहेका थिए । त्यै मेसोमा म पनि स्कुल पढ्ने सुबिधा उपभोग गर्ने एउटी भाग्यमानी चेली हुन पुगेकी थिएँ ।

हाम्रो स्कुल एउटा सहशिक्षालय थियो । स्कुलमा मेरा धेरैजसो मिल्ने साथीहरूमा केटीहरू नै बढी थिए । तर केटाहरूलाई पनि हामी बिना हिचकिचाहट हामीसित मिलेर अतिरिक्त कृयाकलापहरूमा भाग लिने छुट दिइका थियौँ । अझ सरल शव्दमा भन्ने हो भने हामी केटा र केटीमा त्यति धेरै विभेद नै गर्दैनथ्यौँ ।

समयको चक«मा बेरिँदै जाँदा थाहा नै नपाइकन मेरो शरीरमा परिवर्तनका रेखाहरू कोरिँदै गएछन् र म बिस्तारै बैँसका खुट्किला चड्न थालिछु । त्यै समयमा हुनुपर्छ, पल्लो गाउँको मेरो सहपाठी जीवनसित मेरो मन विस्तारै लहसिन थालेछ । अर्को शव्दमा भन्दा हामी दुईबीच प्रेमको बिजाङ्कुरण हुन पुगेछ । हाम्रो त्यो प्रेम बिस्तारै झाङ्गिदै गयो र त्यसले क«मशः आकार लिन थाल्यो । उसले त्यसलाई कसरी लिएको थियो कुन्नि, तर मैले भने हाम्रो प्रेमलाई एउटा नयाँ सिर्जनाको प्रारम्भ, एक आपसको समर्पण र एउटा सुन्दर बगैँचाको निर्माणका रूपमा ग्रहण गरेकी थिएँ । युवा भावुकतामा चुर्लुम्म डुबेको हामी दुईबीचको प्रेमले कालान्तरमा एउटा स्पष्ट आकार लियो र हामीले जीन्दगीभर एक आपसमा नछुट्टिने प्रण गर्दै प्रणयसुत्रमा बाँधिने निर्णय ग¥यौँ ।

माध्यमिक तहको पढाइ पूरा भएपछि उच्च शिक्षा लिने मेरो निकै ठूलो धोको थियो तर त्यो पूरा हुन सकेन । घरबारे भएपछि जीवन र म, हामी दुवैको पढाइमा पूर्णविराम लाग्यो । हामी प्रणयसुत्रमा बाँधिएको केही समयसम्म त हाम्रो जीवन आनन्दपूर्वक नै बित्यो । हामी दुवै उमेरदार थियौँ र पाखुरी बजारेर खानका लागि हामीलाई कुनै किसिमको असजिलो लाग्थेन । हाम्रो आफ्नै खेतीपाती थियो । त्यो धेरै नभए पनि दश नङ्री खियाएर काम गर्दा हिउँद–बर्खा धान्ने अन्न उब्जन्थ्यो । हाम्रो परिवारको आकार पनि मध्यम प्रकारको थियो । सासु, ससुरा, एकजना देवर र हामी दुई । देवर स्कुल जान्थे, सासु, ससुरा घर–ब्यवहार समाल्नु हुन्थ्यो, हामी मेलपात । चखेवा–चखेवीको जोडीजस्तो थियो हाम्रो जीवन । जता जाँदा पनि सँगै, जे गर्दा पनि सँगै । कति मानिसहरू त हाम्रो पिरती देखेर रीस र डाह पनि गर्थे । तर हामी अरूले के भन्छन् भन्ने कुराको कुनै मतलब राख्तैनथ्यौँ र आफ्नो काममा तल्लिनतापूर्वक लागिरहन्थ्र्यौँ । पाखुरी बजारेर खानु हाम्रालागि असाध्यै आनन्नदायक काम लाग्दथ्यो ।

समय बित्दै जाँदा हाम्रो देशमा, हाम्रो समाजमा र हाम्रो गाउँघरमा हामीले कहिल्यै कल्पना नै नगरेका घटनाहरू घट्न थाले । शान्त पोखरीजस्तो हाम्रो गाउँमा एकाएक हुरी आयो । भएभरका युवा युवतीहरू गाउँबाट हराउन थाले । तिनीहरू कता लागे सुरुमा हामीलाई थाहा थिएन । पछि हामीले बुझ्यौँ, तिनीहरूमध्ये केही जनमुक्ति सेनामा भर्ती हुन पुगेछन्, केही सरकारी सेनामा । यसरी, स्वच्छ हावा र चिसो पानी पिएर रनवन घन्काउँदै गीत गाएर हिड्ने तन्देरी तरुनीहरू कि यो कि त्यो सेनामा भर्ती हुन थालेछन् । हामी समालिएर बस्न खोजे पनि परचक्रीहरूको चुक्लीका कारण त्यहाँ बसिरहने स्थिति रहेन । बेला–कुबेला सरकारी फौजले गाउँमा मार्च गर्न थाले । त्यसपछि भने गाउँमा आतङ्कको एउटा साम्राज्य नै कायम भयो । मानिसहरू डरले भित्रभित्रै थर्कमान हुन थाले । समय बित्दै जाँदा गाउँका मानिसहरू दुई कित्तामा बाँडिए, परिवर्तनकारी र प्रतिक«ान्तिकारी । द्वन्द्वको असाध्यै नराम्रो चपेटामा हाम्रो गाउँ विस्तारै भासिँदै गयो । त्यो अन्योलपूर्ण स्थितिबाट मुक्त भएर सुखपूर्वक एउटा शान्त जीवन जिउने अभिलाशा लिएर जीवन र मैले एक दिन गाउँ छाड्ने निधो ग¥यौ र तराईको बाटो लाग्यौँ ।

तराइमा पुगेपछि मात्रै हामीलाई थाहा भयो, हाम्रो देशको हरेक ठाउँ एकै प्रकारको भुमरीमा भासिन पुगेको रहेछ । त्यो देखेर मेरो मन झनै आत्तियो । हुरीमा परेको चरीसरि आत्तिएर मैले जीवनको अनुहारमा हेरेँ । मेरो मनको कुरा बुझेझैँ गरी उसले मेरो हात समातेर मलाई सान्त्वना दिने लवजमा भन्यो : हेर कल्पना, तिमी नडराउ । हरेस खाएर कुनै काम छैन । परेको टर्छ । म भएसम्म तिमीलाई के को फिक्कर ? ज्यानको बाजी लगाएर म तिम्रो रक्षा गर्ने छु । सँगै जिउँला, सँगै मरुँला । मेरो विस्वास गर । जीवनले त्यसो भन्दा मेरो मन प्रफुल्ल भएर आयो । मैले त्यसपछि लामो सास फेरेँ र मनलाई आस्वत पार्ने प्रयत्न गरेँ ।

हामीले पहाड घर छाडेर त्यो ठाउँमा पुगेको पनि त्यति बेला छ महिना कटिसकेको थियो । म दुई जिउकी भएको त त्यति बेला दश महिना लागिसकेको थियो । हामीहरू निमेकमाउलो गरेर जीवन गुजार्दै थियौँ । हामीहरू निकट भविश्यमा हाम्रो प्रेमको प्रतीकका रूपमा यस धरतीमा पदार्पण गर्न लागिरहेको हाम्रो सन्ततिका बारेमा सुनबुट्टे कल्पनाका सप्तरङ्गी पूmलहरू उन्दै थियौँ । त्यै समयमा अचानक हाम्रो गाउँको आकाशमा काला बादलका मुस्लाहरू मडारिन थाले । हामी वरिपरिको वातावरण क्रमशः अँध्यारो गुम्बजमुनि पुरिन थाल्यो । हामीहरू समय समयमा छिमेकी गाउँहरूमा घटेका दुर्दशापूर्ण घटनाहरूका विषयमा अनेक थरि कुरा सुन्थ्यौँ । छिमेकी गाउँहरूका विषयमा सुनिएका त्रासदीपूर्ण घटनाहरूले हाम्रो आँतै चीसो भएर आउँथ्यो । त्यो त्रासदीको कालो चक« हाम्रो आकाशमाथि पनि क्रमशः फैलँदै गयो ।

मेरो जिउ हलुङ्गो भएको भर्खर तीन दिन भएको थियो । विस्तारै ल¥याङ्त¥याङ गरेर बच्चालाई दुध खुवाउनसम्म सक्ने भए पनि मेरो शरीरबाट ब्लिडिङ् पूर्ण रुपमा रोकिइसकेको थिएन । त्यै बेला हाम्रा छिमेकी गाउँमा सरकारी फौजले धाबा बोलेको हल्ला सुनियो । हेर्दाहेर्दै हाम्रो आफ्नै गाउँमा समेत एक्कासी कोलाहल मच्चियो । तिनीहरूले गाउँका हरेक लोग्नेमान्छेलाई समातेर कुटपिट गर्दै बन्दी बनाउन थाले । त्यसपछि सबै स्वास्नीमान्छेहरूलाई स्वजनहरूकै अगाडि सामुहिक रूपमा इजेत लुट्न थाले । त्यो बिभत्स खबर सुनेपछि मेरो मुटु डरले थरर काँप्यो । जङ्गलमा फैलिएको हुरीको डढेलोसरि हाम्रो गाउँमा पसेको त्यो आतङ्कको कालो छायाँले हाम्रो आँगनमा पनि पाइला टेक्यो । हाम्रो छाप्रोमा पसेको फौजको एक झुन्डले पहिले जीवनलाई समाते र पाता कसेर लडाएर पिटे । तीन दिनको नवजात शिशुलाई च्यापेर मैले सकिनसकी त्यसको प्रतिवाद गर्ने प्रयत्न गर्न खोजेँ । तर व्यर्थ । मेरो केही लागेन । मेरो त्यो प्रयत्न बगरेको अगाडि उभिएको पाठाको जस्तो मात्र हुन पुग्यो । एकै छिनमा ऊ भुइँमा पछारियो र हलनचल भएर लड्यो । त्यसपछि के भयो खै त्यो कुरा म यो मुखले कसरी व्याख्या गरूँ ? तिनीहरूमध्ये एक जनाले मतिर मसिनगन तेस्र्यायो र अर्कोले मेरा शरीरका लुगा थुत्न थाल्यो । मैले न्वारानदेखिको बल निकालेर त्यसलाई पर धकेलेँ र “म तीन दिनकी सुत्केरीलाई पनि हातपात गर्न तँलाई लाज लाग्दैन पाजी ?” भनेर त्यसको मुखमा थुकिदिएँ । तर मेरो केही शिप लागेन । तिनीहरू सबै मिलेर निर्लज्ज तरिकाले भुइँमा लडाए । कुनैले मेरा हात समाते कुनैले खुट्टा । अनि कुनैले मेरा कपडा च्यातेर फ्याँके र मलाई लुटे । तिनीहरूको प्रतिकारमा मैले तिनीहरूका हात र जे पायो त्यही टोक्न थालेँ, तर मेरो केही लागेन ।

आफ्नै आँखा अगाडि आफ्नी जहान बलात्कृत भएको टुलुटुलु हेरेर बस्न विवस मेरो लोग्ने जीवन वेदनाले सायद पागल भयो होला भन्ने ठानेँ मैले । होसमा आउँदा मैले मेरो शरीर पूरै रगतको आहालमा डुबेको पाएँ । मेरो नवजात शिशु अलिपर कुनामा आँखा चिलेर घाँटी खिर्खि¥याउँदो आवाजमा रोइरहेको देखेँ । मैले विस्तारै आँखा उठाएर यताउता हेरेँ, त्यहाँ मैले जीवनलाई कतै पनि देखिन । म ज्युँदै मरेजस्तो लाग्यो मलाई । एकछिनसम्म त भाउन्न भएर टाउको फुट्लाजस्तो भयो मलाई । म विस्तारै समालिने प्रयत्न गरेँ र सकिनसकी घस्रिँदै मेरो नवजात शिशुतिर गएर उसलाई तानेँ र आफ्नो बक्षस्थलतिर टाँसेँ ।

बिस्तारै उठेर मैले यताउता हेरेँ, गाउँघर र टोलछिमेक पूरै चकमन्न थियो । एउता अत्यासलाग्दो चकमन्नता व्याप्त थियो त्यहाँ । निकै बेरपछि मेरा छिमेकीहरू विस्तारै यताउता गर्न थालेका मैले देखेँ । तिनीहरूका हातगोडा र शरीर त चलेका थिए, तर त्यहाँ कुनै प्राण बाँकी रहेजस्तो थिएन । तिनीहरू विल्कुनै निर्जीवजस्ता देखिन्थे । तिनीहरूमध्ये एक जनासम्म पनि पुरुष थिएन त्यहाँ । बाल, वृद्ध, वनिता सबै झरीपछिको औँसीको रुझेको रातजस्तै मलिनु अँध्यारो अनुहार लिएर निःशव्द यताउता गर्दै थिए । पूरै गाउँ शोकको भुमरीमा डुबेको थियो । क्षतविक्षत तन र थिलथिलिएको मन लिएर तिनीहरू सकिनसकी चल्बलाइरहेका थिए ।

त्यो त्रासदीपूर्ण दुर्घटनाको एक हप्तापछि विस्तारै हाम्रो गाउँ सामान्य अवस्तातिर फर्कन थाल्यो । घरबार छाडेर हिँडेका पुरुषहरू फेरि गाउँमा देखिन थाले । प्रायः बन्द भएका ओठहरू चल्मलाउन थाले । तर ती ओठहरू पहिलेकै झैँ खुल्न भने सकिरहेका थिएनन् ।

त्यसको तीन दिनपछि मेरो लोग्ने जीवन साँझपख एकाएक घरको आागन टेक्न आइपुग्यो । उसले आँगनमा पाइला राख्ने वित्तिकै मेरो हृदयको एक कुनामा कतैतिर अलिकति राहत महसुस गरेँ मैले । वेदना र ग्लानीले शिथिल भएको मेरो मनको एक कुनामा अलिकति आशाको त्यन्द्रो पलायो । मैले आफैँलाई आस्वस्त पार्ने प्रयत्न गर्दै म अलिकति उज्यालो हुने प्रयत्न गरेँ । त्यो उज्यालो प्रकट रूपमा भने
मैले बाहिर ल्याउन सकिन । आँगनको बीचोबीचमा उभिएर जीवनले मलाई एकोहोरो हे¥यो, निकै बेर, निःशव्द । वाणी विहीन त्यसको त्यो हेराइले म भित्रभित्रै आतङ्कित भएर थरर काँपेँ । एकोहोरो मतिर हेरिरहेको त्यसले भतिर आएर मेरो नवजात शिशुलाई लियो र एउटा क्रुर आवाजमा भन्यो, “ कल्पना, अब तँ मसित छैनस् । तँ तेरो सुर गर् । म तँजस्ती बिटुलिएकी आइमाइसित बस्तिन । ”

जीवनका ती शव्दहरू सुनेर मेरो शरीर पूरै शिताङ्ग भयो । म एकैचोटी छाँगाबाट खसेसरि भएँ । मैले विस्तारै आपूmलाई समाल्ने प्रयत्न गरेँ र उसको अनुहारतिर गहिरिएर हेरेँ । जीवनभर कस्तै दुःखकष्टमा पनि नछुट्टिने प्रण गरेर मलाई आस्वस्त पार्ने मेरो प्रिय मान्छे,, हर्कुलसकोजस्तो हिम्मत र छाती भएको मेरो मर्द लोग्ने जीवनको एक अंश पनि देखिन मैले त्यसको अनुहारमा । एकछिन त कतै त्यो मान्छे मेरो लोग्ने जीवन नै त हो ? भन्ने प्रकारको प्रश्न उठ्यो मेरो मनमा । मैले त्यसको अनुहारमा गहिरिएर हेरेँ । मान्छे उही भए पनि पूरै स्वरूप फेरिएको थियो त्यसको । जसको लागि भनेर मैले आफ्नो जन्मथलो, आफ्ना इष्टमित्र, आफ्ना साथीभाइ, आफ्ना आमाबाबु र आफ्ना याबत् चिज त्यागेर आपूmलाई पूर्ण रूपमा समर्पण गरेर हिँडेकी थिएँ त्यो मेरो मायालु जीवन त्यहाँ थिएन । मैले देखेँ, त्यसको अनुहारमा एउटा हिंस्रक जनावरको आवरण टाँसिएको थियो । त्यहाँ एउटा आदिम कुरूप पुरुष मेरो अगाडि थियो । सम्हालिन खोज्दै मैले बिस्तारै भनेँ, “ यसमा मेरो के दोष छ जीवन ? तिमीलाई थाहा छ, हाम्रो पूरै गाउँ एउटा अपल्पनीय पीडाको सागरमा डुब्न पुग्यो । एकाएक आई लागेको अथाह विपत्ले हामी सबैको हृययमा कहिल्यै पनि नपुरिने एउटा गहिरो घाउ पारेर गयो ।” मैले उसलाई सम्झाउने प्रयत्न गरेँ ।
“तँ जे भन् कल्पना, म तेरो कुरा सुन्नेवाला छैन । तँ बिटुली भैसकेकी छेस् र म अब तँसित बस्न सक्तिन । अब म मेरो सुर गर्छु, तँ तेरो सुर गर् ।” यति भनेर जीवन मेरो बच्चा लिएर त्यहाँबाट हिड्ने तर्खर गर्न थाल्यो । मेरो लोग्ने भनाउँदो त्यो पुरुषको तुच्छ कुरा सुनेर म अवाक् भएँ । त्यसले मेरो तन र मन दुवै चुँडालेर त्यहाँबाट अलप हुन खोज्दै थियो । मैले अलिकति हिम्मत बटुलेर भनेँ -“ठीक छ जीवन । दिनको उज्यालोमा, सारा गाउँसँगै हामीमाथि जवरजस्ती थोपरिएको यो अनिच्छित युद्धको त्रासदीबाट पीडित हामी र हाम्रो जीवनलाई तिमीले बुझेर पनि बुझ पचाउँछौ भने मेरो भन्नु केही छैन । तिमी र म हिँजोको हाम्रो प्रणयको सुरूको समयदेखि आजसम्म सँगै थियौँ । मैले भनेको सुन्छौ र मान्छौ भने हाम्रो विगतको त्यो त्रासदीपूर्ण अवस्थाको दोषी तिमी वा म कोही पनि होइनौँ । यो हाम्रो समयको एउटा कुरूप क्षणको बज्र प्रहारमा पर्न पुग्यौँ हामी । तिमी यो मान । तिमी यो कुरा महसुस गर । तर तिम्रो छाँट देखेर म त तर्सिइरहेकी छु । मैले यति भन्दासम्म मेरो अनुहारतिर ताकेर हेरिरहेको उसले फेरि पनि तिनै शब्दहरू दोहो¥यायो ।
“ तँ जे भन् कल्पना, अब म तँसित बस्तिन । अब तँ तेरो सुर गर् ।” त्यसको त्यो सम्वेदनाहीन कुरा सुनेर मलाई निकै झोँक चल्यो । त्यसपछि मैले त्यसलाई दृढ स्वरमा भनेँ -“त्यसो भए ठीक छ । म जसरीतसरी जिन्दगीको यो उबडखाबड बाटो हिड्ने प्रयत्न गरुँला । तिमी जे इच्छा लाग्छ त्यो गर ।” यति भनेर मैले उसको काखको बच्चा समातने प्रयास गरेँ ।
“यो म तँलाई दिन्न । यो मेरो छोरो हो ।” त्यसले त्यसको कठोर अनुहार मतिर ताकेर उत्तर दियो । मलाई लाग्यो, एउटा गरुङ्गो घनले बेजोडले ठोकेझैँ उसका मुखबाट निस्केका प्रत्येक शव्दले लगातार मेरो मुटुमा हिर्काइरहेका छन् ।
“मैले यसलाई दश महिनासम्म मेरो शरीरभित्र पालेँ, अब पनि यसको आँत भरेर यसलाई ज्युँदो राख्न मैले मेरो छाती चुसाउनु पर्छ, । नत्र हेर जीवन, तिम्रो र मेरो प्रेमको निसानी यो अबोध शिशु घाँटी सुकेर मर्छ ।” मैले निकै भावुक भएर त्यसलाई सम्झाउने प्रयत्न गरेँ । “त्यसको तँ चिन्ता नगर् कल्पना । त्यो कामको जिम्मा मेरो हो । सके म यसलाई गाईको दुध खुवाएर हुर्काउँछु, नसके पनि बट्टाको दुध पिलाउँछु । ल, तँ बस्, म हिडेँ । ” यति भनेर ऊ फरक्क पछाडि फक्र्यो र बाटो लाग्यो । उसले मेरो हृदयको टुक«ा, मेरो डेड हप्ताको शिशुलाई काखमा च्यापेको थियो । त्यो लमकलमक गर्दै लगातार अगाडि बढ्दै गयो । त्यो गएको बाटोलाई पच्छ्यउँदै “जीवन ! जीवन !!” भन्दै म केही परसम्म पुगेँ, तर त्यसले मेरो आवाज सुनेको नसुन्यै ग¥यो । त्यसले पछाडि फर्केरसम्म हेरेन । त्यो एउटा घुम्तीमा पुगेपछि मेरो दृष्टिबाट लोप भयो र एकाएक बिलायो । म त्यहीँ थचक्क बसेँ ।

धागो चुँडिएको चङ्गासरि मेरो जीवन पनि हिँड्दाहिँड्दैको बाटो भासिएर अनायासै एउटा गहिरो र अँध्यारो खाडलतिर धकेलिन पुगेको थियो । अब के गर्ने होला भन्ने कुराले म बिलखबन्दमा परेकी थिएँ । कहिल्यै कल्पनासम्म नगरेको स्थितिमा पुगेकी थिएँ म । म रुन खोजेँ, तर अचम्म । मेरा आँसु सबै सुकिसकेका रहेछन् । मेरा आँखाबाट एक थोपा पनि आँसु झरेन । म त्यसैत्यसै विक्षिप्तजस्ती भएँ । एक मन त मलाई आत्महत्या गरूँजस्तो लाग्यो । तर बिस्तारै मैले आफ्नो मनलाई आफै सम्झाउन थालेँ । एक बारको जुनी । यो सुन्दर सन्सार फेरि हेर्न पाइने होइन । दुःख–सुख र आपत् बिपत त हाम्रो जीवनका अभिन्न अङ्ग नै हुन् । मैले आपूmलाई यसै भनेर सम्झाएँ ।

के गरौँ र कसो गरौँको दुबिधाबीच छट्पटिइरहेको मेरो मनलाई मैले धेरै कोणबाट सम्झाएँ । अझ यसो भनौँ, आफैले आफैलाई सान्त्वना दिएर जीवनको कठिन बाटोमा हिड्न मैले कोसिस गरेँ । यसरी त्यो अन्तिम दुर्घटनाको लगत्तै म त्यहाँबाट हिँडेँ । कहाँ जाने ? मेरा अगाडि चारैतिर बाटाहरू थिए, तर ती सबै अस्पष्ट गोरेटाहरूमा छरपष्ट भएको रौँका त्यान्द्रासरि वा भीषण खडेरीको मारमा परेर धाँजा फाटेको जमिनसरि दिशाहीन थिए । म निकै अलमलमा परेँ । मैले मनलाई बाँधेर आखिर एउटा निधो गरेँ । घर फर्कने । जन्म दिने आमा त आखिर आमा नै हुन् । आमाको सम्झनाले मात्र पनि मेरो दुखेको मुटुमा थोरै मलम लगाएजस्तो मलाई अनुभूति भयो । मैले त्यसपछि आफ्नो बाटो समातेँ ।

सुरुमा त मलाई सबैले गाली गरेर दपेट्ने हुन् कि भन्ने ठानेर निकै डर लागिरहेको थियो, तर त्यसो भएन । धेरै समयपछि एकाएक आँगन टेक्न पुगेकी मलाई देखेपछि एकछिनसम्म त घरका सबै मानिस ठाउँका ठाउँ उभिएर मलाई हेर्न थाले । म घरको पिँढीमा बसेपछि आमाले मेरो टाउको मुसार्नु भयो । उहाँका ओठहरू विस्तारै फिरफिर गर्न थाले, तर उहाँ एक शव्द पनि बोल्नु भएन । उहाँका आँखाका कोस रसाएर आँसुका ढिका खसे । भाइ–बहिनी म नजिकै आएर मलाई समात्दै लुटपुटिन थाले ।

समयको गतिसँगै हामीहरू सु्स्तसुस्त हिँड्दै गयौँ । त्यही क«ममा विगतको दुःखदायी समयका हाम्रा अकल्पनीय पीडाहरूलाई पनि हामीले विस्तारै बिर्सँदै गयौँ । समय बित्दै जाँदा मैले मेरो जीवनमा फेरि विस्तारै गति पलाएको अनुभव गर्न थालेँ । मैले जीवनमा जस्तोसुकै दुःख आई पर्दा पनि आफ्नो मनलाई निरास हुन दिइन । मलाई जीवित राख्ने तत्व भनेको मभित्रकै आशा र विश्वासको त्यान्द्रो थियो सायद ।

अब के गर्ने । विगतलाई बिर्सेर आगतका दिनको गोरेटो कोर्ने सन्दर्भमा घरिघरि यस्तो प्रश्न उठ्ने गथ्र्यो मेरो मनमा । म निस्कि«य जीवन जिउन सक्ने खालकी नारी पनि थिइन । फेरि विवाह गर्ने ? फेरि घरबार बसाउने वा अरू क्यै गर्ने ? घरजम र विवाहको कल्पनासम्मले पनि मेरो मुटु हल्लाइदिन्थ्यो । मैले मेरो गाउँघर र समाजलाई अन्तरदृष्टिले हेर्ने प्रयत्न गरेँ । अशिक्षाको भुमरीमा पिल्सिएको मेरो समाज एउटा आदिम समाजभन्दा कत्ति पनि फरक थिएन । गाउँका नारीहरू प्रायः निरक्षर थिए । युवाहरू बेरोजगार थिए र तिनीहरू रोजगारीको खोजीमा गाउँ छाडेर लाखापाखा लागेका थिए । केटाकेटीहरूका लागि गाउँमा एउटा माध्यमिक विद्यालय थियो र तिनीहरू त्यहीँ गएर समय बिताउँथे ।

मैले गाउँका निरक्षर महिलाहरूका आँखा खोल्ने अठोट गरेँ । एक दिन मैले गाउँका केही महिलाहरूलाई जम्मा गरेर मेरो योजना सुनाएँ । मेरो भत्किएको जीवनको रामकहानी हाम्रो टोलछिमेक र गाउँघरका प्रायः सबै मानिसहरूलाई थाहा थियो । त्यस अर्थमा सबै मप्रति सहानुभूतिशील थिए । थप, मैले गाउँमा शिक्षाको दियो बाल्ने प्रयत्न गरेको देख्ता गाउँलेहरू सबै रमाए । त्यसमा पनि महिलाहरू त झन् धेरै खुसी भए । चुलो चौकाको अँध्यारो कुनाबाट बाहिर निस्केर उज्यालो क्षितिजतिर चियाउन पाउने आशामा तिनीहरू निक्कै प्रफुल्ल भए ।

यति बेला म गाउँका अशिक्षित महिलाहरूलाई पढाउन व्यस्ततापूर्वक लागिरहेकी छु र यसले गर्दा मेरो कहाली लाग्दो विगतलाई बिर्सन पनि मलाई सजिलो भैरहेको छ । जव म तल्लिनतापूर्वक आफ्नो काममा लाग्छु, ममा एक प्रकारको नयाँ जाँगर पलाउँछ । मेरो शरीरका नशानशामा नयाँ जोश र जाँगरको नविन रक्तसन्चार हुन्छ । तर घरिघरि भने मेरो छोरा र मलाई त्यति धेरै माया गर्ने मेरो लोग्ने भनाउँदो मूर्ख पुरुष जीवनको सम्झनाले मलाई व्याकुल बनाउँछ । मेरो मुटुको टुक«ा यति बेला कस्तो भयो होला ? त्यो मलाई खोजेर कति छट्पटाउँदो हो भनेर म त्यसैत्यसै मर्माहत हुन्छु । मेरो छोराको सम्झनामा उद्धेलित भएको मेरो मनलाई कहिलेकाहीँ त कति धेरै प्रयत्न गर्दा
पनि समाल्न सक्तिन र मेरा आँखाका कोस रसाएर व्हारव्हारती बाहिर निस्केका आँसुका धारालाई लुकाउन सिरानीमाथि अनुहार टेकाएर म निकै लामो समयसम्म घोप्टो परिरहन्छु ।

शिशिर ऋतुको एक बिहान, म बाहिर आँगनमा बसेर घाम तापिरहेकी थिएँ, एउटा अखबारको पानामा गएर मेरा आँखा अडिए । युद्धले क्षतविक्षत भएको एउटा अफ्रिकी मुलुक सुडानमा स्वास्थक्षेत्रसित सम्बद्ध कार्यमा लागेकी एक जना नेपाली महिला डाक्टर अरुणा उप्रेतीको “वाहिदाको पूmलबुट्टे तन्ना” शिर्षकको त्यो लेख पढ्दैजाँदा मेरो शरीर जिरिङ्ग फुलेर आयो र मेरा रौँ ठाडा भए । के मेरो र वाहिदाको नियति एउटै रहेछ ? मलाई थाहा लाग्यो, त्यो हो रहेछ । विश्वभरका पीडित नारीहरूको दर्दको पीडा एकै किसिमको रहेछ । मानवजातिको इतिहासमा कालो धब्बा लगाउने यो अप्रिय युद्ध आखिर किन हुन्छ ? किन ? म त्यसको उत्तर खोज्ने प्रयत्न गर्छु, तर व्यर्थ । मरो त्यो प्रयत्न बालुवामा पोखिएको पानीसरि त्यसै हराएर, त्यसै बिलाएर जान्छ । मेरो मन झनै उद्धेलित हुन्छ । त्यो अनिच्छित युद्धलाई समाप्त पार्नका लागि म आपूm एक पटक सिंहिनी भएर गर्जूँजस्तो लाग्छ मलाई ।

एउटा अनिच्छित र पीडादायी विगतको भुमरीमा फन्फनी घुमिरहेको मेरो जीवनका ती क्षणहरूलाई म सधैँका लागि बिर्सन चाहन्छु र मेरो आगत जीवनको नयाँ बिहानीमा मलाई शितल छहारी र उज्यालो प्रकाश दिने नयाँ दिनको प्रतीक्षामा रहने प्रयत्न गर्छु म । तर मैले जति प्रयत्न गर्दा पनि मेरो त्यो दुःखदायी विगतको सम्झनाले मलाई चिथोर्न भने छाड्दैन ।

आफ्नो कामका बीच कहिलेकाहीँ मेरो दिमाग विल्कुलै खाली भएको महसुस गर्छु म । त्यस्तो समयमा मेरो मनमा निरन्तर एउटा प्रश्न उठ्ने गर्छ : आपूmलाई सन्सारकोसर्वश्रेष्ठ प्राणी ठान्ने मानिसको जात यति धेरै अविवेकी र क्रुर किन ? यति धेरै निर्घिणी किन ? तर म केवल प्रश्न गर्छु । मेरा प्रश्नहरूको उत्तर कतैतिरबाट पनि पाउँदिन । तर मेरो मन कस्तो जिराहा छ भने मलाई त्यसले निरास पार्ने कुरै गर्दैन । म ठान्छु, एक न एक दिन यी प्रश्नहरूको पनि उत्तर मिल्ने छ । अवश्य पाइने छ । यही आशामा म जिन्दगीको गोरेटोमा हिँडदै यहाँसम्म आइपुगेकी छु । मभित्रको आशावादीपन नै त हो मेरो जिन्दगी ! मलाई यस्तै लाग्छ । आपत् विपतका समयमा मलाई सहारा दिएर डो¥याउँदै सुमार्गमा लगाउने मेरो यही सकारात्मक सोच नै त हो मेरो जिन्दगी !!

२१ मार्ग २०६६
धापासी ७, काठमाडौं


प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 12 पौष, 2066

लेखकका अन्य रचनाहरु