अबको राष्ट्रगीत

- नारायण श्रेष्ठ

यहीनेर हुनर्ुपर्छ भाचिएको समय र

असंतृप्त गीतको आवाजमा

टुक्राटुक्रा आरोपित मेरो गहुगोरो इतिहास

 

यो राष्ट्रगीतको सिम्फोनी

प्रत्येक क्षण जलेको आवाजमा रङ्गिएको अधिकारको सिमाना

एउटा मिथकीय विरासत मात्रै

भीडको किनारजस्तो समायोजन गराउनै नसकिने समयको मोडमा

पहाड र कुइनेटो भएर पर्खिरहेछु म

 

होे, प्रतिशोध छ यी उत्सवहरूसित,

कङ्काल पिटेर झुन्ड्याएका

लिसो लगाएर मनाएका

थाहा छ, टाउका हराएपछि टाउकाको चाड मनाउन सकिन्न

विचार लहसिन्छ मदसग र बाडिन्छ दोहरिएर आउने इतिहास

 

जब हामीबीचमा तिर्खाहरू बढी छन्

र हर एक आकाङ्क्षाको बाटो अस्पष्ट छ,

यहीनेर प्रतीक उभ्याउनर्ुपर्छ अब

सिङ्गो, मेरो गीतको

'मार्ग चित्र' लेख्दै, पे्रमको आखाले शान्तिको नीलो अक्षरमा,

त्यसपछि खोलाहरूमा उज्यालो बग्नेछ

र घिन भरेको आखाले कसैले हर्ेर्नेछैन

 

साझा धर्तीको साझा आकाश ओढेर

एकताको पाइला टेक्न,

अब मलाई, मरो गीत सम्झने मात्र समय छ

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 27 आश्वीन, 2064

लेखकका अन्य रचनाहरु