देवकोटाजीसँग सुतेको रात

- फणीन्द्रराज खेताला

"घनघोर दुःख संसार जान भाइ

नगरे घमण्ड कहिल्यै मर्नु छ हामीलाई ।"

-तीर्थ माधव देवकोटा

वि.सं. १९६६ साल कात्तिक महिना महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म महिना हो । सरस्वतीका वरद पुत्रका रूपमा कार्तिक कृष्ण औँसी अर्थात् दीपमालिका पर्व लक्ष्मीपूजाको दिन ।

काठमाडौँ डिल्लीबजार धोबीधाराका पण्डित तीलमाधव देवकोटाको घरमा एक बालकले जन्म लिए । ती बालकलाई जन्म दिने महिला थिइन् अमरराज्य लक्ष्मीदेवी । लक्ष्मी पूजाको पावन पर्वमा जन्मिएका आˆना बालक छोराको नाम पिताले लक्ष्मीप्रसाद राखे तर लक्ष्मी पूजाको दिन जन्मिएका भए पनि बालक त सम्बन्धका वरद पुत्र भएर पो जन्मिएका रहेछन् तर पनि ज्योतिषहरूको धूलौटे विचारमा बालक 'तीर्थ माधव' बने । यसरी लक्ष्मी पूजाको दिन जन्मिएका तीलमाधव देवकोटाका साइँला छोरा त्रिवेणीका सङ्गम बने । यो देवकोटा परिवार शिष्ट परिवार थियो । त्यसैले बालक लक्ष्मीप्रसाद हुने बिरुवाको चिल्लोपात भने्जस्तै दस वर्षका लक्ष्मीप्रसादले केही आदर्श, केही आध्यात्मिक मान दर्शाएर जुन एक श्लोक लेखेका थिए त्यो देखेर पिता निकै प्रभावित भएका थिए होलान् ।

प्रारम्भिक शिक्षा घरैमा भए पनि उनको अङ्ग्रेजी शिक्षाचाहिँ दर्बार स्कुल, त्रिचन्द्र कलेज हुँदै पटना विश्वविद्यालय बी.ए.बी.एल. मा पुगेर टुङ्गियो । विद्या आर्जन जतिसुकै गरे पनि सर्वसाधारण नेपाली दुनियाँले लिने काम भनेको नोकरी मात्र थियो । नोकरी पाउन चाकरी गर्नुपर्दथ्यो शासक वर्गको । त्यसका लागि पनि भित्र पहुँच हुनुपर्दथ्यो । सुरुमा देवकोटाजीले ट्युसन गर्न थाल्नुभयो । परिवार ठूलो र संयुक्त थियो । उहाँका छ दाजु भाइ छ जना र दिदी बहिनी सात आमा दुई र पिता एक समेत दाजुभाइका परिवारसमेत गर्दा परिवार ठूलै थियो । देवकोटा धोबीधारा सगोलमा बस्दै म करिब तीन महिना उहाँसँग अङ्गे्रजी पढ्न गएको थिएँ तर पछि बिहान त्यहाँ ट्युसन पढेर चाबहिल घर पुगी खाना खाएर दर्बार स्कुल पुग्न मुश्किल पर्ने भएकोले उक्त पढाइ छोडेको थिएँ । त्यसपछि धेरैसम्म उहाँको र मेरो भेट भएन तर त्यसैबेला उहाँले दिएको सुझावअनुसार अङ्ग्रेजीको साथै नेपालीको अध्ययनलाई ध्यान दिएँ । आˆनो कक्षाकै साथीले दिएको मुनामदन लोकलयको कथात्मक वियोगात्मक खण्डकाव्य पढेँ र पाए जति नेपालीका सरल पुस्तक आफैँले सकेसम्म अध्ययन गरे र म लेख्न थालेँ । मेरो पैलो कविता थियो 'पैसा' शीर्षकको तर त्यस कवितामा केही हिन्दीका शब्दहरू घुसि्रएका थिए । त्यस्तै भए तापनि १९९४ सालतिरको गोरखापत्रको कुनै अङ्कमा घुसि्रने मौका पाएको थियो ।

भेटघाटको क्रम टुटे पनि म शारदा पत्रिका पढ्थँे । त्यसमा उहाँका कविता हुन्थ्ये ती । उहाँको शारीरिक व्यक्तित्व एवं निस्कपट स्वभावप्रति म आकृष्ट थिएँ । २००३-०४ सम्म आइपुग्दा मैले लेखनाथ, बालकृष्णशमशेर, भीमनीधि आदिलाई चिनिसकेको थिएँ व्यक्तिका रूपमा र साहित्यकारका रूपमा पनि । मलाई किताब पढ्ने लङ्गडो सौख मात्र होइन कि बानी पनि बसेको थियो । त्यतिबेला नेपाली मात्रै होइन हिन्दी र अङ्ग्रेजीका पनि किताब खोजी गरेर पढ्थेँ ।

२०१० जस्तो लाग्छ, एक दिन बिहान मेरो घरमा गोविन्द वियोगी आए । उनीले जयवागीश्वरीको एउटा बहालमा पुस्तकालय खोलेका थिए । उनले त्यही पुस्तकालयको आयोजनामा एउटा साहित्य सम्मेलन गर्ने, त्यसका लागि देवकोटाजीकहाँ सल्लाह गर्न जाउ"m न भने । मलाई त्यतिबेला फुर्सतै थियो । उनी र म गयौँ । शनिबारको दिन थियो । उहाँ घरैमा भेट हुनु भो माघ महिना थियो समय त्यस्तै आठ बजेको हुँदो हो । उहाँले अर्थ सङ्कलनको लागि आजै एक दुई ठाउँमा जाऊँ भन्नुभयो । हामी दुई साइकलमा गएका थियौँ । उहाँको घरैमा साइकल रहेछ । सर्वप्रथम हामी शिक्षामन्त्री शारदाशमशेरकहाँ गयौँ । उनले एकै वचनमा पाँच सय दिए । अलि अबेला भएकोले अर्को दिन एक ठाउँमा जाने र सम्मेलन माघको १० या ११ गते गर्ने निश्चय गरी फर्कियौँ । यो माघ ३ गतेको कुरा हो र माघ १० गते गर्ने निधो भएको थियो र त्यसै दिन देवकोटाजीकै सभापतित्वमा सम्पन्न भएको थियो । यो सम्मेलन बृहत् नै थियो र यो सम्मेलनमा भारतका राहुल सांकृत्यायनसमेत सम्मिलित भएका थिए ।

२०११ साल भदौ महिनामा चाबहिल मित्र मण्डल परिसरमा कवि शिरोमणि लेखनाथजीको सभापतित्वमा जुन सम्मेलन भएको थियो त्यसमा देवकोटाजीलाई ल्याउने र पुर्‍याउने जिम्मा मलाई दिइएको थियो । अनि सम्मेलन अलि ढिलै सुरु भएकोले बेलुकी अबेलै सकिएको थियो । त्यसैले देवकोटाजी चावहिलमै उहाँकै भानिज भवनाथ ढुङ्गानाकै घरमा बस्नु हुने भयो । जुन घरमा २००५ सालमा मैले उहाँलाई भेटेको थिएँ र उहाँले त्यहाँ आफूले रचेको नेपाली भाषाको वेदपाठ हातको सारसहित सुनाउनुभएको थियो ।

देवकोटाजीका अर्का एक जना भिनाजु चाबहिल कुमारी गालमा बस्नु हुन्थ्यो । उहाँको नाम पण्डित अनङ्गनाथ र थर पौडेल थियो । उहाँले लेखेको अंगद रावण संवाद काव्य मैले पढेको थिएँ । त्यस्तै अनङ्गनाथकै राधा मिलन काव्यमा देवकोटाजीले भूमिका लेख्नुभएको छ । त्यो बेला देवकोटाजी अनङ्गनाथजीको घरमा छ या सात दिन बस्नु भएको थियो र त्यहीँ उहाँले सुन्दरीजल महाकाव्य लेख्नुभएको थियो । त्यतिबेला अर्थात् देवकोटाजी त्यहाँ बस्नुभएको बेला म दुईपटक पुगेको छु तर उहाँले लेख्नुभएको रचनाको नाम मलाई थाहा थिएन । नाम मैले साहित्यान्वेषक शिव रेग्मीबाट थाहा पाएँ तर उक्त रचना वा महाकाव्य आजसम्म प्रकाशमा आएको छैन । त्यो महाकाव्य अनङ्गलनाथकै छोराहरूको जिम्मा रहेको हुनुपर्छ ।

देवकोटाजीले कति लेख्नु भो, के के लेख्नु भो त्यो उहाँलाई थाहा छैन वा थिएन र उहाँको परिवारलाई पनि थाहा छैन । उहाँको रचनाले कैयौँ व्यक्ति लाभान्वित भएका थिए वा भए त्यो बयान गर्न सकिन्न । २००४ सालतिरको कुरा हो देवकोटाजी, हृदयचन्द्र सिंह, केदारमान व्यथितहरू मिलेर नेपाली साहित्य परिषद् नामको एउटा साहित्यिक संस्था खोलेको थियो जसले सरस्वती सदनमा तीन दिनसम्म साहित्य सम्मेलन गरेको थियो र 'साहित्य स्रोत' नामको पत्रिका पनि हृदयचन्द्रको सम्पादनमा निकालेको थियो । सम्मेलनका सभापति देवकोटाजी हुनुहुन्थ्यो । मलाई यस्तो लाग्छ कि यो सम्मेलनपश्चात् नै देवकोटाजी बनारस जानुभएको थियो र केही समय उहाँले काङ्ग्रेस मुखपत्र 'राष्ट्र पुकार'को सम्पादन पनि गर्नुभएको थियो । यो कुरा मैले सुनेको थिएँ ।

त्यो घटनापछि झण्डै तीन या चार वर्ष उहाँ र मेरो भेट भएन । एकदिन मेरा एक मित्रले आˆनो भाइलाई अङ्ग्रेजी पढाउनको लागि उहाँलाई भनिदिन आग्रह गरे । उहाँ नेपाल फर्किएको मलाई थाहा थिएन । उनैले फर्किएको कुरा बताएपछि म भेट्न गएँ । त्यसपछि देशमा राजनीतिक क्रान्ति भयो । केही महिना म बन्दी भएँ । फेरि सम्पर्क टुट्यो तर प्रजातन्त्र घोषणापश्चात् २०१३-०१४ सालसम्म हाम्रो ज्यादै निकटको सम्बन्ध रहृयो । यही अवधिमा मैले वास्तविक देवकोटाजीलाई चिन्ने र उहाँको औदार्य र हृदयको गहिराइको अध्ययन गर्ने मौका पाएँ ।
मधुपर्कबाट

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 17 मङ्गसीर, 2066

लेखकका अन्य रचनाहरु