लाखौँ हातको ताली थाप्दै

- यमुना अर्याल

निवन्ध विधामा युवराज नयाँघरे चिरपरिचित नाम हो । आधुनिक निवन्ध पुस्ताका अग्रणी सर्जकको उपमा दिनुपर्दा युवराज नयाँघरेको नाम छुटाउन मिल्दैन । निवन्धात्मक कला, सरल भाषा शैली, चोटिलो प्रहार र वास्तविक विषय उठान गर्नु नै नयाँघरेको कलमको उत्कट कला हो । हरेक निवन्ध पाठकको मन मष्तिष्कमा वस्न सक्दैनन त्यस्ता निवन्ध मात्र पाठकको मनमा वर्षैसम्म वस्न सक्छन जुन निवन्धले बस्तुस्थितिको यथार्थ चित्रण गरेका हुन्छन, व्यङग्यात्मक पारामा घोचपेच गरि वास्तविक विषयवस्तुको उठान गरेका हुन्छन, छोटो सरल र एक वसाईमा सकिने गरि प्रस्तुत गरिएका हुन्छन यी सवैको विशेषताको समिम्श्रण मान्नुपर्छ नयाँघरेका निवन्धहरु । यस अर्थमा पनि नयाँघरेका निवन्ध हरेक पाठकको मन मष्तिष्कमा उठ्नै नसक्ने गरि बसेको अनूभूति हुन्छ ।

नयाँघरेका निवन्धमा कसैलाई आक्षेप लगाइएको हुँदैन, कसैको जरो खन्ने गरि गालीगलौच दिइएको हुँदैन, प्रतिकात्मक शव्दावलीको शिलशिलेवार मिलाएर पाठकले पचाउन सक्ने गरि प्रस्तुत गरिएको हुन्छ । प्रस्तुत निवन्ध स्रगह एक “हातको ताली ” पनि पाठकको मन मष्तिष्कमा बसिसकेको कृति हो । यो भन्दा अघिल्ला निवन्ध स्रग्रहहरु पनि निकै लोकप्रिय रहे यो कृति पनि त्यतिकै लोकप्रिय रहने कुरामा विमत्ति छैन । प्रसङ्ग “अठार हजार जावो”को , हाम्रो देशमा बढेका दण्डहिनता, न्यायहिनता र गैरजिम्मेवारीपनको उदाङ्गो रुप देखाउने सवारीचालकलाई दरिलो झापड दिन सफल देखिएको छ । बजारमा रातोदिन बढेको बजारभाउ र दैनन्दिन सस्तिदै गएको मान्छेको भाउको तुलनालाई निकै उत्कृष्ट नमूना मान्न सकिन्छ । सवारीचालकको लापरवाही, फित्तलो कानून र सरकारी उदासिनतालाई एकाकार गर्ने सवालमा यो निवन्ध निकै खप्पिस देखिएको छ । त्यस्तै “चुराको छलाङ्ग”ले पनि एकपटक पाठकलाई सोच्न बाध्य बनाउछ । महिलाको शैलुन खोज्दै भौतारिएका पुरुषको मन र महिलाले भोगेका जटिलताहरुलाई उजागर गर्ने प्रयत्न यहाँ गरिएको छ । महिला हुँदैमा उसमाथि थोपरिएका सामाजिक जन्जिरको जालो तोड्ने काममा यो निवन्ध सहायकसिद्ध हुने कुरामा विमत्ति छैन । त्यस्तै “कोतपर्वको दर्शक” र “ध्वाँसेमुनिको डेरिडा” निवन्ध विम्वमा परिणत गरिएको छ जसले यथार्थ भावना उद्देलित गर्न खोजिरहेको देखिन्छ । नयाँघरेका हरेक निवन्ध कुनै न कुनै नयाँ कुरा प्रस्तुत गर्नमै उद्धत देखिन्छन । नयाँ खुराकलाई तालमेल मिलाएर पाठकको मन जित्न सक्नुनै नयाँघरेको कलमको जादू हो । यही जादूले नयाघरे नया पाठकको मानस्पटलमा पुराना सर्जकको रुपमा स्थापित नाम हो । बढी प्रकतीप्रेमीको रुपमा प्रस्तुत हुने नयाँघरेका निवन्ध पढेपछि आफूपनि सोही ठाऊ भर्खरै घुमेजस्तो आभाष हरेक पाठकको मनमा पर्छ । समसामयिक विषय वस्तुमाथिको चोटिलो पहार, विसङगतीमाथि दरिलो छेड, विशिष्ट शव्दावलीको चयन नयाँघरेका निवन्धको प्रमुख विशेषता हो । त्यो भन्दा रोचक कुरा जस्तोसुकै पाठकको पनि सहजै मन मष्तिष्कमा वास पाइहाल्ने अर्को कला हो नयाँघरेका निवन्धको । सवै पाठकको रुची, चाहना र माग अनुरुपको खुराक पस्किन सक्नुलाई उत्कृष्ट मान्न सकिन्छ । यो निवन्धभित्रको “एक हातको ताली”ले नेताले एकोहोरो रुपमा भजाएका भाषणहरुको वारेमा दरिलै भाmपड दिएको भान हुन्छ । भाषण गरेर नथाक्ने नेतागणहरुलाई न्याङरुङे कटुवालको कामबाट पाठ सिकाउन खोजिएको छ । एकहातले ताली वजाएर अर्को हातले चिया बनाउने कटुवालबाट नेताहरुले केही सिक्नु जरुरी देख्छ शिर्षकले ।

एकहातको ताली भित्र सङ्ग्रहित सम्पुर्ण शिर्षकहरु “तिम्रो घरमा देउता, भेटौँला कफ्र्यूमा, पूलमूनिके घर, सटपट देखी किरियाबाजको दैनिकी ”सम्म सवै एकदमै समसामयिक यथार्थ विषयवस्तु जडित निवन्धहरु समावेश गरिएका छन । निवन्धकार युवराज नयाँघरेको यश यसैगरि फैलिरहोस, पाठकको मायाँ सधैभरी फैलिरहोस, आगमी दिनमा अझ उत्कृष्ट खूराक पस्कनेतिर सृजनशिल हातहरु लम्किने प्रयत्न गरुन शुभकामना । एकहातको ताली निवन्धले लाखौ पाठकबाट ताली दियोस ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 17 मङ्गसीर, 2066

लेखकका अन्य रचनाहरु