गीत

- गीता खत्री

आज भोली देख्दिन सपनी
रातीराती भिज्दैछ सिरानी

बिपनीमा नभेटेने भैहाल्यो
सपनीमा नदेखिने भैहाल्यो
आफ्नै घर भैसक्यो बिरानी
रातीराती भिज्दैछ सिरानी ।

तिमीलाई भेट्ने यो कस्तो तिर्सना
यो जुनीमा सक्दिन है बिर्सन
देख्दा देख्दै बगेर गयो जवानी
रातीराती भिज्दैछ सिरानी ।

माया पाए पलाउँछ यो मन
मायाविना उजाडिन्छ जीवन
जिन्दगीनै हुने हो कि खरानी
रातीराती भिज्दैछ सिरानी ।

आज भोलि देख्दिन सपनी
रातीराती भिज्दैछ सिरानी ।

न्यूयोर्क

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 मङ्गसीर, 2066

लेखकका अन्य रचनाहरु