गीत

- गीता खत्री

कुहीरो भित्र बिलाएकी राजकुमारी उनी
सपनीमा पनि आउँछिन मुस्कुराउँदै उनी ।

सङकोच मान्दै भए पनि हाँस्छु सपनीमा
परिचय माग्न खोज्छु अझै विपनीमा ।

हेर्दा उनी मेरै माया जस्तै जस्तै लाग्छिन्
छल्कीएका नयलने मलाई हेरै झै लाग्छिन् ।

बैशाखको महिनामा निस्किएका मुना
टिप्न पनि डर लाग्छ उनको साउती विना ।

लालुपाते फूलजस्तै फक्रिएकी उनी
यौवनका पाटा पाटा छल्काउँदै उनी ।

कुहीरो भित्र बिलाएकी राजकुमारी उनी
सपनीमा पनि आउँछिन मुस्कुराउँदै उनी ।

न्युयोर्क

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 8 मङ्गसीर, 2066

लेखकका अन्य रचनाहरु