अन्तर्मनको यात्राभित्रको अन्तरवस्तु

- हरिहर खनाल

गत माघ महीनाको तेस्रो सातातिर भरतपुर जा“दै थिए“, झलक्क हेर्दा पहिलेदेखि चिनेकाजस्ता लाग्ने एक अपरिचित सहयात्री भेट भए । उनी मेरो एउटै लहरको दाहिनेतिरको सिटमा बसिरहेका थिए । काठमाडौंदेखि भरतपुरसम्मको झण्डै सोह्र मिनेट लाग्ने त्यो आकाशे यात्रामा आपूmलाई सहज अनुभव गराउनका लागि पनि मैले कुराको थालनी गरें । थाहा लाग्यो उनी जनकपुरका समिर घिमिरे रहेछन् । उनको जवाफ सुन्ने बित्तिकै मैले जगदीश घिमिरेलाई उनले चिनेका छन् कि भनेर सोधें । उनले आपूmलाई उनको कान्छो भाई भनेर परिचय दिए ।

जगदीशजीलाई माइलोमा भएको कुरा कान्तिपुरको कुनै अड्ढमा देवेन्द्र भट्टराईको एउटा लेख पढेर सुनेको÷जानेको थिए“ । मैले त्यसपछि उनका विषयमा अरू कुनै कुरा सोध्ने हिम्मत गरिन । एक पटक छोएपछि पहिले सम्पति र पछि शरीर सबै सखाप नगरी त्यो अछुत रोगले छुटकारा दिंदैन भन्ने कुरा मलाई राम्ररी थाहा थियो । मेरी जीवन साथी विजयाका बुबाको त्यस्तै रोगका कारण केही वर्ष पहिले दुखदायी अवसान हु“दाका समयको त्यो अकल्पनीय कष्ट बेहोरेका र अनुभव गरेका भुक्तभोगीहरूमध्ये आपूm पनि एक भएको हुनाले त्यति बेला मलाई त्यो घाउ कोट्याउन पटक्कै मन लागेन ।

केही दिन पहिले जामे मस्जिद घन्टाधरको पाठ्यसामग्री पसलमा पुगेको समयमा नया“ पुस्तकहरूको लहरमा जगदीश घिमिरेको अन्तर्मनको यात्रामा आ“खा परे । केही साहित्यिक पत्रिका र पुस्तकस“गै मैले त्यो लिए“ र घरको बाटो सोझिए“ । पुस्तकमा के छ, त्यो कस्तो छ भन्ने कुरा छिटो थाहा पाउने मनमा एक प्रकारको लालसा बढेर आयो । घर पुगेपछि मेरो प्राथमिकताको पहिलो क्रममा त्यै पुस्तक प¥यो र मैले त्यसलाई हेरें ।

बाहिरबाट हेर्दैमा निकै आकर्षक देखिने डिजाइनमा पुस्तक तयार गरिएको रहेछ । पुस्तकको प्रकाशन मिति २०६४ चैत्र २८ गते छ । यसले हाम्रो इतिहासमा एउटा अनन्त कालसम्म मानिसहरूका सम्झनामा अटल रहिरहने दिनको महत्वलाई अविस्मरणीय बनाउने काम गरेको छ । हाम्रो देशको इतिहासमा नया“ नेपालको गोरेटो कोर्ने सम्विधान सभाको निर्वाचन यसभन्दा पहिले कहिल्यै नभएको र आउने दिनमा पनि धेरै समयसम्म हुने सम्भावना नभएको तर त्यही दिनमा सम्पन्न भएको हुनाले पनि त्यो दिनको विषेश ऐतिहासिक महत्व छ । संयोगको कुरा त्यै दिन जगदीशजीको त्रिसीर्औ वर्ष प्रवेशको दिन समेत परेको रहेछ । एउटा सच्चा लेखकका लागि जन्म दिन मनाउने यो भन्दा राम्रो तरिका अरु कुनै हुन सङ्कैन भन्ने कुरा मलाई लागेको छ । प्रकाशन मिति यसैलाई कायम गर्नुमा यही पछिल्ल्ँँे कुराले प्राथमिकता पाएको हुनुपर्छ भन्ने कुरा म अनुमान गर्दछु ।

विक्रम सम्वत २००२ साल चैत्र २८ गते रामेछाप जिल्लाको मन्थलीमा जन्मे–हुर्केका घिमिरेको हालको बसोबास कीर्तिपुर नगरपालिका अन्तर्गत चोभारगेट नजिकै उत्तरपूर्व फर्केको रानीवनको काखमा छ । २०१७ सालमा एस्.एल्.सी. गरेका घिमिरेजीले नेपाल, भारत र बेलायतबाट उच्च शिक्षा हासिल गरेका छन् । २०२१ सालदेखि लेखनकार्यमा संलग्न जगदीशजीले राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमार्फत विषेश रूपमा उनको जन्मथलो मन्थली र समग्रमा रामेछाप जिल्लाका खास गरेर सीमान्तिकृत जनसमुदायको उत्थानका लागि आपूmलाई समर्पित गरेका छन् । त्यसनिम्ति उनले तामाकोशी सेवा समितिलाई माध्यम बनाएका छन् । उनको प्रकाशित पुस्तकको अध्ययन गर्दा बाहिर देखिने काम जे भए पनि उनको मूल धेय भनेको साहित्य साधना र पत्रकारिता हो । त्यसमा पनि उनको आन्तरिक चाहना चाहिं साहित्य सिर्जना नै हो । कृतिका रूपमा वि.सं. २०२७ सालमा लिलाम उपन्यास प्रकाशित गरेका घिमिरेजीका अन्य प्रकाशित कृतिहरूमा जगदीशका कथाहरू २०२९, साबिती (उपन्यास) २०३२, केही कथा, कविता, सस्मरण २०३४, सन्तान (नाटक) २०३७, र अन्तर्मनको यात्रा (आत्मालाप) २०६४ हुन् । यसरी हेर्दा के देखिन्छ भने उनका पछिल्ला दुई कृतिको प्रकाशनको समयावधिमा २७ वर्षको फरक छ । यसो हेर्दा लाग्छ, वि.सं. २०३७ सालदेखि जगदीश साहित्यमा कम सक्रिय भए । आंशिक रूपमा त्यो कुरा सत्य भए पनि पूरै त्यसो भने होइन भन्ने कुरा उनका प्रकाशोन्मुख कृतिहरूको लामै सूचिबाट पुष्ठि हुन्छ । पुस्तकको अन्तिम पृष्ठमा फोटो कवि कुमार आलेद्वारा लिइएको लेखकको सुन्दर मुखाकृति भएको एउटा आकर्षक तस्वीर छ । मोडर्न बुक्सको प्रकाशनमा निस्केको पुस्तकको बाहिरी आवरणजस्तै भित्री गेटअप पनि निकै आकर्षक छ । राम्रो कागजमा छापिएको बीस भन्दा बढी भूमिकापृष्ठहरू बाहेक २३९ पृष्ठको पुस्तकलाई तीनसय तिरेर लि“दा मलाई त्यसको मोलले भन्दा त्यसभित्र के लेखिएको छ होला भन्ने कुराले बढ्ता तानिरहेको थियो । थप, मदनमणि दीक्षित, डा. गोविन्दराज भट्टराई, नरहरि आचार्य र डा. ज्ञानु पाण्डेका ओझपूर्ण भूमिका÷विचारहरूले पुस्तकलाई झनै गहकिलो बनाएका छन् । पुस्तक पढ्नु अघि ती भूमिकाहरू पढिसकेपछि अब पुस्तक कतिबेला पढ्ने होला भन्ने मनमा एक प्रकारको हुट्हुटी र एक प्रकारको छट्पटी पलाएर आउ“छ ।

समालोच्य कृति अन्तर्मनको यात्रा लाई लेखक जगदीश घिमिरेले आत्मालाप भनेका छन् । यो कृतिलाई लेखकले मूल रूपमा १८ शिर्षक र तीमध्ये केही शिर्षकहरूका उप–शिर्षकहरू समावेस गरेर जम्माजम्मी ५२ शिर्षकहरूमा आप्mना अनुभूतिहरू अभिव्यक्त गरेका छन् । यो आलेखको उद्धेश्य ती सबै कुराहरूबारे संक्षेपमा भए पनि चर्चा गर्नु र सुक्ष्म रूपमा नै भए पनि पाठकहरूलाई यो कृतिसित परिचय गराउनु हो ।

लेखकले उनको कृति अन्तर्मनको यात्रा को थालनी नै हाम्रो समाजमा परंपरादेखि चलिआएको लोकोक्ति ‘मनको बह कसैलाई नकह’लाई विनिर्माण गरेर त्यसलाई नया“ रूपमा प्रस्तुत गर्दै ‘मनको बह सबैलाई कह’ बाट गरेका छन् । परंपरागत मान्यतामा आधारित शिर्षक मात्र होइन त्यस्ता पण्डित्याइपूर्ण अभिव्यक्ति र शैलीलाई पनि ताछतुछ र भा“चभु“च पारेर उनले आप्mनु आत्मालापको शैलीलाई अत्यन्तै सरल र अनौपचारिक बनाएका छन् । पुस्तक पढिरह“दा यस्तो लाग्छ, हामी उनका निबन्धात्मक अभिव्यक्तिहरू पढिरहेका होइनौं÷छैनौ, बरु हामीहरू उनीसित अनौपचारिक रूपमा कुुरा गरिरहेका छौं । अथवा उनी हामीसित त्यसो गरिरहेका छन् । थालनीमा नै हामीलाई उनले उनकी श्रीमती दुर्गासित मिलेर रामेछापमा, विषेश रूपमा मन्थलीको दिगो विकास गर्ने उद्धेस्यले खोलिएको तामाकोसी सेवा समितिले २०६२ सालमा एउटा निकै ठूलो र सम्मानित अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पाएको र त्यो पुरस्कार थाप्नका लागि अमेरिका पुगेपछि उनलाई दुसाध्य रोग माइलोमा भएको दुःखद सूचना दिन्छन् । यसबाट हरेक पाठकको मन स्तव्ध हुन्छ । त्यसपछि के के भयो होला र अरू कुराको विकास र विस्तार कसरी अगाडि बढेको छ होला भन्ने एक प्रकारको उत्सुकता बढ्छ मनमा ।

लेखकलाई लागेको गंभीर अनि खतरनाक प्रवृत्तिको रोगबारे थाहा पाएपछि उनले उनको वरपर चारैतिर मृत्युछाया सल्बलाइरहेको अनुभूति गर्छन् । झोलु∙े पुलबाट नदी तर्दातर्दै चट्चट् गर्दै ला चु“डिन थालेको, नदी किनारको चिसो बालुवामाथि दलदले बाटो हि“ड्दाहि“ड्दै जमिन भासि“दै गएर आफै डुब्दै गैरहेको, यस्तै एक प्रकारको डरलाग्दो स्थितिको आभास हुन्छ लेखकलाई । उपन्यास लेख्ने धोको अधुरै रहने भयो, यस्तै अनेक असजिला र अब्यवस्थित कुराहरूले एकैचोटी गा“जेर बिलखबन्दमा परेजस्तो अनुभूति हुन्छ उनलाई । मानिसको जीवन गुजुल्टो परेको एउटा धागोको डल्लोजस्तो, जतातिर खोजे पनि छेउ भेट्टाउन र पोयो फुकाउन नसकेजस्तो । तर पनि उनको लेख्ने तिर्सना हराउ“दैन । उनका शुभचिन्तक लेखक मित्रहरू पनि उनलाई लेख्न प्रेरित गर्छन् । अनि उनले अठोट गर्छन्, उनले लेख्नुपर्छ । माइलोमाले उनको शरीरलाई गलाएर निश्चित रूपमा शिथिल बनाएको थियो तर उनको मन गलेको थिएन । उनको भित्री मनमा एउटा दृढ अठोट विकसित हु“दै गैरहेको थियो, त्यो हो लेख्ने र फेरि पनि लेख्ने । उनको त्यो भीष्मप्रतीज्ञाले आकार लिएरै छाड्यो । उनको यो कृति त्यै अठोटको परिणति हो ।

उपचारको क्रममा बैंकक बसाइमा उनले उनको ल्यापटपमा युनिकोडका माध्यमले लेख्न थाले । उनले निरन्तर लेखिरहे । उनको यो आत्मालाप पढ्दा उनमा ज्ञान र अनुभवको एउटा अनुपम भन्डार छ र इनारबाट पानी झिकेजस्तो, जति झिक्तै गए पनि नसकिने एउटा अनन्त श्रोतको मुहान छ जस्तो लाग्छ पाठकलाई । तर उनी ‘म क्यै पनि जान्दिन र मसित भन्नु पर्ने खासै कुरा केही पनि छैन तसर्थ म सामान्य कुराहरू र मेरै कुराहरू लेख्तै छु’ भन्छन् । यस्तो उद्गार उनको विशाल हृदयको परिचायक हो ।

उनको दोस्रो निबन्धदेखि जगदीशजी जीवनको दार्शनिक व्याख्या गर्न सुरु गर्छन् । जीवनलाई एउटा धर्कोका रूपमा परिभाषित गर्दै उनले अन्तर्मनको यात्रालाई सर्वश्रेष्ठ यात्रा भनेर व्याख्या गरेका छन् । जीवनरूपी डोरीका पोयाहरूलाई एकएक गरी केलाउनु सा“चो अर्थमा जीवनको गीत गाउनु र लेख्नु हो भन्ने उनको मान्यता छ ।

तेस्रो निबन्ध जरा मा उनले रूखको आधार जरा भए झैं मानिसहरूको, खासगरी नागरिकहरूको अडिने आधार भनेको मातृभूमि हो भन्ने कुरामा जोड दिएका छन् । घिमिरेजीका दृष्टिमा मानिसहरू सबै उस्तै हुन् । ज∙लमा अलगअलग बोट–बिरुवा भए पनि तिनीहरू सबैको महत्व आआप्mनो ठाउ“मा उत्तिकै भए झैं हामी मानिसहरू पनि विविध जातजाति, भाषाभाषिमा विभक्त भए पनि महत्वका हिसाबले सबै उत्तिकै हौं, कोही ठूलो–सानो छैन भन्ने मान्यता छ । साथै यही निबन्धमा उनले उनका पूर्खाहरू कसरी मन्थलीमा बसोबास गर्न पुगे भन्ने कुराको ऐतिहासिक नालिबेली दिएका छन् ।

मन्थली शिर्षकको चौथो निबन्धमा उनले आप्mनु जन्म स्थान, जन्म मिति र ती कुराहरूसित सम्बन्धित उनका बाल्यकालका सम्झनाहरू, सात सालको क्रान्ति र त्यो क्रान्तिमा उनका स्वजनहरूले पु¥याएको योगदान र उनीहरूको भूमिका, जागिरे पिताको सरुवास“गै एक ठाउ“बाट अर्को ठाउ“मा पुगेका बालक लेखकले पहिलोपल्ट देखेका अनौठो लाग्ने यन्त्रहरू, मनोरञ्जनका अद्भुत तरिकाहरू, नया“ ठाउ“का नया“ साथीहरू,सिखारु शिकारी जीवनको वर्णन, पञ्चायतका पालामा पञ्चायती मन्त्रीहरूले सामान्य नागरिकहरूमाथि गर्ने गरेका अत्याचारको वर्णन, बनारस यात्रा र अञ्जानमा नै राजनीतिक सङ्गठनको सदस्य भएको कुरा असाध्यै सुरुचिपूर्ण तरिकाले पेश गरेका छन् । यसरी नेै २०४५ सालमा रामेछापको सदरमुकाम मन्थली सरेपछि उनको परिवारस“गै त्यहा“का बासिन्दाले बेहोर्नु परेको विस्थापनको पीडा र त्यसले सिर्जना गरेको विचल्लीको चित्र लेखकले असाध्यै मार्मिक तरिकाले वर्णन गरेका छन् ।

पा“चौ“ निबन्धमा उनले आइ.एस्सी. पढ्दापढ्दै बीचैमा अध्ययन छाडेको र आपूm भत्केको, त्यसपछि बल्ल मान्छे र लेखक बन्न थालेको, उनको जीवनको एउटा आइरोनीबारे कुरा गर्छन् । त्यै बीचमा जनकपुरमा अर्का लेखक मनु ब्राजाकीसित उनको भेटघाट र चिनाजान हुन्छ । त्यो परिचय पछि मित्रतामा फेरिन्छ । त्यसपछि ती दुई युवकको सीमापारि बस्ने वामपन्थी नेताहरू पुष्पलाल र तुलसीलालसित भेट हुन्छ । ती नेताहरूबाट प्रभावित भएका उनीहरूले पार्टी सदस्यता नलिए पनि आप्mनै किसिमको अति गोप्य पार्टी खोल्छन् र गुरिल्ला युद्धको तयारीका सिलसिलामा रामेछापका उकाली–ओराली चढ्दै र ओर्ल“दै गर्छन् । त्यै अभियानमा भएकै समयमा जगदीशजी बिरामी पर्छन् र त्यस्तो समयमा साथीहरूबाट अपेक्षाकृत सहयोग नपाएपछि त्यो कामबाट उनमा एक प्रकारको वितृष्णा जाग्छ र उनी पार्टी राजनीतिबाट पलायन हुन्छन् । यसै खण्डमा उनले साहित्यलाई भोजनालय र राजनीतिलाई सौचालय भन्ने पण्डित साम्बभक्त सुवेदीको भनाइलाई कवि केदारमान व्यथितले बारम्बार प्रयोग गरेर आप्mनै भनाइका रूपमा पुष्ठी गर्ने जमर्को गरेको कुरा समेत उल्लेख गरेका छन् । लगभग यै समयबाट उनको जीवनको मोड फेरिएको छ । यहा“ उनी २०२२ सालमा रामपुरमा भएको देशव्यापी साहित्य सेमिनारमा धनुषा जिल्लाको प्रतिनिधि भएर गएको कुरादेखि साहित्यमा कसरी पूरै समर्पित भएर लागे भन्ने कुराको सविस्तार वर्णन गरेका छन् ।

जनकपुरको बसाइमा जगदीशजीको ज्ञानको दायरा क्रमशः विस्तारित हु“दै जान्छ । त्यै समयमा उनले स्वदेशी तथा विदेशी केही असल मित्र बनाउ“छन् । उनको मनमा जागेको ज्ञानको भोकले उनलाइ जनकपुरको सीमित घेराभित्र थुनेर रँख्न सक्तैन र उनी ज्ञान र भविस्यको खोजीमा काठमाडौंतिर लाग्छन् ।

अवसरको खोजी गर्दै २०२६ सालमा फेरि काठमाडौं भित्रिएका घिमिरेजीलाई उनले पढेको साहित्यका लेखकहरूको व्यक्तित्वले असाध्यै धेरै प्रमावित पार्दछ र त्यसले उनको स्वाभिमानी व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्दछ । काठमाडौंमा सुरुका दिनमा उनले उनको पहिलो उपन्यास लिलाम र त्यतिबेलासम्म विभिन्न पत्र–पत्रिकामा प्रकाशित उनका कथाहरूको सङ्कलन जगदीशका कथाहरू बेचेर निर्वाह गर्छन् । पछि उनले मदनमणि दीक्षितको समीक्षा मा जागिर पाउ“छन् । तर त्यो पत्रिका केही समयपछि प्रतिबन्धित हुन्छ र उनको त्यो जागिर टुट्छ । त्यति हु“दाहु“दै पनि उनले काठमाडांैको फराकिलो साहित्यिक सर्कलमा चा“डै नै धेरै मित्रहरू बनाउ“छन् । उनको साहित्यिक यश क्रम्रशः बढ्दै जान्छ । ईश्वर बल्लभ, बालमुकुन्द पाण्डे, भैरब अर्याल, मोहन कोइराला आदि लेखकहरूसित घनिष्टता बढ्छ, तर मोहन कोइरालाका नबुझिने कविता उनलाई मन पर्दैनन् ।

वि.सं. २०२८ सालमा कोलम्बो योजना अन्तर्गत पटना पढ्न गएको समयमा पहिलो पटक वि.पि. सित उनको भेट भएको र त्यो र त्यसपछिका समयमा पनि एक पटक बाहेक सधैं साहित्यका विषयमा मात्र कुरा हुने गरेको उनले उल्लेख गरेका छन् । त्यही ताका यिनले किशोर नेपालसित मिलेर केही उत्कृष्ट नेपाली कविताहरू सङ्कलन गरी प्रारम्भिक रूपमा हिन्दीमा अनुवाद गरेका र हिन्दीका विख्यात कवि सर्वेश्वरदयाल सक्सेनाले अन्तिम सम्पादन गरेपछि २०३२ सालमा उनी अध्ययनका सिलसिलामा बेलायत गएको समयमा उनको नाम हटाएर पुस्तक प्रकाशित भएको, उनले गरेको कामको श्रेय अरूले नै लिएको रोचक प्रशङ्ग उल्लेख गरेका छन् ।

सरकारी योजनाअनुरूप कोलम्बो प्लान अन्तर्गत पटना पढ्न गएका भए पनि त्यहा“बाट फर्केपछि विश्वविद्यालयले उनलाई काम दिन नसकेपछि उनले आपूmखुसी स्वेच्छाले कामगर्न पाउने भए । त्यै समयमा नेपाल परिवार नियोजन संघमा कार्यरत कवि वाशु शशिले उनलाई त्यहा“ काम दिएका र उनको जीवनमा त्यसले सकारात्मक परिवर्तन ल्याएको कुरा उनले बताएका छन् । परिवार नियोजनकै माध्यमले उनले बेलायतको वेल्स विश्वविद्यालय कार्डिफमा जनसङ्ख्या र विकाससंवन्धी उच्च अध्ययनको अवसर पाएका र त्यसले उनलाई एकैचोटी अन्तर्राष्ट्रिय स्तरको व्यक्तित्वका रूपमा उभ्याएको कुरा प्रकारान्तरले बुझिने गरी उनले उल्लेख गरेका छन् ।

राम्रो ठाउ“मा राम्रोे शिक्षा–दीक्षा पाएका मानिसहरूलाई टपक्क टिपेर लाने र तिनीहरूबाट अधिकतम काम लिने पञ्चायतको चलन थियो । त्यै शैली अन्तरगत राजाका मान्छेले जगदीशजीलाई जा“चबुझ केन्द्रमा काम गर्न पु¥याए । उनी लेख्छन्, धुस्वा“ सायमी र नारायणबहादुर सिंह समेतको उनको त्रिसदस्यिय टिमले तयार गरेको प्रतिवेदनलाई पञ्च–लेखकहरूले भनेजस्तै गरेर सम्सोधन गर्न नमानेपछि साझा प्रकाशनबाट निस्कन ठिक्क परिसकेको पुस्तक कहिल्यै ननिस्कने गरी थन्कियो । यही“नेर उनले राजा–रानीका चाकरी गर्ने मानिसहरूका रोचक प्रशङ्ग पनि उल्लेख गरेका छन् । त्यसरी नै उनले उनी कसरी सि.आर.एस्. प्रोजेक्टमा जागिरे भए, अनि रेडियो नेपालमा बज्ने विज्ञापन पनि कसरी सोझै राजाबाट नियन्त्रित थिए आदि कुरा लगायत् उनी अन्तर्रास्ट्रिय परिवार नियोजन संघको जागिरे भएर लन्डन पुगेर त्यहा“ बसेको एक वर्षपछि उनको मनमा त्यहा“को निरस जीवनपद्धतिप्रति कसरी वितृष्णा उव्जियो भन्ने कुरा उनले सविस्तार वर्णन गरेका छन् । यसै क्रममा उनले उनको पा“चौ“ र अन्तिम जागिरका रूपमा वर्ल्ड् नेबर्स प्रवेश गरेको कुरा बताएका छन् । त्यहा“ जागिरे छ“दा पनि उनको एउटै धेय लेखकीय जीवन बिताउने र बचेखुचेको समयमा समाज सेवा गर्ने थियो र उनले हु“दाखा“दाको जागिर पनि छाड्न चाहेको तर त्यसो गर्ने अनुमति नपाएको कुरा उल्लेख गरेका छन् । यहींनेर उनले ‘विपत् बाजा बजाएर आउ“दैन’ भन्ने कुरा असाध्यै मार्मिक किसिमले उद्घाटन गरेका छन् । उनी लेख्छन्–‘हरेक दिनलाई, हरेक छिनलाई जीवनको अन्तिम दिन र छिन मानेर बा“च्न सक्नु नै बुद्धिमानी हो ।’ (पृ ८१)

राम्रो जागिर, राम्रो मान, मर्यादा र प्रतिष्ठा अनि बाहिरबाट हेर्दा निकै राम्रो स्वस्थ शरीर देखिइरहेको बेला उनलाई एक्कासी माइलोमा भएको थाहा भएपछि उनले जीवनबारे यस्तो निश्कर्ष निकालेका हुन् ।
सुरुमा वामपन्थी राजनीतितिर तानिएका भए पनि पछि गएर उनी अहिलेको प्रचलित भाषामा भन्दा प्रजातन्त्रवादी हुन पुगेका हुन् । तर, सबभन्दा ठूलो प्रजातन्त्रवादी पार्टी नेपाली काङ्ग्रेसभित्र नातावाद, कृपावादको निकृष्ट खाडल देखेपछि उनलाई राजनीतिदेखि नै वितृष्णा जाग्छ र उनी पार्टी सदस्यता नविकरण गर्दैनन् ।

जगदीशजीले यो पुस्तकमा उनको शिक्षा–दीक्ष्ाँ, जागिर, व्यक्तित्वको उत्थान लगायत् अनेक दार्शनिक पक्षहरूको उल्लेख गरेका छन् । उनले सामान्य कुराको प्रशङ्गबाट सुरु गरेर मानिसहरूका स्वभावजन्य कमजोरीहरू, मुर्खता र व्यभिचारमाथि प्रहार गरेका छन् । टि. एस्. इलियटले झैं उनले पनि मानिसभित्रको खोक्रो पन, आडम्बर र धुत्याइँलाई उदाङ्गो पार्ने प्रयत्न गरेका छन् ।

मन्थली लेखकको जन्मथलो हो । उनी नेपाली समाजको सरदर हुनेखाने परिवारमा जन्मेका हुन्, तर उनको छर–छिमेक, गाउ“घर र सेरोफेरो सीमान्तिकृत मानिसहरूले भरिएको छ । ती मानिसहरू जीवनका लागि नभै नहुने, अत्यावश्यक न्युनतम सुविधाबाटसमेत बञ्चित छन् । तिनीहरू निर्धा, निमुखा छन् । परि पु¥याएर बोल्न जान्दैनन् र गर्न पनि केही सक्तैनन् । ती मानिसहरूको दुःख, पीडा र दुर्दसा देखेर उनको मन छट्पटिन्छ, विचलित हुन्छ । उनको प्रमुख ध्येय साहित्य सेवा भए पनि छर–छिमेकको त्यो दुर्दसा हेरेर बस्न सक्तैनन् उनी । मानिसहरूका अति सामान्य र प्राथमिक आवस्यकता कसरी पूरा गर्न सकिएला भन्नेतिर उनी बढी चिन्तित र केन्द्रित् हुन्छन् । त्यसैको परिणतिस्वरूप तामाकोसी सेवा समितिले आकार ग्रहण गर्दछ । त्यसको माध्यमले उनले रामेछापको दिगो विकासको श्रीगणेश गर्दछन् । शिक्षा, स्वास्थ, स्वबलम्बन, स्वरोजगार सिर्जना, आय आर्जन अनि सम्मानपूर्ण जीवनयापन उनका मूल मन्त्र हुन् । उनी यसरी समाज सेवामा समर्पित भएर लाग्नुका पछाडिका अनेक उत्प्रेरणाका रोचक प्रशङ्गहरू उनले पुस्तकमा उल्लेख गरेका छन् ।

हाम्रो देशमा २०५२ सालदेखि सुरु भएको जनयुद्ध र त्यसले पारेको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव,पार्टी राजनीतिभित्र चल्ने खुट्टा तानातान र लछारपछारका फोहोरी खेलहरू र ती पार्टीभित्र चल्ने घात–प्रतिघात र अन्तर्घातका झेली खेलहरूबारे बडो रोचक किसिमले उल्लेख गरेका छन् ।
पुस्तकको उत्तरार्धतिर पुगेपछि पनि लेखकले २०६२ सालमा तामाकोशी सेवा समितिले एउटा निकै महत्वपूर्ण अन्तर्राट्रिय पुरँकार पाएको र त्यो पुरस्कार लिनका लागि उनकी पत्नी दुर्गासहित अमेरिका पुगेपछि त्यहीं बिरामी परेको र बिमार माइलोमा नामक क्यान्सर भएको कुरा पुनः उल्लेख गरेका छन् । त्यसपछि अमेरिकाबाट घर फर्कने क«ममा बाटामा पर्ने ब्याड्ढकमा कसरी उनले आपूmलाई उपचारमा
सम्लग्न गराएदेखि त्यस्तो समयमा उनलाई हार्दिक सहयोग गर्ने इष्टमित्र, साथीभाइ, अस्पतालका डाक्टर र नर्सहरू, स्वदेशी तथा विदेशी मित्रहरू सबैलाई संझेका छन् । साथै जीवन र मृत्यको दोसा“धमा उभिएर उनले कसरी यो अन्तर्मनको यात्रामा आपूmलाई डो¥याए भन्ने कुरा पनि मन छुने शैलीमा वर्णन गरेका छन् । पुस्तक पढ्दै जा“दा यस्तो लाग्छ, यो लेखकको हृदयको अतल गहिराइबाट निस्केको, पाठकहरूको मनलाई झनन्न पारेर झङ्कृत गर्दै जबरजस्ति आपूmतिर तान्ने एउटा शक्तिशाली आवाज हो ।

जगदीशजी सन्सारका धेरैजसो देश घुमेका, जाने–बुझेका, पढे–लेखेका, अन्तर्राट्रिय स्तरको जागिर पाएका÷खाएका, प्रसस्त आम्दानी भएका थोरै नेपालीमध्ये एक हुन् । तर जता गए पनि, जहा“ पुगे पनि उनलाई उनको घरजस्तो, उनको देशजस्तो, उनका आफन्तजस्ता, उनका छिमेकीजस्ता प्रिय कतै, कोही लाग्दैनन् । उनी नेपालका वन–पाखा चाहार्दै, चराचुरुङ्गीसित बात मार्दै, तिनीहरूको चिरबिर सुन्दै, आप्mना सोझा र सरल नेपाली दाजुभाइ, दिदी–बहिनीहरूका सुखदुःखमा साथ दिंदै दिन बिताउनु भन्दा ठूलो अरु कुनै कुरा देख्तैनन् । आधुनिक स्वास्थ्य विज्ञानले उनको समय–सीमा तोकेर उनलाई बताइदिएको छ, तर पनि उनी पलायन भएका छैनन् । उनलाई पढ्दा यस्तो लाग्छ, उनले मृ्त्युमाथि विजय हासिल गरिसकेका छन् । घरिघरि उनी धेरै भाबुक हुन्छन् र कतै आत्महत्या गर्ने हुन् कि भन्ने डर लाग्छ पाठकको मनमा । उनी लेख्छन् ः ‘.....आप्mनो दराजमा राखेको , मैले धेरै अघि रहर गरेर किनेको “प्वाइन्ट टू टू बन्दूक” सम्झें र हिमाललाई भनें– यो बन्दूक र गोलीहरू मैले नभेट्ने र नदेख्ने ठाउ“मा लुकाइदेउ ।’
(पृष्ठ १७१)

आधाआधीजसो किताव पढिसकेपछि मैले जगदीशजीलाई फोन गरें । उनले साह्रै राम्रो पुस्तक लेखेका रहेछन् । त्यै बापत मैले उनलाई बधाइ दिनु थियो, दिए“ । उनले कुतज्ञता व्यक्त गरे । पुस्तक पढिसकेपछि एक पटक भेट्न मन लाग्यो र म चोभार पुगें । उनले मलाई हार्दिकतापूर्वक स्वागत गरे । म उनको घर पुग्दा उनी ल्यापटपमा केही लेख्नमा व्यस्त थिए । त्यसपछि हामी दुईले झन्डै दुृई घन्टा स“गै बितायौं, साहित्यिक गफ गरेर । उनी असाध्यै शान्त र शालिन थिए । उनको अनुहारमा विचलन वा छटपटीका कुनै सङ्केत थिएनन् । उनी प्रसन्न–चित्त देखिन्थे । यस्तो लाग्थ्यो, उनको शरीर वा मनमा कतै पनि कुनै दुस्वप्नको छाया छैन । उनी धीर चित्त र शान्त छन् । उनको बैठक कोठाको झ्यालछेउमै आएर चराहरू घरिघरि चिरबिर–चिरबिर गरिरहेका थिए । हामी वार्तालापमा दत्तचित्त थियौं र एक–अर्कालाई बुझ्ने प्रयत्न गर्दै थियौं । हामीले स“गै चिया पियौं, खाजा खायौं र फोटो खिच्यौं । बाहिर आ“गनतिर निस्क“दै गर्दा उनको मूलढोकाको देब्रेतिरको ठूलो गोलो धुपीको बोटतिर देखाउ“दै जगदीशजीले भने, ‘यसमा जुरेलीले गु“ड लगाएको थियो, कागले त्यसलाई झम्टेर भत्काइदिएछ ।’ मैले देखें, चराहरू एक रूखदेखि अर्को बोटतिर भुर्रभुर्र गर्दै उड्दै छन् । हामीले उनको आ“गनमा गुलाफको बर्गैचाअगाडि उभिएर एक स्न्याप फोटो खिच्यौं ।

जगदीशजीसित स“गै हु“दा मलाई लाग्यो, मैले आज एकजना सज्जनसित एकाकार हुने सुनौलो अवसर पाए“ । मलाई लाग्यो, उनी विल्कुल स्वस्थ छन् । त्यहा“बाट हिड्नु अघि हामीले प्रेमपूर्वक हात मिलायौं र अन्त्यमा बिदाईका हात हल्लार्यौ । फर्कदै गर्दा मैले मनमनै कामना गरें, उनी सय वर्ष बा“चून् । उनी दीर्घजीवी होऊन् ।

जगदीशजीलाई माइलोमाले समातेको थियो र उनको ठाउ“मा म वा मजस्तै अरु कोही भएको भए आजसम्म ऊ माटोमा बिलाइसक्थ्यो । तर उनी एउटा राम्रो संस्थामा जागिरे जीवनका सिलसिलामा आवद्ध भएका हुनाले र त्यो संस्थाले उनको स्वास्थ्य बिमा गरिदिएको हुनाले उनले आजसम्म नै यो सुन्दर संसार हेरिरहन पाए । यसमा उनीलगायत् हामी सबै हर्षित छौं, खुसी छौं ।

बाहिर हेर्दा ह“सिलो, रसिलो र चिन्तारहित भए पनि भित्रभित्रै भने जगदीशजीको मन असाध्यै तड्पिइरहेको, छट्पटाइरहेको महसुस हुन्छ । उनका लागि कुनै पनि चाडपर्व रमाइला छैनन् । ती सबै बिरसिला छन् । पुस्तक पढ्दै जा“दा पाठक के थाहा पाउ“छ भने सन्सारका लगभग सबै मुलुक डुलिसकेका, सुशिक्षित र नाम चलेका लेखक, सामाजिक व्यक्तित्व जगदीशलाई आपूm पहिले धेरै पटक गएको, बसेको र काम गरेको ठाउ“ लन्डन जानका लागि यस पटक गोरेहरूले भिजा दिंदैनन् र उनी एउटा राम्रो उपचारबाट बञ्चित हुन्छन् । ती खैरेहरूलाई हाम्रो देशमा आउ“दा कुनै रोकतोक नहुने, हामी भने काम विषेशले जान खोज्दा पनि अनुमति नपाउने कस्तो पक्षपाति प्रचलन हो यो ?

त्यस प्रकारको अपमानजनक ब्यवहारको शिकार समयसमयमा हाम्रो सार्वजनिक जीवनका अरु पनि ख्यातिप्रप्त व्यक्तिहरूसमेत हुने गरेका घटनाका उदाहरणहरू हाम्रा अगाडि छन् । त्रि.वि.का ख्यातिप्राप्त विद्वान प्रा.डा. अभि सुवेदी होउन् वा प्रगतिशील लेखक खगेन्द्र सङ्ग्रौला, सबै नै विगतमा फिरङ्गीहरूले प्रवेशाज्ञा नदिने पक्षपाति नीतिको शिकार भएका उदाहरण हुन पुगेका छन् ।

जगदीशजीलाई बिमारले समातेकै समयमा उनका स्वजनहरूको अवसानले उनलाई झनै पिरको भुमरीतिर धकेलेको हामी अनुभव गर्छौं ।

जगदीशजीले पुस्तकको समाप्तिखण्डतिर परिवार, दम्पति, सन्तान आदि शिर्षक अन्तर्गत हामीलाई कतै उनका व्यक्तिगत कुराहरूकै विषयमा जानकारी दिन थालेका हुन् कि भन्ने भान पर्दछ, तर यथार्थ भने त्यस्तो हु“दैन । उनी त यी सबै विषयमा दार्शनिक कुरा पो गर्छन् । जगदीशजीले उनको यो सानो पुस्तकमा स्वास्थ, धर्म, अर्थ, काम, मोक्ष, आदिबारे विषद् चर्चा गरेका छन् । त्यस्तै, उनी फ्रन्ज काप्mकाको सुप्रशिद्ध कथा मेटामर्फोसिस्को उदाहरण दिएर त्यसको पात्र ग्रिगोर किरामा रूपान्तरित भए झैं आपूm पनि एउटा पूर्ण रूपमा फेरिएको मानिसमा रूपान्तरित भएको कुरा गर्छन् । पुस्तकको अन्त्यमा उनी समयको व्याख्या गर्छन् । उनी लेख्छन् ः– “जे हो समय हो । जे छ समयमा छ । बलबान् त्यो हुन्छ जसको समय आएको हुन्छ । बुद्धिमान् त्यो हुन्छ, जसको समय आएको हुन्छ । समय चमत्कार हो । यो ब्रमाण्डमा जे जति छ त्यो समयमा छ । समयनै अस्तित्व हो । सम्पूर्ण सृष्टि चमत्कारपूर्ण छ । ठूलोभन्दा ठूलो सौरमण्डल मात्र होइन सानुभन्दा सानु पात, पतिङ्गर, कीरो, बालुवा पनि उत्तिकै चमत्कारपूर्ण र रहस्यमय छ । सबै दृश्य–अदृश्य, ज्ञेय–अज्ञेय समयकै चमत्कार हुन् ।”(पृ.२३२)

पुस्तक पढ्दै जा“दा कतिपय ठाउ“मा लाग्छ, यो उनैको आत्मकथा हो, बायोग्राफी हो । झलक्क हेर्दा त्यस्तै पनि देखिन्छ । तर गहिरिएर हेर्दा भने त्यस्तो लाग्दैन । पुस्तकका धेरै पानाहरूमा जगदीशजीले उनका व्यक्तिगत र सामाजिक जीवनमा घटेका घटनाहरू र परिघटनाहरू समाबेश गरेका छन् । तर यो पूर्ण रूपमा उनको आत्मकथा नै भने होइन । समग्रमा हेर्दा यो त उनले गरेको मानव जीवनको व्याख्या हो । त्यसलाई पुष्टि गर्ने क्रममा सजिलोका लागि आप्mनै जीवनमा घटेका घटनाहरूबाट उदाहरणहरू पेश गरेका छन् । त्यत्तिमा नै यसको सीमाङ्कन गरिएको छ ।

चर्चित कृतिमाथि कलम बिसाउनुपूर्व म मेरा मित्र जगदीश घिमिरेजीको प्रशन्नता, कुशलता र दीर्घायुको हार्दिक कामना गर्दछु ।

२९ वैशाख, २०६५


प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 17 कार्तिक, 2066

लेखकका अन्य रचनाहरु