भोलादाइको दशैँ

- लक्ष्मण गाम्नागे

भोलादाइ (भोलानाथ गौतम) आफ्ना जहान परिवारसँग यसपालिको दशैँ भव्यरुपले मनाउने मनसायले न्वाकोटबाट बसको हुटमा हल्र्याङहल्र्याङ गाडीस‘गस‘गै हल्लि‘दैहल्लि‘दै लखतरान भएर बालाजुमा ओर्लिए र गह्रौ‘ झोला काँधमा झुण्ड्याएर सोझै नयॉ बसपारकतिर अघि बढे । आवस्यक किनमेल उनले तिर्सुलीमै सिध्याएकोले एक पाउको एक पोको गु‘दपाक चै‘ बसपारकमै लिउ‘ला भन्ने उनको सुर थियो । उनको सुरलाई एउटा बेसुरस‘ग कराउने मने (मनबहादुर खँड्का) भन्ने केटाले भताभुङ्ग पार्दै सोध्यो–‘ओ दाइ कॉ जाने ?’
बसपारकका गाडीका दलालहरूस‘ग भोलादाइ उहिल्यैदेखि सचेत थिए । त्यसैले उनले आफूलाई लोकल मान्छे देखाउने प्रयाश गर्दै भने– ‘काई‘ न काई‘ ।’
‘के को काई‘ न कॉई नि । तीनमनको भारी बोकेर काईँ न काईँ भन्दा कसले पत्याउ‘छ ? आउनुस् दाइ, ठाडो फोल्डिङ्सिट भएको इस्पेसल गाडीमा सिट खालि छ । आउनुस्, आउनुस् कॉ जाने ?’ भन्दै मनेले भोलादाइको झोला तान्न थाल्यो । भोलादाइले मनेलाई घ‘चेट्तै आफ्नो झोला फुत्काए । उनी अलि रिसाए– ‘म जुन गाडीमा मन लाग्छ, त्यही गाडीमा जान्छु, तिम्रा करले हुन्छ ? बसपारकका सबै दलाललाई मैले राम्ररी चिन्याछु ।’
‘ओ दाइ ! कल्लाई दलाल भनेको ? झन् आफ्नो गाउ‘को दाइ भनेर हेल्प गर्न खोजेको त उल्टै दलाल पो भन्छ यार !’ भन्दै मने पनि रिसाएझै‘ गरी जाल बुन्न थाल्यो । आफ्नो गाउ‘को दाइ भनेको सुनेपछि त्यो केटो कताकता हँडियाखोलाको ह्याम्से (हेमसागर कुईँकेल) पो होकि जस्तो लागेर भोलादाइले त्यसको अनुहारमा राम्ररी हेरे । के को हुन्थ्यो ह्याम्से ! अर्कै कुनै हरिलट्ठक मोरो रैछ । उनलाई डरडर पनि लाग्यो– दलाल भनिहालियो, गोद्ने पो हो कि बजियाले ! तर उनको डरलाई पर पुग्ने गरी मनेले अर्को ढुङ्गा फ्यॉक्यो अ‘ध्यारोमा – ‘ओ टङ्क दाइ, किचिकिच नगर्नुस् न ! आफ्नो गाउ‘को भाइलाई पनि के नचिनेको जस्तो गरेको ?’ बिचरा सोझा भोलादाइ छक्क परे र वरपर हेर्न थाले । त्यहॉ नजिक अर्को मान्छे त छैन ।
‘तिमीले कसलाई टङ्क दाइ भनेको ?’ उनले सोधे ।
‘ल दाइको नाम टङ्क होइन त ? टङ्क सुभेडी । मेरा ऑखा त तगडै छन् त ।’ मनेले आँखा मिच्तै भन्यो ।
‘तिम्रा ऑखा त तगडै रैछन्, तर तिम्रो टाउकाको पेच चाहि‘ अलि खुकुलो भएछ । कत्ति इन्जिनको पेच मात्रै कस्छौ, आफ्नो टाउकाको पेच पनि कहिलेकाहि‘ कस्ने गर न भाइ !’ भोलादाइ पनि किन कम हुन्थे, सोझा भए पनि झापाली हावापानीमा हुर्केका । गफ गर्न सिपालु निस्किए ।
‘म पनि कस्तो हुस्सु भए‘छु, दाइका काका कि ठूला बाका छोराको नाम पो हो क्यारे, टङ्क त । अनुहार ठ्याक्कै उस्तै रैछ ।’ मने छाड्नेवाला थिएन ।
‘ए भाइ तिमी आफ्नो बाटो लाग्छौ कि ठीक पारौ‘ ? तिमीले मलाई के ठानेको छ ह‘ ? मलाई अरुअरु गाउ‘ले जस्तो सोझो ठानेर झुक्याउन खोज्या होला, म त टिचर हु‘ बुझ्यौ ? टिचर ! टङ्के सङ्के मलाई थाहा छैन । तिमी खुरुक्क आफ्नो बाटो लाग ।’ भोलादाइले चर्को प्रतिवाद गरे ।
‘होइन टङ्क भनेको चाहि‘ को हो त सर ? त्यो सरको कोई न कोई त पर्छपर्छ । सरले ढॉट्तैमा म पत्याउ‘छु र सर ?’ मने चण्डाल भोलादाइलाई सरका सर लगाउन थाल्यो ।
‘त्यो गधाको कुरा नगर । त्यो मेरो छिमेकी हो । के छिमेकी हुनु शत्रु हो शत्रु ।’ भोलादाइले उनको मिचाहा छिमेकी टङ्क सुबेदीलाई सम्झेर दाह्रा किटे ।
‘ए......त्यै त भन्या ।’ मनेले लामो लेघ्रो तान्यो र उत्साहित हुँदै भन्यो– ‘म त तेस गधालाई सरकै दाजुभाइ रैछ भनिराख्या । अनुहार ठ्याक्कै मिल्छ ।’
‘अ‘, त्यस दुष्टस‘ग मेरो अनुहार मिल्छ ! रगतको नाता हुनेहरूको त अनुहार मिल्दैन । छिमेकीस‘ग अनुहार मिल्छ ?’ भोला सरले अलिअलि आक्रोश र अलिकति आत्मविश्वासका साथ भने ।
‘मिल्छ नि सर ! मिस्प्लेस भयो भने अनुहार मिल्न पनि सक्छ, छिमेकमा बसेपछि ।’ बज्जे मने त मनपरि पो बोल्न थाल्यो । भोला सरले एकछिन त कुरै बुझेनन्, सारै सोझा क्या ! गौप्राणी ! तर एकछिनमा कुरा बुझेछन्, एक्कासी झो‘क्किए– ‘के भनिस् ? तैले मेरा सोझा बालाई त्यस्तो कुकर्मी ठानिस् ?’ उनले मनेलाई झपारे ।
‘होइन, होइन, सरको बुबालाई मैले नचिनेको हो र ! त्यस्तो भलाद्मी र ज्ञानी मान्छेलाई । मैले त त्यै गधा टङ्केकी आमालाई पो भनेको त ।’ मनेको घुमाउरो भाखा भोलादाइले बुझेनन् क्यारे, लामो लेघ्रो तानेर भने ‘ए...............।’
मनेले भोलादाइलाई आफ्नो गाडीमा लैजान निकै बल ग¥यो तर भोलादाइले काउन्टरबाटै टिकट काट्ने अड्डी लिएपछि ‘दाइ पनि क्या रड्डी गर्नुहुन्छ’ भन्दै उसले भोलादाइलाई काउन्टरमा लगेर सबै बसका बुकिङ प्याडहरू निकालेर देखायो । सबै प्याडमा पछाडि–पछाडिका सीट नम्बरमा बेस्कन कोरेको र अगाडिका सीटमा अलिअलि कोरेको थियो । यो धॉधलीका बारेमा भोलादाइलाई उत्ति ज्ञान थिएन क्यारे, उनी चुप लागे । वाध्य भएर उनी तथाकथित् गाउ‘ले भाइका पछि लागे । मनेले भोलादाइको झोलाको एकापट्टिको उझिण्डोमा समातेर भोलादाइ र झोला दुवैलाई घिसार्दै एउटा बूढो गाडीको ढोकासम्म पु¥यायो । खलासी राजकुमार चौधरी न्वारानदेखिको बल निकालेर यात्रीहरूलाई ढोकाबाट भित्रतिर घ‘चेट्तै थियो । त्यो देखेर भोलादाइ भुइ‘मा थचक्क बसे ।
‘सीट भएको तिम्रो बस यै हो ?’ उनले मनेतिर हेर्दै भने ।
‘पख्नुस् न सर, यॉ लोकल पेसेन्जर जबरजस्ती पसेर कस्तो भइरा छ । थानकोटदेखि यी सबै आर्लिन्छन् अनि त सुतेर गए पनि हुन्छ ।’ मनेले फकायो । तर भोलादाइ टसको मस भएनन् । उनी झोला बोकेर हि‘ड्न खोजे । मने भोलादाइको झोला तान्दै गाडीभित्रतिर फर्किएर करायो– ‘ए रुद्रे ! पछाडिको एउटा सीट खालि थियो नि, बॉकी छ कि छैन ?’
पछाडिबाट रुद्रबहादुर लामाको चिल्लो आवाज सुनियो– ‘छ, छ । तै‘ले भनेको आफ्नो मान्छे पाल्नुभो ?’
‘आउनुभो, आउनुभो, म त्यता पठाइदिन्छु, मिलाएर राख् है ?’ मनेले भनेपछि भोलादाइको अनुहारमा पनि चमक आयो । मनेले भोलादाइको झोला बसको हुटमाथि हुत्याइदियो र भोलादाइलाई बसको ढोकामा उभिन लगाएर पछाडि डडाल्नाबाट जोडस‘ग घ‘चेड्न थाल्यो । करङ्हरू भाँचिनभाँचिन खोज्दै भोलादाइ ८–१० जना मान्छे र दशथरि भारीतारीलाई छिचोलेर अलिकति भित्र पुगे ।
‘ल दाइ भाडा दिनुस्, भरे झ्याउ हुन्छ ।’ मने टिकट लिएर ठिक्क प¥यो ।
मनेको कुरा सुनेर भोलादाइ जङ्गिए– ‘पहिला सीटमा बस्न त पाउनुप¥यो नि !’
‘सीटमा त बसिसके‘ भन्ठान्नुस् न ! झन् वॉ सीट रोकेर राखिराख्या छ । ल ल झिकिहाल्नुस्, गाडी हि‘ड्ने बेला भयो ।’ मनेले अलि क्रुरता प्रदर्शन गर्दै टिकट काट्न हतार गर्नथाल्यो ।
‘कति पैसा ?’ भोलादाइले लाचार भएर सोधे ।
‘कॉसम्म पुग्ने ?’ मनेले बल्ल यस्तो प्रश्न ग¥यो ।
‘दमक त हो नि, अन्त कॉ जाने ?’ भोलादाइले झर्कि‘दै भने ।
‘द...द...दमक ?’ मने आश्चर्यचकित भयो ।
‘अ‘ ! कति हो भाडा ?’
‘बिस्तारै बोल्नुस् । अरुले सुने भने किचकिच गर्छन् । खोई दुई सय पचास झिक्नुस् ।’ मनेले साउतीको स्वरमा भन्यो ।
मनेको उत्तर सुनेर भोलादाई एकछिन जिल्ल परे । भोलादाइलाई विस्वासै भएन, किनभने उनले दमकका लागि दलाली गरेर साढेछसयसम्ममा भाडा मिलाउने मनमनमा अठोट गरेका थिए । तै पनि भोलादाइले आफूलाई सम्हाल्दै आम नेपाली यात्रीधर्म अनुसार भने– ‘अलिक मिलाऊ न भाइ ।’
‘ल त ल, दुईसय रुप्याँ ल्याउनुस् । छिटो गर्नुस् ।’ मने भोलादाइका कानैमा फुसफुसायो ।
भोलादाइ पैसा झिक्न थाले । मनेले नाम सोध्यो । भोलादाइले आफ्नो नाम भनेपछि मनेले आफैँलाई सराप्यो – ‘थुक्क मेरो गोबर भरिएको दिमाग, भोलासरको नाम पनि बिर्सिने म कस्तो हुस्सु भए‘छु ।’
पैसा हात पारेर मनेले भोलादाइलाई भित्रतिर घ‘चेड्यो र सबभन्दा पछाडिको सीटमा गएर बस्न भन्यो । भोलादाइ उता फर्किएर चेप्पिन थाले, मने ओर्लिएर गयो । भोलादाइ भित्र पसेर रुद्रेलाई खोज्न थाले । त्यहॉ कुनै रुद्रे नामक जन्तु फेला परेन । कसैले उनको कुरा पनि सुनेन । सबै त्यहॉ आआफ्नै सकसलाई कम गर्ने प्रयाशमा व्यस्त थिए । पछाडि समस्यैसमस्या थिए । कसैका सिट डबल परेका, कसैका सिट फोल्डिङ नहुने, कसैका झ्यालको शिशा नखुल्ने, कसैका खुल्याखुल्यै गर्ने, कुनै झ्यालमा शिशै नभएका इत्यादि इत्यादि । यतिकैमा गाडी स्टार्ट भएर हि‘ड्न खोजेजस्तो गर्न थाल्यो ।
भोलादाइ छक्क परेर एकछिन उभिए र कराउन थाले– ‘ए टिकट काट्ने भाइ ! ए टङ्केका साथी ! यॉ पछाडि त एउटा पनि सिट छैन त ।’
‘किन छैन, त्यत्रा सिट छन् । सिटैसिट त छन् नि । तपाईको कति नम्बर हो ?’ नेपथ्यबाटबाट आवाज आयो ।
भोलादाइले टिकटमा हेरे र भने– ‘‘सि’ को एक नम्बर वा ‘एम’ को दुई नम्बर लेखेको छ ।’
‘ए ऽऽऽ, सि भनेको चमेरेसिट हो, एम भनेको मूढेसिट हो । कि त चमेरो जस्तो माथि झुण्डिएर जाने कि त खालि भएपछि मूढामा बस्ने ।’ नेपथ्यबाट यस्तो उत्तर सुनेपछि भोलादाइका कन्सिरीका रौ‘ ठाडाठाडा भएर आए र रिसले रगत उम्लिएर गाडीभित्रै पोखिएला जस्तो भयो । उनी मान्छेहरूलाई पन्छाउ‘दै अगाडि आए र मनेलाई खोज्न थाले । मने बेपत्ता भइसकेको थियो । अर्को एउटाले आएर पछि सिट खालि भएपछि मिलाइदिउ‘ला, तपाई सोझो मान्छे फटाहाका फेला पर्नुभएछ, भन्दै चेपारे पा¥यो र भन्यो, ‘दसै‘को मुखमा दुईदिन अगाडि आएर सिटमा बसेर जाने सपना देख्ने तपाई पनि मूर्खै हुनुहु‘दोरैछ दाइ’ भन्दै उल्यायो । भोलादाइ एक भन्नु न दुई भन्नु भएर आफ्नै मूर्खतालाई धिकार्दै पछाडि सरे र चमेरे सिटमा झुण्डिए । गाडी हि‘ड्यो । थानकोट कट्यो, नौबिसे पछि प¥यो, गजुरी गयो, मुग्लिन हरायो, भोलादाइ उभिएको उभियै ।
गाडी नारायणघाटमा रोकियो । कतै सिट खालि हुन्छ कि भनेर भोलादाइले वरपर ऑखा डुलाए । तर अह‘ कोही चटपटाएन । भोलादाइ निराश भएर पुरानै पोजिशनमा उभिए ।
भोलादाइ त्यो बेला छक्क परे जब गाडीले फनक्कै घुमेर नारायणीको पुलतिर मुख फर्कायो । उनले सोचे तेल भर्न गा होला । गाडी अलि अगाडि बढ्यो । उनले सम्झे आज मलाई निशा लाग्यो कि क्या हो ? गाडी अझै अगाडि बढेर जब पुलमाथि नै कुद्न थाल्यो तब उनी जोडले चिच्याए– ‘ए..गाडी रोक्, गाडी रोक् !’
‘के भयो ? मान्छे छुट्यो कि क्या हो ?’ कसैले अगाडिबाट सोध्यो ।
‘यो गाडी किन पश्चिमतिर लागेको ?’ भोलादाइले आत्तिएको स्वरमा सोधे । उनले यो कुरा सोध्दासोध्दै गाडी नारायणी नदी पारि पुगिसकेको थियो ।
उनी फेरि कराए – ‘गाडी रोक भनेको सुनेनौ ? एइ गुरुजी गाडी रोक ।’ गाडी बल्ल रोकियो ।
भोलादाइ स्यॉस्यॉ र फ्यॉफ्यॉ गर्दै अगाडि पुगे र कराए– ‘यो गाडी किन यता लागेको ?’
‘यसको बाटै यतै हो त कता लाग्नु ?’ कन्टेक्टरले ठाडो जवाफ दियो ।
‘कॉकरभिट्टा जाने होइन यो ? मलाई त दमकको टिकट पो कटाएको छ त ।’ भोलादाइले विस्मयकारी स्वरमा भने ।
‘लौ कस्ता कस्ता मान्छे पनि गाडीमा चढ्छन् ? यो त दाङ् जाने गाडी हो ।’ एकजना यात्रुले भन्यो ।
‘थुक्क असती । त्यो अघि मसित पैसा लिने केटो कॉ छ ? त्यसलाई यॉ ल्याओ ।’ उनी चिच्याए ।
‘तपाईको टिकट काट्ने मान्छे त बसपारककै मान्छे हो । यॉ खोजेर त्यसलाई भेटिन्छ त ।’ जवाफ सुनेर भोलादाइ अक्क न बक्क भए ।
एकजना यात्रीले भोलादाइसित टिकट माग्यो र हे¥यो । टिकटमा भरतपुर नै लेखिएको थियो । त्यो थाहा पाएर कतिले दुईसय रुप्यॉमा दमक पुग्न खोज्दा यस्तै हुन्छ भनेर जिल्याए । कतिले बिचरा सोझोमान्छे फेला परेछ भनेर सहानुभूति दर्शाए । कतिचाहि‘ डल्लो परीपरी हॉस्न थाले ।
ड्राइभर खलॉसी सबैले ओर्लन भनेपछि उनी मध्यरातमा गाडीबाट ओर्लिए, सडकको पारिपट्टि गए र पूर्व जाने गाडीको प्रतिक्षामा सडक किनारामा टुक्रुक्क बसे ।
निकैबेर बसेपछि बल्लतल्ल जनकपुर जाने एउटा गाडीले मुढामा बसाएर ढल्केबरसम्म लैजाने भयो । दङ्ग पर्दै बसमा चढ्नु अघि उनले अचानक आफ्नो सम्पूर्ण सामानसहितको झोला दाङ् जाने गाडीको छतमा बसेर पश्चिमतिर लागेको कुरा झल्यॉस्स सम्झे । उनले सम्झे– त्यही झोलामा त थियो नि प्राणप्यारी प्रेमकलालाईलाई किनिदिएको धोती, पुतलीजस्ती प्यारी छोरीलाई किनिदिएको जामा, तीनवर्ष अघि न्वारान गरेकै दिन छाडेर हि‘डेको कलेजाको टुक्रो छोराका लागि किनिदिएको फलाटिनको न्यानो दौरासुराल, रगत पसिना एक गरेर कमाएको तीन महिनाको तलव, नागरिकताको प्रमाणपत्र, नुवाकोटमै बसी बसी प्राइभेट जाँच दिएर पास गरेको आइ.ए.को ओरिजिनल सर्टिफिकेट आदि सर्वस्वै ।
भोलादाइलाई भाउन्न होला जस्तो भो । उनको मन कटक्क भएर आयो । स्वास्नी छाराछोरीका धमिला तस्वीरहरू आफ्ना वरिपरि नाच्न थाले । आँखा टिलपिलाए ।
मध्यरातमा फेला परेको लोग्नेमान्छे आँखाभरि आँसु पारेर टोलाएको देखेपछि पूर्व जाने गाडीको खलॉसीले भोलादाइलाई सडकमै छाडेर ‘जाउँजाउँ गुरुजी, पागल पो रैछ’ भन्दै बसको ढोकामा ढ्याँङ्ढ्याँङ् पा¥यो ।
गाडी झलमल्ल उज्यालो छर्दै पूर्वतिर हुईँकियो । भोलादाइ निष्पट्ट अँध्यारोमा सडकको पारिपट्टि गए र पश्चिम जाने गाडीको प्रतिक्षामा उसैगरी सडककिनारामा टुक्रुक्क बसे ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 11 कार्तिक, 2066

लेखकका अन्य रचनाहरु