भवानी दाइसँग अतितका क्षणहरु

- ॠतु आसीक

मर्नु पर्छ हामी सबैले
एकदिन हामी पनि मर्छौ
हामी मर्दा जनताको शिर उठाइ मर्छौ
- गोबिन्द विकल
१९९०को कुरा हो | प्रेसमा बेन्जामिन मोलाइसको बारेमा अङ्रेजी र नेपालीमा लेखिएको स्‍मृति काब्यधारा प्रकाशित हुँदै थियो | बिराटनगरमा लेटर प्रेस नै थियो | कलकत्तामा नेल्सन मन्डेला आउने निश्चित भइसकेको थियो | प्रेसमा एकजना मेसिनम्यान चौधरी भाई (नाम बिर्सें) हुनुहुन्थियो | पुस्तक प्रकाशनको कार्य तिब्रगतिमा बढीरहेको थियो, पुस्तक छापिदै थियो | अचानक भवानी घिमिरे दाई पस्नु भयो | मैले अभिबादन गरे | अभिबादन फर्काउनु भयो | बेन्जामिन मोलाइसको बारेमा लेखिएको स्‍मृति काब्य प्रकाशनको अन्तिम तयारीमा रहदै गरेको कुरा बताए| ऋतु भाई तपाईंले एउटा धेरै राम्रो काम गर्दै हुनुहुन्छ, नेपाली साहित्यकारहरुको अन्यायप्रतिको प्रतिरोध स्वरुप अन्तरराष्ट्रियता जनाउनु भएको छ | म त्यसको सराहना गर्दछु भन्नुभयो | पुस्तकको अन्तिम पातोको लागि आफना अभिब्यक्ती दिनु भएको थियो | जुन अभिब्यक्तीलाई मैले सम्मानकासाथ प्रकाशित गराएको छु |
भारतको कलकत्त्तामा नेल्सन मन्डेलाको भब्य स्वागत भयो
| मेरो जीवनमा देखिएको पहिलो पटकको भब्य समारोह नै त्यही होला । १० प्रती बेन्जामिन मोलाइस नामक पुस्तक भारतका तत्कालीन सूचना मन्त्री अजीत पान्जा मार्फत नेल्सन मन्डेलालाई दिनका लागी हस्तान्तरण गरेको थिए | पुस्तक हस्तान्तरण भएको ब्यहोरा नवभारत टाइम्समा भोलीपल्ट छापिएको थियो | जसको कटिङ अझै म सँग सुरक्षित छ | यी सबै कुराहरुको व्याख्या भवानी दाई समक्ष गरेको थिए | उहासँग भेटमा मैले गरेका कार्य र योजना प्रति सराहना तथा अग्रजले गर्नु पर्ने स्नेहबाट कहिले बन्चित गर्नु भएन|
इटहरीको वार्ड न २ स्थित तरहरामा मेरो घर थियो | त्यहा बस्थे | असमका साहित्यकार लीलबहादुर क्षेत्री र भवानी दाई मेरो घरको आगनमा प्रवेश गरेको क्षणले म अल्हादित भएको थिए | थोरै समय बस्नु भयो | यी दुबै ब्यक्तित्वलाई अति नै आदर गर्ने पंक्ति पर्छु भन्ने मलाई विश्वाश छ | मलाई पूजा पाठ तथा मन्दिर गएर धर्म कमाइन्छ भन्ने विश्वाश छैन | समाजमा बसेपछी कतिपय ब्यक्तिको आस्था प्रति सम्मान जनाउनका लागि जाने गरेको छु | साच्चै भन्नुपर्दा साहित्यकार नै मानव जातिका प्रतिनिधिमूलक इश्वर हुन भन्दा अतिशयोक्ति नहोला | भवानी घिमिरे आदिहरु तीनै प्रतिनिधिमूलक इश्वरको नाममा पर्छन |
भवानी दाई एकपटक सयोगले म इटहरीको घरमा सरेपछी आउनुभयो
| इटहरीका कतिपय साहित्यकारहरुसँग उहाको पुरानै परिचय छ | त्यसबेला साहित्यकारहरुलाई मेरै घरमा जुटाउन सकिएको थियो | त्यस जमघटको केन्द्र बिन्दु भवानी दाई नै हुनुहुन्थ्यो | साहित्य लेखनका बारेमा बिभिन्न पक्ष तथा साहित्यकारहरुले आफूले लेखन दायित्वका कतिपय कुराहरु समेटने तथा तिनीहरुको अनिवार्यताको बोध गराउनु भएको थियो |
भवानी दाई काठमान्डौको नयाँ सडक पिपल बोटमुनीको बुट पोलिस आन्दोलनको अगुवाई गरेर हिडनु भयो
| आफू साहित्यकार भएर नै होला मानव जातीप्रति भेदभाव तथा अन्याय गर्न नहुने सन्देश उदघोषण गर्नु भयो | बुटपोलिस आन्दोलनले मुलुकमा आफ्नै किसिमको प्रभाव छोडेको छ | भवानी दाइसँग कतिपय प्रसँग मध्ये काठमान्डौमा केही साहित्यकारहरुसँगको भेटघाटलाई यतिबेला सम्झिरहेको छु | जसमा भवानी दाई, बिष्णु प्रभात,म र नरनाथ लुइटेल थियौ | भवानी दाइले प्रस्ताव राखनु भएको थियो | एउटा टोली मिलाएर भारतमा रहेका नेपालीसँग भेट्घाट गर्ने र प्रत्येक टोलीका सदस्यले आफ्नो आफ्नो कार्यको जिम्मा लिएर फर्किएपछी पुस्तकको आकार दिने सहमती भएको थियो| हामी सबैले भवानी दाइको नेतृत्वमा यात्रा गर्ने तय भएको थियो | यस किसिमको निधो भए पनि व्यबहारमा उतार्न नपाईकन उहा हामीबाट विदा हुनुभएको छ |
मलाई भवानी दाइका बिभिन्न आयाम पक्ष मध्ये कविता वाचन शैली खुव मन पर्छ
| उहाका कतिपय आफ्ना कविताहरु कण्ठस्थ नै थियो | कविता वाचन गर्दा उहाको ब्यक्तित्व गरिमा झन्-झन माथितिर उकालो लागेको महसुस गर्थे | उहा ज्यादै नरम र सरल हुनुहुन्थियो | हामी जस्ताका लागि जहिले पनि प्रेरणादायीको भूमिकाको रुपमा रहनु भयो | उहा विराट ब्यक्तित्व हुँदा हुँदै पनि घमन्डको एउटा छिटा पनि थिएन | नेपाली वाङमय साहित्यधारामा भानु प्रकाशनको निरन्तरता आफ्नो जीवनको अन्तिम पटाक्षेप सम्म पनि दिरहनु भएको कुरा सर्वबिदितै छ | भानुले सयकडौ साहित्यकारलाई आफ्नो पहिचान दिएको छ |
अन्तमा, तपाईंसमेतद्वारा चलाइएका साहित्य आन्दोलनका गतिबिधिहरुले बिश्राम लिन पाउने छैनन | हामी उर्जा दिरहने छौ | तपाइको अगुवाईको सस्मरण हाम्रा लागि प्रेरणा भईरहने छ |भबिष्यले भवानी दाइको त्याग तपस्या बलिदानको उच्च मूल्याङ्कन गर्ने नै छ |
आदरणीय स्रष्टा भवानी दाइप्रति हार्दिक श्रदान्जली !

मेलबोर्न, अमेरिका १८ भाद्र २०६६


प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 15 आश्वीन, 2066

लेखकका अन्य रचनाहरु