दशैं र हामी

- नम्रता गुरागाईं

वर्षैपिच्छे आउने दशैं
घरको संझनाले
मन त्यसै त्यसै उडेको हुन्छ
मन त्यसै त्यसै गुडेको हुन्छ
अफसोच !
हामी धेरै टाडा छौं
अझै टाडा छन हाम्रँ उदेश्यहरु ।

रोटेपिङ्ग र लिंगेपिङ्ग
आखा अगाडी मच्चिरहेछन्
सायद त्यतिखेर
हाम्रो घर
नया“ दुलहीझैं सिंगारिएको हुने गर्छ
प्रत्येक द्घारहरु
घर फर्किन नसकेका आफन्तलाई
शुभकामना खसाल्ने हतारमा हुन्छन्
घर फर्किएका आफन्तस“ग
र्हािर्दकता साटिरहेका हुन्छन्
लामो ब्यस्ततापछि
परिवार भेट्ने चाहना
आहा !
कति सुन्दर छ हाम्रो संस्कृति
संझदा मात्रपनि
मन त्यसै त्यसै अग्लिएर आउ“छ
मन त्यसै त्यसै पग्लिएर आउ“छ

धेरै घुम्तीको बटुवा हामी
संयोग भनौ एकै ठाउमा छौं
विचारका अग्ला होचा पहाडलाई
थांती राखेर
एउटै बथान भएका छौं
हो
हामी आकारले साना छौं
नागरिकताले विदेशी हौं
तर
योग्यता पछारेर
प्रतिष्पर्धामा उभिन सक्छौ
उत्साहको सिंगो समुद्र बोकेका हामी
दःुखको नाममा
आगो पचाउन सक्नेका सन्तान
थाहा छैन
किन आज हामी
आफूभित्र हिनता पालेर बसेका छौं
किन आफूभित्र निराशा पालेर बसेका छौं
खोइ कसरी कल्पना गरौं
विजयको टिका र आशिर्वादले नझुकेको शिर
उत्साह र उमंगले नहांसेको मन
आउ टिकासंगै
गोरा छाला भएकाहरुमाझ
योग्यताको लडाइ लडौं
विचार र क्षमताको लडाइ लडौं
एउटा अर्को खुशियाली बाडौं ।

मोरङ्ग, हाल: नेब्रास्का

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 3 आश्वीन, 2066

लेखकका अन्य रचनाहरु