भोको साँझ

- टेकब कोइराला

विवाह गरेर ल्याएकै भोलिपल्ट धर्माले स्वास्नीलाई चिर्पटले हान्यो । अमूर्त चित्रजस्ता डामहरु पिठ्यूँमा मसार्दै स्वास्नीचाहीं बेस्कन रोई । धेरै बेरसम्म रोइरही । साँझ ढल्केपछि चिसो भुईँमा एउटा फ्याङ्लो ओछ्याएर त्यहीं ढल्की । त्यो घरमा आज साँझको लागि भात–तिहुनको केही पनि सुरसार देखिएन । त्यही रिसले धर्माले आँखा देखेन । स्वास्नीलाई मज्जासंग भकु¥यो । भोको पेट र चुटाइको रन्कोले भुमीलाई निद्रा भने परेन । धर्मा चाहीं साविककै बिछ्यौनामा घुर्न थाल्यो । उसको भने पेट भोको थिएन । साँझपख भट्टीमै चिउरा र आलुचप मनग्ये हसुरेको थियो, ‘दारु’संग । दारु उसको लागि आधारभूत आवश्यकताभित्रै पर्छ । दिनभरिको कमाई भट्टीमै सिध्याउँछ । साहुको दोकान बन्द भएको दिन उसको कमाई पनि बन्द हुन्छ ।
आज त चार पाँच ट्रीप सिमेन्ट ओसारेपछि दुई सय भन्दा बढी नै हात पारेको थियो । सिमेन्ट ओसार्ने मानवगाडा साहुकोमा नै थन्क्याएर सिधै भट्टीमा पसेको थियो । गोजी गहु्रङ्गो भएको दिन धर्मा अलि बढी नै उत्ताउलिन्छ । आज एक प्लेट शिखार पनि माग्यो । पीरो–पीरो मासु, स्वाद मानी मानी डफ्यायो, दारुसंग । रक्सी पनि साविकको भन्दा बढी नै तान्यो । घर जानेबेलामा भुमीलाई सम्झ्यो । ‘भख्खर भख्खर आएकी दुलही, यसो मीठो मसिनो खुवाएर रत्याउनुपर्ने’ मनमनै गुन्यो ।
“खै, एक पिलेट शिखार पोको पार्देऊ त समाली भाउजू ।” लरखराउँदै आदेश दियो ।
“कत्ति घिच्न सक्या हो कुनी यो धर्मा त ।” स्वाङ् पार्दै समालीले मासु पोको पारिदिई ।
“काँ मै खानी हो त ? यो त .....” अड्कियो धर्मा ।
पैसा दिएर निस्कनै लाग्दा समालीले झण्डै चिच्याएको स्वरमा सोधी – “अनि कस्का लागि लग्दिन लाग्या त ? कि ......?”
समालीले प्रश्न तुर्न नपाउँदै धर्मा हौसिदै बोल्यो – “यी समाली भाउजु नी..... कत्ति खोजिनिती चाइया हो । हो..... हो ल, ब्या ग¥या हुँ, अर्की दुलै ल्या हुँ, हो त्यसैलाई लैदिन लाग्या’ मासु । भो अव त ?” धर्म लर्खराउँदै घरतर्पm हान्नियो ।
“छँदाखाँदाको स्वास्नीलाई चुटी–चुटी लगा¥यो । लाठे भैसक्या त्यै एउटा छोरो पनि घर छोडेर हिँडिर’च । कुन चौरस्ताँ चारिहिँड्याछ । यता बाउचैं अर्की स्वास्नी ल्याछु भन्च.... .. । कस्तो छँडुल्नीलाई उठा’र ल्यायो यो धर्मेले, हरे ......!” समाली एकछिन भुतभुताई । अरु ग्राहकहरु पनि चिउरासंगै समालीका कुरा चपाइरहे ।
यता भुमी साँझको खान्की तयार गर्ने तरखरमा लागी । दाउरा जोडजाड गरेर आगो बाल्न पहिलो मुस्लो धुवाँ प्रक्षेपण गरी आकाशतर्पm । धुवाँ झुपडीमाथिसम्म उड्यो । तर अन्नपानी केही पनि नदेख्दा त्यसै बिरक्तिएर झोक्राइरहेकी थिई । अव के बसाल्ने केही मेसोमेलो पाइन उसले । यत्तिकैमा धङ्धङाउदै आइपुग्यो धर्मा ।
“हन, के छ यो घरको चाला ?” जिब्रो बटार्दै बाहिरैदेखि डुक्रँदै छि¥यो । स्वास्नीले ऊतर्पm एक दृष्टि फ्याँकी । तमतमाउँदो अनुहार, रसिला बाउँडिएका आँखा, भित्ता समाउदै आएको धर्मालाई देखेर भुमी एकछिन अवाक् भई । ताउलो बसाल्न नपाएको पीर, त्यहींमाथि लोग्ने भनाउँदोको चर्तिकला देखेर भुमीले मन बेस्कन अमिल्याई । भर्खरै सल्किन लागेको त्यही अगुल्टो थुतेर हानुँ भैंm लाग्यो उसलाई । नयाँ दुलही त्यसो गर्न किन सक्थी र ! आँखा डबडबाउँदो बनाउँदै भित्तातिर मुन्टो बटारी । धर्माले चाल पायो, यो घरमा आज पनि भाग बस्न पाइने छाँट छैन । रिस आगो भएर निस्कन मात्र बाँकी थियो । आज पनि झण्डै चिर्पट उजाइसकेको थियो । तर आपूmलाई सम्हाल्यो । हातको मासुको पोको फ्यात्त भुँइमा पछारेर ढुनमुनिदै गयो ओछ्यानतर्पm । भुमीले फेरि एकपल्ट हेरी धर्मालाई । रक्सीले धुष्ण भइसकेको रहेछ । गन्धले घरै रंगमगियो । मरेको पाओ भैंm आफ्नो ज्यानलाई ओछ्यानमा पछारिदियो धर्माले । एकैछिनमा लयबद्ध भाकाले घुर्न थाल्यो । आज चिर्पटले हानेन । यसैमा सन्तुष्ट भई भुमी । पेटको पीर त छँदैथियो । बिहान चारगाँस चेपेपछि दिनभर निस्लाम बस्नुप¥यो । अस्ति बिहान ल्याएको डेढ किलो चामल आज विहानसम्मलाई जेनतेन पुगेको थियो । साँझसम्म त धर्माले ल्याइहाल्ला नि ! यही आसमा दिनभरि ढुक्कको सास फेरिरही । तर साँझमा त मुीभरिको प्लाष्टिकको पोको फ्यात्त फ्याँक्यो । के रहेछ त, उसलाई जिज्ञासा जाग्यो । खोलेर हेरी । मोटो–मोटो छाला भएको पाँच सात टुक्रा मासु । “हेर बुद्धी ! यसको साटो चामलै ल्या’ भए बरु पेट उक्सिनेगरी भातै पुग्थ्यो । यो छोरामान्छेका जात्, घरको सावगाँसको केही छ्यानपैचान गर्न सक्दैनन् । घरमा सामलतुमल छ छैन, के छ, कति छ, केही बिचार गर्न सक्दैनन् । अव यो चा’डा फिर्को मासुले न पेट भर्रिनु, त्यै’नी के सित खाने !” भुमी मनमनै गनगनाई । दलिनतिर आँखा पुग्यो । दुइटा पुड्को मकै झुण्डिरहेको देखी । ध्वाँसोले आफ्नो मौलिक रङ्ग गुमाइसकेको खोसेल्टा नङ्ग्याएर फ्याँकी । मकै छोडाएर भुटी । धर्मालाई उठाउने कोशीस गरी । उसको चेत सातौं आसमानमाथि विचरण गरिरहेको छ । उठेर के मकै टोक्ला । भुमी एक्लै मकै मक्र्याउन थाली । मासु र मकै, आहा.... हा.... हा....! अन्त्यमा एक अंखोरा पानी । उसलाई पेट भरिएको अनुभूति भयो । धर्माको पैmलिएर पस्रिएको हातखुट्टा समेटेर राखिदिई । आपूm कुनापट्टि घुसुल्टिई ।
आज घर वरिपरिको झार झ्याङ्गहरु सफा गरी भुमीले । बिहानीको घाम भए पनि चस्स पोल्ने भइसकेको थियो । डिलमा अग्लो साजको रुख । त्यसैको सियाँलमा सुस्ताउन लागी । रुखको एउटा बलियोचाहीं हाँगोमा बनाइएको गुँड । गुँडमाथि उडँु–उडँु गर्दै पखेटालाई फटफटाएर अभ्यास गरिरहेको कागका तीन बचेराहरु । एउटा चाहीँ अलि दुब्लो र लाम्चो आकारको बचेरा । ‘त्यो त कोइलीको हो क्यारे । त्यल्ले त आफ्नो फुल कागको जिम्मा लाउँछ भन्या भैंm लाग्या’थ्यो ।’ भुमीले अड्कल काटी । ‘आपूm धर्मासंग पोइल आउँदा भख्खर गुँड बनाउँदैथ्यो ती माउ कागहरुले । आज बच्चा हुर्काइकन उडाउने तर्खरमा पुगिसके । आपूm भने.......!’ मन पिलपिलाउँदो बनाई । ‘आफ्नो पनि त छोरी छे नी । हुर्किसकेकी ।’ आपैmलाई ढाडस दिई । ‘तर साथमा छैन । काठमाडौंको कुन्नी के नामको हुटेलमा जागीर ग¥या’छु भन्थी ।’ भुमी विगतमा विचरण गर्न पुगी । ‘काठमाडौं जाने मायालु यातायातको डाइबरले खबर ल्याको । उसले त बेलाबेलामा भेटिराख्छ रे । त्यस्तै हुटेल सुटेलमा जागीर पाए त मलाई पनि उतै बोला भनेर खवर पठाको । तर त्यस्ता हुटेलमा त तरुनी–बरुनी मात्र भरना गर्ने रे भन्ने खवर पठाइछ । आपूm र....! यही भदौले सैंतीस कटेर अठतीस लागिसकियो .... ।’ भुमीले आपूmलाई निर्धो र निरिह भएको महसुस गरी ।
“ए दिदी ! के हेरिराखेको ?” पल्लोघरको बगैंचाको बारभित्रबाट आएको एउटी महिलाको आवाजले भुमी झल्याँस्स भई । ‘अस्ति भख्खरदेखि डेरा लिएर बसेका इन्जिनरकी स्वास्नी हो क्यारे ।’ भुमीले ठम्याई । भुमी आवाजतर्पm अघि बढी ।
“खाना पाक्यो ?” इन्जिनियरपत्नीले औपचारिकतावश प्रश्न तेस्र्याई ।
“पकाउन पर्ला नी !” नजिकै पुगिसकेपछि भुमीले पनि आफ्नो मर्यादा निर्वाह गरी ।
केहीछिनको भलाकुसारीपछि भुमीले आफ्नो इतिहास र वर्तमान इन्जिनियरकी पत्नीसामु छताछुल्ला पारिदिई । “लोग्ने मूर्दोले आर्की टिपेर हिँड्देपछि आपूm ओल्लो घाट न पल्लो तिरको भइयो । खेलो–खिप्ती केही नजाने’सी हातमुख जोर्न नि धौ भयो । यै धर्मे मोरो घरी–घरी आएर साखुल्ले बन्यो । हिन्न त हिन्, तँ पनि एक्लै भइस्, म पनि एक्लो । बनिबुतो गरेर दो’डा ज्यान त कसो नपालुमला त भन्दै कर गर्न थाल्यो । मान्छेको शरीर, कत्निखेर के हुन्छ, ओछ्यानप¥या घरी यस्सो तातोपानी दिनी मान्छे नि हुँदैन, एउटा न एउटा सहारा भएकै राम्रो भन्ठानेर धर्मेको पिछा लागेँ । खै....! ह्याँ पनि दुःख उस्तै ..... । कमाको दुई–चार पैसा जाँड धोकेरै सिध्याउँदो र’च । घर परिवारको वास्तै छैन । कैलेकाईं सय–पचास ल्याएर मिल्काइदिन्च । भाउ–बेसा यस्तो मंगो । दुई छाक खाएपछि फेरि ठन्नाराम । बरु कतै केई काममा अल्जिन पाए नि साँज–ब्यानको गर्जो टथ्र्यो कि !”
“हाम्लाई नि एउटी सहयोगी महिलाको आवश्यक थ्यो । अप्ठ्यारो पर्दैन भने, यहीं ...... । कामै त त्यति धेरै छैन । बिहान बेलुकी सरसफाई गरिदिने, दिउँसो यो सानु बाबु हेरिदिने बस् यत्ति त हो । खानपिन यतै भइहाल्छ । सुत्न भरमै जानू । महिनाको हजार बाह्रसय तलव पनि दिउँला, के छ बिचार ?” इन्जिनियरकी पत्नीले दया देखाई । काम पनि, माम पनि, दाम पनि हुने । इन्जिनियरपत्नीको प्रस्ताव सहर्ष स्वीकार गरी भुमीले । आफ्नो पेट पनि राम्रैसंग पाल्नथाली । धर्माको लागि पनि जोहो गरिदिने सामथ्र्य बनाइसकी । त्यसपछिका साँझहरु क्रमशः धर्माको चिर्पट आक्रमण बेगर बित्न थाले ।
कागका बचेराहरु गुँडबाट उँडे । भुमी पुलकित भई । गुँड भत्कियो, भुँइमा झ¥यो । ‘बच्चाहरु उड्न थालेपछि किन पो चाहियो र गुँड !’ भुमीले मनमनै तर्क गरी । तै पनि हरेक साँझ ती कागका परिवार त्यही रुखमा बास बस्न आइपुग्थे । धर्माको पूर्वपत्नी तर्पmको छोरो र भुमीको पूर्वलोग्ने तर्पmको छोरी भने घर सम्झेर आएको देखिएन ।
झरीबादल हट्यो । भदौ सक्किएर असोज लाग्यो । दशैंको चहलपहल शुरु भयो । इन्जिनियर पत्नीले दिएकी साडी देखाउँदै एक साँझ भुमीले लोग्नेलाई सोधी “कस्तो छ ?”
“यो फरिया लाएर हिँडिस् भने त फेरि पोइला जालिस् एई.....!” धर्मा ठट्टाभावमा बोल्यो ।
“म पोइला गए, तिम्लाई कल्ले पाल्दिने नि ?” भुमीले पनि छेड हानी ।
“धेरै घोचेर नबोल्न भुमी, दुख्छ । बरु बत्ती मार्, सुतुम अब ।”
झुपडीलाई अँध्यारोले छोप्यो । धरतीमा चकमन्नता छायो । भुमीको चौबन्दीको माथिल्लो तुनाहरु फुस्कियो, अनि तल्लो तुनाहरु...... । प......र कुकुर भुकेको एकाध आवाज मात्र सुनियो ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 24 भाद्र, 2066

लेखकका अन्य रचनाहरु