संसारको छानामाथि अविस्मरणीय रेलयात्रा

- हरिहर खनाल

गए राति अबेलासम्म निद्रा लागेन । म धेरै बेरसम्म हाम्रो यही यात्राबारे सोचेर बसिरहें । यो यात्रा दलमा किसिम किसिमका मानिसहरू छन् । तिनीहरू सबैको अनुभूति अवश्य नै पनि एकै प्रकारको छैन । तिनीहरू सबैले तिब्बतको विकासलाई सही किसिमले बुझ्न सक्तैनन् । सायद म पनि सक्तिन । तर मलाई लाग्छ, हामीहरूले बुझ्नु पर्छ । कमसेकम् बुझ्ने प्रयत्न गर्नुपर्छ र त्यो कुरा नेपालका सबै राजनीतिक नेताहरूलाई बुझ्mउनु पर्छ । नेपालका राजनेताहरूले अरू ठाउँको विकास हेरेर आफ्नो देश कसरी विकास गर्ने भन्ने विषयमा सोचविचार गर्नु पर्छ । धेरै बेरसम्म मनमा यस्तै कुराहरू आइरहे । बिहान पाँच बजे उठ्नु पर्ने समय दिइएको थियो, तर निद्राले भने चार बजे नै छोड््यो । उठेर नित्यकर्म सकेपछि लेख्न बसेँ ।

बिहान छ बजे हामीहरू सबै लबीमा भेला भयौं । यति सबेरै पनि ब्रेकफाष्ट तयार भैसकेको रहेछ । बे्रकफाष्टपछि होटेल शङ्कर इन्टरन्याशनललाई बिदाईको हात हल्लाउँदै हामीहरू रेलवे स्टेशनतिर लाग्यौं ।

ल्हासाबाट बेइजिङ जाने रेल निकै सुविधासम्पन्न आधुनिक प्रकारको, विद्युतबाट चल्ने विषेश रेल रहेछ । ट्रेनमा चढ्नु पूर्व हवाइजहाजमा जस्तै चेक इन् गर्नु पर्दोरहेछ । त्यही अनुसार हामी चेक् इन् सकेर ट्रेनमा गयौं । नौ जना थकाली बन्धुहरू बाहेक सबै एउटै डिब्बामा परिएछ । राम्रै भयो ।


हाम्रो ट्रेन बिहान ठीक आठ तीसमा ल्हासा स्टेशनबाट रमाना भयो । झन्डै सैंतीस घन्टाको लामो दुरी तय गर्न हामीहरू रेलतिर लागिरहेका थियौं र म असाध्यै प्रफुल्लित र रोमान्चित पनि भैरहेको थिएँ, किनभने हामीहरू विश्वको सबैभन्दा बढी उचाइबाट गएको रेलयात्रा गर्दै थियौं । मलाइ लागिरहेको छ कि मेरालागि यो एउटा अविस्मरणीय यात्रा हुनेछ । यस किसिमको यात्रा मैले सायद फेरि दोहो¥याएर गर्नै छैन, तर मेरा लागि यो नै एउटा अद्भुत अनुभूति हुने छ ।

हाम्रो रेलले ठीक समयमा स्टेशन छाड््यो । त्यसपछि हामीहरू ल्हासा भ्याली र त्यसका घाँसे मैदानमा चर्दैगरेका चौंरी र भेंडाका बथान हेर्दै तिब्बतको खुरिखन्न पठार हँुदै अगाडि बढ््यौं । चौवन्न जनाको हाम्रो टिममा एकजना अर्की हाम्री चेली पनि थिइन्, प्रज्ञा । एडभेन्चर टुर्स एन्ड ट्राभल्सकी डाइरेक्टर उनी हाम्रो यो संपूर्ण यात्राको व्यवस्थापक थिइन् । चाइना इन्फर्मेशन सेन्टर र वल्र्ड कल्चर नेटको
आयोजनमा भएको हाम्रो यो यात्राको व्यवस्थापन पक्षको जिम्मा भने उनैले लिएकी थिइन् ।


रेलमा र ल्हासा बसाइको क«ममा पनि लेक लाग्ने हो कि भन्ने कुुराले सबैका मनमा अलिकति पिर थपिएको थियो । तर भुक्तभोगीहरूले दिएको सल्लाहलाई अनुशरण गर्दै जाँदा त्यस्तो कुनै कठिनाई बेहोर्नु परेन ।

यात्रामा सबै रोमान्चित थिए, खुसी थिए । कसैको पनि अनुहार मलिन देखिएको थिएन । हामीहरू घरि गफगाफमा व्यस्त हुन्थ्यौं, घरि करिडोरमा उभिएर बाहिरतिरको दृश्य हेथ्र्यौं र त्यो अद्भुत वातावरणको रसास्वादन गर्दै त्यहाँ देखिएका कुराहरूबारे एक आपसमा आफ्ना भावनाहरू साटासाट गथ्र्यौं । आँखाले भ्याइ नसक्नु मैदान, कतैकतै घाँसे मैदान र त्यसमा चर्दै गरेका भेंडा र चौंरीका बथान, अल्लि परतिर देखिने खुरिखन्न डाँडाकाँडा र ती डाँडाकाँडामाथि रुइको थुप्रो थपक्क राखेजस्तो हिउँ, हरियाली विहीन विशाल भूभागहरू, कतैकतै बाटो बनाउँदै र मरमत गर्दै गरेका श्रमिकहरू र रेलमार्गको किनारैकिनार भएर गएको पिचरोडबाट कमिलाको ताँतीसरि दौडिइरहेका ट्रकहरू, फराकिला फाँट र ती फाँटमाथि पैmलिएका विशाल तालहरू, अनि क्षितिजरेखासँगै टाँसिएर दौडिएका ससाना पहाडका श्रृङ्खलाहरू । हामीले तिब्बतको ग्रिमु पासबाट सत्रहजार पाँचसय फिटको उचाइबाट गएको बाटो हुँदै सबैभन्दा अग्लो स्थानको रेलयात्रा ग¥यौं । हाम्रो यो यात्रा यद्यपि सुगम थिएन, तथापि यी सबै कुराहरू देख्ता मनमा भने अवर्णनीय सुखानुभूति भैरहेको थियो ।

यात्रादलका सदस्यहरूको संख्या निकै ठूलो भएको हुनाले एक आपसमा बोल्दै, सोधखोज गर्दै र त्यो मनमोहक दृश्य हेर्दै जाँदा समय वितेको पनि पत्तै पाइएन । दिउँसोको लागि हामीलाई दिइएको तयारी चाउचाउको परिकारमा हामीले तातो पानी हालेर खायौं र भोक मार्ने प्रयत्न ग¥यौं । हाम्रो कोठामा मसहित निनु चापागार्इं, घनश्याम ढकाल, हरिगोविन्द लु्इँटेल उहाँकी श्रीमती उर्मिला पोखरेल र सुधा त्रिपाठी थियौं । समयको गतिसँगै बढ्दै जाँदा हामीबीचको स्नेहभाव र मित्रता झन्झन् प्रगाढ हँुदै गएको कुरा मैले महशूश गरें ।

कहिलेकाहिं मानिसले कल्पनासम्म नगरेको स्थितिसित एकाकार हुने समय पनि आउँदोरहेछ मानिसको जीवनमा । सन्सारको सबैभन्दा अग्लो भूभाग भएर गएको रेलयात्रा मेरालागि मात्र नभएर मेरा सहयात्री
सबैका लागि एउटा अविस्मरणीय घटना र एउटा रोमान्चकारी यात्रा थियो । यो कुरा म कसरी पनि अनुमान लगाउन सक्छु भने कताकति देखिने चौंरीखर्क र भेंडा चरनबाहेक भन्डै मानवविहीन लाग्ने त्यो विशाल भूभागबाट उज्यालोको खोजीमा अँध्यारो रातलाई चिर्दै उडिरहेको जुनकीरी झैं हाम्रो रेल फलामे लिकमा चिप्लेँटी खेल्दै लगातार अगाडि बढिरहँदा त्यसमा यात्रा गर्ने हाम्रा सहयात्रीहरूका मनमस्तिक निकै नै भाव विभोर भएको मलाई आभास भैरहेको थियो । कोही आफ्ना आँखा अगाडि देखिएको त्यो मनमोहक दृश्यको रसास्वादन गर्नमा मग्न थिए, कोही मने त्यो अनुपम क्षणलाई आफ्ना क्यामरामा लुकाउन तल्लिनतापूर्वक लागिरहेका थिए । प्रति घन्टा सरदरमा एक सय पच्चीस किलोमिटरको रफ्तारमा दौडँदै गरेको हाम्रो वातानुकुलित विद्युतीय रेलको झ्यालमा उभिएर हामीहरू घरिघरि हाम्रा क्यामराका
स्वीच दबाउनमा व्यस्त थियौं । बेलुकीपख पश्चिमको आकाशलाई राताम्मे पारेर क्षितिजरेखाबाट विस्तारै तलतिर घस्रँदै गरेको सूर्यतिर औल्याउँदै मेरा मित्र रामहरि श्रेष्ठ कराउनु भयो ः खनाल सर हेर्नुस् त अस्ताउँदो सूर्य । मैले देखेँ, उहाँ सूर्यतिर लेन्स फर्काएर क्यामराको बटन दबाउन तल्लिन हुनुहुन्थ्यो । म पनि त्यो दृश्यबाट निकै भावबिभोर भएँ । मलाई लाग्यो तिब्बतको त्यो पठारबाट देखिने अस्ताउँदो
सूर्यलाई यो जीन्दगीले सायदै फेरि अनुभव गर्न पाउँने छ । मनमा उर्लिएका भावनाका तरङ्गलाई खेलाउँदै मैले क्यामराको स्वीच दवाएँ । त्यसले तिब्बतको त्यो अनकन्टार पठारबाट धरतीको पल्लो छेउतिर घस्रँदै गरेको साँझको थकित बटुवा जस्तो सूर्यका तीन स्न्याप लिन भ्याएछ ।


तिब्बतको यठारबाट यात्रा गर्दा क्यानडामा बस्ने दुई जना चीनीया महिलासित भेट भयो । तिनीहरू यति बेला हाम्रो यात्राको सहयोगी बनेका थिए । ती दुवै इन्जिनियर थिए । ती महिलाहरूको सरल र सहयोगी भावनाको पनि म मुक्त कन्ठले प्रशम्सा गर्दछुु । तिनीहरूसित बिदा हुनु पूर्व मैले तिनीहरूमध्ये एक महिलालाई आफ्ना कथाको पुस्तक द भ्वाइस अब माउन्टेन उपहार दिएँ । ऊ निकै खुसी भई । मनको एक छेउमा लाग्यो, छोटो यात्रामा पनि कतिपय घटनाहरू अविस्मरणीय हुन पुग्छन् ।



बिहान साडे आठ बजेदेखि अनुर्वर तिब्बतको विशाल पठार र खुरिखन्न डाँडाकाँडा, होचा हिमश्रृखला र मानवबस्ती बिहीन पठारका सीमाहीन फाकटहरू हेर्दाहेर्दै थाकेका हाम्रा आँखाहरू गोधुली साँझमा पश्चिमको क्षितिजमा अबीर पोत्दै सुलुत्त तलतिर छिरेको मधुरो घामसँगै विस्तारै धरतीतिर खसेको अँध्यारोको पातलो पर्दाद्वारा छेकिँदै गए । रेलको गति निरन्तर रूपमा एकनास थियो । मैले झ्यालबाट बाहिरतिर नजर बिछ््याउने प्रयत्न गरें, तर अँध्यारोका बज्रसमान हातहरूले निरन्तर मुक्का हान्दै गए । बाहिरतिर अँध्यारो फैलन थालेपछि रेलका कर्मचारी चीनीया युवायुवतीहरूले विस्तारै झ्यालका पर्दा लगाए र हामीहरूलाई अब हाम्रा नजरलाई एउटा सानु कोठाको चौघेरामा बाध्न शङ्केत गरे ।

बेलुकी रेलकै रेष्टुरेन्टबाट उपलब्ध गराइएको खाना खायौं र सुत्यौं । लेक लाग्ने हो कि भन्ने अलिकति डर सबैको मनमा थियो तर कसैलाई पनि खासै कुनै समस्या परेन । साँझपख शारदा शर्मा अलिकति लोझाएजस्तो देखिएको थियो तर सहयात्री बहिनीहरूले मालिस गरिदिएपछि त्यो आपैm ठीक भयो । थप प्रश्रितजीले पनि योगका तरिकाहरू सिकाएर बिमारलाई निको गराउन केही मद्धत गर्नुभयो । राति सबैजना सुत्न थाले । म पनि सुतें । सुतेपछि त्यो उचाइमा पनि मलाई यति धेरै गर्मी भयो कि मैले लुगा नफुकाली धरै पाइन । राति धेरै बेरसम्म निद्रा परेन । छट्पटाउँदै यता र उता पल्टँदैमा समय बितेछ । बाह्र बजेपछि होला सायद, बल्ल झकाएछु । राति निद्राबाट ब्यँुझँदा मलाई नाक अलिकति
सुकेजस्तो अनुभव भयो । यसो छामेको रगत आएको रहेछ । केही साथीहरूले नेपालदेखि लसुन र अदुवा तारेर प्लाष्टिकका प्याकेटमा हालेर ल्याएका थिए । त्यस अतिरिक्त घरबाट हिड्नु अघि चीनीयाँ डाक्टरको
सल्लाहमा सबैले अघिल्लो दिन बेलुका नै एक एक चक्की डायमक्स खाएका थियौं । अर्को एक चक्की एयरपोर्ट पुगेपछि खायौं । यी सबै कुराहरू लेक नलागोस् भन्नका खँतिर गरिएका आधुनिक औषधी विज्ञानले देखाएका उपायहरू थिए । त्यस अतिरिक्त घरेलु औषधी लसुन र अदुवा पनि हामीले येथेष्ट मात्रामा खाएका थियौं । नाकबाट रगत आएको देखेपछि मैले त्यसो भएको लसुन र अदुवाको प्रभावले नै होला भन्ने ठानें । त्यो समयमा हाम्रो यात्राकी प्रबन्धक प्रज्ञा शर्माले मलाई त्यो अवस्थाबाट मुक्त हुन सक्तो सहयोग गरिन् । म उनको सहयोगी भावनाको कदर गर्दछु ।

१८ जून २००९ (४ असार २०६६) बिहिबार



प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 18 भाद्र, 2066

लेखकका अन्य रचनाहरु