जाडोको लुगा

- डा. रविन्द्र समिर

.पोहोर सालको जाडोमा दमले झण्डै खतम पारेको.यसपालि त एउटा न्यानो ज्याकेट किन्नुपर्यो..। रिठ्ठेले पटुकाको फेरोमा बाधेको पैसा छाम्दै -छाम्दै बजारतिर लाग्यो ।
.यसको मूल्य अठार सय, यसको बाह्र सय, यो पातलोचाहिँको आठ सय, यो स्वीटरको सात सय..। रिठ्ठेले दुइपटक बजार परिक्रमा गर्यो र सरासर छेवैको भट्टीमा पस्यो ।
.यो तरल ज्याकेटको साठी रुपियाँ, यो तरल स्वीटरको बीस रुपियाँ यो तरल गलबन्दीको पाँच रुपियाँ..। उसले पटुकाको फेरो फुकाउनुपरेन । इष्टकोटको भित्री गोजीबाट एउटा हरियो नोट निकाल्यो र नशा-नशामा ज्याकेट स्वीटर, गलबन्दी..बोकेर घर फर्कियो ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 आश्वीन, 2064

लेखकका अन्य रचनाहरु