जोडिएको घर

- गोरखबहादुर िसंह

म ससानो बजारको साँगुरो सडक पार गर्दै थिएँ एक हूल हाँसले बाटो काट्न थाले । सबै हाँसले बाटो पार गरेपछि गाडी अगाडि बढाएँ । तर एउटा अर्को हाँसले गाडीको बीचबाट बाटो काट्न थालेछगाडीको पछाडिको चक्काले छोएर हाँस घाइते भयो । गाडीलाई छेउ लगाएर रोकें ।

मानिसको भीड स्वाभाविक थियो । भीडमै घाइते हाँसको मोल गरियो ।

मैले चुपचाप पैसा निकालें सुनेको थिएँ हाँस मारेको जरिवाना चर्को छ ।

त्यत्तिकैमा भीडका एकजनाले मेरो हात तान्दै एकान्त मागे । भीडबाट पर पुगेपछि उनले भने "त्यो घाइते हाँस तपाईंले नै लैजानुपर्छ बुझ्नु भो "

किन ?

"किन रे ! चार सय तिरेको होइन हाँसको एउटा खुट्टा भाँचिएर हिँड्न नसकेको मात्रै हो अरु केही भएको छैन । तपाईंलाई थाहै होला नि हाँसको सेकुवा खुबै मीठो हुन्छ ।" उनको प्रसङ्ग परिवर्तनले म अल्मलिएँ ।

अलमलमै म सोध्न पुगें यहाँको परिचय ?

त्यो घाइते हाँसको मालिक र मेरो घर जोडिएको छ ।

अनि उनले उनीहरुको जोडिएको घर देखाए । साँच्चै नै उनीहरुको घर जोडिएकै रहेछ

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 आश्वीन, 2064

लेखकका अन्य रचनाहरु