कथा लाखौं कविहरूका

- गिरि श्रीस मगर

१२ मार्च २००९ को कान्तिपुर प्रवास संस्करणको ‘रेगिस्तानबाट सप्रेम’ स्तम्भमा पत्रकार देवेन्द्र भट्टराईले एक गजलकारस“गको वार्ताका क्रममा कतारमा ३ लाख नेपाली रहे पनि झण्डै ६ लाख नेपाली, कवि र गजलकार छन् भन्ने कुरा उल्लेख गरेका छन् । यो अभिव्यक्तिमा प्रवास–पीडाको गहिरो कथानुभूति अन्तरनिहीत छ ।
उ“धो मात्र बगिरहेको जीवनप्रवाहमा हेलिएर भट्टराईजीले ‘रेगिस्तान’ नामाकरण गरेको यो भूमिमा बरालिएको पनि झण्डै ३ वर्ष पुगिसकेछ । यस बीचमा मैले यहा“ नेपालीका आ“सु, रगत र पसिनास“ग गा“सिएका धेरै धेरै कथाहरु भेटेंको छु त्यसैले मलाई अरेबियन सागरले घेरिएको यो सानो टापु कथाहरुको महासागरजस्तो लाग्दछ । कथाहरु बग्दै बग्दै आउ“छन् नदीहरुस“गै र मिसिन्छन् यो सागरमा । मनको तापले वाष्पीकृत भएर कथाहरुको यो महासागरबाट दुःख र ग्लानी, आशा र अनुराग, माया र मोहका ज्वारभाटाहरु उठिरहन्छन् निरन्तर । सपनाका सघन आयतन सागरका छालजस्तै भएर फैलिदा मरुभूमिमा पनि लाखौं कविहरु भेटिने रहेछन् ।
“भइमा झरेको फुलजस्टो भइगो जिन्दागी
हावामा उदेको पाटजस्तो भइगो जिन्दागी....”
टुटेफुटेका शब्दहरुको यो जोडजाम कविताका पंक्तिजस्ता लाग्दछन् । सल्वा रोडको स्काइ ब्रिज प्रोजेक्ट अन्तर्गतको सडक किनारमा भेटिएको कार्डबोर्डको टुक्रामा पेन्सिलले लेखिएका थिए यी पंक्तिहरु । र, तलपट्टि लेखिएको थियो–पंकु राई, धनकुटा ।
सडक किनारमा लहरै उभिएका खजुरको बुटाहरुका अद्र्घछहारीमा मध्यान्ह्को खानापछि ढाड सोझ्याउन पल्टिन्छन् निर्माण मजदुरहरु । एक हिसाबले यिनका लागि सडक नै कर्मथलो भएको छ र सडक किनार नै आश्रयस्थल पनि । यिनले कता कताबाट कार्डबोर्डका टुक्राहरु जम्मा पारेर ल्याउ“छन् , जोड्जाड गर्छन् र पल्टेर त्यसैमा केहीबेर, प्रचण्ड गर्मीको तापलाई बिर्सेर मनको ताप अनुभूति गर्छन् । चिम्लेर आ“खा, मानौं आफ्नै जीवनको सिंहावलोकन गर्छन् ।
यी पंकु राई नामक मनुवा त केवल प्रतीक हुन् मरुभूमि–मजदुरहरुका । सुनिल्याउ“दा यी नेपालीहरुका कथा अन्त्यहीनजस्तै लाग्छन् र प्रत्येक कथामा पुनरावृत्तिको आभाष भइरहन्छ । एकछाक खान नपुग्ने खेतबारी, वर्षा नओत्ने झुपडी, रोगले ग्रस्त बाबा आमा, ऋणको सा“वाव्याजको जंजीरले बा“ध्दै गइरहेको घरव्यवहार । भाइबहिनीहरुप्रतिको कर्तव्यबोध, स्वास्नीका सपनाहरु र लालाबालाहरुका भविष्य । सेना–प्रहरी र माओवादीहरुको दोहोरो पेलाईको विराट अत्याचार । दुःखैदुःखका यी पहाडमुन्तिर पिसिंदा गाउ“मा बस्नै नसक्ने परिस्थिति । ऋणमाथि ऋण थप्दै मेनपावरलाई १ लाख रुपैया“सम्म नगद बुझाएर कतार हानिएको कथा । कथाहरुको हरेक इपिसोड वियोगान्तको नालीबेलीजस्ता लाग्छन् । कविताका पंक्तिजस्ता लाग्ने पंकु राई प्रवृतिका वेबारिसे अभिव्यक्ति मूलतः दुःख–कथाका इपिसोड मात्र हुन् । ऐंठन त्रासदी भोगेर बा“चिरहेका दुःखी मनुवाहरुद्वारा अभिव्यक्तिको खोजी ।
हो त नि, अभिव्यक्तिको खोजी नै पहिलो खोजी हु“दो रहेछ । आ“सुमा भिजेका उकुसमुकुस पीडाहरुलाई अभिव्यक्त गरेर हल्का हुन खोज्दो रहेछ मान्छे । बा“ड्नलाई धेरै दुःख र अनुभूतिहरु छन् तर बा“ड्ने पो कोस“ग हो ? सडक पेटीमा,निर्माणधीन गगनचुम्बी महलहरुमा, कल कारखानाहरुमा, इन्धन संकलन तथा प्रशोधन केन्द्रहरुमा, जमीनमा या समुद्रमा जहा“ हेरे पनि आफूजस्तै रगतपसिनाले निथ्रुक्क भिजेको नेपाली नै देखिन्छ । त्यसबाहेक देखिन्छन् त सजातीयका रगतपसिनाले मोटाएका किर्नाहरुको दिगमिग दिगमिग लाग्ने क्रूर थुतुनो मात्रै । यो प्रदेशमा दुःख बा“ड्नका लागि आफूजस्तै दःुखिया बाहेक अरु कोही छैनन् स्वजन र साथीहरु । ती पनि घडीको एलार्ममा दगुरादगुर गर्ने यन्त्रमानव बनेका छन् । अनि छियाछिया मनबाट उकुसमुकुस भावनाहरु पोखिन्छन् कार्ड बोर्ड पेपरमा, सिगरेटका खोलहरुमा, कोठाका भित्ताहरुमा, डायरीका पानाहरुमा, प्रियसीका तस्वीरहरुमा । पोखिएका ती भावनाहरुमा आहत र वेबारिस कवि रोइरहेको हुन्छ ।
रोल्पा थवाङ्गका नरे मगर डा“डामाथिको जूनजस्ती आमा र फक्रदै गरेको फूलजस्ती बहिनीको मृत्युपीडामा छट्पटिदै कतार आइपुगेका हुन् । २०६० साउनमा कलकलाउ“दी बहिनी माओवादीको आरोपमा सेनाको फन्दामा परेर अकल्पनीय रुपमा मारिई । नरे दोहोरो त्रासले घर छोडेर भाग्ने अवस्थामा पुग्यो । आमा पीरै पीरले मरिन् । स्वास्नी र नाबालक छोरा बेसाहारा भए । २०६२ को वैशाखमा ससुरालीको आड्भरोसामा लाख रुपैया“ खर्चेर कतारतिर उडे उनी । तर दुई दिनमै थाहा भयो–जीवन त रोल्पामाभन्दा पनि कष्टप्रद रहेछ यहा“ । पीडाहरुको छपनीले दःुखिया नेपालीलाई जहा“ गए पनि थिचिरहने त रैछ नि । ९ सय रियाल तलब भने पनि मासिक ५ सय मात्र पाउने भए उनले, त्यो पनि कहिले पाउने अनिश्चित । महिनौंसम्म उनले ‘खबुस’ (यताको सबैभन्दा सुलभ र सस्तो रोटी) र पानीको भरमा प्राण धाने । सुत्नलाई सडक किनारमा फालिएको थोत्रो बस दिइएको थियो । उखरमालो गर्मी र उष्णताले गर्दा कैयौं रात उनी सुत्न सकेनन् । दिवंगत आमा र बहिनी, असहाय स्वास्नी र नाबालक छोराको सम्झनाले रातको एकान्तमा उनको मुटु भक्कानिएर आउ“थ्यो । गर्मीले आकुलव्याकुल उनलाई रुकुमको चीसो पानीको तृष्णाले रुवाउ“थ्यो । अहिल्यै भागेर जाउ“जस्तो हुन्थ्यो तर त्यो सम्भव थिएन । झण्डै २ वर्ष हाड घोट्दा पनि ऋण तिर्न सकेनन् उनले । २१ औं महिनामा रिलिज लिए उनले र अर्को कम्पनीमा काम गर्न थाले । दुःखका दिनहरु त उस्तै नै हुन् तर नया“ कम्पनीमा आएपछि एकजना सहृदयीको संगतले गर्दा उनले क ख पढ्न शुरु गरे । महिनौंको मिहिनेतपछि कनीकुथी गरी पढ्न लेख्न सक्ने भएपछि लेख्न थाले उनले वर्षौदेखि गुम्सिएका भावनाहरु । कतिसम्म भन,े रातभरि आफ्नी प्रियालाई चिठी लेखिरहन्थे रे । लेख्न सक्ने भएपछि मानौं थुनिएको मनको बा“ध फुट्यो । र अर्को एउटा नेपाली, कविमा आरोपित भयो ।
“नाउ मेरा नरे हजूर ठवाङ मेरो ठाउ
कइले नीको होला नी मनको मेरा घाउ”
तनहु“ मिर्लुंङ्ग गाविस–७ का टेकेन्द्र बानिया“को प्रेमकथा पनि मिसिएको छ कथाहरुको महासागरमा । असाध्यै माया गर्थे उनले आफ्नी पत्नी सीतालाई । प्रेम थियो तर गरीवी पनि थियो । गरीवीमा भोक, रोग र इच्छाहरुको उ“चो उडान थियो । तर थिएन भात, ओखती र इच्छाहरुको अपेक्षित अवतरण । त्यसैले सीताको इच्छालाई आत्मसात् गरेर बेरोजगार टेकेन्द्र हिडे रोजगारीको खोजीमा । २०६२ फागुन ३ गते लेखको रेखाले आखिर उनलाई ल्याइपुर्यायो दोहा विमानस्थलमा । प्रारम्भमा खुबै छट्पटिन्थे उनी पत्नीको वियोगमा । औला भा“चेर बस्थे घर फर्कने दिनको प्रतीक्षामा । वियोगमा जल्दै गरेको उनको जीवनमा आ“धी हुरीजस्तो खबर लिएर आयो– २०६३ पौष १७ गतेको बिहान । सीताले छोडेर गइछन् टेकेन्द्रको जीवन डुंगा र जोडिछन् आफ्नो नाम अरु कुनै पुरुषस“ग । जसको खुसीका लागि टेकेन्द्रले यता दुःखहरुको पहाड उठाउ“दै थिए, जोस“ग जोडिएर उनले जीवनका सप्तरङ्गी सपनाहरु सजाएका थिए र जसको सम्झनामा भाववि≈वल भएर पलपल रोई काटेका थिए दिनरात, उसैले यो घात गर्दा टेकेन्द्र बौलाहाजस्तै भए । यसरी अर्को एउटा कवि जन्मियो कतारमा ।
“रोपी गयौ छुरी मेरो विश्वासमाथि
खुसी खोज्न टेकी गयौ मेरो लासमाथि ।”
भन्छन् मान्छे जीवनमा एक न एकदिन कवि भएकै हुन्छ रे । मूलतः मान्छेको जात नै कविको जात हो । मान्छे अभिव्यक्ति स्वतन्त्रताभन्दा पहिले अभिव्यक्तिको माध्यम खोज्दछ । त्यसैले अक्षरहरु र ती अक्षरहरुमाथि अभिव्यक्तिको विश्वास रहेसम्म एउटा श्रापित वनबासजस्तो यो मरुभूमिमा, जसको तापले मात्रै होइन , घरको दुःख र स्वजनहरुको पीडा, मुलुकको दारुण अवस्था र डुब्दै गरेको भविष्यले पिरोलिएर मरुभूमि–मजदुरहरु आफ्नो छट्पटीको अभिव्यक्तिको लागि टुटेफुटेका शब्दमै सही, केही न केही लेखेर कविमा आरोपित भइरहने छन् । यी दःुखिया नेपालीहरुको आ“सुले यो अरेवियन सागरको पानीलाई अरु नुनिलो बनाउ“दासम्म आ“सुस“गै झरिरहनेछन् कविताका पंक्तिहरु । त्यसैले भनेको, यो मरुभूमिमा कविहरुको जन्म एउटा अलिखित् परम्परा हो ।
यो वर्ष जनवरीमा कतार उत्रिएकी झापा दमक–११ की राधिका लिम्बूले घरेलु कामदारको रुपमा काम गर्न नसकेर गएको फेब्रुअरीमा दोहास्थित नेपाली नियोगमा शरण लिइन् । लोग्नेको उत्तरदायित्वहीन बेहोराबाट आजित भएर र छोराछोरीको भविष्य सोचेर, जस्तै दुःख नि गरौंला भनी दिल्ली हु“दै कतार आएकी बा“केकी सुकमायाले घरेलु कामदारको रुपमा ६ महिनासम्म नरकको सास्ती भोगिन् र एकदिन मौका पारी भागेर शरण लिइन् । “बहुत बडा पिलेनमा बैठेर आइयो” भन्ने कर्ण बहादुर यादवका साना साना सपनाहरु पनि कहिल्यै पूरा भएनन् र उनले कतारमै आत्महत्या गरे जुन महिनामा । जिन्दगीबाट हारेर मुक्तिनाथ घिमिरेले आत्महत्या गरे त्यही महिनामै । सुर्खेत वीरेन्द्रनगर–५ का नर बहादुर राना, धनकुटा मुगा–६ का रुद्र बहादुर घिमिरे कामबाट फर्केपछि सुतेका थिए, फेरि कहिल्यै उठेनन् । यी सबै नामहरु त मात्र प्रतीक हुन् दुःखका, दुःखको फेहरिस्त त सकिदैन बाबै † यसो गमील्याउ“दा दुःखमाथि महादुःखको अनुभूतिले पोल्छ भत्भती किनभने कतारमा मात्रै २४ जनाले प्राण त्यागे गएको मई १ देखि जुन ४ तारिखसम्ममा । यहा“का दुःखियाहरु रोई कराई गरेर लास पठाउन चन्दा उठाइरहेछन् र उताका दःुखियाहरु आफ्ना सपनाहरु आर्यघाटको चीतालाई सुम्पेर प्रियजनको लासको प्रतीक्षामा त्रिभुवन विमानस्थलको हातामा आ“सुको झरी आयोजन गरिरहेछन् । विदुषकहरुको टोलीजस्तो लाग्ने सरकार नामक ‘नीरो’ भने जीवनको मूल्यमा प्राप्त ‘रेमिट्यान्स’मा लात्तीको पार लगाएर नया“ नेपालको नाममा पुरातन् भजन गाइरहेछ । जीवनको सौन्दर्य अनुभूति गर्नै नपाई ‘इडिपस’ वियोगान्तजस्तो मृत्युवरण गर्ने यी एक एक नेपालीहरु सम्झील्याउ“दा एक एक कवि त थिए नि बाबै †
बालककालमाजस्तै फेरि एकपटक आमाको काखमा पल्टिएर मनभरि रुने इच्छा हु“दाहु“दै पनि त्यो इच्छा कहिल्यै पूरा गर्न नसक्नेहरु कति छन् कति । वर्षौदेखि बाबाआमाको हातबाट दसैंको टीका थापेर कानमा जमरा पहिरिने आकांक्षाहरु जमराजस्तै पहेंलिएका, कति छन् कति । दिदीबहिनीका हातमा वर्षौदेखि प्रतीक्षारत् सयपत्री फूलका मालाजस्तै ओइलाएका इच्छाहरु कति छन् कति । पत्नीका यौवनजस्तै सुक्दै गएका तृष्णाहरु र नानीहरुको रहरजस्तै अभिशप्त हु“दै गइरहेको भविष्यले एक डल्लो परेर ऐठन गरिरहन्छ मरुभूमि–मजदुरहरुलाई । यो ऐंठनको निरन्तरताले आक्रान्त यिनले अभिव्यक्तिको माध्यम खोज्दै घाउजस्तै दुख्ने शब्दहरुमा लिपिवद्ध गर्छन् आफ्ना भावनाहरु । जसमध्ये धेरै थोरैलाई मात्र पढ्न पाइन्छ हरेक विहीबार कान्तिपुरको प्रवास साप्ताहिक र राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकको सृजना स्तम्भहरुमा । तथापि ती हुन्छन् दर्जनौंका संख्यामा ।

काव्य समीक्षकहरुको दृष्टिमा यिनका भावना कविता होइन होला । तर भावनाको श्रेष्ठता नाप्ने के ले हो ? हा,े आ“सुका प्रतीक बनिसकेका यी मजदुरहरुका अभिव्यक्ति नितान्त व्यैक्तिक मात्र लाग्न सक्छ । तिनमा शैली र शिल्प छैन । तिनमा कविताको तुकबन्दी या गजलका मत्ला र शेर छैन । तिनमा छैन नया“ नया“ प्रयोग र प्रस्तुति । नेपाली साहित्यको सम्पूर्ण र एक मात्र ठेकेदार राजधानीका ‘साहित्य–सिन्डीकेट’द्वारा संचालित प्रवुद्ध कवि वर्ग र नया“ पुस्ताका प्रयोगधर्मी ‘मोडेल’ कविहरुले यी अशिक्षित, बलौटे दुःखियाहरुको लिपीवद्ध भावनाहरुलाई कविताको नाममा कलङ्क भन्नु अनौठो भएन तर के यी दुःखियाहरुको भावनामा कविताको विराटता छैन त ? खोज्ने हो भने त यिनका भावनामा महाकाव्यहरुको कथावस्तु छ नि π आखिर दुःख–कथाहरुको महासागरबाट नै निसृतः भएका हुन् यिनका भावनाहरु ।
हरेक महिनाको दोस्रो शुक्रबार दोहाको जेइदा पार्कको कविता कुनोमा जम्मा हुन्छन् यहा“का बलौटे कवि कलाकारहरु । गत जुलाइको दोस्रो साता पनि जम्मा भए यिनीहरु । यिनले मृत सागरमा डुबेका १२ जना नेपाली र तिनका सहयात्रीहरुको मृत्युमा शोकसभा गरे । यिनले शोकाकुल हु“दै कविता सुनाए । देशभित्रै दर्जनौं नागरिक झाडापखालाबाट मृत्युको मुखमा परिरह“दा पनि समयमै ध्यान दिन नसकेको सरकारलाई यति टाढाका नेपालीको मृत्युले किन पो छोयो होला र ? तर आफ्नै प्रतिविम्व लाग्ने नेपाली सहकर्मीको मृत्युले यी मजदुर कविहरु भने औधी विचलित भए । यिनले आफ्नै मृत्युबोध गरे तिनको मृत्युमा र आफ्नै केटाकेटीका भविष्य डुबेको अनुभूति गरे डुबेको जहाजस“गै । यिनीहरुको यो संवेदना मर्ने छैन कहिल्यै । र, सुदूरसम्म दुःखपूर्ण कथाहरुको यो अपरम्पार महासागरबाट निस्किइरहनेछन् कविहरु किनकि दुःखको यो कथासागर दिव्य १२ वर्षको हो र यस्तो लाग्छ, दुःखान्तको यो इपिसोड दिव्य १२ वर्षसम्म चलिरहनेछ ।
यो मरुभूमिको सुदुर एकान्तका भेडीगोठहरुमा गोठाले जीवन बिताइरहेकाहरुस“ग रातमा भेडीगोठको अन्धकारलाई हटाउन लालटेनको उज्यालो छ तर रातजस्तै जिन्दगीको यो विराट अन्धकार हटाउने ज्योतिको श्रोत कहा“ छ ? ५० डिग्री सेल्सियसको गर्मीमा कतारको अनकन्टार मरुभूमिहरुमा रगत र पसिना मिसाएर गैंती, बेल्चा र सावेलले बाटो खन्ने यी मजदुरहरको आफ्नै जीवनको बाटो खन्ने साधन के हो ?
जुन दिनदेखि यी दःुखियाहरुले यी प्रश्नहरुमाथि घोत्लिदै रगत, पसिना र आ“सुको रेमिट्यान्सको मूल्य खोज्न थाल्नेछन् , यिनको कविता लेखनको यो रुन्चे शैलीमा एकाएक परिवर्तन आउनेछ । यिनले दुःखको महासागरमा डुब्न अस्वीकार गर्दै दुःखविरुद्धको विद्रोहलाई कविता लेखनको विषय बनाउनेछन् । तब यिनको जीवनमा नभेटिएला त कविताको सौन्दर्य ?
कृपया नसोध्नु होला– किन छन् कतारमा ३ लाख नेपालीमध्ये ६ लाख जति कवि र गजलकार ?

१५ जुलाई २००९
बुटवल, हालः दोहा,कतार ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 7 भाद्र, 2066

लेखकका अन्य रचनाहरु