युवा साहित्यकार युवराज नयाघरे र 'ब्रह्‍मपुत्रलाइ प्रेमपत्र' निबन्धलार्इ नियाल्दा :

- देवेन्द्रप्रसाद उप्रेती

पिता हरिहर सुवेदी र माता तुलसा सुवेदीका साथमा वि.सं. २०२६ असोज १९ गते प्रक ृतिको हरियालीयुत्त काख इलाममा जन्मनुभएका युवराज नयाघरे (सुवेदी) युवा पुस्तामा निबन्धको फाटमा चर्चित व्यत्तmित्वको रुपमा देखिनुभएको छ । इलाममै प्रारम्भिक शिक्ष्ाा अध्ययन गनर्ुभएको नयाघरे विर्तामोडको अनारमनी स्कुलमा पनि अध्ययनयात्रा अगाडि बढाउदै मोरङबाट २०४० सालमा एस.एल.सी. दिनुभएको थियो । एस.एल.सी. दिएपछि उहा २०४१ सालमा काडमाडौं प्रवेश गरी स्नातकसम्मको आैपचारिक शिक्ष्ाा प्राप्त गनर्ुभयो । लेखनकार्यमा अधिकांश समय दिनुपनर्े भएकाले स्नातकोत्तरको आैपचारिक अध्ययनमा तगारो नै लागेको भए पनि निकट भविष्यमा नै यो तह पार लगाउने सोचमा हुनुहुन्छ ।
काठमाण्डौं आउदा साहित्यकार वासु शशीको घरमा डेरा लिर्इ जीवनरथ अगाडि बढाउन पुगेका नयाघरेमा साहित्यप्रतिको छाप अभm मौलाउने अवसर प्राप्त गरेको थियो । काठमाण्डौंमै रहदा साहित्यकार यज्ञनिधि दाहालसंग सहयात्री बनी साहित्यसंसार कार्यत्रmम सञ्चालन गर्न पुग्नुभएको नयाघरे रेडियो नेपालमा पनि केही समय कार्यरत हुनुहुन्थ्यो । हाल उहा साहित्यिक र अन्य विविध क्ष्ोत्रसंग आबद्ध भर्इ कार्यरत हुनुहुन्छ ।
विशेष्ा सेक्सपियर र एन्टभ चेखबका हिन्दीमा अनुवादित रचनाहरु पढ्‍न मन पराउने नयाघरेले स्वाध्ययनबाट प्रशस्त ज्ञान आर्जन गनर्ुभएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा, शङ्‍कर लामिछाने, क ृष्ण्ा धरावासी, डा. माधव पोखरेल र पारिजातका रचनाहरु विशेष्ा पढ्‍न मन पराउने नयाघरे यथार्थमा भन्नुपर्दा लक्ष्मीप्रसाद देवकोटाबाट प्रभावित हुनुहुन्छ ।

युवराज नयाघरेले २०४० सालमा 'भानु' पत्रिकामा कविता छपार्इ साहित्ययात्रा थालनी गनर्ुभएको थियो । मुख्य पेसा क ृष्ािलार्इ आत्मसात्‍ गरेको यो परिबारमा माता तुलसा सुवेदी धार्मिक कार्यमा संलग्न भएको देखेपछि बाल्यकालदेखि नै नयाघरेमा धार्मिक छाप परेकाले दयालु र उदार स्वभाव पाइन्छ । अहिले पनि कसैसंग भेट हुदा रसिला कुरा गरी मान्छेलार्इ खुसी बनाउने स्वभाव छ, उहाको । प्राय देशको चिन्ता लिने नयाघरे भावुक र कल्पनाशील ह ृदय भएको कारण्ाले गर्दा एउटा नया कुरा पाउनेबित्तकिै घण्टौंसम्म कल्पनामा हराउने आदत छ । प्रक ृतिको काखमा विचरण्ा गर्न पाउदा अत्यन्त हष्ाित हुने उहाको बानी छ । सुरुमा कविता र गीतको क्ष्ोत्रमा कलम चलाउनुभएको नयाघरेका विभिन्न पत्रपत्रिकाहरुमा प्रशस्त पुmटकर रचनाहरु प्रकाशित भएका छन्‍i ।
समयको गतिसंगै निबन्धलार्इ आप्‍mनो मुख्य क्ष्ोत्र बनाउनुभएका नयाघरेले देहायबमोजिमका निबन्धसंग्रह प्रकाशन गरिसक्नुभएको छ :
(क) संवेदनाका स्वरहरु निबन्धसंग्रह (२०५४: प्रकाशक स्वयम्‍ , काठमाडौं)
(ख) मुहूर्तको वरिपरि निबन्धसंग्रह (२०५५: साभmा प्रकाशन, काठमाडौं)
(ग) मखुन्डाको मन निबन्धसंग्रह (२०५५: ने.रा.प्र.प्र., काठमाडौं)
(घ) काठमाडौंलार्इ कोर्रा निबन्धसंग्रह (२०५८: तन्नेरी प्रकाशन, काठमाडौं)
(ङ) नीलडाम निबन्धसंग्रह (२०६१: बगर फाउन्डेसन प्रकाशन, काठमाडौं)

यसका अतिरित्तm प्रशस्त पुmटकर रचनाहरु पत्रपत्रिकामा आइरहेका छन्‍ र लेखनकार्य पनि निरन्तर अगाडि बढिरहेको छ ।
नयाघरेको समग्र साहित्यको कदर गर्दै 'राष्टि्रय प्रतिभा पुरस्कार' (२०५६), 'युवावर्ष्ा मोती पुरस्कार' (२०६१) र 'काठमाडौंलार्इ कोर्रा' निबन्धसंग्रहको लागि 'उत्तम शान्ति पुरस्कार' (२०५८) प्रदान गरिएको छ । यसका अतिरित्तm विभिन्न क्ष्ोत्रमा अतिथिको रुपमा आमन्त्रण्ा गरी सम्मानसमेत पाउनुभएको छ ।

नयाघरेका समग्र क ृतिहरुलार्इ अध्ययन गर्दा बुदागतरुपमा निम्नलिखित साहित्यिक विशेष्ाताहरु पाइन्छ :

(क) परम्परागत निबन्धलेखन शैलीभन्दा बेग्लै तरिकाले प्रस्तुत भर्इ नयापन दिन चाहने,
(ख) परिस्कारमा बढी ध्यान दिन,े
(ग) प्रगतिवादलार्इ आत्मसात्‍ गरी जीवनमा आशावादी स्वर घन्काउने,
(घ) राष्ट्रवादी तथा मानवतावादी,
(ङ) भाष्ाामा बढी खेल्न रुचाउने ।

यसका साथै निबन्धभित्र प्रवेश गर्दा छोटाछोटा वाक्यगठन, प्रतीक र बिम्बको प्रयोग गरी पोथी गद्य शैलीमा बढी भुmकाब राखेको पाइन्छ ।

प्रस्तुत छ, 'नीलडाम' निबन्धसंग्रहमा रहेको निबन्ध 'ब्रह्‍मपुत्रलार्इ प्रेमपत्र' निबन्धको विवेचना :

ब्रह्‍मपुत्रलार्इ प्रेमपत्र :


विष्ायवस्तु :

भारतको असाम, ब्रह्‍मपुत्रको किनारमा बसोबास गरिरहेका नेपालीको कथा यस यात्रा निबन्धमा समेटिएको छ । प्रशस्त नेपालीहरु आदि कालदेखि बसोबास गर्दै आएका र हाल पनि नेपालीले आप्‍mनो गरी खाने भूमिको रुपमा यस क्ष्ोत्रलार्इ प्रयोग गर्दै आएका छन्‍ । यस ठाउसंग नेपालीहरुको घनिष्ठ सम्बन्ध जोडिएको छ ।
नेपालीहरुले ब्रह्‍मपुत्र आसपासमा रहेर पनि आप्‍mनो नेपालीत्व र संस्कारलार्इ कदापि भुलेका छैनन्‍ । जति ब्रह्‍मपुत्र नदी कञ्चन छ, त्यति नै नेपालीहरु आप्‍mनो आस्थामा र कर्तव्यमा कञ्चन छन्‍ । नेपालीहरु त्यहा बसेर विविध क्ष्ोत्रमा कार्य गर्दछन्‍ । त्यहा बसेर नेपाली भाष्ााको विष्ायमा लडाइ लडी अस्तित्व रक्ष्ााको निम्ति सदाबहार संघर्ष्ाशील नेपालीको कथा हो, यो 'ब्रह्‍मपुत्रलार्इ प्रेमपत्र' ।
नेपालमा विभिन्न दु:ख र समस्याग्रस्त नेपालीहरु कामको खोजीमा त्यतातिर पलायन भर्इ आप्‍mनो पुस्तौंपुस्ता त्यस क्ष्ोत्रमा बिताइरहेका छन्‍ । स्वदेश र विदेश भनी तारबार लगाउन खोज्नु त एउटा राजनीतिको परिभाष्ाा हुन सक्छ, तर साहित्य र गीतको भाष्ाामा देश विभाजित देखिदैन किनभने आकाश कही पनि विभाजित छैन । प्रक ृति विभाजित नभएपछि देश कहाबाट विभाजित हुन सक्छ ? यो त एउटा क ृत्रिम सीमाङ्‍कन हो । नेपालीहरु जहा गएर बसे पनि आप्‍mनो जन्मभूमि, भाष्ाा र संस्कारलार्इ भुल्न सक्दा रहेनछन्‍ । बाहिरिएका नेपालीहरु बिपनीमा बाहिरै भए पनि सपनीमा आप्‍mनो ठाउको भmभmल्कोले सदा सताइरहदो रहेछ । नेपालीले त्यस क्ष्ोत्रमा हरेक वस्तुलार्इ प्रेम गरेका छन्‍ । प्रेमका भोका नेपाली जहातही मायालार्इ आत्मसात्‍ गर्दा रहेछन्‍ ।
गाइपालन, भैंसीपालन, नरीवल, सुपारी र अलैंची व्यवसायबाट आप्‍mनो जीवनरथ अगाडि बढाउदै आएका नेपालीले डेरी सञ्चालनदेखि राजनीतिका पाठ पनि पढेका छन्‍ , त्यहा । यही सेरोफेरोमा यस निबन्धको विष्ायवस्तु तन्किएको छ ।

शैली :

कञ्चन शब्द र पदावलीहरुको प्रयोग युवराज नयाघरेका निबन्धमा पाइन्छ । कसिएको भाष्ाा र माभिmएका शब्द नयाघरेका निबन्धको मूल विशेष्ाता हो । तत्सम, तद्‍भव र आगन्तुक (सनराइज, सनसेट) शब्दसमेत मिसिएको उहाको भाष्ाामा मिठास पाइन्छ । कहिलेकाही त लक्ष्मीप्रसाद देवकोटाका निबन्ध पो पढ्‍दै छु कि भन्ने लाग्दछ, नयाघरेका निबन्ध पढ्‍दा । छोटाछोटा वाक्यगठन, गद्य कवितात्मक शैलीले सुनमा सुगन्ध थप्ने कार्य गरेको छ । पोथी गद्यको शैलीलार्इ आत्मसात्‍ गनर्े प्रयास गर्दा व्याकरण्ािक आधारमा कतैकतै पदसङ्‍गति भङ्‍ग भएको देखिन्छ । जस्तै : 'आमाको रहर पूरा गरें मैले' । यस पक्ष्ालार्इ लयात्मक शैलीको प्रयासको रुपमा लिन सकिन्छ । यस्ता अन्य केही वाक्यहरु पाइन्छन्‍ । "कुनै अवरोधको आदेश भए पो डराउनु । कुनै रोकटोकको छेकछन्द भए पो तर्सिनु । कुनै छेकथुनको कानुन भए पो सतर्किनु ।" यी वाक्यहरुलार्इ ध्यान दिदा यहा पोथी गद्यको शैली पाइन्छ । निबन्धमा प्रयोग भएका भmर्रा, अनुकरण्ाात्मक, प्रतीकात्मक शब्द र बिम्बलार्इ घाम नुहायो पानीमा, आप्‍mनै तारानामा बग्नु, तारको भmल्लरमल्लर, सूक्ष्मतामा अटेको विशालता, सिम्फोनीका सितारा, गल्र्यामगुलर्ुम, कविताले भ्याट लाउदैन, गीतले कप्‍mयर्ू लाउदैन जस्ता शब्द र पदावलीले स्पष्ट पार्दछन्‍ । निबन्धको सुरुवातमै विशेष्ा किसिमको पदावलीको प्रयोग गरी उद्‍गार चिह्‍नको प्रयोग गनर् पनि निबन्धकारको विशेष्ाता देखिन्छ । जस्तै : यस निबन्धमा 'घाम नुहायो पानीमा ' भन्ने पदावलीको प्रयोग गरिएको छ । लक्ष्मीप्रसाद देवकोटाले पनि यो शैलीलार्इ निकै नै मनपराएका थिए । वस्तुत: आत्मपरक निबन्ध (यात्रा निबन्धजस्तो लाग्ने) र वस्तुपरक निबन्धमा सिद्धहस्त बन्न पुगेका युवराज नयाघरेको शैली बौद्धिक देखिन्छ ।

उद्देश्य :

यो ब्रह्‍मपुत्रलार्इ प्रेमपत्र शीर्ष्ाकको यात्रा निबन्ध सिर्जना गनर्ुको उद्देश्य निबन्धकार ब्रह्‍मपुत्रको किनार, असाम जहा नेपालीपन छचल्किरहेको छ, नेपालीका सुखदु:ख समेटिएका छन्‍ , त्यस क्ष्ोत्रको भ्रमण्ा र त्यहाका बासिन्दासंग प्रत्यक्ष्ा कुराकानी गर्दा प्राप्त अनुभवलार्इ शब्दमा उतानर्ु र नेपालीत्व अनि जुनसुकै ठाउमा भए पनि आप्‍mनोपन कहिले पनि बिलाउदैन, हराउदैन भनेर देखाउनु नै निबन्धकारको उद्देश्य रहेको छ । ब्रह्‍मपुत्रको किनार, असाममा नेपालीहरु किन र कसरी पुगेका छन्‍, त्यहा उनीहरुले गरेको व्यवसाय र आप्‍mनोपनमाथि सदा गर्व गनर्े नेपालीहरुको विशेष्ाता दर्शाउनु लेखकीय उद्देश्य हो । जसरी लीलबहादुर क्ष्ोत्री 'ब्रह्‍मपुत्रका छेउछाउ' शीर्ष्ाकको उपन्यास सिर्जना गरी त्यहाका नेपाली पात्रलार्इ चलायमान गरेका छन्‍ ,त्यसरी नै निबन्धकारले त्यहाका नेपालीहरुसंग भिजिसकेपछि अनुभवलार्इ लेखनीमार्पmत्‍ शब्दमा नउतारी बस्न सकेनन्‍ । नेपालीहरु जहासुकै गएर बसे पनि आप्‍mनो संस्कार, आप्‍mनो राष्ट्र र कामकर्तव्यलार्इ भुल्न नसकेको स्थिति देखेपछि लेखक स्वयं भावविभोर भएका छन्‍ अनि प्रश्न गर्न पुग्छन्‍ 'आकाश कहा विभाजित छ ?' बाबुबाजेका पालादेखि काम र मामको खोजीमा पहाडी र अन्य भूभागबाट प्रवेश गरेका नेपालीको कथा र आस्था नै यस निबन्धको मूल निचोड हो ।
यिनै आधारमा हामीले निबन्धकार युवराज नयाघरेलार्इ चिन्ने प्रयास गर्दा निबन्धको क्ष्ोत्रमा स्थापित व्यत्तmित्वको रुपमा हामीले चिन्नुपर्दछ । निबन्धमा विष्ायवस्तु भएर मात्र पुग्दैन, प्राप्त विष्ायवस्तुलार्इ शैलीले रङ्‍गाउछ । त्यो शैली कोपिलाको रुपमा होइन,एउटा फत्रिmएको गुलाबको रुपमा मैले पाएको छु । निबन्धकारका निबन्धहरु ब्ौद्धिकताले रङ्‍गिएका हुदा सामान्य पाठकहरुले आकलन गर्न र रसास्वादन गर्न भने समस्या नै देखिन्छ ।


 

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 आश्वीन, 2064

लेखकका अन्य रचनाहरु