पाड महात्म्य

- डा. सुमन राज ताम्राकार

कुकुरहरुले पनि कस्तो गन्हाउने महिना भन्छ रे जाडो महिनालाई अर्थात् मंपुमाफा (बुभ्mनु भएन मंसीर पुस माघ फागुन) लाई । जाडोले कुच्चिएर सुत्ने बेला चाक र थुतुनो जोडिन्छ, फुस्स फुस्स पाड्दा नाकमै ठोकिन्छ, अनि किन नभनोस् त गन्हाउने महिना ?
कुन चाहिँ फिल्ममा हो भारतीय नायक सलमान खानले कोही नभएको मौका पारेर आरामले पुईंँक्क पाडेको बखत ऐश्वर्याले देख्दा लाजले पानी पानी भएको थियो । अतः पाड्ने बेला निर्धक्क सँग (अंग्रेजीमा कन्फिडेन्ट्ली भन्छ क्यारे) पाड्नु पर्छ ताकि कसैले शंकै गर्न नसकोस् ।
त्यसो त सानो छँदा उखान टुक्का प्रतियोगिता हुँदा ‘छालाको बन्दुक हावाको गोली, भूईंतिर ताक्दा नाकमा लाग्ने’ के हो भनेर सोध्दा मेरो प्रतिपक्षले भ्वाँक्कै पाडेर प्राक्टिकल प्रत्युत्तर दिएको अभैm याद आउँदा पाड आउन बेर लाग्दैन ।
पानीको लागि विश्वको दोश्रो ठूलो धनी देश भनिए पनि अत्याधिक लोडशेडिङ्ग पहिलो राष्ट्र बन्या छ । पानी जस्तै देशमा यति धेरै पाड खेर गई रहेको छ दिनानुदिन वायु मन्त्रीलाई चासै, होसहवास नै छैन । प्लाष्टिकको पाइप सिधै लगेर चाकमा जोडेर पाड संकलन गर्न सकेको भए ग्याँसमा त आत्म निर्भर हुन्थ्यो नि, महँगो गोबर ग्याँस प्लान्ट र सिलिण्डर ग्याँसमा त भर पर्नु पर्थेन नी । पाडको ग्याँसमा मिथेन छ भन्ने त थाहा छ होला नि ? कुन चाहिँ उपबुज्रुकले यसको प्रज्वलनशील क्षमता पनि परीक्षण गरेका थिए रे बलेको हिटरमाथि पाडेर, ह्वारै बलेथ्यो रे, धन्न चाकमा आगलागी मात्र भएन रे । नेपालमा पनि गजब गजब नै गर्छन भन्या । पाडमा ग्याँस छ भन्ने कुरा प्रमाणित गर्न कसले हो पौडिने क्रममा पानी भित्रै बाट बुर्लुक्क बुर्लुक्क हुने गरी पाडे रे ।
एकपल्ट एकजना मानिसले कोल्ड ड्रिंक्स पसलमा बखेडा मच्चाएछन् । आज भोली निहुँ मात्र चाहिन्छ, टायर बाल्न, चक्का जाम गर्न, बन्द हड्ताल गर्न बेरै लाग्दैन भन्या । त्यो मानिसले सेभेन अप ओरिजिनल हैन भनेर बखेडा ग¥या रै छ । किन सेभेन अप हैन रे भन्दा त्यो पेय पदार्थ पिए पछि दुई पटक तल (पाड) र पाँच पटक मात्र माथि ग्याँस (डकार) आयो रे अर्थात् सेभेन हैन फाईभ अप मात्र भयो रे ।
त्यसो त के खाएर पाड आउँछ भन्ने कुरा प्रष्ट छैन तर धेरैले गेडागुडी, पापड खाँदा चाँही बढ्ता पाड आउने अनुभव गरेका छन् मानिसहरुले । लट्ठिने गरी, सुतिने गरी, फुस्किने, फुट्किने, गुटमुटिने, धुन्मुनिने गरी, रन्थिने घुटकुनो लगाए पछि मात्र नभई हकार्ने, डकार्ने, छेर्ने, छेराउने गरी भुटुनो खाएर थुतुनो बाट मुटुनो नजिक पुग्दा पाड त आइहाल्छ नि ।
उ बेलाँ आपूm सँग भ्याटभ्याटे अर्थात् मोटरसाइकल नहुँदा एकाबिहानै घरबाट कलेज जान लोकल मिनिबस चढ्नु पथ्र्यो । खपी नसक्नुको सास्ती हुन्थ्यो थरिथरिको पाडको गन्धको सम्मिश्रणले मिनिबस भित्र । भ्mयाल खोलुँ जाडोमासको स्याँठ, नखोलुँ भने बिहानै हगान नगरीकन आएकाहरुको अपान वायुको ग्याङ्गको ¥याङ्गका थ्याङ्ग ।
जाडोमास अहिले पनि मर्निङ्ग वाक गरी कसैको घरमा, कोठामा पसेको खण्डमा ह्वास्सै आउँछ भन्या पाडको । त्यसो त गर्मी महिनामा पाड्नुको फाइदा पनि छ, क्वाईल धुप किङ्ग म्याट केही बाल्न नपर्ने लामखुट्टेले टोक्ने अभिप्रायले भ्mयालबाट छिर्ने बित्तिकै कस्तो गन्हाएको कोठा भनि नाक थुनी भाग्छन् रे ? यसरी पाडले कमाई पनि हुँदो अर्थात् पैसा पाईंदो हो ।
फुस्स, भ्वाँक्क, पुँइक्क थरिथरिकाले र कट्टु नै फाट्ला गरी, पाइण्टै च्याटिएला गरी जसरी पनि पाड्न सक्नुहुन्छ तपाईंले र तपाईंको बर्कटले भ्याउने गरी । देशका ओहोदावाला, झण्डावाला अनि डण्डावालाले दुई छाक राम्रो सँग खान नपाएर पाड्न पनि नसक्या गरीब निमुखाहरुको कर, तिरो घिच्नु घिचेर, हसुर्नु हसुरेर पचाउन नसकेर पाडे जत्तिकै पाड्न छुट छ । नयाँ नेपालका पाडान मन्तरीले यथेष्ट पचाउन नसकी पाडेकै भए पनि पद त गुम्थेन नि किनकि पाड्ने भन्या जो केहीले नसक्ने र यो माड्ने, बाँड्ने, छाड्ने, खाँड्ने, गाड्ने, लाड्ने भन्दा राम्रो कार्य हो क्या ?
पाडकै प्रसङ्गमा मेरा एक सिनियरको याद आयो, उहाँ शान्तमय पुस्तकालयमा भ्वाँक्कै पाड्थ्यो र उठेर पार्दन पार्दन (सरी सरी) भन्थ्यो । पुस्तकालयलाई पनि पाडालय बनाउँथ्यो पल (क्षण) भरमा ।
त्यसो त ईन्द्रका बाउ चन्द्र, तत्कालीन राजा ज्ञानेले त रोक्न नसक्या पाड, चानचुनेले के पत्ता ?
उ बेलाँ गोर्खा राइफलमा परपजनी हुँदा पाड्ने सिपाहीँ पनि निकालामा प¥याथ्यो रे । पटक पटकको पाडको पिडाले पाडकलाई आई पर्ने परिस्थिति वा परिणतिलाई प्रेमपूर्वक कारण पत्ता लगाएर परिमाणात्मक रुपमा कम गर्न सकिन्छ । जस्तै कि डाइजेस्टिभ इन्जाइम (पाचन) युक्त सिरप खाने, पाचक खाने, पिप्रासाइट खाने, पाईखाना पटक पटक धाउने, बिरेनुन युक्त पाउँ पदार्थ नखाने, पटर पटर पखाला लागेको बेलाको चाक जस्तै बोली नराख्ने (किनकि धेरै बोल्यो भने हावा पनि निलिन्छ र पाडकै रुपमा शरीरबाट बहिर्गमन हुन्छ क्या ?)
लामो पाड्ने, ठूलो स्वरले पाड्ने, थरिथरिको पाड्ने, जुन बेला पनि पाड्ने, पाडे पनि नपाडेको अभिनय गर्ने सबैलाई गिनिज बुकले आ–आफ्नो क्षमता दर्ता गराउन आव्हान गरिएको छ रे । पडुवाको पगरी गुत्थ्याइदिने छ ।
डराई डराई फुस्स पाड्दा गन्हाउँछ रे क्या ? त्यसैलै पाड्ने हो भने परायाको परवाह नगरी परपर सम्म पुग्ने गरी पड्किने गरी भ्वाँक्कै पाड्नु है, पालो तपाईंकै हो ? पाड्नु पाड्यो पाडाराम पाडो पालेर, पदमा पुगी प्राडो (पाडो) चढेर, दुनियाँलाई भुक्यायौ खाँटी पेट्रोलमा पानी हालेर ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 23 श्रावण, 2066

लेखकका अन्य रचनाहरु