गठेमङ्गल आँखा र सालिक भञ्जन

- कृष्णचन्द्रसिंह प्रधान

गठेमङ्गलका दिन चौबाटोमा ठड्याउने नर्कटको प्रतिमूर्ति । गजब होइन ? क्या साङ्केतिक छ ! म त्यसमा घन्टासुर राक्ष्ासको प्रतीकात्मक विम्ब देख्छु । लोककथाका रूपमा प्रचलित किंवदन्तीहरू यथार्थमा प्रतीकात्मक कल्पनाबाहेक हो नै के र ? प्रभावित जनमानस त्यसलाई अर्थ र आकार दिने प्रतीकहरूमा विम्बित हुन्छ । मलाई त यो पुराकथाजस्तै लाग्न थालिरहेछ ।


चौबाटोको यस नर्कटे राक्षसलाई तिमीले देखेका छौ ।
गठेमङ्गल यसरी हामीमा जीवित छ ।

नर्कटको तीनखुट्टे मूर्तिमा कुनै दुश्चरत्रिको संहारपछिको विगत बोलिरहेको सुन्छु । पूर्वजहरूको सद्वृतिको अतुलनीय उदाहरण । सालिक स्थापना गरेर मान्यजनलाई सम्भिmराख्ने कोसिसजस्तो । सडक, पेटी, कुना, चौबाटोमा स्थापना गरएिका सालिकहरू तिमीले देखेको हुुनुपर्छ । झक्की, टीठलाग्दा, सौम्य, सुरा अनुहारका सालिकहरू ! यी सालिक र नर्कटकोे प्रतिमूर्ति एउटै लाग्न थालिसके छन् । अब तिनीहरूमा विभेद रहेन । सालिकहरू घन्टाकर्ण भएछन्, घन्टाकर्ण सालिक लागिदिन्छ । हामी गठेमङ्गलमा सालिक देख्ने भएछौँ, सालिकमा गठेमङ्गल देख्दा रहेछाँै ।

हामी त गठेमङ्गलको युगमा पो रहेछौँ ।

श्रावण कृष्णपक्ष, चतुर्दशीका दिन गठेमङ् गलको सहर काठमाडौँ पर्वमा परण्िात हुन्छ पूरै घन्टाकर्णमय । सडकको चौबाटोमा ठड्याएको दैत्यको यही नर्कटको प्रतीकात्मक मूर्तिलाई गठेमङ्गल भनेका हौँ ।

बाटो छेकेर जगात माग्ने भन्ट्याङ्भुन्टुङहरू नाङ्लोमा दिन थाप्दै रमाइरहेका हुन्छन् । अनि, स्त्री पुरुषको चिन्ह अङ्कित नाङ्गो देहको आजा जुजे दैत्यको दाहसंस्कारका लागि जगात माग्दै हिँड्छ ।

अचेल जगात भन्दैनौँ यसलाई, कर भन्छौँ अर्थात् \'ट्याक्स\' । जताततै जगातेहरू तगारो तेस्र्याएर कर असुलिरहेका हुन्छन् । गठेमङ्गल र शिवरात्रिले बसाएको यस थितिले सहरबाहिर मन्दिरपरसिरको छेउछाउ, राजमार्ग हुँदै मोफसलसमेत ढाकिसकेछ । माओवादीहरूले त यसलाई हतियार मानेर प्रयोग गररिहेका छन् । दिएन कि चिलिमच्याँट । अतिरत्तिm करका रूपमा प्रचलित यो जगात उठाउनेहरूबाट गाउँ, जिल्ला, सहर कोही मुक्त छैनन् ।

त्यति फैलिसकेछ गठेमङ्गल, गठेमङ्गलका जगातेहरू र घन्टासुरहरू । मानूँ, हामी शिव र घन्टाकर्णका नटेश्वर हाँै । तर, महादेवको जाडो गएको पनि होइन, घन्टासुर मरेको पनि होइन । बर्सेनि ब्यूँतने गर्छ ।

साँझ परेपछि वाग्मती-विष्णुमतिमा गठेमङ्गल सेलाउन जानेहरूको भीड लाग्छ, जुलुस हिँडिरहेको सडकजस्तो । म पनि कतिपल्ट घन्टासुरको नर्कटको मलामीमा सामेल भएको छु । त्यो मलामी युद्ध जितेर र्फकंदाको विजयोत्सवजस्तो लाग्छ । तर, राक्षस कहिल्यै मरेन । त्यसैले फेर िफेर िमारेर उत्सव मनाउँछौँ । अथवा, त्यसको मृत्यु र दाहसंस्कार कसरी गर्नुपर्छ भन्ने कुराको हेक्का राख्न गठेमङ् गल मनाउँछौँ, मलामी जान्छौँ र सेलाउने गछौर्ं ।

यसरी गठेमङ्गल हामीमा बाँचेको छ । हामी गठेमङ्गलमा बाँचेका छौँ । अब त यसको पनि विनिर्माण हुँदैछ, नयाँ आविष्कृत अनुहारसँग मेरो त्यति हिमचिम छैन तर मोफसलको सडकमा पनि गठेमङ्गल देख्न थालिरहेछु । लोकतन्त्रसँगसँगै चारभञ्ज्याङपार िपुगिसकेछ गठेमङ्गल पनि राष्ट्रिय पर्वजस्तै ।

लोकतन्त्र र गठेमङ्गललाई तिमी कसरी हेर्छौ कुन्नि ! के भन्छौ त्यो तिम्रो कुरा हो । अलि उदार त हुनैपर्छ । लोक सम्मतिको अनुशरणमा प्रचलित गठेमङ्गल र लोकले रोजेकोलाई भन्ने गरे अनुसार दुवै अलोकतन्त्री होइन भनेर खुट् याइरहनु पर्दैन । यति त मैले पनि बुझेछु । र, सडकमा जन्मेर सडकमा हुर्केका हुन् । यसकारण सडकपुत्र पनि भन्दा रहेछन् । यसलाई पनि अस्वीकार गर्दिर्नँ । यसो भनेर आमाबाबु ठेगान नभएको खाते भनिरहेका होइनन् ।

यसरी तगारो तेस्र्याएर जगात माग्दै हिँड्ने गठेमङ्गल जताततै देख्छु । सालिक भत्काउने उन्मादका गठेमङ्गलहरू देख्छु । सडक अवरुद्ध गरेर तोडफोडमा लाग्नेहरूको बहादुरी हेर, मान्छे मार्नु त जुम्रा मार्नुजत्तिकै भइसक्यो । आहा ! डेरडिाको विनिर्माणको कति उत्कृष्ट प्रयोग ! साहित्य सङ्गीतको कुरा छाड्, राजनीतिको पनि विनिर्माण हुँदैछ । त्यसले निकाल्ने जुलुस, आन्दोलित सडक, नारा, बन्द, अनसन, हडताल सबैको शैली बदलिसक्यो ।

प्रभावित गरेर आफ्नो कुरा मनाउने सामथ्र्यको पनि अवमूल्यन भएछ । आत्मसमर्पण पो गरेछन् कि कुन्नि ! बौद्धिक विलक्षणता र साङ्गठनिक शक्तिले तेजोबध गर्न नसकेर होला साविकका आन्दोलन पनि अर्थहीन भइसकेछन् । कसैले टेर्दैन जति कराऊ, उप|m, मुठ्ठी कसेर आकाशमा हिर्काऊ । तर, अर्थ नराख्ने निरङ् कुशतासामु विवश नेताहरू पनि घुँडा टेक्दैनन् । यसकारण बुद्धि, तर्क, सत्याग्रह, मानवीयता, सद् व्यवहारजस्ता विधि र शैली होइन, जो बेकम्मा भइसके- शक्तिहीन, कामैै नलाग्ने, आउट अफ डेट । फलस्वरूप यसको पनि पुनःरचना गररिहेछन् । राज्य आतङ्क मच्चाएर हुन्छ कि, मानिसहरूलाई धम्क्याएर हुन्छ वा भय सिर्जना गरेर हुन्छ अथवा बिथोलिएको वातावरणलाई निकास दिन कसैलाई मारेर हुन्छ, जे पनि गर्न आँट्नेहरूले आविष्कार गरेको नयाँ शैली हो- बन्द, हत्या, घेराउ, आगजनी, तोडफोड, अपहरण । आतङ्कित गरेर निकास दिन खोज्नेहरूको आन्दोलन सुनामीले सहर पल्वित हुन्छ । एउटा विन्दुमा पुगेर पनि अशान्त सहर, रत्तिmता भरएिका मान्छेका आकाङ्क्षा, मागहरू र युगाँैदेखि निकास नपाएर थुपि्रएका मधेसीहरूमा दमित असन्तोषहरू भुल्कानो भई फुट्छन् । आतङ्क र बन्दुकको भाषाले निरन्तरता पाइरह्यो भने हत्या र अपहरण पूर्ववत् जारी रहन्छन् ।

आ-आफ्नो सीमाको संसारलाई प्रदेश भन्छौँ, जो राष्ट्र नै भएर फैलिदिन्छन् । प्रदेशहरू पनि देश भएर बाँचेका छन्, भिन्नै भौगोलिकताले रचेका प्रदेशहरूलाई जुनसुकै नाम दिउm, केही फरक पर्दैन । आफँै भएर चिनिने हरेकको स्वत्व, मौलिकता, संस्कृति भएको देश थरीथरीका फूलले सुशोभित, सुवासित र सुन्दर बगैँचा जस्तै लाग्छ । मुलुकले यसरी नहेर्दा-नसोच्दाको व्यवहारले रुष्ट देशका भूप्रदेशहरू, जातजातिहरू, भाषाभाषीहरू, धर्मावलम्बीहरू सबैलाई अग्निहोत्री हुन निम्त्याउँछ राज्यले । हेर्दाहेर्दै सबै तहका, सबै जातका, सबै पेसाका, सबै वर्गका सबे प्रदेशका अग्नि शर्माहरू माओवादी भएर पनि जाई लाग्छन्, आतङ् कवादी भएर पनि प्रस्तुत हुन्छन्, अराजक भएर पनि अग्रसर हुन्छन् । अनि, देख्छन् सालिकमा गठेमङ्गल । गठेमङ्गल नै सम्झेर नर्कटको निर्जीव प्रतिमूर्तिलाई पछारेझैँ सालिकहरू ढाल्छन्, भत्किन्छन् । जसको सालिक पनि गठेमङ्गल लागिदिन्छ, सालिक महेन्द्रको होस् कि उनका बडाबाजेको या वीरेन्द्र, ज्ञानेन्द्रको, सालिक भानुभक्त, देवकोटा, सिद्धिचरणको होस् कि मनमोहनको । किनभने, सालिक हुन् सबै । यसकारण गठेमङ्गलेहरूलाई एउटै लागिदिन्छ । सबै महेन्द्र भइदिन्छन् । सबैमा ज्ञानेन्द्र देख्न थाल्छन् । त्यही निरङ्कुश अनुहार, त्यही कुटिल नजर, त्यही कपटी मुस्कान ।

त्यसै त मुक्ति मोर्चाका जवानहरू सालिकमाथि खनिनु नपर्ने हो । पुरानै रसिइबि छ कि कुन्नि ! कति ठूलो प्रतिशोध ? होइन, के गर्न सक्छ यो सालिकले, कि राक्षसै सम्झनु परेछ ? जीउँदा खलनायकहरूको त केही लागेन । राजा छन् हाकाहक । उनी त केही गर्न सकिरहेका छैनन् भने निर्जीव मूर्दासित किन डराइरहेका छौँ हामी, यी मधेसी, माओवादीहरू पनि ? सायद फेर िब्यूँतिने हुन् कि के ठेगान ? हेर हामी कति नामर्द रहेछौँ । आफैँमाथि विश्वास गर्दैनौँ । नराधमहरूको प्रतीक मानेर सालिकलाई तिनीहरूबाट पनि पे्ररति हुन सक्छौँ, प्रोत्साहित हुन सक्छौँ । भोलि प्रत्येक मान्छेमा तिनै सालिक बोल्न थाल्यो, अवतरति भइदियो हामीमा र चलखेल गर्न थाल्यो भने ?

मरेर पनि अरूमा रूपान्तरकि भइदिनेहरू कति छन्, कति छन् पुनःजीवन लिनेहरू । चङ् गेज खाँ, एटिलामा, ड्रयाकुलामा, ड्रयाकुलाहरू हिटलरमा, हिटलर इदि अमिनमा, इदी अमिनहरू मुल्ला मोहम्मद ओमार र विन लादेनमा पुनःजीवित भइरहेका छन् । अवतरति हुन्छन् कति हामी निरन्तर, निरन्तर । अफगानिस्तानका ती प्राचीन बौद्ध मूर्तिहरूको विध्वंस ! ओहो ! इतिहास कति कठोर, साँघुरो गल्ली हुँदै सभ्यतासँग सिँगौरी खेल्दो रहेछ ! महेन्द्र पनि ज्ञानेन्द्र भएर अथवा ज्ञानेन्द्र अरू भएर नजन्मेलान् कसले भन्न सक्छ ? किन यो जोखिम स्वीकार्ने हँ ? लेनिनको ममीसमेत माटोमा गाडेर खतरामुक्त हुने रुसलाई साँच्चि नै दूरदर्शी भन्छु ।

यहाँ म अहिले भानुभक्त, देवकोटा, सिद्धिचरणहरूको कुरा गर्दैछु, उनीहरू यस धराधामबाट बिदा भएको पनि अहिले हो र ! के चिन्थे विचरा कविहरूलाई ! त्यसबेला ज्वाला सिंह, शेर सिंहहरू जन्मेकै थिएनन् । गोइतहरू जन्मेका थिएनन् । उनीहरूका मुक्ति मोर्चा पनि जन्मिसकेका थिएनन् । तैपनि, बाघ नै सम्झेछन् उनीहरूका सालिकलाई । त्यसै हो भने मरेको बाघको जुँगा उखेलेर ज्वाला सिंह ! तिमीले कत्रो पुरुषार्थ गर्‍यौ हँ ? गोइत समूहका ए विद्रोही हो, सालिक भत्काएर आफूलाई कत्रो क्रान्तिकारी ठानेछौ ? जाबो सालिकसँग डराउनेहरूबाट के कुराको आशा गर्ने ? मधेसी आन्दोलनको विरोधमा उभिदिने पहाड होइनन् सालिकहरू ।

यी सालिक त मात्रै एउटा विम्ब हो कविताको ।

यी सन्त कवि, यी साधु कवि, यी कविका कवि, यी सबैका कवि, मधीसे पनि होइनन्, पहाडिया पनि होइनन्, बाहुन पनि होइनन्, मतवाला पनि होइनन्, केवल मानिसका कवि थिए । खालि देशका कवि हुन् । मात्रै मानिस भएर बोल्ने कवि हुन् । यी कविका सालिकहरू पनि गठेमङ्गल भइदिन्छ । गठेमङ्गल देखिरहेका छौँ हामी सालिकमा पनि, सालिकका यी कविहरूमा पनि । यसरी सालिकलाई गठेमङ्गल देख्ने गठेमङ्गल आँखाहरू भिरेर हामी घन्टासुर भइदिएका छाँै । घन्टासुर नर्कटमा होइन, चौबाटोमा पनि होइन, हामीभित्रै छ । त्यो अमूर्त गठेमङ्गलको प्रतिमूर्तिलाई पहिले भत्काऔँ । सालिकसित पछि लड्दै गरौँला । तिमीलाई थाहा हुनुपर्छ, हामी सालिकमा बाँच्ने शासक होइनाँै । सालिक नहँुदा मर्ने पनि छैनौँ ।

इतिहासमा कुर्वानी गर्नेहरूको नाम मात्रै लेखिँदैन । सायद यो बिर्सेछौँ, इतिहासमा लेनिनसँगै जार पनि आउँछ, जस्तो गान्धीसँगै अङ्गे्रजी बर्बरता । दोस्रो महायुद्धका विजेताहरूसँग गाँसिएर हिटलर, मुसोलिनी पढिन्छ । इतिहासका यी खलनायक हुन् ।

इतिहासलाई शब्दहरूको सालिक भन्छु । यो पढेर देख्छु । सालिकलाई आकृतिहरूको इतिहास भन्छु, यो देखेर पढ्छु ।

बिनाहिटलर दोस्रो महायुद्धको इतिहास लेखिन सक्तैन । बिनाजङ्गबहादुर कोतपर्वको इतिहास पनि लेखिँदैन ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 आश्वीन, 2064

लेखकका अन्य रचनाहरु