परिवर्तन

- एकराज प्रधान

परैबाट देखियो मेरो घर । कुनै बेलाको प्रधानपंचको घर । गाउँमध्येकै सबैभन्दा सुन्दर । काठैकाठले बनेको । अगाडि थियो सुन्दर फुलबारी । जहाँ गाउँलेहरु आउँथे बस्थे कुनै दिन खाली हुँदैन थियो यो घर । तर अब त्यो दृश्य मेरो मानसपटलमा केवल तस्वीर बनेर रहेको छ । सयौँजनाको जमघट हुने यो घर आजभोलि सुनसान छ । पुरानो भएको छ थोत्रिएको छ । यसका काठहरु मकाइसकेका छन् खाँबामा धमिरा लागिसकेको छ । पोतिएको रङहरु पत्रपत्र भएर उक्किएका छन् । त्यो बेलाको सबैभन्दा ठूलो घरलाई इँटा र ढुङ्गाको मजबुत गाह्रोमा अग्लिएको छिमेकी नयाँ घरले जितिसकेको छ । स्याहार नपुगेर वनको झोडीझैँ बनेछ फुलबारी । कसले गर्ने स्याहार आमा सक्नुहुन्न कान्छो एक्लो कतितिर भ्याओस् ! बुबा हुाजेल गाउँलेहरु आउँथे सघाउँथे । उहाँ बित्नुभएपछि सबैले माया मारे ।
गाउँभरिको झगडा यहीँ भेला हुन्थ्यो । पैनी-कुलोको निहुँदेखि लोग्ने-स्वास्नीको विवादसम्म । गाउँलेको पिरलोले बुबालाई कहिल्यै छाडेन । अदालत नै थियो यो घर । बहुदल आयो तर कहिल्यै खाली भएन यो घर । जबसम्म बुबा हुनुहुन्थ्यो । मनमा यस्तै पुराना कुरा खेलाउँदै आँगनमा पाइला टेकॆँ ।
'छोरा भोला मैले जीवनभर केही कमाउन सकिनँ । जति कमाए यही गाउँलेहरुको माया । मेरो उपचारले अब त ऋणले पनि डाँडो काटिसक्यो । टाउकोभरि ऋण लिएर मर्ने भएँ बाबु तँ तिरिदे है । मलाई ऋण मुक्त गरा है' बुबाले यही आँगनमा एम्बुलेन्समा चढाउनु अघि अड्किँदै निकाल्नुभएको आवाज फेरि गुिाजयो मेरो कानमा । बोल्दै-बोल्दै जानुभएको बुबा फर्कदा प्राणहीन हुनुहुन्थ्यो । उहाँलाई विदा गर्न टाढा-टाढादेखि मान्छे भेला भएका थिए । यहाँ पाइला राख्ने ठाउँ थिएन । मलामी त कति हो कति यहाँदेखि खोलासम्मै थियो लस्करु पछि मलाई साथीहरु सुनाउँथे । तर आज म एक्लै उभिएको छु यो आँगनमा । आजम दुःखी छैन गौरवान्वित छु । उपचारमा लागेको ऋण सात वर्ष विदेशमा दुःख गरेर चुक्ता गरिसकेको छु ।
घरतिर विस्तारै पाइला अघि सारेँ । घरको दलान टेकेँ । आमाले मेरो चाल थाहा पाइसक्नु भएछ । हतारिएर निस्कनु भो बाहिर । अनि हर्षाश्रु बगाउँदै गाँठो परेको आवाज फुकाउनु भो 'मेरो भोला… !'
मैले ढोग गरेँ आँखाबाट अनायसै आँसु पोखिइसकेछ । भाइले पनि थाहा पाएछ आयो र अँगाल्यो । सात वर्षअघि छाडेको ऊ निक्कै फेरिएछ । निधार चाहिँ ठ्याक्कै बुबाको जस्तै ठूलो थोरै दुब्लाएछ । सुँक्सुँकाउँदै बोल्यो 'दादा अब तपाईं विदेश कहिल्यै नजानु ल ।'
बोलेँ 'ल-ल । अब म तँलाई छाडेर कहीँ जान्नँ । सानो ट्याक्सी किन्छु र यतै काम गर्छु ।' ऊ खुसी भयो र सोध्यो 'खै मलाई के ल्याइदिनुभो ?' उसको हातमा एउटा विदेशी मोबाइल थमाइदिएँ । साथीहरुलाई देखाउन होला खुसी हुँदै दौडिहाल्यो । आमा र मचाहिँ पस्यौँ मझेरीतिर ।
'खै कस्तो जुग आयो-आयो । याँ त मान्छे नै मान्छेको शत्रु । तँ उता जाँदा तै अथब्बाथ्यो । अइले त कसैले कसैलाई टेर्दैनन् साथीले साथी भन्दैन । न न्याम छ न कानून । मान्छे मारेको मार्यै छन् । जीउ ज्यान जोगाउनै गाह्रो । केको सङ्गठन पो भन्थो तेरै साथी पुण्ये पनि लागिरछ त्यसमा' आमाले दिउरेमा पानी बसाएर दाउरा झोस्दै भन्नुभो 'जहिले नेपाल बन्द गाउँ नै पिच्छे नेता । चन्दा मागेर हैरान पार्छन् । छैन भन्दा मान्ने होइनन् ती उरेन्ठेउलाहरु । पर्धानपाचको घर भनेर घुरीघुरी आउँछन् ।'
सोधेँ 'पुण्य कहाँ छ अहिले ?'
'आउँदैछु' ऊ ढोकैबाट बोल्यो ।
'आयु त यसको लामै छ' आमा हाँस्नुभो ।
'अब तँ पनि आइस् हाम्रो पार्टीमा भोलिदेखि नै आइज' उसले प्रस्ताव गरिहाल्यो ।
'आउन पाछैन पाटीमा । के दिन्छ तेरो पाटीले कुन दिन हातखुट्टा भाँचिन्छ अनि था पाउँछस् जिन्दगीभरि अपाङ्ग भएर बस्नुपर्दा' आमाले झपार्नु भो ।
'आ काकी पनि किन डराउनु घाइते भो भने सर्खारले दि हाल्छ नि पैसा बसो खायो मरियो भने परिवारले पाइहाल्छ १० लाख । अनि के खोज्नु ?' ऊ निर्धक्क साथ बोल्यो ।
'तँ यो के भन्दैछस् । तँ पनि यति स्वार्थी भइस् हामी जस्ता युवाले नै यस्तो सोच्यौँ भने यो देश कहिलेसम्म टिक्छ एकपल्ट राम्ररी सोच त देशका लागि केही गर्ने बेलामा हामी लडाइँ गर्न थाल्यौँ भने यो देशको हालत के हुन्छ पहिला देश अनि पार्टी । देश नै रहेन भने पार्टीले के गर्छ ?'
'नेताहरुलाई त मतलब छैन हामीलाई केको मतलब ?' मेरो कुरा सुन्दैनसुने जस्तै गरेर उठ्यो र भन्यो 'आज हाम्रो मिटिङ बसेको छ रे माथि । माग पूरा भएन भने चार-पाँच दिनभित्रै बन्द गर्ने कार्यक्रम छ । त्यतिबेला तँ पनि जानुपर्छ मसँग ।'
ऊ हिँड्यो । सायद उसलाई मेरो कुरा मन परेन । किन उसलाई चिन्ता छैन न देशको न आफ्नो । त्यसरी हिँड्दा उसलाई के फाइदा मैले पटक्कै बुझिनँ ।
सानो ट्याक्सी किनेँ । सबै प्रबन्ध मिलाएँ । विदेशमा बिताएको सात वर्षलाई एकपटक सम्झेँ - कहिले दिन अत्यन्तै लामो लाग्ने कहिले साथीभाइसँग त्यत्तिकै जाने । कति धेरै माया थियो त्यहाँ हामी नेपाली-नेपालीबीच !
रहर छ मनमा यो घरलाई फेरि पहिलाको जस्तै सम्मानित बनाउने । त्यही रहर बोकेर मैले सुरु गरेँ आफ्नो काम । पहिलो दिन त्यति राम्रो आम्दानी हुन सकेन । भोलिपल्ट केही आशलाग्दो । तर पसर्िपल्टदेखि ठप्प भयो । बन्द रे !
लगातार बन्द भइरह्यो । मेरो रहरमा तुषारापात लाग्न थाल्यो । बन्द लम्बिँदै गयो । नेताहरु वार्ता बिनानिष्कर्षको घोषणा मात्र गर्थे । सास्ती खेपिरह्यौँ । विरोध गर्ने साहस कसैले देखाएनन् । कोही बोलेनन् सहिरह्यौँ । अन्याय सहने बानी परेछ डरले हो या रहरले हो मैले आफैँलाई प्रश्न गरेँ । जवाफ पाइनँ ।
बन्दले फुस्रद परेकोथ्यो । पुण्यलाई भेट्ने । बाटोमा जाँदा मैले देखेँ हामीले जोतेको बाउसे गरेर सम्याएका खेतका गराहरु प्लटिङ हुँदैरहेछन् । कतिमा त बिल्डिङ ठडिसकेछन् । सायद अन्न उब्जाउनभन्दा अर्थ उब्जाउन लागि परेछन् यहाँका जग्गा मालिकहरु । पुण्यको घर पुगेँ । घरमा कोही थिएनन् । उसकी आमा घाँस काट्दै हुनुहुन्थ्यो बारीमा । अचानक चिच्याउनुभो 'साँपले टोक्यो लौन नि !' म पुग्दा पिँडुलाबाट रगत पैतालासम्म पुगिसकेको थियो । घरसम्म ल्याएँ ।
'भोला मलाई अस्पताल लैजा झट्टै तेरो गाडी लिएर आइज' उहाँले अत्तालिएर बोल्नुभो । दौडिएँ । र गाडीमा राखेर अस्पतालतिर लागेँ । चोकमा हातमा डण्ठा खुकुरी कट्टी लिएर केटाहरु झुरुप्पै भएका रहेछन् । छेकिहाले । निस्किएर केही बोल्न नपाउँदै सुरु भयो तोडफोड । सिसा झर्यामझुरुम । मैले त्यहाँ पुण्यलाई खोजेँ ऊ देखिएन । रोक्दारोक्दैे गाडी कुच्चियो टायर काटियो । र म निर्घात भएर कुटिएँ । 'आगो-लगाइदेओ आगो लगाइदेओ पेट्रोलको ग्यालेन लिएर हुर्रिँदै एउटा दौँडँदै आयो । फेटा बाँधेको उसले मलाई चिनेन । मैले चिनेँ । 'पुण्य पख्' बोली सुनेपछि ऊ रोकियो तर उसको हातबाट ग्यालन अरुले खोसे र धमाधम गाडीमा खन्याउन थाले ।
'तँ बन्दको बेला गाडी कुदाउने पैसा कमाउने' यस्तै आरोप थियो त्यो हुलको । पुण्यले रोक्न खोज्यो तर कसले टेर्ने त्यहाँ सबै उस्तैउस्तै । आखिर आगो लगाइछाडे । म आत्तिएँ । हत्तारिएर गाडीबाट उसकी आमालाई बाहिर निकालेँ । आफ्नै सामु हेर्दाहेर्दै विदेशमा गरेको दुःख थोपा-थोपा पसिना जलिरह्यो ।
त्यो देखेर म एकोरिएछु । पुण्यकी आमाले लामोलामो सास लिन थालिन् । 'आमा-आमा' देखेर पुण्य चिच्यायो । मैले सबै बताएँ । हत्तपत्त एम्बुलेन्स बोलाइयो । एम्बुलेन्स आइपुगेन । पर्खँदापर्खँदै सर्पको विष उनको मुटुमा पुगिसकेछ । पुण्यकै काखमा उनले प्राण त्यागिन् ।
'के पाइस् पुण्य तैँले आज जवाफ दे । आज तेरी आमा मात्र होइन हजारौ बिरामी यसरी मर्न बाध्य भएका छन् । लाखौँ मानिस भोकले मर्न लाग्या छन् । ज्यूँदै मारेको छौ तिमीहरुजस्ता बन्द गर्नेहरुले गरिबहरुलाई । के पाउँछौ गरिबलाई मारेर । हामीलाई कसैको भाषण सुन्न छैन कसैको रुपैयाँले धनी बन्नु छैन हामीलाई काम चाहिएको छ अवसर चाहिएको छ । सीप चाहिएको छ ।' जलिरहेको गाडीतिर देखाउँदै भने 'हेर् हेर तिमीहरु पनि यसरी नै जल्दैछ देश । हामी त्यसमा पेट्रोल छर्कँदैछौँैँ हात बाँधेर उभिएका छौँ ।'
'कसले गर्दिन्छ भन्ने आश लिएका छौ तिमीहरुले नेताहरुले गर्दिन्छन् हाम्रो काम हामी जस्ता युवालाई हतियार बनाएर लडाइँ रच्न मात्रै जान्दछन् ती नेताहरु । आज तिमीहरुले जलाएको यो ट्याक्सी मेरो मात्र होइन देशको सम्पति थियो । जे नष्ट हुन्छ देशकै हुन्छ । जति घाटा हुन्छ देशलाई नै हुन्छ । हामी दुरुपयोग भइरहेका छौँ । त्यसैले भाइ हो अब ढुङ्गा डण्ठा र खुकुरी लिएर लडाइँ होइन मिलेर परिश्रम गरौँ । सबैले बाँच्नु छ देशलाई बचाउनु छ ।' उनीहरुले शिर निहुराए । पुण्य पनि बोल्यो 'हो भोला । मलाई माफ गरिदे । आज मेरी आमालाई मैले नै मारेँ । तर अब अरुको आमालाई मर्न दिने छैन ।'
'हो दाइ अब हामी बन्द गर्न कहिल्यै हिँड्दैनाँै' सबैले एकै स्वरमा बोले । सबैलाई धन्यवाद दिएँ र एकपल्ट जलेको गाडीतिर हेरेँ । गाडी जलेप्रति ममा कुनै मोह रहेन । किनकि मलाई विश्वास छ अब यसरी कुनै गाडी जल्ने छैन बन्द हुने छैन र कोही अकालमा मर्ने छैनन् ।

बुधबारे, झापा

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 11 श्रावण, 2066

लेखकका अन्य रचनाहरु