वार्ता गरौँ

- सुशीलकुमार श्रेष्ठ

समस्या समाधानको लागि वार्ता गरौँ
वार्ता कहिले गर्ने भनी अघि वार्ता गरौँ ।

वार्ताको समय निकाल्नु अर्को वार्ता गरौँ
वार्ता गर्ने ठाउँको लागि अझ वार्ता गरौँ ।

छलफल सुरु गर्ने मुख्य वार्ता गरौँ
वार्ताको कुराबारे थप अर्को वार्ता गरौँ ।

मुख्य बुँदाको लागि फेरि अर्को वार्ता गरौँ
विवादमा रहेको बुँदामा थप वार्ता गरौँ ।

निष्कर्षो कुरामा गोप्य वार्ता गरौँ
वार्ता सफल पार्न कानुनी वार्ता गरौँ ।

मध्यस्थकर्ताको लागि मध्यस्थ वार्ता गरौँ
नियम पालनको लागि ठोस वार्ता गरौँ ।

वार्ता बसेर वार्ताको लागि वार्ता गरौँ
वार्ता-वार्तामै सबै वार्ता टुङ्ग्याउने गरौँ ।

चित्त नबुझे अन्त्यमा वार्तै भङ्ग गरौँ
नयाँ वार्ता सुरु गर्न फेरि अर्को वार्ता गरौँ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 आश्वीन, 2064

लेखकका अन्य रचनाहरु