अँध्यारोको काउकुती

- विवश वस्ती

नदीका अन्त्यहीन तरङ्गहरू हाँस्न थाले
शीतलहरको खित्का
सुनियो टाढा टाढा लामो समयसम्म
खेतको डिलमा उम्रिएका हरिया कुटुलीकोसाहरू पनि
बिर्सेर आफ्ना
उमेरहरू, फैलावटहरू, स्वभावहरू
हाँस्न थाले उमङ्गले

घामको नरम हाँसो
थाम्नै नसकिनेगरी पोखियो र्सवत्र
र झरनाहरू सुक्न थाले मध्य बर्षादको ग्यालरीमा
फूलहरू हाँस्न थाले
नयाँ सुगन्धहरूलाई भित्र्याएर आफ्नो दैलोमा
र एकाएक मरुभूमिको बालुवाले उमार्न चाह्यो
यसपालिको प्रथम मनसुनमा
सञ्जिवनीको ताजा नर्सरी
हाँस्न थाले जीवित समयलाई सम्बोधन नै नगरी
उज्यालाका निर्जीव ओठहरू
उज्यालाका खण्डहर सपनाहरू
शतप्रतिशत मग्न हुँदै आफ्नै सिद्धान्तमा

निरन्तर, निरन्तर
उद्घाटन भइरह्यो हाँसो
हाँसोले खनिरह्यो शुभ-मूहर्ुतका डोबहरू अनगिन्ती
पृष्ठभूमिमा उभिएको थियो -
केवल,
अँध्यारोको काउकुती ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 आश्वीन, 2064

लेखकका अन्य रचनाहरु