नृशंस पर्खालहरुमा उभिएर हेर्दा

- छविरमण सिलवाल

कविता र गीतको तरल अनुभूतिले सिर्जनाको ज्यादा भाग ओगटेको छ गीताको। केहि निवन्ध, संस्मरण र कथाहरु पनि लेखेकी छिन्। उनको मूल विधा चाँहि गीत र कवितानै हो। कहिले भोगेर, कहिले देखेर, कहिले काल्पनिक अनुभूतिमा डुबेर उनको विषय वस्तुको चयन हुन्छ, साथै स्वतन्त्र रुपमा उनका रचनाहरु कन्चन पोखरीमा पौडिरहेका पाइन्छन्। 'एक्लै–एक्लैरु(२०६१) र सारांश गरी दुई ओटा गीति एल्वमहरु बजारमा आएकाछन् भने पुस्तक तर्फ पनि गीतसंग्रह 'थुँगाःबनफूलकारु(२०६१) र 'दुई हरफ ओठहरुरु प्रकाशित छन्। नृशंस पर्खालहरु कवितासंग्रह भने हालै बजारमा आएको हो। छयालिस ओटा कविताहरु भएको उक्तसंग्रह उनको जीवन साथी यादव त्रिपाठीलाई जन्म दिनको उपहारको रुपमा चढाएकी छिन्। जनआन्दोलनले निर्णयक मोड लिइरहेको बेलामा सम्पूर्ण दमनहरुको पर्वाह नगरी उर्लिएको जनचेतनाले उनको मानविय–चेतनालाई सम्पूर्णतः आहत–स्पर्श गर्योव, त्यस हृदयविदारक क्षणमा लेखेका कविताहरु पनि उनले यस संग्रहमा समेटेकी छिन्। कविको हृदय कोमल हुन्छ भन्छन्, तर 'जहाँ नपौचे रवि त्याँहा पौचे कविरु भने झै कल्पनाका कुराहरु मात्र लेखेर बस्न नहुने बेला आएको छ। एउटा कविका कविताहरु समयका दस्तावेजहरु हुँन त्यसैले हरेक समयमा घटेका घटनाहरुलाई यथार्थ रुपमा समेट्न सक्नु पर्छ भन्ने धारणा राख्नु पर्छ। यस कुरामा गीताका कविताहरु एउटा समयका दस्तावेज हुन भन्नै पर्छ। उनी लेख्छिन 'धेरै अवसरहरु मेरो जिवनमा जानी–नजानीकनै आएकाछन्, मैले तिनलाई मनले स्वीकारेको आधारमा नजानी नजानीकनै अपनाएको पनि छु र त्यसका निम्ति पछुताउनु पर्ने केही कारण पनि रहेको छैन।रु जीवननै यथार्थ हो कविता जस्तै जीवन र जीवन जस्तै कविता। गाउँमा जन्मेर गाउँमै हुर्केकी गीतालाई त्यहाँको प्राकृतिक परिवेशसंग घुलमिल गर्न कठिन भएन। उकाली ओराली भन्ज्यारु चौतारीहरुसंग माया साट्न कठिन भएन जीवनका यावत कुराहरुसंग खेल्दा खेल्दै साहित्यसंगको अटुट नाता गासिइसकेछ उनमा। तिनै भाकाहरुलाई समेटेर कविताका माध्यमबाट साहित्यको फूलवारीमा सजाउदै छिन 'नृशंस पर्खालहरुरुभित्र।
जुरुक्क उठेर बतासले
आगोको कान फुक्यो
बतास–बतासमात्रै रहेन अब
आगो–आगोमात्रै रहेन अब
हुरी र डँढेलोलाई
अब तिमी कतिबेर जिस्काउन सक्छौ
पृ–२५
उनका कविताहरुले असहज समयका अमानविय संरचनाप्रतिकै विद्रोही स्वरको रुपमा देखिएकाछन्, तर उनका कविताहरुले विद्रोही स्वरहरु मात्र उठाउका छैनन् यी स्वरहरुलाई परिवर्तनका निम्ति उठेएकी छिन्। मात्र प्रेमका गीत, कविताहरु लेखेर बस्ने समय यो होइन, एउटा सर्जकले समाजमा रहेका विकृतिहरु प्रति तिखो प्रहार गरेर त्यसलाई हटाउँन सक्नु पर्छ। निरन्तर रुपमा सजग रहनुपर्छ भन्ने कुरा उनका कविताहरुले देखाउँछ। उनका कविताहरुले जीवनका विभिन्न परिस्थितिलाई प्रतिनिधित्व गर्दै ब्यरु्ग्यात्मक, प्रयोगात्मक, मोहक र रोचक शैलिमा प्रस्तुत भएका छन्। सरल प्रस्तुति हुनु गीताको अर्को विशेषता हो। सवैले बुभ्ने शैलिमा सरल शब्दमा गहन प्रस्तुतिले यो पुस्तकको महत्वलाई अझ माथि पुर्यानएको छ। नारीले आफ्नो मात्र पीडाहरु पोखेर कतिपय कविताहरु लेखेका छन्। आफ्नै मात्र पीडा ओकलेर समाजमा त्यसको प्रभाव नपर्ने सक्छ त्यसैले समग्रसमाजको पीडालाई समेट्न सक्नुपर्छ भन्ने कुरालाई पनि उनको कविताले डोर्यामएको पाइन्छ।
आकाश न हो गर्जन्छ
निसरु्कोच बर्साउँछ
आगोका फिलिभ्ाहरु
धर्ति निर्भय भई
स्वीकारिरहन्छिन्
सहिरहन्छिन् लाखौका
चोट, तिरस्कार र हेपाइहरुलाई
पृ–३१
'नृशंस पर्खालहरुरुभित्र साहित्यकार प्रकाश सायमी लेख्छन् 'आगोलाई निभाउन खोज्दा त्यो धूवाँ बन्छ, धूवाँलाई थुन्न वा लुकाउन मिल्दैन। त्यसैले भित्तमा रेखि कोर्छ–कवि स्रष्टा गीताका कवितामा धूवाँका ती रचना प्रष्ट र प्रख्य छन्–उनी कवितामा बोल्छिन् तर उनको बोली सामान्यजनको लोलीबाट लाभान्वित छ। उनको कविता विम्वि छन् आमजनको आक्रोसबाट। उनका कतिपय तर विशेष कवितामा नेपाल र नेपलालीको अनुहार छ, औलाको छाप–पहिचान छ, ज्यूँदो जाग्दो शहिदको जीवनदान छ, कविता सायद त्यही हो नलेखिए पनि नदेखिए पनि।रु
यसरी गीताले लेखनलाई निरन्तरता दिइरहन सकेमा नेपाली भाषा साहित्यको उनको मार्ग अत्यन्त राम्रो रहेको देखिन्छ। 'नृशंस पर्खालहरुरु त्यो समयको दस्तावेज हो। यसै पर्खालमा उभिएर हेरौं उभिएर पढौं। मुल्य रु.१००को राम्रो सदुपयोग हुन्छ।




प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 3 जेठ, 2066

लेखकका अन्य रचनाहरु