समयको दस्तावेज ‘यन्त्रवत्’

- छविरमण सिलवाल

लघुकथा भन्नेवित्तिकै सानो अथवा थोरै शब्दमा गम्विर भाव प्रकट हुने साहित्यको एउटा विधा भन्ने बुझाउंछ । अर्को अर्थमा लामा ठूला नभएको छोटा वा साना र आधुनिक कथातत्वले पूर्ण भएको स साना छोटा कथाहरु हुन । डायस्पोरिक साहित्यका रुपमा चर्चित साहित्यकार कृष्ण बजगाईले यही मेसोमा आफ्नो लघुकथा संग्रह ‘यन्त्रवत्’ ल्याएका छन् । जन्मभुमि नेपाल भए पनि कर्म गर्न विदेश पुगेर नेपाली भाषा सस्कृतिप्रति अगाध स्नेह राख्ने कृष्ण ई-साहित्य तथा पत्रपत्रिकामा विशेष गरेर देखिने गर्छन । पत्रपत्रिकाहरुमा छरिएर रहेको कथाहरुलाई संकलन गरी पुस्तकको रुप दिएका छन् उनले । सामाजिक विसंगति, विडम्वना, घातप्रतिघात, भ्रष्टचार, शोषण, अन्याय, अत्याचारजस्ता विषयलाई तिखो रुपमा थोरै शब्दहरुमा प्रस्तुति गर्नु उस संग्रहको विशेषता हो । लघुकथाको मूल स्वरुप पनि यही हो । ‘यन्त्रवत्’ पढ्दा लाग्छ साच्चै यो कथा होइन, समयका दस्ताबेजहरु हुन् । वितेका हाम्रा पलहरु सत्य र तथ्य छन् । वितेका ति पलहरु मथिल्लमा घुमिरहन्छन । २०४८ सालदेखि २०६४ सालको अवधिमा हाम्रो परिवेशमा थुप्रै उतारचढावहरु आए । संगत विसङ्गतहरु देखा परे । दस बर्षे जनयुद्दले देश जर्जर बन्यो, पुन जनआन्दोलन – २ को सफलताले जनतामा केही आशाका किरणहरु छायो, तैपनि सङ्कमणकालीन फाईदा उठाएर जनता ठगिने क्रम र अभाव र असुरक्षाका काला बादलहरु मडारी नै रहे । यो हामीले भोगेका तितो यथार्थ हो । ‘यन्त्रवत्’ पढ्दा समयक्रममा भोगेका कुराहरु अझ ताजा बन्न पुग्छ । ४७ वटा लघुकथाहरु भएको उत्त्त सङ्ग्रहमा हामीले जे भोगेका छौ, त्यसको शब्द चित्रको रुपमा देख्न सक्छौ । यसको उदाहरण हेरौ ‘आत्माहत्या’ शीर्षकको कथा :

“यसपटक म त उधारो दिनै सक्दिन । पहिलेकै उधारो तिर्न बाकी छ ।“पसलेले रिसाउदै भन्यो । “हैन हनुर यो अन्तिम उधारो । भरदिन रित्तो पेट, खान एक गेडो अन्न छैन, रातभर उडुस र उपियाले सुत्नै दिदैनन् । उपाय त निकाल्नै पर्यो ।“ उसले हात जोडेर विन्ति गरी । पसले पुरानो उधारो चुक्त्ता हुने आशामा विषालु किटानाशक औषधि उधारोमै दियो । उनि ‌औषधि बोकेर डेडातिर लागि्न । भोलिपल्ट कसैको आत्महत्याको खबर टोल छिमेकमा तुरुन्तै आगोझै सल्किहाल्यो । मानिसका भिड सागरझै बढेर आयो । एउटी असाय गरीव महिला र उनका दुई सन्तानको सामुहिक आत्माहत्याले सबैको मन रुवायो । भिडका सबैले दु:ख व्यक्त्त गर्न थाले । ‘सहिदका परिवारले खान नपाएको कारण आत्महत्या गर्नु पर्यो । सरकारलाई लाज लाग्नु पर्ने हो ’ विपक्षी पार्टी काकार्यकर्ताले आक्रोश पोखे । “खान नपाएर त होइन होला । नत्र म सरकारलाई भनेर ब्यवस्था मिलाइ दिन्थे ।” सत्तापक्षका कार्यकर्ताले आफ्नो पहुचको व्याख्या गरे । ‘दुई निर्दोष बच्चाको के अपराध थियो र आफुगै मारी पाल्न नसक्नेले जन्माउनु हुदैन थियो ।’ भिडका एक जनाले दर्शन छाटे । भिडका प्रत्येक मानिसका आ-आफ्ना तर्क र विचार जे भए पनि सामूहिक आत्महत्याप्रति सवैले दु:ख प्रकट गरिरहेका थिए । त्यस भिडमा सबै भन्दा बढि दु:खी देखिन्थे उही पसले, उधारो डुबेकोमा ।

अनेसासद्धारा प्रकाशित उक्त्त कृति एकपटक पढ्नै पर्छ । समयले हानेका बाछिटाहरुद्धारा हामी सबै नराम्ररी थला परेका छौ । यसलाई मतहरु लगाउन पनि उक्त्त कृति पढ्नै पर्छ । कृष्ण बजगाई विदेशमा बसेर पनि नेपाल र नेपाली प्रति कति चिन्तित छन् भन्ने प्रमाण ‘यन्त्रवत्’ मा भेटिन्छ, उनको राष्टप्रतिको भावभक्त्त र प्रेम असाध्य रहेको प्रमाण भेटिन्छ ‘यन्त्रवत्’ मा । त्यहा रहेर पनि हाम्रा प्रत्येक घटनाहरुलाई लिपिबद्ध गरेर लघुकथाका माध्यमबाट हामीलाई नै पुस्तकका रुपमा दिएका छन् । साच्चै ‘यन्त्रवत्’ पढ्ने होइन ?

साभार: विक्ली पोष्ट, काठमाण्डौं २०६५


प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 24 चैत्र, 2065

लेखकका अन्य रचनाहरु