उभयवादी चेतना र नम्रताका कविता

- डा. गोविन्दराज भट्टर्राई

एक दिन साहित्यीक मित्र अनिल पौडेलमार्फत मैले “मन भए तिमीसग” पाए। सुन्दर कविता, संग्रहनिर्माणको प्रक्रिया पर्खिरहेका नम्रता गुरागाईंका सिर्जना।

नम्रतालाइ सम्भि्कन खोज्छु- कहीं भेट भएजस्तो लाग्दैन। अनि उत्तरआधुनिक विमर्श (२०६४) पल्टाएर हेरें- नभन्दै त्यहा नम्रता भेटिइन। डा. हरिराज भट्टराइले सेतु (२००५) मा प्रस्तुत गरेकी नम्रता- यतिखेर अमेरिकामा रहेर नेपाली कवितामा साधना गरिरहेकी एक युवा सर्जक नम्रता।

उता हतार छ- यता कसरी भूमिकाको आग्रह स्वीकार्ने होला अथवा यसलाई कसरी टार्ने होला? म बीचमा थिए। त्यस बेला मैले दुई कुरा सम्झें- अनिलजीको निस्वार्थ आग्रह मप्रति धेरै छ - म त्यसलाइ बिर्सन सक्तिन। धेरै टाढा, भिन्न भूभागमा बसेर पनि नेपाली साहित्यको उपासना गरिरहेकी नम्रताको कर्मले पनि नेपाली साहित्यलाई योगदान गरिरहेको छ म त्यसलाइ पनि विर्सन सक्तिन। यसलाइ नेपाली साहित्यले नै विर्सनु हुदैन।

त्यसैले मैले दशैंको मारामारमा नम्रता अघिल्तिर राखें।

भूमिकामा पस्नुभन्दा पहिला म एउटा परिवेशको कुरा गर्दर्छु - त्यो परिवेश के हो भने आज नेपाली साहित्य सिर्जनाको स्थान, सर्जक र सिर्जनाभूमिसगै यसका कन्टेन्ट र शैली पनि हुदै आएका छन्। मूलधाराको नेपाली साहित्य के हो र अन्य धार के हुन् भन्ने विषयका परिभाषा भिन्न भएका छन्।

हालै मात्र तेजेन्द्रसिंहको एउटा अन्तवार्ता प्रकाशित भएको थियो। बेलायतमा बसेर हिन्दी साहित्यमा ठूलो योगदान दिइरहेका तेजेन्द्रलाई सोधियो- भन्नुहोस, यतिखेर तपाईको प्रमुख चिन्ता के हो?

उनले उत्तरमा बोले- हामी देशबाहिर बसेर पनि आफ्नै भाषामा सिर्जना गरिरहेछौं, हिन्दी साहित्यको मूलधाराले हामीलाइ समावेश गरेन भने त्यो कुरा हाम्रो निम्ति सबैभन्दा ठूलो चिन्ताको विषय हुनेछ।

नेपाली साहित्यको ठीक यही तथ्य लागू हुन्छ। अब अनेक डायस्पोरिक केन्द्रबाट उत्पादित अनेक प्रकारका नेपाली साहित्यहरु छन- भिन्न स्वादका, शक्तिका, परिस्थितिका, पात्रका, घटनाका। ती सबै मिलेर मात्रै नेपाली साहित्यको मेनस्टि्र्रम बन्दछ। अब यसरी यी विविध परिस्थितिका सर्जक र सिर्जनालाई केन्द्रसग जोड्ने हाम्रो काम हो। तिनिहरुलाई जोडिएन भने नेपाली महिम अधुरै रहनेछ।

यहि उत्तरदायित्व सम्झेर मैले नम्रता पढें र संक्षेपमा केही प्रस्तुत गर्दंछु।

एउटा भिन्न भूगोलमा, संस्कृतिमा र प्राग्मेटिक परिवेशमा बसेर रचना गरिरहेकाले यी कवितामा अनेक भिन्नता र भेदहरु फेला पर्दछन्। यहा बसेर पढ्दा अनेक नवीनताहरुसग साक्षात्कार हुन्छ। त्यहा दुरत्वको भय छ , केही असुरक्ष्बोध, केही कानुनी, धार्मिक र सास्कृतिक भिन्नताले उत्पन्न गरेका यी कविताभित्र सर्वप्रथम विस्थापनभय फेला पर्दंछ। उदाहरणका लागि
“वर्क परमिट”-

वर्क परमिट नभएको मान्छे म
पखेटा काटिएको चराजस्तो
जति जति कामको खोजीमा
आकाशमा उड्न खोज्छु
त्यतित्यति भुर्रभुर्र गर्दै
मैदानमा पछारिन्छु।

दोस्रोमा यी नारीका सिर्जना भएकाले त्यहां नारीमन र भावना प्रतिबिम्वित हुनु स्वभाविक छ।
महिलाभित्र प्रकट भएको विद्रोहचेतना पढ्दा लेखकको अन्तहर्दय गर्जेको सुनिन्छ -

सजाएर तिम्रो भान्साघरमा
चौरासी व्यजन नबनाउ।

यो स्वतन्त्र अस्तित्वको खोजी र चाहना यतिखेरको नारीलेखनमा सशक्त भइरहेको आवाज हो।
डोरिस लेसिङ पढौं, अल्फ्रेड पढौं, जेलेनिक पढौं, किरण देसाइ वा मन्जुश्री- प्रकाशोन्मुख गीताकेशरी वा शर्मिला खड्का या प्रभा कैनी, आज यहि विद्रोह लेख्तैछन् नम्रतासगै -

उत्साहको टेथिस उचालेर
म अर्को सगरमाथा उभ्याउन चाहन्छु
आफ्नै पौरखले भूगोल सम्याउन चाहन्छु

नारीमनभित्र उदाउने अनेक रंगहरु, सम्झनाका मुस्ला, समयचक्रमा आफैं पिसिंदै गएको कुरा छ “जन्मदिनको शुभकामना”। अतीतमा एउटा परिचित संस्कृतिमा आमाले हुर्काएकी थिइन तर आज आफैं आमा बनेर सारा अपरिचित परिवेशमा उनको जन्मदिवस -

दिनभरी मेरा नानीहरुको लुगाफाटो सुकाएर
अपरिचित घरको धुरीबाट टाढियो।

यो परिस्थतिको भिन्नताले परदेशमा उत्पन्न गरेको मनोभावना, संझना र अपरिचयको स्थितिचेतना हो। यति बेला सास्कृतिक विच्छिन्नताका आशंकाहरु अत्यन्तै तीक्ष्ण भएर नम्रतामा पसेका छन्। “तीज र जन्मदिन” दुवै कुरा सम्भि्कल्याउदा उन्पन्न हुने पिडा भयंकर छ -

कल्पनामा आफू माइत पुगे पनि
जब घरको ढोका खोलेर बाहिर नियाल्छु
परदेशमा हुनुको पिडा महसुस गर्दै
ढोका ढयाम्म लगाएर
थचक्क बस्छु अनि सोच्छु
खै कहा जाने?
न तीजको रमझम छ
न त परिकारको भण्डार नै।

नम्रताका कविताको एउटा गम्भीर र मन छुने अंशमा यस्तै विच्छिन्नता, त्यसले
उन्पन्न गरेको ऐकान्तिकता, केही निरिह अन्यमनस्कता र संझनाका छालहरु
प्रमुख रुपले उदाएका छन्। “दशैं घरभित्र र बाहिर” ले पनि त्यस्तै मुड उत्पन्न
गर्दछ। “तिहारको संझना” मा यस्तै मनस्थिति छ -

समयका उकाली ओरालीमा
भौतारीरहेछु खोजेर नया आशा
जानी नजानी बोल्न खोजिरहेछु
अर्कै नागरिकको भाषा
साघुरो परिवारको परिभाषाभित्र
खै कति होला चेलीमाइतीको आत्मियता
मेसिन हुन या मान्छे
छुट्याउनै गाह्रो ठाउमा
खै कति होला नाताभित्रको आन्मीयता?

सस्कृतिको पहाडले छलिएपछि मानिसले आफ्नो वासस्थान (निश) हराएको सम्भि्कन्छ। खाने लाउने भौतिक सुखभन्दा भित्र लुकेको एउटा आफ्नोपन र अरुको उपस्थितिले दिने सन्तुष्टि र सुरक्षाबोध कति बलियो? ती गुम्दा मान्छे कति कमजोर, नाजुक र भावुक हुन्छ -

गह्रो इतिहास बोकेको चाड
एक दिन एकछिन एउटा कोठाभित्र खुम्चिदा

बाल्यकालका निर्मल दिनहरु, चाडपर्वहरु, भेटघाट र सास्कृतिक परिवेशले दिएको
सुरक्षाबोध आज हराएको छ त्यहा। त्यो अतीतप्रेम र यो रुक्खो, असुरक्षित वर्तमान
दांजेर हेर्दा फेरी पुराना सम्झना उर्ली आउंछन् र अतीतले हृदयलाई ढाक्तछ।
यो नम्रताका कविताको एक प्रमुख थिम हो डोमिनेन्ट मुड पनि। मनपर्छ
मा भन्छिन -

रंगमंचको पर्दामा आएको दृश्यझैं
एकपछि अर्को आएरहन्छन्
जहिले पनि, जहां पनि
मलाई आफ्नै चाडपर्वमा लुटपुटिन मनपर्छ
पोखेर वाल्यकालको सम्झना
आफनै आंगनमा रमाउन मनपर्छ।

यसमा कोमल संझना र नारी हुनुका खुसीहरु, कष्टहरु, अनेक अनुभूति र भिन्नताहरु बेलाबेलै उर्लिएर आएका छन्। “आमा : एक अनुभूति” त्यस्तो एक कविता हो जो संवेदनशील गर्भवतीले मात्रै लेख्न सक्छिन्। यी अनुभूतिमा कौतुहल हर्ष, शंसय र प्रतिक्षा कसरी मडारिएका छन -

जीवनभरीको हाम्रो आशा र भरोसा
तिमी भएर उभिएको छ ।

यी आमाका अनुभूति हुन। पुरुषले यी अनुभूति लेख्न सक्दैन। यस्ता कविता नम्रतावाटै आउनु आवश्यक थियो। यो सिरिजमा मातृत्व, स्नेह, सृष्टिको कोमलता र हार्दिक पक्षलाइ छोएर लेखिएका भित्रि मनका कविता धेर छन्। ती अधिक सुन्दर पनि छन्। “आमा र तिमी” अत्यन्तै शक्तिशाली सिर्जना हो। फेरी कविमन आमाको न्यानो खोज्दै बाल्यकाल टेक्छ। त्यहा पुग्दा उनलाई बोध हुन्छ -

केहीबेर
मेरो बाल्यकाल आमासंगै लुटपुटिरहयो
संझए
हरेक कुराको विनिमय हुने ठाउंमा पनि
श्रदा र मायां साटिंदो रहेनछ
वैभवका गगनचुम्बी महलमा पनि
आमाको मायां लाटिदोरहेछन।

नम्रताका आमा सिरिजका कवितामा गहिरो अनुभूति छ, मातृत्वको, अभावमा बुझएको आमाको। सबैका आमा थिए र छन्। ती सबैको जीवनमा सबैभन्दा नजिक थिए र छन् त्यसैले आमा कविताले प्रत्येकलाई छुन्छ, व्यक्त गर्न नसके पनि त्यो श्रदा प्रत्येकको ह्दयमै हुन्छ। यता हालै प्रकाशित कृष्णभूषण बल, नवराज सुब्बा, गीता कार्की, सीमा आभास, रीता कार्की, दिनेशविक्रम थापाका आमा कविता पढ्दा हल्लिरहेको यो मन नम्रतामा पस्ता झन मच्चिएको छ। यो शाश्वतता र छुनेपन अभिव्याक्ति दिन सक्नेमा भरपर्दोरहेछ। “आमा र तिमी” बीचको यो नाता जसको कुनै परिभाषा छैन-

समग्रमा तिम्रा प्रत्येक प्रारम्भ
आमाका गीत र चुडकिला हुन्
तिम्रा प्रत्येक प्राप्ती
आमाको जीतका खुटकिला हुन्।

आमाले नम्रता भरिएको छ नारीका अनेक स्वरुप, तीभित्र छन् प्रेमिका भएर तड्पेको मन, आमा
भएर रहस्यमय कौतुहलले भरिएको मन, आमा सम्झेर भिजेको मन, आमा खोजेर रोएको मन,
“बिधुवा” मा पुग्दा आमाकै एउटा स्वरुप जसले धेरैधेरै छुन्छ, प्रत्येकलाइ छुन्छ। प्रियलाइ सम्झदा उ आफ्नै असुरक्षित जवानीले छोपिएर बोल्छे -

बेलाबेला मन फुकाएर हांस्न मन लाग्छ
बेलाबेला मन दुःखाएर रुन मन लाग्छ
मबाट बसाइं सर्दै गरेको सौन्दर्य
सम्भावनाको ढोका खोलेर
मलाइ हेरिरहेझै लाग्छ
न म रोएको बेला आसु पुछ्ने कोही छ
न म हासेको बेला खुसी साट्ने कोही छ
कोही छ त?

कत्रो वेदना, कत्रो चित्कार, कत्रो एकाकिपन सुसाउछ यहां।

“सम्झना” पनि यस्तै कविता हो। यसमा पनि एक असाहय नारीपात्र भक्कानो फुटाएर सम्झनाभित्र निस्सासिएकी छे। आफ्नो प्यारो मान्छे गुमाएपछिको असहायपन, एक निरक्षर नारीले परदेशमा पति गुमाएपछिको कहालीलाग्दो जीवन, ससाना नानीहरु- यो वर्णनात्मक कविताले एक भयप्रद कथा भन्छ। उ सम्भि्कन्छे -

तिम्रो लागि त म थिए
मरो लागि मात्र अब
डढेलो लागेको घर बाकी छ
क्रमश :
ऋणको बोझ
तिम्रो संझना र टुकुटुकु हिडदै गरेकि छोरी।

यसपछिको अर्को थिम छ प्रेम। केही मायालुका, भावुक प्रेमका र संझनाका कविता छन्।
तिनको सुन्दरता पनि अधिक गहिरो छ। कविताको आरम्भमा प्रतिज्ञा छन् , कविले बोलेको
सुनिन्छ- हामी सुखदु:खका साथी, हामी सधैंसधैंका साथी।

“मन भए तिमीसग” संग्रहभित्रको एउटा कविता पनि हो। यसले संग्रहको मूल मर्मतिर संकेत गर्दछ। यी कविता तिमीको छेउमा, तिमीलाइ संझेर, तिम्री संझनामा, तिमीसंग टाढा हुदा, रिसाउदा, सम्भि्कदाका भावनाहरु हुन्। एक सिरिज यस्ता प्रेम कविता छन्। तिनको कोमलताले पाठकलाई भित्रसम्म छोएर लडाउछ पनि किनकी प्रत्येकसग यो तिमी अनुभूति रहेकै हुन्छ। “मन भए तिमीसंग” मा एउटा त्रासद वर्तमान छ युद्धको , द्धन्दको भय र मृत्युले पखिरहेको। यसैबेला ह्दयबाट माया पनि सुसाएरहेको छ, मन भए तिमीसग जीवन बिताउने चाहना पर्खिरहेको हुन्छ। तर यस्तो समयमा त्यो पूरा हुन्छ? -

मायाको गीत गाउने गलाहरु
बारुदको गीत गाउन थालेदेखि
बिस्याहार बैसहरु
त्यसैत्यसै बुढा भएका छन्
भुल्न नसकेको घाउले खुल्न नसकेर
फुल्न नसकेका धेरै मनहरु छन्
घर बसाउने रहर बोकेको धेरै भयो
तिमीसग अलिकति मन भए
मसग थुप्रै अनुरोध थियो।

“हरियो चुराको गहिरो खोजाइ” यो सिरिजको अर्को कविता। यहा एक युवतीमनले सपनाको राजकुमारलाई कसरी खोजेको? एक निर्जन डाडामा वा बगरमा यतैकतै उभिएर युवती बोल्छे। कोही छैनौ त मेरो चुराको आवाज सुन्ने? कत्रो आहवान, कत्रो समर्पण? एउटा प्रण छ त्यहीं -

खुट्टा थाकेर भे भयो र?
तिमीलाइ भेट्न
मन अझ उत्साही छ।

“माया- तिम्रो र हाम्रा” मा मायाका अन्तर छन्। देखाएर गर्ने र लुकाएर गर्ने मायाका भेदहरु, तर यो एउटै हुन्छ। मायालु सिरिजको अर्को कविता छ “तिमी कहिले आउछौ?” मायालुको व्यग्र प्रतिक्षामा तीब्र सम्झनामा, कोमलताले स्पर्श गर्दा भित्रभित्रै जब रित्तो मन सुसाउछ -

वर्षा भएर झर्न खोज्छ आखाबाट
सम्झनामा आखाअगाडि आएको
आवाजविनाको तस्बिर
तिम्रो अनुपस्थितिभन्दा पनि कठोर हुदोरहेछ
भनन
तिमी कहिले आउछौ?

तिमीबिनाको जिन्दगी
घामविनाको आकाशजस्तै भएको छ
कहिल्यै थकाइ मार्न नपाउने बाटो
हजारौं यात्री हिंडे पनि शून्य लाग्छ
हजारौं गाडी गुडे पनि शून्य लाग्छ
तर तिमीसग हातेमालो गर्ने चाहना
झन्झन् बढिरहेछ
भनन
तिमी कहिले आउछौ?

अर्को कविता “अनलाइन माया” पनि छोटो तर अधिक सुन्दर छ। यो माया हो तर फरक, एक भर्चुअल माया जो अनलाइनमा चल्छ, चिसो अनलाइनमा माया -

अब त सहरमा
तातो बढेपनि
तिम्रो सम्झनाले सताउछ
भनन समय
अनलाइन माया कस्तो हुन्छ?

फेरी एउटी युवती नया इच्छा र आकांक्षा फिजाएर फैलिएकी छे। कुनै मायालुको उपस्थिति छैन। उ भन्छे -

मलाइ तिमीले नपढेर मात्र हो
म किताब भएर टेबलमा बसेको धेरै भयो।

यी कवितामा निजात्मकता अत्याधिक छ। यिनमा देश र परदेश घुलित छ। उताको मन टांगिएर यतासम्म पुगेको छ . खोलावारी- पारी तोरण टांगिएझै। यो काल खण्डमा देशले भोगेको कष्ट पनि बारम्बार आउछन्। गर्जनजस्तो भएर। विनाशक ध्वंश चेतना भएर, बर्बरताले मानवता समाप्त गरेको चलचित्र भएर -

मायाको गीत गाउने गलाहरु
बारुदको गीत गाउन थालेदेखि
यो मन चेतनाले भरिएको छ।

“किन दुखेन” मा पनि यही समय बोलेको छ, पानीभन्दा जोडिएको विदेशी भूमीका कविता पनि छन्, “गुमाएको घर” ले इराकमा १२ जना नेपालीले भोगेको वर्बरतालाई सम्झाउछ। संझनामा एक पत्नीले यहा मारिने पतिसमक्ष बोल्छे -

मेरो मायाको डोरी बल्यो
ए निर्दयी मान्छेहरु
तिम्रो घरमा जस्तै हास्तै आउने
मेरो मान्छे खोइ?
मलाइ हेरेर रमाउने
मेरो सौन्दर्य खोइ?

कत्रो पिडा कत्रो भयावहक चीत्कार र एक प्रश्न?
“हामीले के पायौं?” त्यस्तै एक युद्धकविता हो -

घरभित्रकै लडाइंले
अब त
लाज लुकाउने ठाउ छैन
भएका संरचनाहरु सिध्याएपछि
छिमेकीहरुमाझ
टाउको उठाउने ठाउ छैन
एकअर्काको घर भत्काएर
हामी
घरबारविहीन भयौं
परिवारविहीन भयौं
नाम कमाउने आशमा
अझै हामी बदनाम भयौं
आखिर हामीले के पायौं?
च्यातिएको योजना? बन्न नसकेको परियोजना?

नम्रताका कविताका मूल थिम यिनै हुन- अभिब्यन्जना कलामा निखार छ, परिष्कार छ। विचार र भावना मिसाएका छुने कविता छन्। अन्य विषयहरुमा राष्ट्रप्रेम छ, डायस्पोरिक जीवनको असुरक्षाबोध र अप्ठ्यारो छ , कतै, कुनै घरमा वा हृदयले छुँदा उठेको मन छ , केही साधारण मुड का पनि छन, केही असाधारण मुड का पनि। “नडामेका मनहरु” ले राष्ट्रको चिन्ता ल्याउँछ।

किन श्रम गर्ने हातहरु
अर्कैको निगाहमा आश्रित भए?

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 11 फागुन, 2065

लेखकका अन्य रचनाहरु