विशिष्ट गजलकार एवं वरिष्ठ साहित्यकार केशवराज आमोदीको १६ औं कृतिका रूपमा वि.सं. २०८१ मा प्रकाशित "मत्स्यगन्धा महाकाव्य" नेपाली साहित्य जगत्का लागि एक अमूल्य उपहार हो । प्रकाशित भएदेखि नै मेरो मनमा यस कृतिप्रति तीव्र कौतुहलता र अध्ययन गर्ने अभिलाषा थियो, तर दुई वर्षसम्म त्यो अवसर जुरेको थिएन
बन्धन र बाध्यतामा बाँच्नु पनि के बाँच्नु ?
आँसु लुकाई गहमा हाँस्नु पनि के हाँस्नु ?
यो घर जहाँ म बस्छु यो भित्ता चर्किँदैछ
सायद यो ढल्नलाई भैँचालो पर्खिँदैछ
छोरो आफैँ बनाउला उसलाई चाहिने घर
गर्दै होला ऊ अहिले भैंचालो ल्याउने तर्खर ... ...
(‘कसरी भनूँ म बाँचेँ’ बाट)
काठमाडौँको नयाँसडक, पिपलबोटबाट ‘सडक कविता क्रान्ति’ भएको अर्धशताब्दी पुग्न पनि अब त गोटा तिनेक वर्ष मात्र बाँकी छ
पूर्वका डाँडाहरूले घामलाई ढिलो गरी छोड्ने सिन्धुपाल्चोकका हरिया पहाडहरूबाट सुरु भएको यो यात्रा कहिल्यै टर्कीको घना जंगल, ग्रीसका भीरहरू, अल्बानिया-मोन्टेनेग्रोका अन्धकारपूर्ण पहाडहरू हुँदै इटलीको ट्रिएस्टे शहरको चिसो घाँसमा आएर रोकिँदैन । यो यात्रा त केवल भूगोलको होइन, सपनाको हो
असारको साँझ थियो। काठमाडौंको आकाशभरि वर्षाका काला बादल गुम्सिएका थिए। दिनभरि परेको झरी केही रोकिएको जस्तो लागे पनि सडकहरू अझै भिजेका थिए। बिजुलीका खम्बाबाट पानीका थोपा टपटप झरिरहेका थिए। पसलका साइनबोर्डहरू पानीमा धमिला चम्किरहेका थिए। सडकभरि गाडीका टायरले पानी उछिट्याउँदै हतारका आवाज निकालिरहेका थिए
सधै जसो जिल्ला प्रहरी कार्यालयमा मान्छेको भिडभाड,कल्याङ्मल्याङ् । ढोकाबाट भित्र छिर्ने वित्तिकै छेवैमा सेतो वोर्डमा सबैको नजर परिहाल्छ । वोर्डको सिरानमा कालो मार्करले लेखिएको छ थुनुवाहरुको विवरण । त्यसको लगतै क्रम संख्या, नाम, ठेगाना, मुद्दा, हिरासतमा रहेको मिति भनेर लेखिएको छ। मुद्दामा सबै भन्दा बढी सवारी दुर्घटना, त्यस पछि क्रमस चोरी, जक, ज्यान मार्ने उद्योग, कुटपिट यस्तै यस्तै देखिन्छ
१. विषय प्रवेश
नारायण ढकाल (जन्म २०१०, काठमाडौं) नेपाली साहित्यका एक सशक्त प्रगतिवादी उपन्यासकार, कथाकार, कवि र निबन्धकार हुन्। उनले पत्रकारिता र राजनीतिसँगै साहित्यलाई सामाजिक चेतना अभिव्यक्त गर्ने माध्यम बनाएका छन्। उनका कृतिहरूमा वर्गीय संघर्ष, जातीय विभेद, सामाजिक अन्याय र ऐतिहासिक यथार्थको चित्रण पाइन्छ