१. कृतिकार लीलाम्बर ढुङ्गाना र उनको साहित्यिक धरातलः
स्याङ्जाको भीरकोट नगरपालिका– ४, छाङछाङ्दीका लीलाम्बर ढुङ्गाना (वि.सं. २०२४) स्याङ्जाली परिवेशमा कविका रूपमा परिचित छन् । यसपूर्व ढुङ्गानाका ‘भावमञ्जरी’ (कविता सङ्ग्रह– २०६०), ‘महामिलन’ (कविता, गीत र हाइकु सङ्ग्रह– २०६५) लगायतका कृतिहरू प्रकाशित छन् भने यसपटक उनी ‘स्मृतिका पाना र साहित्यका आयाम’ (संस्मरण, निबन्ध र समीक्षाहरूको सङ्ग्रह– २०८३) लिएर हामी पाठकहरूका सामु उपस्थित भएका छन्
१. परिचयः
स्याङ्जा जिल्ला सिर्जनाको उर्वरभूमि मानिन्छ । स्याङ्जाकै आँधीखोला वालिङ्को सेरोफेरोमा रहेका आधा दर्जनजति (साहित्यक र शैक्षिक) संघसंस्थामा आबद्ध कवि लेखनाथ काफ्ले (२०१५) विभिन्न साहित्यक र शैक्षिक संघसस्थाबाट (एक दर्जनभन्दा बढी) सम्मानित र पुरस्कृत व्यक्तित्व हुन् । उनी स्याङ्जाको साहित्यक इतिहासमा कुशल सर्जकका रुपमा स्थापित व्यक्ति हुन्
त्यस मानिसकी बहिनी भर्खरै पैतृक सम्पत्तिमा आफ्नो हिस्सा माग्न आएकी थिई र दुई–चारवटा तिखा कुरा सुनाएर गएकी थिई। उसले त त्यसै पनि बहिनीलाई उसको हिस्सा दिनेवाला नै थियो, तर उसलाई बहिनीले आफ्नो हिस्सा मागेको कुरा मन परेको थिएन। आफ्नो मुड ठीक पार्न उसलाई चिया पिउनैपर्ने भयो। उसले आफ्नी परित्यक्ता कामदार महिलालाई आवाज लगायो
प्रा. शिवहरि मरहट्टाको यात्रा–संस्मरणात्मक कृति ‘परदेश र अनुभूति’ पढ्ने अवसर पाएँ । पुस्तक पढिसकेपछि मनमा उठेका विचार र अनुभूतिलाई लिपिबद्ध गर्न मन लाग्यो । यो कुनै औपचारिक समीक्षा होइन; बरु एक पाठकका रूपमा कृति पढ्दा अनुभूत गरेका कुरा, मनमा उठेका प्रश्न र देखेका सम्भावनालाई अभिव्यक्त गर्ने प्रयास हो
यात्राको बीजारोपण : एउटा आकस्मिक निम्तो
जीवनमा कतिपय यात्राहरू लामो समयको योजना र तयारीपछि तय हुन्छन् । कतिपय यात्राहरू भने कुनै आकस्मिक निम्तो, मनको एउटा सानो इच्छा र संयोगले जन्म लिन्छन् । हाम्रो पाथीभरा यात्रा पनि यस्तै एउटा संयोगको उपज थियो ।
कार्तिक ३ गते साँझ करिब ७ः३० बजेको थियो
भाइटिकाको भोलिपल्ट तृतीयाको साँझदेखि नै मिथिला गाउँको हरेक गल्लीमा छठको रंग छरिएको थियो । तराईको मिथिला गाउँलाई आड बनाएर बगिरहेको थियो सिरसिया खोला । बगरको डिलमा घनाबाँसका सहारामा सजाइएका रंगीचंगी पन्डालहरू, केराका हरिया थाम र बालुवामा सजिएका माटाका दियाहरूसँगै झिलिमिली बत्तीले बस्ती र सिरसियाको बगर बेहुली झैँ सिँगारिएको थियो