19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नर्सको ऐना

कथा विमल लामिछाने June 20, 2026, 1:30 am

विमल लामिछाने गाउँको सरकारी स्कुलबाट कडा मिहिनेतका साथ उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएपछि आकृतिका आँखामा एउटै लक्ष्य थियो, डाक्टर बन्ने । तर, सपना जति उज्यालो थियो, यथार्थको बाटो त्यति नै अँध्यारो र चुनौतीपूर्ण ।

आकृतिका बुबा साधारण किसान थिए, जसका हत्केलामा फुट्तै, कुच्चिँदै गरेका ठेला र निधारबाट दिनहुँ पसिना चुहाएर गरेको कडा मेहनत नै परिवारको जीविका धान्ने आधार थियो


सुन्दर कवितासङ्ग्रह “बोलूँ कहाँ को सित"

कृति/समीक्षा चिरञ्जीवी दाहाल June 20, 2026, 1:26 am

चिरञ्जीवी दाहाल कविता कलाको त्यस्तो रूप हो जहाँ भावना, विचार र सपनाहरूलाई सामञ्जस्यपूर्ण ढङ्गले गद्यात्मक वा पद्यात्मक शैलीमा व्यक्त गरिन्छ, जुन कल्पनाशीलता र सौन्दर्यले भरिपूर्ण हुन्छ । कवि र कविता स्वतन्त्रताका संवाहक हुन् । कविले कविताका श्लोकहरू मार्फत उत्पीडन, अत्याचार, निषेध,परम्परा, राज्य र धर्मका अवधारणाहरूबाट टाढा आफ्नो अद्वितीय दार्शनिक, धार्मिक र सत्य-निर्माण संरचनाहरू निर्माण गर्छन्


मोबाइल डुब्दाको पछुतो

कथा बद्री अधिकारी June 20, 2026, 1:24 am

बद्री अधिकारी रातको नौ बजिसकेको थियो। जिल्ला प्रशासन कार्यालयको सानो बैठककक्ष। टेबलमा चिसो समोसा र चिया। बाहिर चोकमा कुकुर भुकेको आवाज। कहिलेकाहीँ लाटोकोसेरोले काट्थ्यो। कोठाभित्र पाँचजना पदाधिकारी। सबैको अनुहारमा थकान। थकानभन्दा गहिरो कुरा थियो—असजिलो मौनता।


टेबलको कुनामा प्लास्टिकको बोरा


अजिङ्गरको छाया

कथा बिजु सुवेदी विजय June 20, 2026, 1:22 am

बिजु सुवेदी विजय १ : फ्रस्ट्रेसनको बीउ
वर्षाको पानी परेपछि सुकुमवासी बस्तीको गल्ली हिलोले भरिन्थ्यो । सानो विजय चप्पल हातमा बोकेर नाङ्गो खुट्टाले हिँड्थ्यो । हिलोले खुट्टा मात्रै होइन, उसले देखेको संसार पनि बेरिरहन्थ्यो । कतै खुला ढल, कतै टिनको छानोबाट चुहिने पानी, कतै रातभर खोकीले छटपटाउने बूढी आमाहरू


जीवन, कर्म र कीर्ति

निबन्ध राम ज्ञवाली June 20, 2026, 1:20 am

राम ज्ञवाली जीवन, कर्म र कीर्ति अस्तित्वको त्रिवेणी हो । मानव जीवनको गहनतम रहस्य तीन शब्दमा समेटिन्छः जीवन, कर्म र कीर्ति । यी तीन अवधारणाहरू एकअर्कासँग अविभाज्य रूपमा जोडिएका छन् । जीवन एक क्षणिक यात्रा हो, कर्म यस यात्राको इन्धन र दिशा हो, र कीर्ति यस यात्राको अमर साक्षी । जीवन बिना कर्म अधुरो हुन्छ, कर्म बिना जीवन अर्थहीन हुन्छ, र कर्म बिना कीर्ति कल्पना मात्र रहन्छ


साहित्यकार उदय थुलुङसँग संवाद

वार्ता बैद्यनाथ उपाध्याय June 20, 2026, 1:17 am

बैद्यनाथ उपाध्याय भारतेली नेपाली साहित्यका सशक्त कवि, कथाकार, गजलकार, सम्पादक तथा अनुवादक उदय थुलुङ समकालीन साहित्यका एक महत्वपूर्ण हस्ताक्षर हुन्। सन् १९६७ सनको नोभेम्बरमा दार्जिलिङ जिल्लाको मङपुमा जन्मिएका थुलुङले विज्ञान विषयमा स्नातक (बी.एस्सी.) तथा शिक्षा विषयमा बी.एड. उत्तीर्ण गरेका छन्। उनी शारदा उच्चतर माध्यमिक विद्यालय, मङपुमा शिक्षकका रूपमा कार्यरत छन्

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित