19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘युङफ्राउ’ भित्र यात्रा गर्दा

कृति/समीक्षा कृष्णराज बजगाईं June 30, 2026, 11:37 pm

कृष्णराज बजगाईं साहित्यकार कृष्ण बजगाईंद्वारा रचित युङफ्राउ नियात्राको प्रकाशनको निम्तो आको दिनबाटै मेरा मनमा युङफ्राउबारे कौतुहलका लहरहर तरङ्गित भई रहेका थिए। जीवन, जगत र इतिहास र यी तीनवटै आयाममा आफ्नो अन्तरमनको चेतनाबाट प्रष्फुटित सन्देश प्रवाह गर्ने उहाँको साहित्यिक धारबाट म परिचित नै थिए। युङफ्राउमा पनि त्यही त्रिकोणात्मक आयामभित्रको उनको सन्देशको रसस्वादन गर्न म उत्साहित हुँदै एकाविहानै पद्मकन्या क्याम्पस बागबजारको सभाहलमा पुगेको थिएँ


ईर्ष्याले चोरेको आत्मशान्ति

निबन्ध तोमनाथ उप्रेती June 30, 2026, 11:32 pm

तोमनाथ उप्रेती मानिसको जीवनमा सबैभन्दा ठूलो आफ्नै अन्तरात्माभित्र चलिरहेको हुन्छ। यो युद्ध आफ्नै मनका अदृश्य विकारहरूसँग हुन्छ। ती विकारहरूमध्ये ईर्ष्या सबैभन्दा मौन, सबैभन्दा सूक्ष्म र सबैभन्दा विनाशकारी शत्रु हो। यसले कुनै आवाज गर्दैन। कुनै घाउ देखिँदैन। कुनै रक्तपात हुँदैन। तर यसले मानिसको आत्मशान्ति, विवेक, सन्तोष र आनन्दलाई बिस्तारै चोर्दै लैजान्छ


तिमीलाई धन्यवाद छ भीम धन्न अमलाको रुख उखेलिदएिनछौ

निबन्ध होम सुवेदी June 30, 2026, 11:29 pm

होम सुवेदी मेरा जन्मघरको बाहिर सिकुवामा एउटा पुरानो काठको खाट अझै पनि छ । त्यस खाटबाट सुतेर हेर्दा पश्चिमतिर पारिपट्टि निघुरादिको डाँडो र उत्तरतिर थेचुम्बू गाउँको अस्पष्ट दृश्य मेरा आँखामा पर्ने गर्दछ । खाटबाट अलिकति निहुरिएर हेर्दा पाथीभरा माताको मन्दिर भएको डाँडाको दृश्य टढ्कारै आँखामा आउँछ


स्मृतिको गहिराइमा ‘गैरी खेतको रोपाईँ’

संस्मरण/स्‍मृति विमल लामिछाने June 29, 2026, 6:53 am

विमल लामिछाने झमझम असारे झरी परिरहेको थियो । आकाश तिरमिराउँदै कालो बादल मडारिइरहँदा गैरी खेतका गह्राभरी पानी टिलपिलाएको थियो । गाउँ नै उथलपुथल हुने गरी असारको रौनक सुरु भइसकेको थियो, टुसुक्क बस्ने फुर्सद कसैलाई थिएन । न त कसैलाई थकाईको पर्वाह थियो, न त भोकको ।

लगभग पच्चीसवर्ष अघिको कुरा हो, ‘गैरी खेतको रोपाईँ’


गुड्डीको कथा

कथा बद्री अधिकारी June 28, 2026, 6:33 pm

बद्री अधिकारी म लाचार र विवश भइरहेको थिएँ, वीणा सिन्हाको कथाकी पात्र गुड्डीको अनुरोधपूर्ण आग्रहबाट। मैले आँखाको परेली ढप्क्याउनासाथ उनको कचकच सुरु हुन्थ्यो।

“मेरो कथा त वीणा सिन्हाले अधुरै छाडिदिनुभयो, तपाईं पूरा गरिदिनुहोस् न?”

आँखाको परेली उघारेर म यताउती हेर्दथेँ, मानौँ गुड्डी नजिकै छन् झैँ गरेर


उखुमै माया

लघुकथा खगराज बराल June 28, 2026, 6:26 pm

खगराज बराल "सरले बोलाउनुभएको हो?"
मैले टेबलमा रहेको कर्मचारी सञ्चय कोषको परिचयपत्रतिर देखाएँ । उनी सोफामा बस्दा कुर्सीले हल्का चर्किने आवाज निकाल्यो ।
"तपाईंको जोडी त भगवान्‌ले फुर्सदमा बनाएझैँ रहेछ ।"
उनले मुस्कुराउन खोजे, तर ओठको कुनामात्र हल्का तन्कियो ।
"कसै-कसैको जोडी बनाउँदा भगवान्‌ले निकै मिहिनेत गर्नु भएछ जस्तो लाग्छ, सर

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित