19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सम्झेर आऊ घर : सन्तान र विचारलाई अनुरोध

कृति/समीक्षा डिल्लीराम कट्टेल October 10, 2026, 1:17 am

डिल्लीराम कट्टेल ताप्लेजुङमा जन्मेर धरानलाई कर्मथलो बनाएका शिक्षक, कलाकार, (सामाजिक संञ्जालहरुमा `लिम्बू गाउँको बाहुन´ नामले चर्चित) एवं कवि , भवानीप्रसाद खतिवडाको औपचारिक रूपमा प्रकाशित पहिलो कृति - `सम्झेर आऊ घर´ कविता संग्रह हात परेपछि उहाँका पद्य उडानका सतहत्तर कवितामा सरसर्ती बहने प्रयास गरियो । खासगरी पद्य कवितामा आफ्नो पकड नभएको हुनाले उक्त कोणबाट कविताहरूमा गुण-दोष खोज्ने , प्राविधिक पाटाहरूमा मसिनो गरी केलाउने प्रयास नै गरिएन ; विचार प्रधान मनथन नै यो आलेखको केन्द्र हो


जराको शक्तिभित्रका केही निबन्धको आलोकमा पुण्य कार्कीको निबन्धकारिता

कृति/समीक्षा बालकृष्ण काफ्ले October 10, 2026, 1:15 am

बालकृष्ण काफ्ले साहित्य सर्जक पुण्य कार्की उदयपुर जिल्लामा रहेर अविरलरूपमा विभिन्न विषयमा निबन्ध सिर्जना गर्दै आउनु भएको छ । निबन्धकार कार्कीद्वारा लिखित धेरै निबन्धहरूमध्ये ‘अन्न र आजादी’, ‘खरिजुकाहरू’, ‘नवदुर्गाका मिथकहरू’, ‘गनगन कि गुनगुन’, ‘दाम्पत्य प्रेम’, ‘निर्धूम आनन्द’, ‘तले घरहरू’, ‘पसिनाको रङ’, ’जय ढुङ्गेयुग !’ र ‘नयाँ कलेवरमा गुलामी’ जस्ता निबन्धहरू पछिल्लो समयमा प्रकाशित चर्चित निबन्धहरू हुन्


सङ्कटका क्षणमा : वृषभ–विम्ब

निबन्ध पुण्य कार्की October 10, 2026, 1:11 am

पुण्य कार्की जीवनका अतिशय कठिन क्षणहरू मान्छेको मेधालाई खार्न आएका हुन्छन् । ऊभित्रको प्रज्ञा–ज्योतिलाई प्रज्वल्लित पार्नै आएका हुन्छन् । तर, बबुरो मनुवा यो कुरा बुझ्नसक्तैन । ‘मेरै थाप्लामा किन घोर सङ्कटका असिना बर्सिन्छन् हँ !’ भनी उल्टै अन्फनाउँछ । त्यो सङ्कट उसलाई चिथोर्न होइन, निखार्न आएको थियो


इन्द्रबहादुर छेत्रीको ‘केही कृति : दृष्टि’माथि मेरो दृष्टि

कृति/समीक्षा नवीन पौड्याल October 10, 2026, 1:05 am

नवीन पौड्याल १. विषय प्रवेश-

नेपाली साहित्यमा समालोचना विधा पनि अब निकै विकसित भएका छन्। यसका परिधि ठुलो बन्दै गएको पाइन्छ। यसलाई धेरै किसिमले लेखिन्छ। विभिन्न नाममा पनि समालोचना लेखिन्छ। जस्तै समालोचना, समीक्षा, विवेचना, परख, विश्लेषण, अनुशीलन, परिशीलन, पठन, विमर्श, पाठक प्रतिक्रिया, निरूपण आदि रहेका छन्


राजकुमार छेत्रीका 'शब्दहरुको देशमा' जीवनको भूगोल

कृति/समीक्षा डा. सुकराज दियाली September 30, 2026, 12:57 am

डा. सुकराज दियाली भारतीय नेपाली साहित्यमा एक सशक्त समालोचकको रूपमा परिचित भइसकेका छन् -डा. राजकुमार छेत्री । पेशाले उनी दार्जीलिङ सरकारी महाविद्यालय, स्नातकोत्तर नेपाली विभागका सह-प्रध्यापक । उनी विद्यार्थीकालदेखि नै साहित्यमा समालोचना, निबन्ध, कविता-नाटक आदि विधामा तीखो कलम चलाउँदै आएका स्रष्टा हुन्


चौकीदार' कथासङ्ग्रहको वस्तुविधान

कृति/समीक्षा नवीन पौड्याल September 29, 2026, 1:02 am

नवीन पौड्याल नेपाली कथा साहित्यको क्षेत्रमा हायमनदास राई किरात एक सम्मानित र वरिष्ठ नाम हो। अझ भारतीय परिप्रेक्ष्यमा उनी नेपाली कथाकारहरूका जेठा दाजु वा 'ठुल्दाजु' थिए। उनी प्रथम आधुनिक नेपाली कथाकार मानिएका रूपनारायण सिंह र गुरुप्रसाद मैनालीको समयदेखि नै कथा लेख्न थालेका हुन् । गुरुप्रसाद मैनालीको पहिलो मानिएको 'नासो' कथा छापिएकै 'शारदा' पत्रिकाको १६६१-को अङ्कमा किरातको 'शूरवीर' कथा प्रकाशित देखिन्छ

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित