१. पृष्ठभूमि
साहित्यकार नारायण मरासिनीले कविता, कथा, समालोचना, निबन्ध–नियात्रा लगायतका साहित्यिक विधामा कलम चलाएका छन् । २०४६ सालको जनआन्दोलनपछिको सापेक्ष खुला परिवेशमा कविता लेख्ने क्रम सुरु गरेका मरासिनीका पुस्तकाकार रूपमा ‘तीजको कोसेली’ (तीजका गीतहरूको सँगालो– २०५०), ‘समयका धब्बाहरू’ (मुक्तकसङ्ग्रह– २०५१), ‘साने’ (खण्डकाव्य– २०५६), ‘रणभूमिबाट’ (कवितासङ्ग्रह– २०६३), ‘हेडसरका कथाहरू’ (लघुकथा सङ्ग्रह– २०७१), ‘बिहेको निम्तो’ (कथासङ्ग्रह– २०७८), ‘घैँटीको मूल्य’ (कथासङ्ग्रह– २०८१) लगायतका साहित्यिक कृतिहरू प्रकाशित छन्
१: "शून्यको आदेश"
— बुद्धि जन्मिएको पहिलो मौन
हिमालको बिहान कहिल्यै हतारिँदैन । अन्नपूर्ण र लाङटाङका शिखरहरूमा घामको पहिलो किरण पुग्नुअघि नै आकाश हल्का नीलो हुँदै जान्छ, अनि हिउँको माथिल्लो तहमा एउटा यस्तो उज्यालो फैलिन्छ, जसले रातभर जमेको मौनतालाई बिस्तारै पगालिरहेको हुन्छ । त्यही मौनताभित्र, काठमाडौँ उपत्यकाको उत्तरतर्फ रहेको हिमालय अनुसन्धान केन्द्रको भूमिगत भवनमा अर्को किसिमको सूर्योदय हुन लागेको थियो—प्रकृतिको होइन, बुद्धिको
बिहानको घाम अझै कोमल थियो। राति परेको पानीले सहरका सडक पखालिएका थिए। आँगनमा फुलेका फूलका पातहरूमा पानीका ससाना थोपा टल्किरहेका थिए। पूर्वतिरको आकाश उज्यालिँदै थियो। हावाको हल्का झोक्काले रूखका हाँगा हल्लाउँदा पातहरू एकअर्कासँग छोइन्थे र बिहानको शान्त वातावरणमा मधुरो आवाज मिसिन्थ्यो
भदौ २३ को त्यो उकुसमुकुस दिउँसो म घरमा बसिरहेको थिए । त्यही बेला मोबाइलमा काठमाडौँको सडकमा प्रदर्शनकारीमाथि गोली चलेको समाचार आयो । त्यसको केही समयमा नै एउटा जुत्ता मेरो फेसबुकको टाइमलाइनमा देखियो । हेर्दाहेर्दै त्यो रगतले लतपतिएको तीनवटा काला धर्कासहितको सेतो जुत्ताको तस्विर सामाजिक सञ्जालहरूमा छ्यापछ्याप्ती भयो
कास्की, पोखराका टेकनाथ बरालसँगको चिनजान सामान्य रूपमा बनारसमा वि.सं. २०२२ सालतिरै भएको सम्झना हुन्छ । उहाँसँगको त्यो सामान्य चिनजानपछि बलराम दाइ र अन्य साथीहरूले उहाँका बारेमा गरेका चर्चाले उहाँको त्यतिखेरको व्यक्तित्व र गाउँबाट एकैचोट बनारस पुगेको भर्खर १५ वर्षको उमेर टेकेको मेरा निम्ति एउटा क्रान्तिकारी नेताकै रूपमा परिचित रह्यो
साहित्यमा ऐजेरू-को प्रतीकात्मक अर्थ-
प्रा.नवीन पौड़्यालको साहित्यमा ऐजेरू निबन्धसङ्ग्रहको ‘ऐजेरू’ शब्दको शाब्दिक अर्थ नभएर प्रतीकात्मक अर्थ बुझ्न पर्ने हुन्छ,यस सङ्ग्रहका निबन्धहरूका।यस्ता प्रतीकात्मक शब्दहरूका विभिन्न अर्थहरू निष्पादित हुन्छन्। यस सङ्ग्रहमा समावेश गरिएका निबन्धहरूले आधुनिक कालका लेखन धर्मितामा प्रवेश पाउन थालेका कुप्रथाले साहित्यको मौलिक सृजनतालाई नै शुष्क बनाउन थालेको देखिन्छ