19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

संघर्ष, कर्म र स्वपहिचानको जीवनदर्शन : ‘डुक्से-ताप्लेजुङदेखि फक्ल्याण्डसम्म’

कृति/समीक्षा डा. रमेश इजम लिम्बू April 18, 2026, 5:08 pm

डा. रमेश इजम लिम्बू आत्मवृतान्त केवल व्यक्तिगत स्मृतिको अभिलेख मात्र हुँदैन; त्यो समय, समाज र जीवनदर्शनको साक्ष्य पनि हो। नेपाली आत्मवृतान्त परम्परामा जीवनका यथार्थ अनुभूति, भोगाइ र दर्शनलाई सजीव रूपमा अभिव्यक्त गर्ने कृतिहरू सधैँ अर्थपूर्ण मानिन्छन्। यसै शृङ्खलामा प्रकाशित डुक्से (आत्मवृतान्त) : ताप्लेजुङदेखि फक्ल्याण्डसम्म नेपाली समाज, इतिहास र मानवीय संघर्षको एउटा महत्वपूर्ण दस्तावेजका रूपमा देखापर्छ


राजमाता: इतिहासले ठाउँ नदिएका माताहरूको महाकथा

कृति/समीक्षा डिल्लीराम कट्टेल April 18, 2026, 5:05 pm

डिल्लीराम कट्टेल मदन पुरस्कार , पद्मश्री पुरस्कार लगायत साहित्यका विभिन्न राष्ट्रिय एवं अन्तरास्ट्रिय पुरस्कारहरू बाट पुरस्कृत एवं सम्मानित लेखक, निलम कार्की निहारिकाको पछिल्लो ऐतिहासिक आख्यान `राजमाता´ पढ्ने हुटहुटी जाग्नु त्यति अनौठो त थिएन , तर सरसर्ती पढ्न चाहने म जस्तो पाठकलाई, हुरूरू पढाईले नपुग्ने उहाँका कृतिमा रुमलिन केहि समय अवश्य लाग्यो


पानीसँग बगेको जीवन

निबन्ध रमाकान्त शर्मा April 18, 2026, 4:58 pm

रमाकान्त शर्मा कसैले भन्छन्— समयको प्रवाहसँगै बग्न सक्नुपर्छ । कोही भन्छन्— वास्तविक साहसी त्यो हो, जो समयको उल्टो धारमा पौडन सक्छ। खोलाको सुसाइ र पानीको बहावसँगै बग्न त सजिलो होला, तर प्रवाहको विपरीत पौडिनु निकै कठिन छ । यो त केवल ती कुशल पौडीबाजहरूले मात्र सक्छन्, जसमा अदम्य साहस र संकल्प हुन्छ । तर, कहिलेकाहीँ म सोच्छु— नबग्दा के हुन्छ? अनि बग्दा के हुन्छ? पानीको स्वभाव नै बहने हो, ऊ सधैँ ओरालोतिरै लाग्छ


मार्ग

कथा हिमाल लिम्बु April 18, 2026, 12:10 am

हिमाल लिम्बु "योगेनको रिपोर्ट कार्ड दिनुस् न सर ।"
योगेनकी आमाले रिपोर्ट कार्ड तुरुन्तै पाउनुहुन्छ । एकैछिनमा त्यहाँको माहोल खराब भएर आउँछ; त्यसको कारण योगेनको प्रथम त्रैमासिक परीक्षाको नतिजा हो । कक्षा सातमा पढ्ने योगेन आमाको छेउमा उभिएर सुँक्‍कसुँक्‍क रुँदै हुन्छन् । योगेनकी आमाले सान्त्वना दिँदै नरुन भन्दै हुनुहुन्छ


कथाकारका रूपमा मुक्ति बराल

कृति/समीक्षा नवीन पौड्याल April 18, 2026, 12:08 am

नवीन पौड्याल आफ्नो जीवनलाई साहित्यमय बनाउने, साहित्यमा डुब्ने साहित्यमा रमाउने साहित्य सर्जक हुन्छन्। यस्ता साहित्यसर्जकमा एकजना हुन् मुक्ति उपाध्याय बराल। नेपाली साहित्यमा उनी एक आदरणीय बहुप्रतिभाशाली साहित्यकार हुन्। उनी नेपाली साहित्यको समृद्धिमा दिनरात लागिपरेका छन्। वर्षेपिच्छे विभिन्न विधाका पुस्तक प्रकाशित गर्छन्, साहित्यिक गोष्ठी, पुस्तक विमोचन, वार्ता आदिमा सक्रिय रूपमा उपस्थित हुन्छन्


जन्मन नपाएकी छोरीको विद्रोह

कथा रमाकान्त शर्मा April 17, 2026, 11:59 pm

रमाकान्त शर्मा घरमा हामी दुई बुढाबुढी मात्र छौँ । घर यति सुनसान छ कि कहिलेकाहीँ आफ्नै सासको आवाज पनि ठूलो लाग्छ । यही घर बीस वर्षअघि कति गुल्जार थियो, कति जीवन्त र रमाइलो ! अहिले भने घर, बाटो, घाटो, वनपाखा सबै सुनसान लाग्छन् । बाटोमा हिँड्दा दुई छोरालाई अघिपछि लगाएर टुकुटुकु हिँडाएको दिन सम्झना आउँछ । त्यतिबेला गाउँका वनपाखा पनि रमाइला लाग्थे

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित