मन्त्री र मास्क (२०८०) डा. पुष्करराज भट्ट (२०३२ असार ४) को एक विषयक लघुकथासङ्ग्रह हो । यसअघि उनका कर्मयोद्धा (२०५९), मुक्तिदूत (२०६२) र एक थोपा सागरको (२०६४) जस्ता एकल लघुकथासङ्ग्रह प्रकाशित भइसकेका छन् । यस बिचमा उनले लघुकथामा दर्शनाचार्य र विद्यावारिधि गरे, अनेक लघुकथा कृतिको सम्पादन र अनुवाद गरे
साहित्यिक स्रष्टा प्रा.डा. यादवप्रकाश लामिछानेबाट लेखिएका नियात्रा, निबन्ध, समालोचना र कथाहरू विभिन्न साहित्यिक पत्रिकाहरूमा प्रकाशित हुँदै आएका छन् । तिनीहरूको रुचिपूर्वक अध्ययन गर्ने सुअवसर मिले पनि स्वयम् स्रष्टासँग भने साक्षात्कार हुने अवसर भने जुरेको थिएन । साहित्यिक कार्यव्रmमहरूमा भाग लिने सिलसिलामा हाम्रो भेटघाट मात्र भएन आ–आफ्ना कृतिहरू साटासात गरेर आत्मीयता गाँस्ने सौभाग्य मिल्यो
१. कृतिकार लीलाम्बर ढुङ्गाना र उनको साहित्यिक धरातलः
स्याङ्जाको भीरकोट नगरपालिका– ४, छाङछाङ्दीका लीलाम्बर ढुङ्गाना (वि.सं. २०२४) स्याङ्जाली परिवेशमा कविका रूपमा परिचित छन् । यसपूर्व ढुङ्गानाका ‘भावमञ्जरी’ (कविता सङ्ग्रह– २०६०), ‘महामिलन’ (कविता, गीत र हाइकु सङ्ग्रह– २०६५) लगायतका कृतिहरू प्रकाशित छन् भने यसपटक उनी ‘स्मृतिका पाना र साहित्यका आयाम’ (संस्मरण, निबन्ध र समीक्षाहरूको सङ्ग्रह– २०८३) लिएर हामी पाठकहरूका सामु उपस्थित भएका छन्
१. परिचयः
स्याङ्जा जिल्ला सिर्जनाको उर्वरभूमि मानिन्छ । स्याङ्जाकै आँधीखोला वालिङ्को सेरोफेरोमा रहेका आधा दर्जनजति (साहित्यक र शैक्षिक) संघसंस्थामा आबद्ध कवि लेखनाथ काफ्ले (२०१५) विभिन्न साहित्यक र शैक्षिक संघसस्थाबाट (एक दर्जनभन्दा बढी) सम्मानित र पुरस्कृत व्यक्तित्व हुन् । उनी स्याङ्जाको साहित्यक इतिहासमा कुशल सर्जकका रुपमा स्थापित व्यक्ति हुन्
त्यस मानिसकी बहिनी भर्खरै पैतृक सम्पत्तिमा आफ्नो हिस्सा माग्न आएकी थिई र दुई–चारवटा तिखा कुरा सुनाएर गएकी थिई। उसले त त्यसै पनि बहिनीलाई उसको हिस्सा दिनेवाला नै थियो, तर उसलाई बहिनीले आफ्नो हिस्सा मागेको कुरा मन परेको थिएन। आफ्नो मुड ठीक पार्न उसलाई चिया पिउनैपर्ने भयो। उसले आफ्नी परित्यक्ता कामदार महिलालाई आवाज लगायो
प्रा. शिवहरि मरहट्टाको यात्रा–संस्मरणात्मक कृति ‘परदेश र अनुभूति’ पढ्ने अवसर पाएँ । पुस्तक पढिसकेपछि मनमा उठेका विचार र अनुभूतिलाई लिपिबद्ध गर्न मन लाग्यो । यो कुनै औपचारिक समीक्षा होइन; बरु एक पाठकका रूपमा कृति पढ्दा अनुभूत गरेका कुरा, मनमा उठेका प्रश्न र देखेका सम्भावनालाई अभिव्यक्त गर्ने प्रयास हो