19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

२०० वर्षअघिका भानुभक्तको अहिले पानीखेदो

विचार नवीन पौड्याल August 15, 2026, 1:49 pm

नवीन पौड्याल भानुसाहित्य अध्ययन गर्ने परम्पारा पनि लगभग दुई सय वर्ष पुग्नु लागेको छ। मोतीराम भट्टको विक्रम संवत १९४८ मा प्रकाशित नेपाली भाषाका आदिकवि भानुभक्तको जीवनचरित्रदेखि लिएर अहिलेसम्म पनि भानुभक्तका विविध पक्ष, सन्दर्भ र समयसापेक्षित विचारहरूका नयाँ नयाँ कुरा अघि आइरहेका छन्। आजभन्दा दुई सय वर्षअघि नै भानुभक्तले धेरै लेखेर गएका छन्


बाघसँगको जम्काभेट

संस्मरण/स्‍मृति रमाकान्त शर्मा August 15, 2026, 1:47 pm

रमाकान्त शर्मा नारायण ठूलोबाको काजकिरियामा रहेका दाजुभाइलाई सघाउन केही आफन्त र गाउँलेहरू जम्मा भएका थियौँ । क्रिया गर्ने छोराहरू घरको पूर्वतर्फको पालीकोठामा परालमा सुतिरहेका छन् । पश्चिमतर्फको पालीकोठामा बुहारीहरू गाइँगुइँ कुरा गर्दै छन् । क्रियापुत्री बसेको कोठाको नजिकै, घरको मूल ढोकाको अगाडिको पिँढीमा चारजना तास खेलिरहेका छन्


काठमाण्डूदेखि सिङ्गापुर, मलेसियासम्मको यात्रा

नियात्रा गायत्रीकुमार चापागाईं August 13, 2026, 6:56 pm

गायत्रीकुमार चापागाईं हामी २०७५ सालको चैत्र महिनाको अन्तिम साता इङ्गलैण्डको
राजधानी लण्डन पुगेका थियौँ । २०७६ सालको नयाँ वर्षको शुभ बिहानीको आनन्द त्यहीँ लिएका थियौँ । फर्कदा दुवई, अवुधावीको अर्थात् खाडी मुलुकमा भएको अभूतपूर्व विकास निर्माणको फड्कोलाई हेरेर फर्केका थियौँ । त्यसपछि भने विश्वव्यापी कोरोनाको महामारीले गर्दा कतै जाने अवसर पाइएन


हाइनान प्रान्तका नरिवल र हरिणको सहरतिरको यात्रा

नियात्रा प्रमाण अधिकारी August 13, 2026, 6:44 pm

प्रमाण अधिकारी चीनको दक्षिणतम प्रान्त हाइनान हो । राजधानी बेइजिङबाट करिब दुई हजार आठ सय किलोमिटर दूरीमा रहेको उक्त प्रान्तको राजधानी हाइखउ विभिन्न दृष्टिकोणले महत्त्वपूर्ण छ । सोही प्रान्तको अर्को आकर्षक गन्तव्य सहर, सान्या, हाइखउ सहरबाट करिब दुई सय सत्तरी किलोमिटर टाढा छ । यिनै दुई महत्त्वपूर्ण सहरहरूको भ्रमण गर्ने संयोगका सन्दर्भको वर्णनसँगै यी सहरहरूका बारे जानकारी र स्मरणीय क्षणहरू यस संस्मरणमा उल्लेख गर्ने जमर्को गरेको छु


मौनता

कथा ताराप्रसाद पोखरेल August 13, 2026, 6:43 pm

ताराप्रसाद पोखरेल ऊ सधैँ उस्तै देखिन्थ्यो—शान्त, गम्भीर र केही हराएको मान्छेजस्तो । भीडमा पनि एक्लो, हाँसोको बिचमा पनि सधै उदास । उसको अनुहारमा कहिल्यै ठूलो दुःख देखिँदैनथ्यो, तर आँखाको गहिराइमा भने कुनै नबोलिएको कथा सधैँ तैरिरहेको हुन्थ्यो ।

गाउँका मानिसहरू उसलाई “मौन मान्छे” भनेर चिन्थे । कसैले बाटोमा भेट्दा सोध्थे, “कस्तो छौ?”

ऊ हल्का मुस्कुराउँथ्यो


शङ्काको छाया: मुक्तिको उज्यालो

कथा बद्री अधिकारी August 13, 2026, 6:37 pm

बद्री अधिकारी भलुवाही गाउँ कमला नदीको आसपास फैलिएको एउटा पुरानो बस्ती थियो। गाउँको पूर्वतिर कमला नदी आफ्नो स्वाभाविक लयमा बग्थी। साउनको पानीले नदी केही उर्लिएको थियो। किनारका काँसका बुट्टाहरू हावाको तालमा हल्लिरहेका थिए। बिहानको घामले धानका हरिया खेतमाथि सुनौलो उज्यालो छर्थ्यो। पातपातमा अडिएका ओसका थोपा घामको किरण पर्दा ससाना मोतीजस्ता चम्किन्थे

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित