19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बा कविता

कथा ईगम खालिङ November 23, 2026, 2:03 pm

ईगम खालिङ दिसम्बर महिनाको त्यो एउटा आइतबारको दिन मलाई कोठामा बसिरहन वाक्क लागेर आयो, र मैले बजार घुम्न जाने निर्णय लिएँ। आफूलाई चाहिएका केही सानातिना सामानहरू किनेर म कालेबुङ सहरको डम्बर चोक नजिकैको इन्ड्रस्ट्रियल पार्कमा गएर बसेँ। त्यो दिन सधैँको भन्दा अलिक जाडो थियो।

केही क्षणपछि पार्कबाहिरको क्याफेबाट चिया लिई पिउँदै बसिरहेको थिएँ कि मेरो नजर एकजना मुखमा माक्स लगाएर बसिरहेकी केटीसित जुझ्न पुग्यो


मन्त्री र मास्कमा कोरोनाको छाया

कृति/समीक्षा प्रा. डा. कपिल लामिछाने November 20, 2026, 3:29 pm

प्रा. डा. कपिल लामिछाने मन्त्री र मास्क (२०८०) डा. पुष्करराज भट्ट (२०३२ असार ४) को एक विषयक लघुकथासङ्ग्रह हो । यसअघि उनका कर्मयोद्धा (२०५९), मुक्तिदूत (२०६२) र एक थोपा सागरको (२०६४) जस्ता एकल लघुकथासङ्ग्रह प्रकाशित भइसकेका छन् । यस बिचमा उनले लघुकथामा दर्शनाचार्य र विद्यावारिधि गरे, अनेक लघुकथा कृतिको सम्पादन र अनुवाद गरे


प्रा.डा. यादवप्रकाश लामिछानेका संयोग–वियोगका कथाहरू

कृति/समीक्षा गायत्रीकुमार चापागाईं November 18, 2026, 2:37 pm

गायत्रीकुमार चापागाईं साहित्यिक स्रष्टा प्रा.डा. यादवप्रकाश लामिछानेबाट लेखिएका नियात्रा, निबन्ध, समालोचना र कथाहरू विभिन्न साहित्यिक पत्रिकाहरूमा प्रकाशित हुँदै आएका छन् । तिनीहरूको रुचिपूर्वक अध्ययन गर्ने सुअवसर मिले पनि स्वयम् स्रष्टासँग भने साक्षात्कार हुने अवसर भने जुरेको थिएन । साहित्यिक कार्यव्रmमहरूमा भाग लिने सिलसिलामा हाम्रो भेटघाट मात्र भएन आ–आफ्ना कृतिहरू साटासात गरेर आत्मीयता गाँस्ने सौभाग्य मिल्यो


‘स्मृतिका पाना र साहित्यका आयाम’मा विचरण गर्दा

कृति/समीक्षा नारायण मरासिनी November 16, 2026, 6:07 pm

नारायण मरासिनी १. कृतिकार लीलाम्बर ढुङ्गाना र उनको साहित्यिक धरातलः
स्याङ्जाको भीरकोट नगरपालिका– ४, छाङछाङ्दीका लीलाम्बर ढुङ्गाना (वि.सं. २०२४) स्याङ्जाली परिवेशमा कविका रूपमा परिचित छन् । यसपूर्व ढुङ्गानाका ‘भावमञ्जरी’ (कविता सङ्ग्रह– २०६०), ‘महामिलन’ (कविता, गीत र हाइकु सङ्ग्रह– २०६५) लगायतका कृतिहरू प्रकाशित छन् भने यसपटक उनी ‘स्मृतिका पाना र साहित्यका आयाम’ (संस्मरण, निबन्ध र समीक्षाहरूको सङ्ग्रह– २०८३) लिएर हामी पाठकहरूका सामु उपस्थित भएका छन्


कवि लेखनाथ काफ्लेको ‘चौतारी’ कविता सङ्ग्रहमा रमाउँदा

कृति/समीक्षा लीलाम्बर ढुङ्गाना November 16, 2026, 6:04 pm

लीलाम्बर ढुङ्गाना १. परिचयः
स्याङ्जा जिल्ला सिर्जनाको उर्वरभूमि मानिन्छ । स्याङ्जाकै आँधीखोला वालिङ्को सेरोफेरोमा रहेका आधा दर्जनजति (साहित्यक र शैक्षिक) संघसंस्थामा आबद्ध कवि लेखनाथ काफ्ले (२०१५) विभिन्न साहित्यक र शैक्षिक संघसस्थाबाट (एक दर्जनभन्दा बढी) सम्मानित र पुरस्कृत व्यक्तित्व हुन् । उनी स्याङ्जाको साहित्यक इतिहासमा कुशल सर्जकका रुपमा स्थापित व्यक्ति हुन्


सन्तोष

लघुकथा आलोक कुमार सातपुते November 16, 2026, 6:02 pm

आलोक कुमार सातपुते त्यस मानिसकी बहिनी भर्खरै पैतृक सम्पत्तिमा आफ्नो हिस्सा माग्न आएकी थिई र दुई–चारवटा तिखा कुरा सुनाएर गएकी थिई। उसले त त्यसै पनि बहिनीलाई उसको हिस्सा दिनेवाला नै थियो, तर उसलाई बहिनीले आफ्नो हिस्सा मागेको कुरा मन परेको थिएन। आफ्नो मुड ठीक पार्न उसलाई चिया पिउनैपर्ने भयो। उसले आफ्नी परित्यक्ता कामदार महिलालाई आवाज लगायो

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित