२०८० सालको आश्विन १२ गते शुक्रबार पूर्णिमाको दिन, अङ्ग्रेजी तारिख २०२३ सेप्टेम्बर २९ । दिनको ठीक सवा तीन बजे हामीले घर छाड्यौँ । एयरपोर्ट पु¥याउने दुइटा गाडी । ठूला–साना गरेर आठ वटा सुटकेस । बोक्ने झोलासहित हामी यात्री चार जना छौँ । ज्वाइँ कृष्ण र गुरुजी एयरपोर्ट पु¥याउन तयार हुनुहुन्छ
मदन कुमार भण्डारी नेपाली वामपन्थी राजनीतिक आन्दोलनका प्रभावशाली चिन्तक तथा वैचारिक नेता हुन् । उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद, नेपालको राजनीतिक चिन्तनका क्षेत्रमा मात्र सीमित छैन, यसले साहित्य, संस्कृति, कला र बौद्धिक विमर्शमा पनि गहिरो प्रभाव पारेको छ । जनताको बहुदलीय जनवादले लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय, जनसहभागिता, बहुलवाद र वैज्ञानिक समाजवादलाई समन्वय गर्ने प्रयास गर्दछ
साहित्यकार कृष्ण बजगाईंद्वारा रचित युङफ्राउ नियात्राको प्रकाशनको निम्तो आको दिनबाटै मेरा मनमा युङफ्राउबारे कौतुहलका लहरहर तरङ्गित भई रहेका थिए। जीवन, जगत र इतिहास र यी तीनवटै आयाममा आफ्नो अन्तरमनको चेतनाबाट प्रष्फुटित सन्देश प्रवाह गर्ने उहाँको साहित्यिक धारबाट म परिचित नै थिए। युङफ्राउमा पनि त्यही त्रिकोणात्मक आयामभित्रको उनको सन्देशको रसस्वादन गर्न म उत्साहित हुँदै एकाविहानै पद्मकन्या क्याम्पस बागबजारको सभाहलमा पुगेको थिएँ
मानिसको जीवनमा सबैभन्दा ठूलो आफ्नै अन्तरात्माभित्र चलिरहेको हुन्छ। यो युद्ध आफ्नै मनका अदृश्य विकारहरूसँग हुन्छ। ती विकारहरूमध्ये ईर्ष्या सबैभन्दा मौन, सबैभन्दा सूक्ष्म र सबैभन्दा विनाशकारी शत्रु हो। यसले कुनै आवाज गर्दैन। कुनै घाउ देखिँदैन। कुनै रक्तपात हुँदैन। तर यसले मानिसको आत्मशान्ति, विवेक, सन्तोष र आनन्दलाई बिस्तारै चोर्दै लैजान्छ
मेरा जन्मघरको बाहिर सिकुवामा एउटा पुरानो काठको खाट अझै पनि छ । त्यस खाटबाट सुतेर हेर्दा पश्चिमतिर पारिपट्टि निघुरादिको डाँडो र उत्तरतिर थेचुम्बू गाउँको अस्पष्ट दृश्य मेरा आँखामा पर्ने गर्दछ । खाटबाट अलिकति निहुरिएर हेर्दा पाथीभरा माताको मन्दिर भएको डाँडाको दृश्य टढ्कारै आँखामा आउँछ
झमझम असारे झरी परिरहेको थियो । आकाश तिरमिराउँदै कालो बादल मडारिइरहँदा गैरी खेतका गह्राभरी पानी टिलपिलाएको थियो । गाउँ नै उथलपुथल हुने गरी असारको रौनक सुरु भइसकेको थियो, टुसुक्क बस्ने फुर्सद कसैलाई थिएन । न त कसैलाई थकाईको पर्वाह थियो, न त भोकको ।
लगभग पच्चीसवर्ष अघिको कुरा हो, ‘गैरी खेतको रोपाईँ’