हिमालको काखमा बसेको मुगुको पहाडी भूभाग, जहाँ बादलहरूले घुम्टो ओढेर राख्छन् र नदीनालाहरूले चट्टानसँग लडाई गरिरहन्छन्, त्यहाँ एउटा सानो आगो बल्न कोशिस गरिरहेको थियो । यो आगो जङ्गलको होइन, न त राँकोको — यो त एउटा युवाको मनभित्र बलिरहेको संघर्षको अनि आशाको ज्वाला थियो ।
दूरबाट हेर्दा मुगुको पहाड शान्त देखिन्थ्यो — हरिया वन, चिसो हावा, र फाट्टफुट्ट फुलिरहेका फूलहरू
विद्यालयहरूमा +२ को अवधारणासँगै माध्यमिकस्तरको शिक्षक हुनु कम्तीमा एम्.ए. उत्तीर्ण हुनैपर्ने सरकारी नीति बन्यो । यही नीतिअनुरूप ढिलै भए पनि एम्.ए. पढ्न करै लाग्यो । मन लागेर भनौँ या नलागेरै पनि हामी एकै उमेरका केही पाका शिक्षकहरू आफ्ना छोराछोरीहरूसँगै क्याम्पस जान बाध्य भयौँ । पढ्ने व्रmम जीवनभर नसकिँदो रहेछ
फरक फूल भारती गौतमको कथासङ्ग्रह वि. सं. २०८२मा प्रकाशित भएको किताबमा १६ कथाहरू छन् । यसको प्रकाशकमा समकालीन साहित्य प्रतिष्ठान , बेलायत देखियो । काठमाडौ बागबजारबाट छापिएको यस किताबमा प्रा . डा. दयाराम श्रेष्ठको भूमिका छ । यी कथाले नेपाल र अमेरिका जोड्छन् भन्ने अभिव्यक्ति उहाँको रहेछ
कवि मीना लामा राईकृत ‘मौनभित्रको कोलाहल’ उनको गहिरो साहित्य साधनाको उपज हो। उनले यो पुस्तकलाई जन्मदात्री माता स्वर्गीय कुन्साङ लामा र पिता पाल्देन लामाप्रति समर्पण गरेकी छन्। ज्ञानकुञ्ज बुक्स खरसाङद्वारा प्रकाशित यो पुस्तक मीना लामा राईको पहिलो प्रकाशित कृति हो। यस कृतिको भूमिका लेखेका छन् साहित्य अकादेमी युवा पुरस्कारले सम्मानित कवि कर्ण विरहले
दशवर्षअघि नै समिर र सुनिता प्रेम विवाहमा बाँधिएका थिए । उनीहरु सानैदेखिका परिचित साथी हुन् । विवाह पछिपनि उनीहरुको जोडि खुब प्रशंसनीय थियो । जीवन जिउन उनीहरुले गरेको मिहिनेत देखेर ‘संघर्षमा उपलब्धी र एकतामा बल हुन्छ, भन्ने बुझेका जोडी’ भन्थे सबैले ।
हुनपनि के गरेनन् सडकदेखि सहरसम्मका हरेक ब्यवसायलाई उनीहरुले सानो र ठूलो सम्झिएनन्
सहरी विकास मन्त्रालयको एयरकन्डिसन कोठा। टेबलमा इलामको नक्सा, फाइलको थुप्रो र चियाको कप थियो। बाहिर काठमाडौँको कोलाहल थियो, भित्र भने फाइल पल्टाउने आवाज।
मन्त्रीले नक्सा तान्दै सहज ढङ्गले बसेर भने, "भ्रमण त गर्छु धीरजजी। तर पहिले योजना र बजेटको कुरा पक्का गरौँ। त्यहाँ अहिलेको अवस्था के छ? नीति अनुसार त्यो ठाउँ 'अति दुर्गम' को सूचीमा पर्छ त?"
धीरजले विस्तारै सुनायो, "बाटो छैन मन्त्रीज्यू