भाग १: दुई सिंहको जन्म
जंगलको पूर्वी किनारमा फैलिएको विशाल सालघारीभित्र एउटा सिंह जन्मिएको थियो, जसको नाम पछि सम्पूर्ण जंगलले आदर र भयका साथ लिन थाल्यो—सेरु । जन्मँदा ऊ अरू शावकजस्तै सामान्य थियो । न त उसको गर्जन विशेष थियो, न त उसको शरीर अरूभन्दा ठूलो । तर, बाल्यकालदेखि नै उसमा एउटा फरक गुण थियो—ऊ सधैँ अगाडि हुन चाहन्थ्यो
कथालाई कहानी पनि भनिन्छ । कथाले अनेक अर्थ दिन्छ तर पहिलेदेखि प्रचलनमा रहेको अर्थ हो –जे भन्न सकिन्छ, अर्थात् भन्नयोग्य । केही पुराना रचनाहरूमा कथालाई यसरी पनि अथ्र्याइएको पाइन्छ–न्यायमा यथार्थ निश्चय वा विपक्षीलाई पराजयको लागि भनिने वृत्तान्त । यद्यपि वर्तमानमा कथालाई सन्दर्भ वा प्रसङ्ग, ऐतिहासिक वर्णनको रूपमा पनि लिएको पाइन्छ
कसैले केही बुझ्नै पाएनन् । दनदनती आगो बल्यो । "कसैलाई बाँकी नराख, सबलाई लखेट" भन्दै दंगा भड्काउनेहरू एकाएक बजार प्रवेश गरे । लूटपाट मच्चाउन थाले । सामाजिक सद्भाव भत्काउने र धार्मिक सहिष्णुता खल्बल्याउने गरी हिंसात्मक दंगा फैलियो ।
एक समुदायको बजारका पसलहरु छानीछानी खरानी बने । अर्को समुदायको लहरै रहेका घरहरूलाई आगोको लप्कोले निल्न थाल्यो
रात कहिल्यै एकैचोटि अँध्यारो हुँदैन। पहिले उज्यालो थाक्छ, त्यसपछि विश्वास, अन्त्यमा मानिस। त्यो साँझ पनि अँध्यारो विस्तारै पृथ्वीमाथि ओर्लिरहेको थियो। पश्चिम क्षितिजमा डुबिरहेको सूर्यले रक्तिम आभाको अन्तिम रेखा छोडेर विदा लिइसकेको थियो। आकाशमा बाक्ला खरानी रङका बादलहरू निस्पन्द झुन्डिएका थिए, मानौँ उनीहरू पनि कुनै अनिष्टको प्रतीक्षा गरिरहेका हुन्
घर व्यवहार चलाउन खप्पिस घरमुलीले सीमित खर्चमा आदर्श घर चलाउनु र सीमित शब्दहरूमा सुन्दर व्याख्या गर्दै उत्कृष्ट कथानकसहित असीमित निष्कर्ष निकाल्दै लघुकथा सिर्जना गर्नु उस्तै कुरा हो । प्रसिद्ध निबन्धकार रामबाबु घिमिरेले, नविनतम लघुकथा सङ्ग्रह लिएर आएका छन् । भर्खरै बजारमा आएको उनको लघुकथासङ्ग्रह “अघोरी" को अध्ययनपछि मेरो मनले यस्तै ठहर गरेको छ
काठमाडौं मलाई कहिल्यै एउटै अनुहारको सहर जस्तो लागेन। बिहान यसको गति फरक हुन्छ, दिउँसो अर्को र साँझ फेरि अर्कै। एउटै सडकले पनि दिनभरि कति स्वर फेर्छ भन्ने कुरा यहाँ आएपछि मात्रै बुझ्न थालेको थिएँ।
म अठ्ठाइस वर्षको थिएँ। नेपाली साहित्यमा स्नातकोत्तरको अन्तिम वर्ष पढ्दै थिएँ र साथसाथै लोकसेवा आयोगको तयारी पनि गरिरहेको थिएँ