आजभन्दा लगभग 49 वर्षअघि ‘नेपाली कथा साहित्यको सन्दर्भमा डुवर्स’ शीर्षकमा यस पङ्क्तिकारको एउटा लेख नेहरु सङ्घ तथा पुस्तकालय, बाग्राकोटबाट प्रकाशित ‘प्रयास’ पत्रिकाको वर्ष 4 अङ्क 4 अक्टुबर-दिसम्बर सन् 1977 मा प्रकाशमा आएको थियो। पछि सन् 1984 तिर यही लेख नेपालबाट भवानी घिमिरेको सम्पादनमा निस्किने पत्रिका ‘भानु डुवर्स विशेषाङ्क’-मा पनि प्रकाशित भयो
१.
सिर्जना र समालोचना एक–अर्काका पूरक पक्ष हुन्। सिर्जनाविना समालोचनाको अस्तित्व रहँदैन भने सिर्जनालाई पनि समालोचनाको उत्तिकै आवश्यकता पर्दछ। समालोचनाविनाको सिर्जना पूर्ण रूपमा फस्टाउन सक्दैन, किनकि समालोचनाले नै कृतिको सार्थक मूल्याङ्कन गर्दै त्यसलाई व्यापक प्रकाशमा ल्याउने कार्य गर्दछ
आखिर फूल न हुन्, जहाँ फुले पनि भीरमा फुले पनि, पीरमा फुले पनि। कोठेबारी फरक भएर के हुन्छ र, न चहक फरक हुन्छ, न महक नै।
साहित्यकार भारती गौतमका अहिलेसम्म प्रकाशित कृतिहरू मलाई सबै मन पर्छन्, जहाँ आमा मन घुलिएर उता र यतालाई जोडिरहेका हुन्छन्। अमेरिका रहँदा–बस्दाका धेरै अनुभूति आइसके, अब के आउला, कताको आउला भन्दै थिएँ
भदौको महिना । बाहिर चराचुरुङ्गीहरूको चिरबिर आवाज, हल्का बादल र सिमसिमे वर्षा । देवकोटा माध्यमिक विद्यालयको कक्षा १२ ‘ए’, छैटौँ घण्टी सुरु भइसकेको थियो । यो घण्टी व्यावहारिक लेखन र नेपाली व्याकरणका लागि छुट्याइएको थियो । कक्षामा प्रवेश गर्नुभयो– सबैका आदरणीय एवम् निष्ठावान् शिक्षक वेदानन्द गुरु
डुलुवा मन मान्छेको तर विगत तीन वर्षदेखि कोरोनाको विश्वव्यापी महामारीले कुँजिएको र कुँडिएको छ यो मन । देशमा राजनैतिक अस्थिरताको परिदृश्य छ । संवैधानिक जटिलताले गर्दा स्थानीय सरकार बनाउने चुनावको अर्को दृश्य । वैशाख ३० गते, २०७९ शुव्रmबार आमचुनावको दिन । सवारी साधनमा प्रतिबन्ध । चुनावमा भोट दिनु थिएन
कहिलेकाहीँ एउटा विपत्तिले घर भत्काउँछ। त्यसले मानिसको विश्वास पनि हल्लाउँछ। भित्ताहरू ढल्छन्। बाटाहरू हराउँछन्। पुलहरू चुँडिन्छन्। जीवनका सामान्य लयहरू अचानक मौन हुन्छन्। त्यसपछि धुलो, माटो, आँसु र एउटा असह्य प्रश्न बाँकी रहन्छ। आखिर यस्तो किन भयो?
विपत्तिको क्षणमा प्रकृति निकै निर्मम देखिन्छ