19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लन्डिनियम : युरोपेली कला, साहित्य र संस्कृतिको दुरुस्त चित्र

कृति/समीक्षा भेषराज रिजाल April 25, 2026, 11:44 pm

भेषराज रिजाल “रेन्बो ट्राभल्स, लेकसाइटमा गएर एउटा किताब लिनु न ! मैले काठमाडौंबाट पठाइसकेको छु ।” नियात्राकार राजेन्द्रमान डङ्गोलले फोन गर्नुभयो ।

“म आज नवलपुर जाँदैछु, फर्कनासाथ लिन्छु । कुन पुस्तक होला ?” मेरो उत्सुकता चौगुना बढ्यो । उहाँले यसअघि पनि कैलाश कोरा, बादलडाँडा लगायतका आफ्ना पुस्तकहरू यसरी नै पठाउनुभएको थियो


तान्छुहाङको हात

कथा विमल लामिछाने April 25, 2026, 11:29 pm

विमल लामिछाने बिहान घामको टकसँगै धुलोका कणहरु उडिरहेका थिए । सडक किनारका पोथ्राहरु डाँठ र पात पुरै छोपिनेगरी धुलोको भारी बोकेर सुक्खा र थकित देखिन्थे । अनिदो बसेको आँखा झैँ बोझिला र उराठिला थिए सहरका गल्लीहरु ।

रंग बदल्दै चौँबिस घण्टादेखि बलिरहेका थकित ट्राफिक लाइटहरू अघिल्लो रातको निद्राले झुलेझैँ धिपधिपाइरहेका, खल्तीमा बौरिएको थकान, आँखाको डिलमा अडिएका अधुरो स्वप्नका धर्सा र मनभरिको भार लिएर त्यही सडकको बायाँ किनारमा हिँडिरहेका थिए तान्छुहाङ


“लेख्न नपर्ने कुराहरू" मा लेख्न पर्ने कुराहरू

कृति/समीक्षा चिरञ्जीवी दाहाल April 25, 2026, 11:27 pm

चिरञ्जीवी दाहाल वि. सं. २०११ सालमा चितवनमा जन्मिएका रामबाबु घिमिरे लामो समयसम्म प्राध्यापन पेशामा सङ्लग्न रहेर हाल साहित्य र समाजसेवाको क्षेत्रमा सक्रिय रहँदै आएका सम्मानित व्यक्तित्व हुन् । हाल रत्ननगर नगरपालिका वार्ड नं २ लाई आफ्नो स्थायी बासस्थान बनाएका घिमिरे रत्ननगर वाङ्मय प्रतिष्ठानका वर्तमान एवं संस्थापक अध्यक्ष हुन् भने वाल्मीकि साहित्य सदनका सभापति समेत हुन्


`पैकेलो´: इतिहासमा लेख्नैपर्ने योद्धाको गाथा

कृति/समीक्षा डिल्लीराम कट्टेल April 25, 2026, 11:26 pm

डिल्लीराम कट्टेल `हटारू´ पछि आएको ओम रिजालको दोस्रो उपन्यास , `पैकेलो´, खस भाषा र संस्कृतिको मुल जरो खोजिनिधी गर्न चाहनेहरूको लागि एउटा गतिलो साधनको रूपमा बजारमा आएकोछ । दुल्लु क्षेत्रमा प्रसिद्ध `बालाराजा काशीरामको भारत(लोकगाथा)´ मा आधारित यो उपन्यास , समाजमा आजसम्म पनि हेपाइको जातको रूपमा जीवन बाँचिरहेका दमाई जातिहरूले कसरी लोक संकृति बचाइ राखेकाछन भन्ने गतिलो उदाहरण बनेर हाम्रो हातमा परेकोछ


छोटुः नेपाली ग्रामीण समाजको सामाजिक–आर्थिक यथार्थ र सफलताको कथा

कृति/समीक्षा तोमनाथ उप्रेती April 25, 2026, 11:24 pm

तोमनाथ उप्रेती १. बिषय प्रवेश
लमजुङ जिल्लाको अलैचे अर्चलबोटमा जन्मिएका सञ्जीव पौडेल नेपाली ग्रामीण समाजको कठोर यथार्थबाट उदाएका एक सशक्त जीवन–द्रष्टा हुन्। बाल्यकालदेखि नै उनले गरिबी, अभाव, श्रम र सामाजिक असमानताको तीव्र अनुभव गरेका थिए, जसले उनको व्यक्तित्वलाई आकार दिएको देखिन्छ। जीवनको प्रारम्भिक संघर्षलाई बोझ होइन, पाठशालाका रूपमा ग्रहण गर्दै उनी निरन्तर आत्मनिर्माणतर्फ अग्रसर भए


संघर्ष, कर्म र स्वपहिचानको जीवनदर्शन : ‘डुक्से-ताप्लेजुङदेखि फक्ल्याण्डसम्म’

कृति/समीक्षा डा. रमेश इजम लिम्बू April 18, 2026, 5:08 pm

डा. रमेश इजम लिम्बू आत्मवृतान्त केवल व्यक्तिगत स्मृतिको अभिलेख मात्र हुँदैन; त्यो समय, समाज र जीवनदर्शनको साक्ष्य पनि हो। नेपाली आत्मवृतान्त परम्परामा जीवनका यथार्थ अनुभूति, भोगाइ र दर्शनलाई सजीव रूपमा अभिव्यक्त गर्ने कृतिहरू सधैँ अर्थपूर्ण मानिन्छन्। यसै शृङ्खलामा प्रकाशित डुक्से (आत्मवृतान्त) : ताप्लेजुङदेखि फक्ल्याण्डसम्म नेपाली समाज, इतिहास र मानवीय संघर्षको एउटा महत्वपूर्ण दस्तावेजका रूपमा देखापर्छ

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित