19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अघोरी: सीमित शब्दमा असीमित निष्कर्ष

कृति/समीक्षा चिरञ्जीवी दाहाल August 12, 2026, 3:43 am

चिरञ्जीवी दाहाल घर व्यवहार चलाउन खप्पिस घरमुलीले सीमित खर्चमा आदर्श घर चलाउनु र सीमित शब्दहरूमा सुन्दर व्याख्या गर्दै उत्कृष्ट कथानकसहित असीमित निष्कर्ष निकाल्दै लघुकथा सिर्जना गर्नु उस्तै कुरा हो । प्रसिद्ध निबन्धकार रामबाबु घिमिरेले, नविनतम लघुकथा सङ्ग्रह लिएर आएका छन् । भर्खरै बजारमा आएको उनको लघुकथासङ्ग्रह “अघोरी" को अध्ययनपछि मेरो मनले यस्तै ठहर गरेको छ


दुई मन, एक यात्रा

कथा बद्री अधिकारी August 12, 2026, 3:40 am

बद्री अधिकारी काठमाडौं मलाई कहिल्यै एउटै अनुहारको सहर जस्तो लागेन। बिहान यसको गति फरक हुन्छ, दिउँसो अर्को र साँझ फेरि अर्कै। एउटै सडकले पनि दिनभरि कति स्वर फेर्छ भन्ने कुरा यहाँ आएपछि मात्रै बुझ्न थालेको थिएँ।

म अठ्ठाइस वर्षको थिएँ। नेपाली साहित्यमा स्नातकोत्तरको अन्तिम वर्ष पढ्दै थिएँ र साथसाथै लोकसेवा आयोगको तयारी पनि गरिरहेको थिएँ


तुलना : थुप्रेको र मेरो जिन्दगीका माझ

निबन्ध होम सुवेदी August 9, 2026, 11:31 pm

होम सुवेदी कुरा थाल्नु अघि अलिकति परिचयको खाँचो पर्न सक्छ । म भनेको एक सादा जीवन बाँचेको मान्छे हुँ । नेपालीको औसतमा पढेलेखेको र सरकारी सेवाको प्रथमश्रेणी सरहको सेवामा जीवनका साठी वर्ष बिताउन लाग्दै गरेको व्यक्ति हुँ । अब केही वर्ष मात्र छ अवकास पाउन । यी मेरो जिन्दगीका साठी वर्ष कुनै नकाम गरेर बितेनन्


‘भ्यू टावर’को यात्रा

कथा विमल लामिछाने August 9, 2026, 11:26 pm

विमल लामिछाने विश्वमा चर्चा पाएको सहरमा पाइला टेक्दा शरीर हर्षले फुरुङ्ग भएको थियो । पूर्वको क्षितिजमा घाम डुब्न लागेको त्यो बखत, रात र दिनको दोसाँधमा दमकका महल र घरका छतहरुमा ईन्द्रेणी लागेको बेला झै घामका बहुरङ्गी किरण टप्किरहेका थिए ।

पिठ्युँमा एउटा झोला भिरेर पूर्व घुम्न निस्किएको सोझो पर्यटक ती कृतिम घामका ज्योतिको रङ्ग देखेर अन्योलताको भुँवरीमा पर्छ


नाम मात्रै

कथा तेजराज दाहाल August 9, 2026, 11:24 pm

तेजराज दाहाल बिहानको हिँडाइमा एउटा छुट्टै संसार भेटिन्छ।

सहर पूरै ब्युँझिसकेको हुँदैन। सडकमा रातको चिस्यान बाँकी हुन्छ। पसलका सटरहरू आधा खुलेका हुन्छन्। दूधका क्यान बोकेका साइकलहरू बिस्तारै गल्ली छिचोलिरहेका हुन्छन्। कतै मन्दिरको घण्टी सुनिन्छ, कतै भर्खरै उम्लिएको चियाको बास्ना।

र, हामीजस्ता केही मानिसहरू - शरीर चलाउन निस्किए पनि कहिलेकाहीँ अरूका जीवनका कथा बोकेर घर फर्किन्छौं


कविता र कविजी

लघुकथा ईश्वर पोखरेल August 9, 2026, 11:23 pm

ईश्वर पोखरेल फेसबुकमा फोटो आदानप्रदान भएकै हो। प्रारम्भिक तहको अनौपचारिक कुराकानी पनि भएकै हो। साथीहरूसँग 'केटीको रूप–रङ मन पर्‍यो, एकपटक भेटेरै कुरा गर्छु' भन्थे अरे।

हिजो दिउँसो कवितालाई हेर्न घरमै आएका थिए, एकजना तिनै कविजी।

कविजी मांसाहारी रहेछन्, कविता कट्टर शाकाहारी।

कविता वृत्ति–विकासका लागि विदेश जान चाहने, कविजी देशमै केही गर्न सकिन्छ भन्ने ठान्ने

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित