“रेन्बो ट्राभल्स, लेकसाइटमा गएर एउटा किताब लिनु न ! मैले काठमाडौंबाट पठाइसकेको छु ।” नियात्राकार राजेन्द्रमान डङ्गोलले फोन गर्नुभयो ।
“म आज नवलपुर जाँदैछु, फर्कनासाथ लिन्छु । कुन पुस्तक होला ?” मेरो उत्सुकता चौगुना बढ्यो । उहाँले यसअघि पनि कैलाश कोरा, बादलडाँडा लगायतका आफ्ना पुस्तकहरू यसरी नै पठाउनुभएको थियो
बिहान घामको टकसँगै धुलोका कणहरु उडिरहेका थिए । सडक किनारका पोथ्राहरु डाँठ र पात पुरै छोपिनेगरी धुलोको भारी बोकेर सुक्खा र थकित देखिन्थे । अनिदो बसेको आँखा झैँ बोझिला र उराठिला थिए सहरका गल्लीहरु ।
रंग बदल्दै चौँबिस घण्टादेखि बलिरहेका थकित ट्राफिक लाइटहरू अघिल्लो रातको निद्राले झुलेझैँ धिपधिपाइरहेका, खल्तीमा बौरिएको थकान, आँखाको डिलमा अडिएका अधुरो स्वप्नका धर्सा र मनभरिको भार लिएर त्यही सडकको बायाँ किनारमा हिँडिरहेका थिए तान्छुहाङ
वि. सं. २०११ सालमा चितवनमा जन्मिएका रामबाबु घिमिरे लामो समयसम्म प्राध्यापन पेशामा सङ्लग्न रहेर हाल साहित्य र समाजसेवाको क्षेत्रमा सक्रिय रहँदै आएका सम्मानित व्यक्तित्व हुन् । हाल रत्ननगर नगरपालिका वार्ड नं २ लाई आफ्नो स्थायी बासस्थान बनाएका घिमिरे रत्ननगर वाङ्मय प्रतिष्ठानका वर्तमान एवं संस्थापक अध्यक्ष हुन् भने वाल्मीकि साहित्य सदनका सभापति समेत हुन्
`हटारू´ पछि आएको ओम रिजालको दोस्रो उपन्यास , `पैकेलो´, खस भाषा र संस्कृतिको मुल जरो खोजिनिधी गर्न चाहनेहरूको लागि एउटा गतिलो साधनको रूपमा बजारमा आएकोछ । दुल्लु क्षेत्रमा प्रसिद्ध `बालाराजा काशीरामको भारत(लोकगाथा)´ मा आधारित यो उपन्यास , समाजमा आजसम्म पनि हेपाइको जातको रूपमा जीवन बाँचिरहेका दमाई जातिहरूले कसरी लोक संकृति बचाइ राखेकाछन भन्ने गतिलो उदाहरण बनेर हाम्रो हातमा परेकोछ
१. बिषय प्रवेश
लमजुङ जिल्लाको अलैचे अर्चलबोटमा जन्मिएका सञ्जीव पौडेल नेपाली ग्रामीण समाजको कठोर यथार्थबाट उदाएका एक सशक्त जीवन–द्रष्टा हुन्। बाल्यकालदेखि नै उनले गरिबी, अभाव, श्रम र सामाजिक असमानताको तीव्र अनुभव गरेका थिए, जसले उनको व्यक्तित्वलाई आकार दिएको देखिन्छ। जीवनको प्रारम्भिक संघर्षलाई बोझ होइन, पाठशालाका रूपमा ग्रहण गर्दै उनी निरन्तर आत्मनिर्माणतर्फ अग्रसर भए
आत्मवृतान्त केवल व्यक्तिगत स्मृतिको अभिलेख मात्र हुँदैन; त्यो समय, समाज र जीवनदर्शनको साक्ष्य पनि हो। नेपाली आत्मवृतान्त परम्परामा जीवनका यथार्थ अनुभूति, भोगाइ र दर्शनलाई सजीव रूपमा अभिव्यक्त गर्ने कृतिहरू सधैँ अर्थपूर्ण मानिन्छन्। यसै शृङ्खलामा प्रकाशित डुक्से (आत्मवृतान्त) : ताप्लेजुङदेखि फक्ल्याण्डसम्म नेपाली समाज, इतिहास र मानवीय संघर्षको एउटा महत्वपूर्ण दस्तावेजका रूपमा देखापर्छ