लन्डिनियम सुन्दै अनौठो नाम । शीर्षक कसरी छनोटमा पर्यो ! मनमा अनेक खुल्दुली मच्चियो । पढ्दै गएपछि यसको रहस्य खुल्यो । यहाँ रोमनकालीन इतिहास अन्वेषण छ । रोमन इतिहासका केस्रा केस्रा केलाइएको छ । सन् ४३मा बेलायत आएर ३६७ वर्षसम्म शासन गर्दा लन्डिनियम नाम राखेको इतिहासको अभिलेख छ । त्यस समयमा तिस हजारमात्र जनसङ्ख्या रहेको लन्डिनियममा रोमन उपनिवेश मौलाएको इतिहासको सूचना प्रस्तुति छ
क्षितिज सधैँ टाढा हुन्छ ।
मानिसले पहिलोपटक आँखा खोलेदेखि उसले क्षितिजलाई हेरेको छ । गाउँको डाँडामाथिबाट हेर्दा पनि क्षितिज त्यहीँ हुन्छ । समुद्रको किनारमा उभिँदा पनि त्यहीँ हुन्छ । विमानबाट बादलमाथि पुगे पनि त्यहीँ हुन्छ । अन्तरिक्षबाट पृथ्वीलाई हेर्दा पनि क्षितिज फेरि अर्को रूप लिएर उभिएको हुन्छ
ज्ञानबहादुर कार्की सर र म एउटै जिल्लावासी । कार्की सर स्याङ्जा, आँधीखोलाको नजिक पौवैगौंडेको र म ज्याग्दीखोलाको । अहिले पछिल्लो समय पनि हामी एउटै जिल्लावासी; अझ एउटै पालिकाकावासी । उहाँ पोखराको बिच भागतिर र म पुछारतिर । अचेल हाम्रो भेट हुन थालेको छ ‘बन्धु अफसेट प्रेस’, महेन्द्रपुलमा । उहाँ विभिन्न पुस्तक तथा पत्रपत्रिकाहरुको सम्पादनका क्रममा त्यहाँ आइपुग्नुहुन्छ र म पनि ‘ज्याग्दीखोलाको तरङ्ग’ साहित्यिक त्रैमासिकको प्रकाशनका लागि बरोबर सोही प्रेसमा पुग्ने गरेको छु
रातभरि परेको पानी भर्खरै थामिएको थियो। बिहानको आकाश पूर्ण रूपमा खुलिसकेको थिएन। पहाडका काखहरूमा कुहिरो यसरी अल्झिएको थियो, मानौँ प्रकृतिले आफ्ना अधुरा स्वप्नहरू सेता तन्तुमा बेरेर राखेको होस्। सल्लाघारीबाट टप्… टप्… गर्दै झर्ने पानीका थोपाहरूले गाउँको निस्तब्धतालाई झन् गहिरो बनाइरहेका थिए
२०८१ साल कार्तिकको कुरा ।
हाम्रो यही ६ गते ३ बजेको बुद्ध एयरको फ्लाइट थियो— जनकपुरबाट घर फर्किने । जनकपुर जानु र जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर र गंगासागर नजानु कसरी हुन सक्थ्यो र ! कौशु विराटनगरबाटै घर आउन चाहन्थिन् । महिलाको बढी चिन्ताको विषय हुने रहेछ– घर, परिवार । महिलाले चिन्ता लिई दिने भएकाले होला; हामी पुरुषहरू चै यस्ता विषयमा निश्चिन्त जस्तै हुँदा रहेछौं
डा. दामोदर पुडासैनी ‘किशोर’ समकालीन नेपाली साहित्यका एक अत्यन्त सशक्त, बहुआयामिक र साधनारत सर्जक हुन्। उनी कवि, नियात्राकार र चिन्तनशील लेखकका रूपमा नेपाली साहित्यिक आकाशमा विशिष्ट स्थान ओगट्छन्। उनका रचनाहरूमा जीवनको सूक्ष्म अवलोकन, अनुभूतिको गहिराइ र बौद्धिक चेतनाको समन्वय पाइन्छ, जसले उनलाई साधारण वर्णनात्मक लेखनभन्दा माथि उठाएर दार्शनिक–काव्यात्मक स्तरमा पुर्याउँछ