19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आग्रहले पग्लेको मन

कथा बद्री अधिकारी October 28, 2026, 5:09 pm

बद्री अधिकारी विराटनगरको त्यो बिहान अरू दिनभन्दा केही फरक थियो।
रातभर परेको हल्का पानीले आँगनको दूबो भिजेको थियो। पूर्वतिरको आकाशमा घाम अझै पूरा खुलेको थिएन। टाढा–टाढाका उद्योगका चिम्नीबाट निस्किएको धुवाँ फिक्का आकाशमा बिस्तारै मिसिँदै थियो। सडकमा साइकलका घण्टीहरू सुनिन थालेका थिए। चियापसलका भाँडाहरूमा पानी उम्लिन थालेको थियो


नारायणप्रसाद रेग्मीको ‘आँधीखोलाको तरङ्ग’ कवितासङ्ग्रहमा तैरदा

कृति/समीक्षा लीलाम्बर ढुङ्गाना October 28, 2026, 5:04 pm

लीलाम्बर ढुङ्गाना १. परिचय
स्याङ्जा जिल्लाको आँधीखोला वालिङ्को सेरोफेरोमा रहेका विभिन्न संस्थामा आबद्ध कवि नारायणप्रसाद रेग्मीद्वारा लिखित ‘आँधीखोलाको तरङ्ग’ कविता सङ्ग्रह २०६४ सालमा प्रकाशन भएको कृति हो । यसभन्दा अगाडि वहाँको ‘खीना’ शोककाव्य कृति प्रकाशित भैसकेको छ । शिक्षण सेवाबाट सेवानिवृत नारायणप्रसाद रेग्मी सरल र इमान्दार व्यक्ति हुन्


हिउँ माथिकाे यात्रा: अनुभूती, संघर्ष र साैन्दर्यकाे संगम

नियात्रा गाेविन्दराज तिमिल्सेना October 28, 2026, 4:51 pm

गाेविन्दराज तिमिल्सेना केही यात्रा पैतलाले तय गर्छन्,केही आँखाले नियाल्छन्,तर केही यस्ता हुन्छन्,जसलाई मनले जीवनभरि बाेकेर हिड्छन्।हिउँमाथीकाे मेराे यात्रा पनि त्यस्तै एउटा अविस्मरणीय यात्रा थियाे,जहाँ प्रकृति मुस्कुराईरहेकी थिईन्,बाटाहरु चुनाैती बनिरहेका थिए र मनले हरेक पाइलामा नयाँ अनुभूति लिईरहेकाे थियाे


‘ज्ञानगुनका कुरा’मा अलमलिँदा

कृति/समीक्षा गायत्रीकुमार चापागाईं October 27, 2026, 5:04 pm

गायत्रीकुमार चापागाईं १. विषयप्रवेशः
तपाईं हामी सबैलाई आजभोलि साइबर संस्कृतिले आकर्षित मात्र गरेको छैन, गाँज्दै पनि लगेको छ । के बालक, के युवा, के प्रौढ ? प्रायः सबै बाटामा हिँड्दा पनि मोवाइलबाटै फोन गर्दै, गेम खेल्दै, कानमा एयरफोन झुण्ड्याएर सङ्गीत सुन्दै हिँड्ने ताँती नै भेटिन्छ । त्यसमाथि फेसबुक, कम्प्युटर, इमेल, इन्टरनेटको विद्युतीय संसारै अर्कै


भाइरल एक्सप्रेस !

हास्यव्यङ्ग्य गायत्री लम्साल October 27, 2026, 4:47 pm

गायत्री लम्साल आहा नेपाली वन, नेपाली पन र नेपाली मनमा हलक्कै मल्किने खुराकको नाम हो भाइरल एक्सप्रेस । महोदयहरुले होइन भन्ने हिम्मत ननिकाल्नुभएकै वेश । बरु मुखले मात्र होइन नाक, कान, आँखा, घाँटी समेत मिसाएर यसैमा रमाउने, आफूलाई पुग्ने कमाउने सजिलो एक्सरसाइजमा लाग्नुहोला हस् । तथ्याङ्कको डाटामा कृषिप्रधान होस् कि बेरोजगार प्रधान, कुरा कम्पनी होस् कि अल्छि उद्योग सबैले जहाँतँही सजिलै सर्वव्यापी रुपमा चलाउन सक्ने भनेको भाइरल एक्सप्रेस नै त हो


मुकुटबिनाका राजा-रानी

कथा तेजराज दाहाल October 27, 2026, 4:42 pm

तेजराज दाहाल शनिबारको साँझ थियो। बैठककोठामा रेडियो बजिरहेको थियो। नारायणगोपालको स्वरमा डुबेर उमेश चियाको चुस्की लिँदै थिए। बाहिर हल्का हावा चलिरहेको थियो। दिनभरको कामपछि यस्तो साँझ उनलाई निकै प्रिय लाग्थ्यो।

टेबलमाथि केही पत्रपत्रिका छरिएका थिए। भान्साबाट निस्केकी कल्पनाको नजर तिनैमा पर्‍यो

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित