19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अहिलेलाई यस्तै भयो कार्की सर !

निबन्ध नारायण मरासिनी July 14, 2026, 6:31 pm

नारायण मरासिनी ज्ञानबहादुर कार्की सर र म एउटै जिल्लावासी । कार्की सर स्याङ्जा, आँधीखोलाको नजिक पौवैगौंडेको र म ज्याग्दीखोलाको । अहिले पछिल्लो समय पनि हामी एउटै जिल्लावासी; अझ एउटै पालिकाकावासी । उहाँ पोखराको बिच भागतिर र म पुछारतिर । अचेल हाम्रो भेट हुन थालेको छ ‘बन्धु अफसेट प्रेस’, महेन्द्रपुलमा । उहाँ विभिन्न पुस्तक तथा पत्रपत्रिकाहरुको सम्पादनका क्रममा त्यहाँ आइपुग्नुहुन्छ र म पनि ‘ज्याग्दीखोलाको तरङ्ग’ साहित्यिक त्रैमासिकको प्रकाशनका लागि बरोबर सोही प्रेसमा पुग्ने गरेको छु


उपदेश: एक पुल

कथा बद्री अधिकारी July 14, 2026, 6:28 pm

बद्री अधिकारी रातभरि परेको पानी भर्खरै थामिएको थियो। बिहानको आकाश पूर्ण रूपमा खुलिसकेको थिएन। पहाडका काखहरूमा कुहिरो यसरी अल्झिएको थियो, मानौँ प्रकृतिले आफ्ना अधुरा स्वप्नहरू सेता तन्तुमा बेरेर राखेको होस्। सल्लाघारीबाट टप्… टप्… गर्दै झर्ने पानीका थोपाहरूले गाउँको निस्तब्धतालाई झन् गहिरो बनाइरहेका थिए


भेटः ‘भयो’ भनौं कि, ’भएन’ भनौं !

संस्मरण/स्‍मृति ईश्वर पोखरेल July 14, 2026, 6:26 pm

ईश्वर पोखरेल २०८१ साल कार्तिकको कुरा ।
हाम्रो यही ६ गते ३ बजेको बुद्ध एयरको फ्लाइट थियो— जनकपुरबाट घर फर्किने । जनकपुर जानु र जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर र गंगासागर नजानु कसरी हुन सक्थ्यो र ! कौशु विराटनगरबाटै घर आउन चाहन्थिन् । महिलाको बढी चिन्ताको विषय हुने रहेछ– घर, परिवार । महिलाले चिन्ता लिई दिने भएकाले होला; हामी पुरुषहरू चै यस्ता विषयमा निश्चिन्त जस्तै हुँदा रहेछौं


मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छेः अस्तित्वगत यात्राको दस्तावेज

कृति/समीक्षा तोमनाथ उप्रेती July 14, 2026, 6:24 pm

तोमनाथ उप्रेती डा. दामोदर पुडासैनी ‘किशोर’ समकालीन नेपाली साहित्यका एक अत्यन्त सशक्त, बहुआयामिक र साधनारत सर्जक हुन्। उनी कवि, नियात्राकार र चिन्तनशील लेखकका रूपमा नेपाली साहित्यिक आकाशमा विशिष्ट स्थान ओगट्छन्। उनका रचनाहरूमा जीवनको सूक्ष्म अवलोकन, अनुभूतिको गहिराइ र बौद्धिक चेतनाको समन्वय पाइन्छ, जसले उनलाई साधारण वर्णनात्मक लेखनभन्दा माथि उठाएर दार्शनिक–काव्यात्मक स्तरमा पुर्‍याउँछ


भारती गौतमको कथासङ्ग्रह 'फरक फूल' एक परिचय

कृति/समीक्षा प्रा.डा. खेम दाहाल July 11, 2026, 11:58 pm

प्रा.डा. खेम दाहाल फरक फूल भारती गौतमको कथासङ्ग्रह वि. सं. २०८२मा प्रकाशित भएको किताबमा १६ कथाहरू छन् । यसको प्रकाशकमा समकालीन साहित्य प्रतिष्ठान , बेलायत देखियो । काठमाडौ बागबजारबाट छापिएको यस किताबमा प्रा . डा. दयाराम श्रेष्ठको भूमिका छ । यी कथाले नेपाल र अमेरिका जोड्छन् भन्ने अभिव्यक्ति उहाँको रहेछ ।

प्रकाशकीयमा कृष्ण बजगाईंको मन्तव्य हेरियो, प्रतिष्ठानले संसारभर छरिएर रहेका नेपाली साहित्यका स्रष्टाहरू जोडिने कुरामा उहाँको विश्वास छ


गणेश नेपालीको मौन चिच्याहट

कथा बिजु सुवेदी विजय July 11, 2026, 9:05 pm

बिजु सुवेदी विजय हिमालको काखमा बसेको मुगुको पहाडी भूभाग, जहाँ बादलहरूले घुम्टो ओढेर राख्छन् र नदीनालाहरूले चट्टानसँग लडाई गरिरहन्छन्, त्यहाँ एउटा सानो आगो बल्न कोशिस गरिरहेको थियो । यो आगो जङ्गलको होइन, न त राँकोको — यो त एउटा युवाको मनभित्र बलिरहेको संघर्षको अनि आशाको ज्वाला थियो ।

दूरबाट हेर्दा मुगुको पहाड शान्त देखिन्थ्यो — हरिया वन, चिसो हावा, र फाट्टफुट्ट फुलिरहेका फूलहरू

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित