19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मुकुटबिनाका राजा-रानी

कथा तेजराज दाहाल October 27, 2026, 4:42 pm

तेजराज दाहाल शनिबारको साँझ थियो। बैठककोठामा रेडियो बजिरहेको थियो। नारायणगोपालको स्वरमा डुबेर उमेश चियाको चुस्की लिँदै थिए। बाहिर हल्का हावा चलिरहेको थियो। दिनभरको कामपछि यस्तो साँझ उनलाई निकै प्रिय लाग्थ्यो।

टेबलमाथि केही पत्रपत्रिका छरिएका थिए। भान्साबाट निस्केकी कल्पनाको नजर तिनैमा पर्‍यो


प्रतिक्षारत आँखाहरू

कथा डा. पुष्करराज भट्ट October 26, 2026, 3:16 pm

डा. पुष्करराज भट्ट चाडपर्व भन्नु आफैमा तनावको कारण बन्दछ । अलग–अलग ठाउँमा बसाइ हुनु पनि कष्टकर नै हो । अझ ससाना बालबालिका भए त झन कठिन हुने गर्छ । आफ्नो मन त जसोतसो बुझाउँछु तर बालबालिकाको जिद्दीपनाको सामना गर्ने ? असहज परिस्थितिको सामना गर्न पुग्छु म । यसपालि पनि यस्तै अवस्था छ । श्रीमान घर आउने कुनै छाँट छैन


लघुकथामा कथ्य समयको सीमा : संघनन, कथन र समकालीन लघुकथा

विचार डा. कृष्ण शाह 'यात्री' October 26, 2026, 3:06 pm

डा. कृष्ण शाह 'यात्री' लेखसार :
लघुकथालाई प्रायः लघु आकार, सीमित शब्दसंख्या, संक्षिप्त कथानक र छोटो समयावधिसँग जोडेर हेर्ने गरिन्छ । यही कारण लघुकथामा प्रस्तुत हुने कथ्य समय (story time) पनि छोटो हुनुपर्छ भन्ने धारणा देखिन्छ । तर कथ्य समय, कथन समय (narrative time) र पाठगत आयतन (textual length/space) एउटै कुरा होइनन् । एउटा कथाले वर्षौँ, दशकौँ, एउटा जीवन वा पुस्तौँसम्म फैलिएको समयलाई केही शब्द, वाक्य वा चयनित घटनामार्फत प्रस्तुत गर्न सक्छ


'पुनर्जागरण' उपन्यासको विश्लेषण

कृति/समीक्षा नारायण मरासिनी October 26, 2026, 2:58 pm

नारायण मरासिनी पृष्ठभूमिः
सांस्कृतिक रुपान्तरणका अभियन्ता, वामपन्थी नेता तथा मानवअधिकारवादी व्यक्तित्व टेकनाथ बराल र हरिकला बरालका छोरा विद्याविमल बराल (२०१७) पोखरेली परिवेशमा प्रगतिशील प्रतिभाका रूपमा परिचित छन् । ‘पुनर्जागरण’ (२०८३) उनीद्वारा लिखित नवीनतम् उपन्यास हो । यसपूर्व उनका ‘सडक र इसाबेल’ (कवितासङ्ग्रह– २०६१), सपनाको देश (उपन्यास– २०६१), 'आगोजस्तो पहाड’ (संस्मरण– २०८२) र ‘मरिसेला’ (अङ्ग्रेजी भाषाको उपन्यास– २०८२) प्रकाशित छन्


कामको चाप

लघुकथा खगराज बराल October 26, 2026, 2:56 pm

खगराज बराल महेशले गोरखापत्रमा नजर गाडिरहेका बाबुसामु चियाको कप राख्दै भने, “बुबा, घरमा कामको चाप धेरै भयो । आमालाई एक्लै साह्रै कष्ट भयो । अब काम गर्ने मान्छे राखौँ कि?”
बाबुले चस्मा मिलाए ।
“घरमा म, तिम्री आमा र तिमी—तीन जना त छौँ नि, बाबु! पच्चिस वर्षदेखि यही घरको सबै काम एक्लै सम्हालेकी मान्छे हुन् आमा


नीलकण्ठ' उपन्यासको संरचनागत अध्ययन

कृति/समीक्षा नवीन पौड्याल October 23, 2026, 9:23 am

नवीन पौड्याल १. विषय प्रवेश :
थोरै लेखेर धेरै सफलता र प्रसिद्धि पाउने भाग्यशाली साहित्यकार हुन् मत्स्येन्द्र प्रधान। उनको पहिलो उपन्यास 'नीलकण्ठ' ले धेरै सफलता र चर्चा पाएको हो भने दोस्रो उपन्यास 'आरोहण' ले पनि त्यस्तै ठूलो सफलता पाएको हो। यी दुइवटै उपन्यासले उनलाई सम्मान, श्रेय, पुरस्कार र अमरत्व प्रदान गरेका छन्

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित