साहित्यकार कृष्ण बजगाईंद्वारा रचित युङफ्राउ नियात्राको प्रकाशनको निम्तो आको दिनबाटै मेरा मनमा युङफ्राउबारे कौतुहलका लहरहर तरङ्गित भई रहेका थिए। जीवन, जगत र इतिहास र यी तीनवटै आयाममा आफ्नो अन्तरमनको चेतनाबाट प्रष्फुटित सन्देश प्रवाह गर्ने उहाँको साहित्यिक धारबाट म परिचित नै थिए। युङफ्राउमा पनि त्यही त्रिकोणात्मक आयामभित्रको उनको सन्देशको रसस्वादन गर्न म उत्साहित हुँदै एकाविहानै पद्मकन्या क्याम्पस बागबजारको सभाहलमा पुगेको थिएँ
मानिसको जीवनमा सबैभन्दा ठूलो आफ्नै अन्तरात्माभित्र चलिरहेको हुन्छ। यो युद्ध आफ्नै मनका अदृश्य विकारहरूसँग हुन्छ। ती विकारहरूमध्ये ईर्ष्या सबैभन्दा मौन, सबैभन्दा सूक्ष्म र सबैभन्दा विनाशकारी शत्रु हो। यसले कुनै आवाज गर्दैन। कुनै घाउ देखिँदैन। कुनै रक्तपात हुँदैन। तर यसले मानिसको आत्मशान्ति, विवेक, सन्तोष र आनन्दलाई बिस्तारै चोर्दै लैजान्छ
मेरा जन्मघरको बाहिर सिकुवामा एउटा पुरानो काठको खाट अझै पनि छ । त्यस खाटबाट सुतेर हेर्दा पश्चिमतिर पारिपट्टि निघुरादिको डाँडो र उत्तरतिर थेचुम्बू गाउँको अस्पष्ट दृश्य मेरा आँखामा पर्ने गर्दछ । खाटबाट अलिकति निहुरिएर हेर्दा पाथीभरा माताको मन्दिर भएको डाँडाको दृश्य टढ्कारै आँखामा आउँछ
झमझम असारे झरी परिरहेको थियो । आकाश तिरमिराउँदै कालो बादल मडारिइरहँदा गैरी खेतका गह्राभरी पानी टिलपिलाएको थियो । गाउँ नै उथलपुथल हुने गरी असारको रौनक सुरु भइसकेको थियो, टुसुक्क बस्ने फुर्सद कसैलाई थिएन । न त कसैलाई थकाईको पर्वाह थियो, न त भोकको ।
लगभग पच्चीसवर्ष अघिको कुरा हो, ‘गैरी खेतको रोपाईँ’
म लाचार र विवश भइरहेको थिएँ, वीणा सिन्हाको कथाकी पात्र गुड्डीको अनुरोधपूर्ण आग्रहबाट। मैले आँखाको परेली ढप्क्याउनासाथ उनको कचकच सुरु हुन्थ्यो।
“मेरो कथा त वीणा सिन्हाले अधुरै छाडिदिनुभयो, तपाईं पूरा गरिदिनुहोस् न?”
आँखाको परेली उघारेर म यताउती हेर्दथेँ, मानौँ गुड्डी नजिकै छन् झैँ गरेर
"सरले बोलाउनुभएको हो?"
मैले टेबलमा रहेको कर्मचारी सञ्चय कोषको परिचयपत्रतिर देखाएँ । उनी सोफामा बस्दा कुर्सीले हल्का चर्किने आवाज निकाल्यो ।
"तपाईंको जोडी त भगवान्ले फुर्सदमा बनाएझैँ रहेछ ।"
उनले मुस्कुराउन खोजे, तर ओठको कुनामात्र हल्का तन्कियो ।
"कसै-कसैको जोडी बनाउँदा भगवान्ले निकै मिहिनेत गर्नु भएछ जस्तो लाग्छ, सर