झमझम असारे झरी परिरहेको थियो । आकाश तिरमिराउँदै कालो बादल मडारिइरहँदा गैरी खेतका गह्राभरी पानी टिलपिलाएको थियो । गाउँ नै उथलपुथल हुने गरी असारको रौनक सुरु भइसकेको थियो, टुसुक्क बस्ने फुर्सद कसैलाई थिएन । न त कसैलाई थकाईको पर्वाह थियो, न त भोकको ।
लगभग पच्चीसवर्ष अघिको कुरा हो, ‘गैरी खेतको रोपाईँ’
म लाचार र विवश भइरहेको थिएँ, वीणा सिन्हाको कथाकी पात्र गुड्डीको अनुरोधपूर्ण आग्रहबाट। मैले आँखाको परेली ढप्क्याउनासाथ उनको कचकच सुरु हुन्थ्यो।
“मेरो कथा त वीणा सिन्हाले अधुरै छाडिदिनुभयो, तपाईं पूरा गरिदिनुहोस् न?”
आँखाको परेली उघारेर म यताउती हेर्दथेँ, मानौँ गुड्डी नजिकै छन् झैँ गरेर
"सरले बोलाउनुभएको हो?"
मैले टेबलमा रहेको कर्मचारी सञ्चय कोषको परिचयपत्रतिर देखाएँ । उनी सोफामा बस्दा कुर्सीले हल्का चर्किने आवाज निकाल्यो ।
"तपाईंको जोडी त भगवान्ले फुर्सदमा बनाएझैँ रहेछ ।"
उनले मुस्कुराउन खोजे, तर ओठको कुनामात्र हल्का तन्कियो ।
"कसै-कसैको जोडी बनाउँदा भगवान्ले निकै मिहिनेत गर्नु भएछ जस्तो लाग्छ, सर
बिहानी उज्यालो थिएन। सूर्य क्षितिजमा उदाएको थियो, तर उसको किरण धुवाँको बाक्लो पर्दाभित्र हराइरहेको थियो। आकाशले आफ्नो नीलोपन गुमाइसकेको थियो। बारुदको कालो धुलोले त्यसलाई खरानीको रङमा रङ्गाइदिएको थियो। हावाले जलेका घरहरूको गन्ध बोकेर बस्तीभरि भौतारिइरहेको थियो। सधैं बालबालिकाको हाँसोले गुञ्जिने गल्लीहरू आज मौन थिए
नजिक जस्तो लागे पनि चारघण्टा त कराकर हिड्नु पर्छ त्रिपुरकोटबाट दुनै पुग्न । कालागौडा नपुगेसम्म चिया, नास्ता खाने ठाउँ पनि छैन । बीच बीचमा खच्चरहरुको हुल, घण्टीको टिन टिनको संगित । बाटो छेउ तथा भेरीको किनारतर्फ काठका फलेकहरुले बारिएको, काठकै फलेकहरुले बारी कोठा निकालिएको, भुइमा समेत काठकै फलेकहरु विच्छाइएको चारकोठे घरमा चिया र नास्ता पसल
त्यो गाउँको नाम देशको कुनै पनि आधिकारिक नक्सामा अंकित थिएन, तर रैथानेहरू त्यसलाई ‘कुहिरोको खोच’ भन्थे । हिउँदमा बाक्लो हुस्सुले छोपेर संसारबाटै अलग गराउने र असारमा बादलका काला थुप्राहरू पहाडका कन्दरामा ठोक्किने एउटा रहस्यमयी खोच, जहाँ बग्ने खोलाको पानी जति कञ्चन थियो, त्यहाँका मानिसहरूको भविष्य उति नै धमिलो देखिन्थ्यो