19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ध्रुव लोहागणको मन नाटकमा सामाजिक चिन्तन

कृति/समीक्षा नवीन पौड्याल August 1, 2026, 5:29 pm

नवीन पौड्याल १. विषयप्रवेश-

नेपाली साहित्यको विकासमा सिक्किमको पनि ठुलो योगदान रहेको छ। त्यहाँ पनि एकसाएक नेपाली लेखक छन्, कलाकार छन्। त्यहाँको समाजमा पनि नेपाली भाषा, साहित्य, संस्कृति, कला, वाङ्मय बाँचेको छ, सुरक्षित छ। सिक्किम सरकार नै नेपाली भाषा साहित्यको श्रीवृद्धिमा लागिपरेका छन्। नेपाली साहित्यको श्रीवृद्धिमा सिक्किममा धेरै साहित्यिक संस्था सक्रिय छन्


लण्डनदेखि दुबईसम्मको यात्रा

नियात्रा गायत्रीकुमार चापागाईं August 1, 2026, 5:24 pm

गायत्रीकुमार चापागाईं १८ अप्रिल २०१९ । आज हामीले लण्डन छाड्ने दिन । लगभग दुई हप्ता हामी अनुपा (सालीबहिनी) को पाहुना भएर यो शहरमा बितायौँ । यो हाम्रो पारिवारिक सद्भाव यात्रा । छ जना छौँ नेपालबाट आएका । उनका छोरा बुहारी र नातिनी पनि हामीलाई साथ दिन छुट्टै बसे पनि यहीँ आइपुगेका छन् । यत्रो नौ जनाको बसोवास, खानपिन र डुलाइको प्रबन्ध मिलाउन सक्ने उनको कुशलताको हामी प्रशंसा गर्दछौँ


डिजिटल संसारमा उसको पहिचान

कथा बिजु सुवेदी विजय July 31, 2026, 12:44 am

बिजु सुवेदी विजय १: पहिलो नजरमै प्रेम
रातभर परेको वर्षाले काठमाडौंको आकाश अझै धुम्म थियो । अस्पतालको प्रसूति कक्षबाहिर एउटा मानिस बेचैन भएर यताउता हिँडिरहेको थियो । कहिले घडी हेर्थ्यो, कहिले मोबाइल ।
मोबाइलको पर्दामा लगातार सन्देश आइरहेका थिए ।
"दाइ, खुसीको खबर कहिले सुनाउनुहुन्छ ?"
"भाउजूलाई हाम्रो शुभकामना भन्नुहोला


स्वअस्तित्व

कथा बद्री अधिकारी July 28, 2026, 3:13 pm

बद्री अधिकारी मेरो नाम समीरा हो।

समीर—शीतल हावाको अर्को नाम। तर मेरो जीवनमा धेरै वर्षदेखि कुनै शीतलता बगेको छैन। कहिलेकाहीँ लाग्छ, मानिसको नाम उसका लागि होइन, अरूका अपेक्षाका लागि राखिन्छ। जीवनले भने आफ्नै अर्थ रोज्दो रहेछ।

म अहिले काठमाडौंको एउटा घरको झ्यालअगाडि बसेर यो डायरी लेखिरहेकी छु


रेगिस्तानदेखि हिन्द महासागरको टापुसम्म

नियात्रा तोमनाथ उप्रेती July 28, 2026, 3:10 pm

तोमनाथ उप्रेती काठमाडौंबाट उड्ने बिहानहरूमा एउटा विशेष प्रकारको मौनता हुन्छ। त्यो मौनतामा यात्राको उत्साह पनि हुन्छ। विदाइको हल्का पीडा पनि। र अज्ञातलाई भेट्ने अदृश्य आकर्षण पनि। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा बस्दा मैले झ्यालबाहिर उभिएको जहाजलाई हेरिरहेको थिएँ। फलामको त्यो पखेटाले केवल मानिस बोक्दैन


टिकटकले सम्झाएको ढुङ्गेडाँडा र लुम्देली खवर !

संस्मरण/स्‍मृति विमल लामिछाने July 28, 2026, 3:04 pm

विमल लामिछाने उपत्याकामा घाम झुल्किसकेको थियो । एउटा आलिसान घरको चौधौँ तलाको यो फ्ल्याट यस्तो सुविधासम्पन्न थियो, जहाँ हावा पनि मेशिनले छानेर मात्र भित्र पठाउँथ्यो । बाहिर साउनको झिम्झिमे पानी परिरहेको थियो । बसन्तले हातमा समातेको कफीको कपबाट तातो बाफ उडिरहेको । त्यो बाफमा उसले बाल्यकाल विताएको दूर्गम गाउँ घुमिरहेको देख्यो

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित