१. विषयप्रवेश
भाषा परिवर्तनशील वस्तु हो। यो कहिल्यै एकनाश र एकरूप रहँदैन। समयको अन्तराल, स्थानगत भिन्नता, सामाजिक तथा सांस्कृतिक परिवर्तन र भाषिक सम्पर्कजस्ता विविध कारणले भाषा निरन्तर परिवर्तन भइरहेको हुन्छ। भाषाका वर्णव्यवस्था, उच्चारणविधान, व्याकरणिक संरचना, शब्दभण्डार तथा वर्तनी आदिमा पनि समयअनुसार परिवर्तन हुँदै जान्छ
बेलुकीको घाम झ्यालको सिसामा अडिएर बिस्तारै फिक्का हुँदै थियो। अवकाशपछि प्रदीपका दिनहरू पनि विस्तारै एकनासे बन्दै गएका थिए। बिहानको चिया, पत्रिका, केही बेर पढाइ र दिउँसो पुराना कागजपत्र मिलाउने—दिनहरू प्रायः यही क्रमले बित्थे।
त्यो दिन उनी माथिल्लो कोठाको पुरानो दराज मिलाउँदै थिए
गाउँसम्म चिल्लो कालोपत्रे बाटो त पुग्यो, तर त्यो बाटो भएर घर फर्किने खुसीका पाइलाहरू कता हराए कता ! पेटीका लिउनहरु भत्किएपनि छाना उस्तै छन्, तर भान्साको धुवाँ गुमनाम छ । मान्छेको स्पर्श हराएको आँगनले केवल एक्लोपनको भारी बोकेर कोही आउने सुसेली पर्खिरहेको छ ।
त्यही सुनसान पिँढीमा थचक्क थिइन् – आमा
सारांश
नेपाली साहित्यको आधुनिक काव्यधारामा हरिभक्त कटुवाल एक सशक्त र प्रभावशाली नामका रूपमा स्थापित छन्। उनको काव्यले असमेली नेपाली साहित्यलाई मात्र होइन, सम्पूर्ण नेपाली काव्य परम्परालाई नयाँ मोड प्रदान गरेको छ। प्रस्तुत अध्ययनमा कटुवालका कविताहरूमा पाइने प्रमुख काव्य प्रवृत्तिहरू नवीन चिन्तन, विद्रोही स्वर, आशावादी दृष्टिकोण, कलात्मक व्यङ्ग्य चेतना, राष्ट्रिय चेतना तथा जीवन दर्शनको विश्लेषण गरिएको छ
मधुर, प्राञ्जल, सुकोमल एवम् ललित भाषामा सृजना गर्ने क्षमता जोकोहीलाई हुँदैन । तर कसैकसैलाई यो वैशिष्ट्य हासिल हुन्छ । यस्तै प्रकृतिको वा ललित र मनोहारी भाषाशैलीमा रचना गर्ने सर्जकहरूमा अहिले बेलायततिर बसिरहेका तर आफू जन्मिएको नेपालको जन्मस्थान कोशीको चैनपुर वा त्यही स्थानका आफ्ना गाउँघर, पाखापर्वत अनि वन जङ्गललाई माया गर्ने सर्जक विनोद न्यौपानेले नेपाली साहित्यलाई निकै कोसेली सुम्पिरहेका छन् र सकेसम्म गुन लगाइरहेका छन्
म जम्मा तीन पटक मात्र रेसुङ्गा पहाड चढ्न पाएको छु अहिलेसम्म । भविष्यमा त फेरि पनि त्यहाँ जाने मौका आउला । भविष्य अनिश्चित हुने भएकाले यसै भन्न सकिने कुरा भएन । त्यसैले विगतका अनुभूतिहरूलाई कोट्याउँ भनेर । पहिलो पटक २०५० सालको साउन महिनामा, दोस्रो पटक २०५१ सालको असोज महिनामा र तेस्रो पटक २०६८ सालको बैशाख महिनामा मैले त्यो गुल्मेली कञ्चन्जङ्घाको चुचुरो चुम्न पुगेको थिएँ