कसैले भन्छन्— समयको प्रवाहसँगै बग्न सक्नुपर्छ । कोही भन्छन्— वास्तविक साहसी त्यो हो, जो समयको उल्टो धारमा पौडन सक्छ। खोलाको सुसाइ र पानीको बहावसँगै बग्न त सजिलो होला, तर प्रवाहको विपरीत पौडिनु निकै कठिन छ । यो त केवल ती कुशल पौडीबाजहरूले मात्र सक्छन्, जसमा अदम्य साहस र संकल्प हुन्छ । तर, कहिलेकाहीँ म सोच्छु— नबग्दा के हुन्छ? अनि बग्दा के हुन्छ? पानीको स्वभाव नै बहने हो, ऊ सधैँ ओरालोतिरै लाग्छ
"योगेनको रिपोर्ट कार्ड दिनुस् न सर ।"
योगेनकी आमाले रिपोर्ट कार्ड तुरुन्तै पाउनुहुन्छ । एकैछिनमा त्यहाँको माहोल खराब भएर आउँछ; त्यसको कारण योगेनको प्रथम त्रैमासिक परीक्षाको नतिजा हो । कक्षा सातमा पढ्ने योगेन आमाको छेउमा उभिएर सुँक्कसुँक्क रुँदै हुन्छन् । योगेनकी आमाले सान्त्वना दिँदै नरुन भन्दै हुनुहुन्छ
आफ्नो जीवनलाई साहित्यमय बनाउने, साहित्यमा डुब्ने साहित्यमा रमाउने साहित्य सर्जक हुन्छन्। यस्ता साहित्यसर्जकमा एकजना हुन् मुक्ति उपाध्याय बराल। नेपाली साहित्यमा उनी एक आदरणीय बहुप्रतिभाशाली साहित्यकार हुन्। उनी नेपाली साहित्यको समृद्धिमा दिनरात लागिपरेका छन्। वर्षेपिच्छे विभिन्न विधाका पुस्तक प्रकाशित गर्छन्, साहित्यिक गोष्ठी, पुस्तक विमोचन, वार्ता आदिमा सक्रिय रूपमा उपस्थित हुन्छन्
"तिम्रो निधारको पसिना पुछ्न अब हात होइन, एउटा क्लिक नै काफी छ ।" अँध्यारो कोठाको कुनामा बसेको त्यो वृद्धको स्वरमा एउटा अनौठो कम्पन र रहस्य थियो ।
गाउँको एउटा कुनाबाट लोकसेवाको तयारी गरिरहेको सुशान्तका लागि यो वाक्य कुनै मन्त्रभन्दा कम थिएन । बाहिर सडकमा टायर बलिरहेका थिए, क्रान्तिका नारा घन्किरहेका थिए, तर सुशान्तको हातमा रहेको मोबाइलको स्क्रिनमा 'नागरिक एप' को नयाँ अपडेट झिलिमिली देखिन्थ्यो
घरमा हामी दुई बुढाबुढी मात्र छौँ । घर यति सुनसान छ कि कहिलेकाहीँ आफ्नै सासको आवाज पनि ठूलो लाग्छ । यही घर बीस वर्षअघि कति गुल्जार थियो, कति जीवन्त र रमाइलो ! अहिले भने घर, बाटो, घाटो, वनपाखा सबै सुनसान लाग्छन् । बाटोमा हिँड्दा दुई छोरालाई अघिपछि लगाएर टुकुटुकु हिँडाएको दिन सम्झना आउँछ । त्यतिबेला गाउँका वनपाखा पनि रमाइला लाग्थे
छापाखानाको एउटा एकतला घरैजत्रो ठुलो आकारको यन्त्रका चार पाँचवटा घानमा ‘रविलाल अधिकारी स्मृतिग्रन्थ’को आवरण पृष्ठ छाप्नका लागि तयार थियो । उक्त यन्त्रका धातुका पातामा टाँसिएका बाका तस्बिर बिस्तारै घुमेको देख्दा म भावुक भएँ । भौतिकवादी मान्यता राख्ने भएपनि यसरी भावुक बन्नुमा बासँगका भावनात्मक सम्बन्धले भूमिका खेले होलान्